Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #मनोनयन_दर्ता
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होछार
  • #तामाङ_घेदुङ
  • #सामाजिक सुरक्षा कोष
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा ...
जसले विद्यालय जोगाए उनैबाट शिक्षक सम्मानित हुँदा ...
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २७, २०८१

काठमाडौं -  विसं २०१८ को प्रवेशिका (एसएलसी) परीक्षा गोरखा सदरमुकाममा रहेको शक्ति माध्यमिक विद्यालयका लागि अविस्मरणीय रह्यो । त्यस वर्ष कुनै पनि विद्यार्थी एसएलसीमा उत्तीर्ण नभए विद्यालय घटुवामा पर्ने निश्चित थियो । मावि तहको अनुमति नै खारेज हुन सक्थ्यो । 

विद्यार्थी अनुत्तीर्ण भए विद्यालय घटुवामा पर्ने भएपछि सदरमुकामको शैक्षिक मात्र होइन प्रशासनिक क्षेत्रमासमेत छटपटी थियो । के गर्ने, कसो गर्ने भनेर खैलाबैला चलिरहेको थियो । कहिलेकाहीँ अभिभावक र विद्यार्थी दुवैले ल्याउने खुसी सधैँ अविस्मरणीय हुने गर्दछ । यस्तै खुसी लिएर आएको थिए छात्रा कल्पना पाण्डे । 

विद्यालयलाई प्राण दिने पहिलो इतिहास कायम भयो पाण्डेका नाममा । हाल ८२ वर्ष पुगेकी पाण्डेले २०१८ सालको एसएलसी उत्तीर्ण गरेर विद्यालयको छवि उजिल्याए । त्यसयता शक्ति मावि पछि परेको छैन, गोरखामै एक प्रतिष्ठित विद्यालयका नामले  निरन्तर प्रगतिउन्मुख छ ।  

Hardik health

यसपटक तिनै पूर्व विद्यार्थी पाण्डे विद्यालयका पुराना तीन जना प्रधानाध्यापकलाई सम्मान गर्न प्रज्ञा–प्रतिष्ठान पुगे । सोही विद्यालयका पूर्व विद्यार्थी समूहले शनिबार राजधानीमा आयोजना गरेको समारोहमा प्रधानाध्यापकत्रय बाबुराम श्रेष्ठ, रामचन्द्र आचार्य र गोबर्धन आचार्यलाई ताम्रपत्रसहित सम्मान गरिएको थियो ।  हाल ८२ वर्ष पुग्नुभएका पूर्व प्रधानाध्यापक रामचन्द्रले २०१६ सालदेखि उक्त विद्यालयमा सेवागरी २०४३ देखि २०५७ सालसम्म १४ वर्ष प्रधानाध्यापकको जिम्मेवारी सम्हालेका थिए । 

त्यस्तै, १९९७ सालमा जन्मनुभएका गोबर्धनले २०१९ सालदेखि शक्ति माविमा सेवागरी २०५५ सालमा अवकाशमा गएका थिए । १९९९ सालमा जन्मिएका अर्का शिक्षक श्रेष्ठले भने २०१५ देखि उक्त विद्यालयमा सेवा गरेका थिए । शिक्षक र प्रधानाध्यापकको जिम्मेवारी निर्वाह गरेका श्रेष्ठले २०२५ सालमा अवकाश लिएका थिए ।  

सम्मान समारोहमा सोही विद्यालयका पूर्व विद्यार्थी शारदाप्रसाद धितालले २०३२ सालमा एसएलसी दिएका पुराना सहकर्मीहरुको खोजी गर्दै जाने क्रममा विस्तार हुँदै गएको पूर्व विद्यार्थीको समूहले गुरु सम्मान प्रारम्भ गरेको जानकारी दिए ।  ऐतिहासिक दरबार हाइस्कूलबाट गोरखाली चेलीहरुले पञ्चेबाजा बजाउँदै साजसज्जासहितको विशेष मोटरमा राखेर तीन प्रधानाध्यपकलाई नगरपरिक्रमा गराउँदै प्रज्ञा भवनको सिद्धिचरण सभाकक्षमा अभिनन्दन गरिएको थियो । कार्यक्रम संयोजक तथा शक्ति एलुम्नाई एशोसिएसनका निवर्तमान संयोजक मेघबहादुर मास्केले गौरवपूर्ण इतिहास बोकेको विद्यालय र गुरुहरुको योगदानको उच्च कदर गर्दै नयाँ संस्कार सुरु गरिएको बताए । 

कार्यक्रममा शैक्षिक क्षेत्रका अगुवा डा वसन्तचन्द्र मरहठ्ठाले चेलाहरुसँग गुरुहरु डराउनुपर्ने समयमा ज्येष्ठ नागरिक भएका विद्यार्थीबाट अग्रज गुरुहरुको सम्मान हुनु आफैँमा पवित्र कार्य भएको बताए। सोही विद्यालयका पूर्व विद्यार्थीहरु हाल नीति अनुसन्धान प्रतिष्ठानको कार्यकारी अध्यक्ष प्रा डा लेखनाथ शर्मा, शैक्षिक अगुवा प्रेमबहादुर थापा, मीनप्रसाद भट्टराईले समाजका लागि नैतिकवान, चरित्रवान, कर्मठ,र सुयोग्य नागरिक बनाउन गुरुहरुको महत्वपूर्ण योगदान रहेको उल्लेख गरे  ।  

कार्यक्रममा भारतका लागि नेपाली राजदूत डा शङ्कर शर्माले लिखित शुभकामना सन्देशमार्फत गुरुहरुले देखाएको गोरेटो आफूहरुको गन्तव्य तय भएको जनाए । उनले पनि सोही विद्यालयमा अध्ययन गरेका थिए । कार्यक्रममा सम्मानित व्यक्तित्वले यो उमेरमा पूर्व विद्यार्थीहरुले सम्मान गरेकामा आफूहरुले सही संस्कार दिएको अनुभूति भएको बताए । उनीहरुले भने, “जीवन एउटा सिकाइ हो, निरन्तर चलिरहन्छ, जो जहाँ जुन हैसियतमा पुगे पनि धरातल भने बिर्सनु हुँदैन ।” 
    
कार्यक्रममा राष्ट्रियसभा सदस्य तथा सोही विद्यालयका विद्यार्थी किरणबाबु श्रेष्ठ र नेपाली कांग्रेस नेत्री सृजना सिंहले आज पनि आफूहरु विद्यार्थी नै रहेको अनुभूति भएको सुनाए । उनीहरुलाई प्रदान गरिएको सम्मान पत्रमा भनिएको छ, “हजुरजस्ता गुरुलाई कृष्ण, अर्जुन र एकलव्यले जस्तो गुरुदक्षिणा अर्पण गर्ने क्षमता नभए पनि श्रद्धाका अभिनन्दन गर्दछौँ ।  गोरखा जिल्लाका पुराना विद्यालयमध्ये एक शक्ति माध्यमिक विद्यालय २००९ सालमा स्थापना भएको थियो ।


प्रकाशित मिति: आइतबार, माघ २७, २०८१  ११:२६
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’
विद्यालयमा ‘जन्मदिन अक्षयकोष’ सोमबार, माघ ५, २०८२
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख
‘शिक्षा गुणस्तर अभिवृद्धिमा सरकारी-निजी सहकार्य आवश्यक’:प्रदेशसभामुख सोमबार, पुस २८, २०८२
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’
महँगा निजी विद्यालयको विकल्प बन्दै भोजपुरको ‘समता स्कुल’ सोमबार, पुस २८, २०८२
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’
काठमाडौं विश्वविद्यालयमा आजदेखि ‘एआई–सम्मेलन’ सोमबार, पुस २८, २०८२
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द
चिसो बढेपछि तीन पालिकाका विद्यालय बन्द मंगलबार, पुस २२, २०८२
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी
एनआरएनए एमबीबीएस छात्रवृत्ति छनोट परीक्षामा ९० विद्यार्थी सहभागी आइतबार, पुस २०, २०८२
विद्यार्थीलाई ३० रुपैयाँमा खाना
विद्यार्थीलाई ३० रुपैयाँमा खाना बुधबार, पुस १६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP