Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लोचाखोला
  • #रावाबेँसी
  • #हौँचुर
  • #भेप_हानिकारक
  • #गीता_चौधरी
  • #सीता वादी
  • #सोविता गौतम
  • #हर्क सम्पाङ राई
  • #बादल’
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • नेपालगञ्जमा हात्तीपाइलेविरुद्धको औषधि सेवन सुरु
नेपालगञ्जमा हात्तीपाइलेविरुद्धको औषधि सेवन सुरु
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, फागुन ५, २०८१

नेपालगञ्ज-  नेपालगञ्जमा आजदेखि हात्तीपाइले रोगविरुद्धको औषधि सेवन सुरु भएको छ ।   वडा नं ८ बाट स्थानीयलाई सो रोगविरुद्ध औषधि सेवन गराई आम औषधि सेवन कार्यक्रम शुभारम्भ भएको हो ।

शुभारम्भ कार्यक्रममा नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशान्त विष्टले आफूले पनि हात्तीपाइले रोगविरुद्धको आम औषधि सेवन गरेको जानकारी दिँदै औषधि ढुक्क भएर सेवन गर्न आग्रह गरे । 

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखा निर्देशक डा यदु चन्द्र घिमिरेले नेपालबाट हात्तीपाइले रोग निवारण गर्न बाँकेका तीन पालिका मुख्य चुनौतीका रुपमा देखिएकाले औषधि सेवन कार्यक्रमलाई निरन्तरता दिइएको बताए । 

Hardik health

इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका वरिष्ठ जनस्वास्थ्य अधिकृत रामकुमार महतोले सन् २०३० सम्म हात्तीपाइले रोग निवारण गर्ने दिगो विकास लक्ष्य भएको बताए  । स्वास्थ्य कार्यालय बाँकेका प्रमुख अङ्गदबहादुर शाहीले सबैलाई हात्तीपाइले रोगविरुद्धको औषधि सेवन गर्न आग्रह गर्दै औषधि सेवन गर्न नआएकालाई घरघरमा पुगेर पनि औषधि सेवन गराइने बताए ।

बाँकेमा अहिलेसम्म १५.३६ प्रतिशत र नेपालगञ्ज उपमहानगरपालिकामा १८.४५ प्रतिशतले औषधि सेवन गरेका छैनन् । नेपालगञ्ज उपमहानगरपालिकाका कुनै पनि वडामा औषधि सेवन दर ८० प्रतिशत नपुगेको स्वास्थ्य कार्यालय, बाँकेले जनाएको छ । जिल्लाको डुडुवा र नरैनापुरमा यही फागुन ७ गतेदेखि आम औषधि सेवन अभियान सुरु हुन लागेको प्रमुख शाहीले जानकारी दिए ।  

बाँकेमा कुल दुई लाख ५७ हजारभन्दा बढीलाई सो औषधि खुवाइनेछ । नेपालगञ्जमा एक लाख ६४ हजार ९६, डुडुवामा ४२ हजार १७४ र नरैनापुरमा ४२ हजार ३६९ र बैजनाथको ४ नं वडामा आठ हजार ९६२ गरी कुल दुई लाख ५७ हजार ६०१ जनालाई औषधि खुवाउने लक्ष्य रहेको स्वास्थ्य कार्यालय बाँकेले जनाएको छ । 
 


प्रकाशित मिति: सोमबार, फागुन ५, २०८१  १६:४३
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
मुस्ताङमा आजदेखि एचपिभी खोप कार्यक्रम सुरु
मुस्ताङमा आजदेखि एचपिभी खोप कार्यक्रम सुरु बुधबार, चैत १८, २०८२
विद्युतीय चुरोट स्वास्थ्यका लागि जोखिमपूर्णः नयाँ अनुसन्धान
विद्युतीय चुरोट स्वास्थ्यका लागि जोखिमपूर्णः नयाँ अनुसन्धान बुधबार, चैत १८, २०८२
ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा सङ्क्रमण
ढोरपाटनमा अझै नियन्त्रणमा आएन दादुरा सङ्क्रमण बुधबार, चैत १८, २०८२
औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु
औलो र कालाजार नियन्त्रणका लागि विषादी छिट्न सुरु मंगलबार, चैत १७, २०८२
बर्ड फ्लूको जोखिम देखिएपछि सीमामा उच्च सतर्कता
बर्ड फ्लूको जोखिम देखिएपछि सीमामा उच्च सतर्कता सोमबार, चैत १६, २०८२
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी
चितवन कारागारमा ११८ जना बिरामी कैदीबन्दी सोमबार, चैत १६, २०८२
प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन
प्रादेशिक स्वास्थ्य संस्थाको अनुगमन, काम नगर्नेलाई कारबाही गर्न निर्देशन शुक्रबार, चैत १३, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
स्ट्रेट अफ होरमुजमा इरानको नियन्त्रण, विश्व बजारमा तेल संकट
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
नवनियुक्त प्रधानमन्त्री साहबाट शपथ ग्रहण सम्पन्न
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP