Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • सरकारले बोलाएको वार्ता अस्वीकार
पाथीभरा केबलकार विवाद सरकारले बोलाएको वार्ता अस्वीकार
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, फागुन १३, २०८१
  • ताप्लेजुङ थप अशान्त बन्दै जाँदा वार्ता आह्वान
  • केबलकार निर्माण स्थगन गर्ने आश्वासन 
  • मन्त्रीस्तरीय वार्ता टोली गठन नभएको, निषेधाज्ञा फिर्ता नलिएको र केबलकार निर्माण खारेजी नभएकाले वार्तामा नबस्ने ‘नो केबलकार’ पक्षको अडान

काठमाडौं– सरकारले ताप्लेजुङको मुक्कुम्लुङ (पाथीभरा)मा केबलकार बनाउन नहुने भन्दै आन्दोलनरत पक्षलाई फेरि वार्तामा बोलाएको छ । केबलकार निर्माण स्थगित गर्ने सर्तसहित सरकारी वार्ता टोलीले सोमबार वार्तामा आउन आह्वान गरेको हो ।

गृह मन्त्रालयका सहसचिव तथा वार्ता टोली संयोजक प्रेमप्रसाद भट्टराईले ताप्लेजुङ थप अशान्त बन्दै जाँदा आन्दोलनरत पक्षलाई वार्तामा बोलाएका हुन् । उनले सोमबार जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पाथीभरा क्षेत्रमा केबलकार निर्माणको क्रममा आन्दोलनरत पक्षबाट उठाइएका सामाजिक, धार्मिक, सांस्कृतिक तथा स्थानीय समुदायको समस्या वार्ताको माध्यमबाटै उक्त केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन हार्दिक अपिल गर्दछु ।’

आन्दोलनरत पक्षबाट यसअघि गठित वार्ता सहजीकरण समिति संयोजक तथा प्राज्ञ अमर तुम्याहाङले वार्तामा बस्ने आधार नबनेको बताएका छन् । वार्तामा बस्न उनले चारवटा सर्त अघि सारे । पहिलो, केबलकार निर्माण खारेजी, दोस्रो ताप्लेजुङमा स्थानीय प्रशासनले जारी गरेको निषेधाज्ञा फिर्ता, तेस्रो मन्त्रीस्तरीय वार्ता समिति गठन, चौथो घाइतेहरूको उपचारसँगै बेपत्ताहरूको स्थिति सार्वजनिकसँगै पक्राउ परेकाहरूको विनासर्त रिहा हुनुपर्ने बताए । नभए वार्तामा नआउने संयोजक तुम्याहाङले बताए । 

केबलकारको निर्माण कार्य हाललाई स्थगित गर्ने एवं वार्ता र संवादको माध्यमबाट समस्याको शान्तिपूर्ण समाधान गर्न आन्दोलनरत पक्षलाई वार्ता र संवादका लागि आउन हार्दिक अपिल गर्दछु ।
प्रेमप्रसाद भट्टराई
संयोजक, सरकारी वार्ता टोली

Hardik health

‘पहिले पनि हामीले भनेका थियौं कि सहसचिवस्तरीय वार्ता समितिसँग हामी वार्तामा बस्दैनौं । केबलकार निर्माण खारेजीको मुद्दा सहसचिवस्तरीय वार्ता टोलीले सम्बोधन गर्नै सक्दैन, मन्त्रीस्तरीय वार्ता समिति चाहिन्छ,’ उनले प्रभावसँग भने, ‘यही अवस्थामा हामी वार्तामा जाँदैनौं ।’केबलकार निर्माण खारेजी आन्दोलनको अग्रमोर्चामा रहेका पहिचान पक्षधर नेता डकेन्द्रसिंह थेगिम हाल ताप्लेजुङको फुङ्लिङमै नजरबन्दमा छन् । उनी बसेको होटललाई प्रहरीले घेराबन्दी गरेको छ । किरात याक्थुङ चुम्लुङकी महासचिव निरन्ती तुम्बापो पनि नजरबन्दमै छिन् । अन्य आन्दोलनकारीहरूलाई पनि बसेको होटलदेखि बाहिर निस्किन हतियारधारी प्रहरीले नदिएको तुम्याहाङले बताए । यस्तो प्रहरी दमनको बीचमा वार्तामा बस्ने विषय कल्पनाबाहिरको भएको उनको भनाइ छ । 

‘हाम्रा थुप्रै योद्धाहरू नजरबन्दमा छन् । हतियारधारी प्रहरीले बसेको होटलदेखि बाहिर निस्किन दिएका छैनन् । थुप्रै पक्राउ परेका छन् । घाइते कति छन् कति, घरघरै गएर निर्मम कुटपिट गरेका छन्,’ उनले भने, ‘यस्तो अवस्थामा कसरी वार्ता हुन्छ ?’यसअघि २१ र २२ माघमा भट्टराई संयोजक रहेको सरकारी वार्ता टोली र तुम्याहाङ संयोजक रहेको वार्ता सहजीकरण समितिबीच ललितपुरको कुपण्डोलस्थित होटल हिमालयमा संवाद भएको थियो । त्यसबेला छ बुँदे सम्झौता भएको थियो ।

सम्झौताको मुख्य बुँदा केबलकार निर्माण स्थगित भन्ने थियो । तर, केबलकार निर्माण स्थगित भएन । प्रहरीको सुरक्षा घेराबीच निर्माणको काम जारी राखियो । यसप्रति आन्दोलनरत पक्ष असन्तुष्ट बन्यो । २७ माघको वार्तालाई अस्वीकार ग¥यो । गृहमन्त्री रमेश लेखकसँग नेपाल आदिवासी जनजाति महासंघका अध्यक्ष सोनामगेल्जे शेर्पासहितको टोलीले भेटेर आन्दोलनकारीको माग सम्बोधन गर्न दबाब दिए । मन्त्रीस्तरीय वार्ता समिति गठन गर्न आग्रह गरे । तर, गृहमन्त्री लेखकले नेपालको तर्फबाट सहसचिव भट्टराईले विश्वमञ्चमा संवाद गरेको भन्दै उनी नेपालमा अक्षम हुने कुरा नहुने बताए । मन्त्रीस्तरीय वार्ता समिति गठनको मागलाई अस्वीकार गरे । 

लगत्तै २९ माघदेखि आन्दोलनकारीहरू आन्दोलित छन् । यहीबीच बिहीबार आन्दोलनकारीहरू मुक्कुम्लुङ पदयात्रामा निस्किए । राष्ट्रिय मुक्ति क्रान्तिका संयोजक तथा पूर्वउपप्रधानमन्त्री राजेन्द्र महतो, पूर्वमन्त्री गोपाल किराती, कियाचु अध्यक्ष रहेका उपप्राध्यापक प्रेम एक्तेन, लेखक तथा अभियन्ता राम मादेन, पहिचान पक्षधर नेता डकेन्द्रसिंह थेगिमसहितको ठूलो टोली पदयात्रामा थिए । 

केबलकार निर्माण खारेजीको मुद्दा सहसचिवस्तरीय वार्ता टोलीले सम्बोधन गर्नै सक्दैन, मन्त्रीस्तरीय वार्ता समिति चाहिन्छ । 
अमर तुम्याहाङ
संयोजक, वार्ता सहजीकरण समिति

त्यही दिन काफ्लेपाटीमा आन्दोलनकारी र प्रहरीबीच झडप भयो । त्यहाँ केबलकारको पहिलो स्टेसन निर्माण भइरहेको छ । शुक्रबार आन्दोलनकारीहरूले त्यस क्षेत्र नियन्त्रणमा लिएका थिए । शनिबार भने उनीहरूले सदरमुकाम फुङ्लिङमा जुलुससहित प्रदर्शन गरेका थिए । सोही क्रममा प्रहरी हस्तक्षेप भएको आन्दोलनमा रहेका नेता योङ्याले बताए ।

उनका अनुसार अझैसम्म दुई जना अझै बेपत्ता छन् । बेपत्ता पारिएकाहरू होमराज आङ्बुहाङ र हरिराज खिम्दिङ छन् । पाँच जना गम्भीर घाइते छन् । समर येङ्देन, शिशिर पोमु, एनके दर्नाल, राम राई र नेपाली सेनाका पूर्वमेजर असीम पालुङ्वाको अवस्था गम्भीर छ । थुप्रै आन्दोलनकारी घाइते भएको आन्दोलनमै रहेका युवा नेता सजिव योङ्याले बताए । उनका अनुसार सोमबारमात्रै इन्दिरा धौराली र सुवास सम्बाहाम्फे पक्राउ परे । यसअघि १५ जना पक्राउ परेका थिए ।

पक्राउ पर्नेमा ताप्लेजुङका नवीन पोमु, पाँचथरका यमन राई, मित्र लिङ्देन र सुनिता केरुङ, इलामका योगेन्द्र लाओती, झापाकी दीक्षा क्षेत्री, इक्सा लिम्बू र निहा चेम्जोङ छन् । मोरङका तुलाराम तामाङ र हरि लिम्बू, सुनसरीका विवेक लिम्बू, जुरन राई, अर्जुन तामाङ, अनुप सुब्बा र विशेष सुब्बा पनि पक्राउ परेका छन् । उनीहरूको रिहा भएको छैन । 

जिल्ला प्रहरी प्रमुख डिएसपी रवि रावलले भने आन्दोलनकारीहरूले सर्वसाधारणको घरघरमा मसाल जुलुसको आगो फालेपछि स्थिति नियन्त्रणमा लिँदा सामान्य बल प्रयोग भएको बताए । यता जिल्ला प्रशासन कार्यालय ताप्लेजुङले शनिबार मध्यरातिदेखि नै जारी गरेको निषेधाज्ञा अझै फिर्ता लिएको छैन । निषेधाज्ञामा उल्लेख भएअनुसार ताप्लेजुङ सदरमुकाम फुङ्लिङ बजार क्षेत्र र पाथीभराको काफ्लेपाटी, बलुडाँडा क्षेत्रमा निषेधाज्ञा छ । 

सूचनामा प्रतिकूल परिस्थिति बनेका कारण स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ (३) (क) बमोजिम निषेधाज्ञा जारी गरिएको उल्लेख छ । सूचनामा सदरमुकाम फुङ्लिङ बजारसहित पूर्वतर्फ फुङ्लिङ नगरपालिका–७ सल्लेरी, पश्चिममा घोडेटार थलङधारा, उत्तरतर्फ उकालीपानी र दक्षिणतर्फ शेर्पा टोल, भेटेरिनरी कञ्चनजंघा टोलसम्म निषेधाज्ञा तोकिएको छ ।

पाथीभरा क्षेत्रको काफ्लेपाटी बलुडाँडाको पूर्वतर्फ पर्यटक प्रहरी भवन, पश्चिमतर्फ बलुडाँडा डढेले इलाका, उत्ततरतर्फ केबलकार बेस स्टेसन र दक्षिणतर्फ निर्माणधीन नयाँ बसपार्कको १०० मिटर क्षेत्रभित्र सीमा निषेधाज्ञाका लागि तोकिएको छ ।ती क्षेत्रहरूमा पाँच जनाभन्दा बढी मानिस भेला हुन नपाउने, सभा, जुलुस, प्रदर्शन र घेराउजस्ता गतिविधि गर्न नपाउने सूचनामा भनिएको छ । उल्लंघन भएमा कारबाही गर्ने चेतावनीसमेत दिइएको छ ।


प्रकाशित मिति: मंगलबार, फागुन १३, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP