Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #सामाजिक सुरक्षा कोष
  • #रासस
  • #गगनकुमार थापा
  • #जिता_मर्ना
  • #तामाङ_घेदुङ
Search Here
समाचार
  • Home
  • समाचार
  • नेपाल–चीन सांस्कृतिक तथा मित्रता झल्किने वृत्तचित्र काठमाडौँमा
नेपाल–चीन सांस्कृतिक तथा मित्रता झल्किने वृत्तचित्र काठमाडौँमा
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २१, २०८१

काठमाडौं -  नेपाल–चीन सांस्कृतिक तथा परम्परागत मित्रतालाई उजागर गर्ने उद्देश्यले आइतबार काठमाडौँको दरबार हाइस्कूलमा छोटो तथा लामो वृत्तचित्र प्रदर्शन गरिएको छ । 
 
चाइना मिडिया ग्रुप (सीएमजी) ले तयार पारेका यी वृत्तचित्रमा नेपालको सीमा क्षेत्रमा अवस्थित तिब्बत अर्थात् सिचाङ स्वशासित क्षेत्रका तिब्बती भिक्षुहरूको दैनिकी, जीवनशैली, नेपाल–चीन हिमाली क्षेत्रको पर्यावरण, तिब्बती आली प्रिफेक्चर र नेपालका हुम्लालगायत सीमावर्ती जिल्लाबीचको सीमा व्यापार, सिचाङमा आधुनिक कृषि प्रणालीको उन्नयनलगायत अहिले तीव्र गतिमा विकसित भइरहेको एआई प्रविधिको सहयोगमा निर्मित नेपाल–चीन सम्पदा संवाद र चिनियाँ नव वर्ष गालासम्बन्धी मनोरञ्जनात्मक सामग्री रहेका छन् ।
 
रानीपोखरीस्थित दरबार हाइस्कूल २०७२ को भूकम्पमा ध्वस्त भएपछि चीन सरकारकै सहयोगमा पुनःनिर्माण गरिएको हो । चीनको शाङ्हाई कन्स्ट्रक्सनले ठेक्का पाएको यो  चार तले स्कुलमा ४० कक्षा कोठा रहेका छन् । “विद्यालय भवन आफैँमा नेपाल चीन मित्रताको पर्याय हुँदै हो, त्यसमाथि आपसी मैत्री आयाम समेटिएका वृत्तचित्र देखाइँदा विद्यार्थीमा अन्तरदेशीय जानकारी हासिल गर्न सहज र प्रभावकारी भयो”– विद्यालयका शिक्षक निश्चल अधिकारीले भने ।  
 
 अब नेपाल चीन सम्बन्धमा अग्ला हिमालको तगारो नरहेको बताउँदै सीएमजी नेपाली सेवाका पत्रकार लक्ष्मी लम्सालले विज्ञान प्रविधिको तीव्र विकासले विश्व बुझ्न धेरै सहयोग पुगेको बताउनुभयो । नेपाल चीन सम्बन्धमा इतिहासदेखि वर्तमानसम्म बुद्धभद्र, सुआन चाङ, भृकुटी, फा सियान, अरनिकोलगायत मूर्त अमूर्त सांस्कृतिक र जनस्तरीय आदानप्रदानका प्रामाणिक लिखत र चिन्ह रहेकाले अन्तर्देशीय सम्बन्ध छर्लङ्ग रहेको उहाँको भनाइ छ ।      


प्रदर्शित भिडियोमध्ये चीन र नेपालका सङ्ग्रहालयको संवाद एआई प्रविधिको सहयोगमा बनाइएको छ । जसमा चिनियाँ र नेपाली मुकुण्डोले एक अर्काका पुराना परम्परा र इतिहास एवं मिल्दाजुल्दा पक्षबारे जानकारी दिएको छ । अर्को छोटो भिडियामा नेपाल र चीनबीचको बुद्ध धार्मिक  ऐतिहासिक मित्रताको सङ्केत गर्न चीनको मोकाउ गुफा र नेपालको बौद्धनाथबीच संवाद गराइएको छ ।

त्यस्तै नेपालको एकसिङ्गे गैँडा र चीनको पाण्डा, चिनियाँ र नेपाली चियाबीचको सभ्यता र इतिहास झल्काउने विषयवस्तुका साथै हजार वर्ष अगाडिको सिल्क रोडको पुनः स्मरण गरिएको छ । संयुक्त राष्ट्रसङ्घीय शैक्षिक, वैज्ञानिक तथा सांस्कृतिक सङ्गठन (युनेस्को) को गैर–भौतिक सांस्कृतिक सम्पदामा सूचिकृत भएपछिको चिनियाँ नव वर्ष स्प्रिङ फेस्टिभल विश्व चासोको विषय बनेको छ ।

Hardik health

यसै सन्दर्भमा अघिल्लो वर्षको वसन्त चाड गाला प्रदर्शन गरिएको थियो । प्रदर्शित नव वर्ष गालामा चिनियाँ नवाचार, वैज्ञानिक तथा प्राविधिक चमत्कार, कुङ्फु कलालगायत परम्परागत चिनियाँ शैलीका सामग्रीले गहिरो छाप पारेको भिडियो हेरेका बालबालिकाले बताए ।

 


प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ११:१४
#नेपाल_चीन
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भयमुक्त वातावरणमा निर्वाचन हुन्छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी
भयमुक्त वातावरणमा निर्वाचन हुन्छः कार्यवाहक प्रमुख निर्वाचन आयुक्त भण्डारी सोमबार, माघ ५, २०८२
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ
मेडिकल व्यवसायी दुर्गा प्रसाईं पक्राउ सोमबार, माघ ५, २०८२
प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा
प्रदेशसभा सदस्यबाट डा जोशीको राजीनामा सोमबार, माघ ५, २०८२
देशसभा सदस्यबाट डा जोशीको राजीनामा
देशसभा सदस्यबाट डा जोशीको राजीनामा सोमबार, माघ ५, २०८२
पर्वले सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्दै आएका छन्ः कावा सभापति खड्का
पर्वले सद्भाव र भाइचाराको सन्देश प्रवाह गर्दै आएका छन्ः कावा सभापति खड्का सोमबार, माघ ५, २०८२
विकास देखिने गरी हुनुपर्छः मन्त्री भण्डारी
विकास देखिने गरी हुनुपर्छः मन्त्री भण्डारी सोमबार, माघ ५, २०८२
पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा
पर्वले धर्म र संस्कृति संरक्षण तथा संवद्र्धनमा प्रेरित गर्दै आएका छन्ः सभापति थापा सोमबार, माघ ५, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP