Nada Auto Show 2026 Nada Auto Show 2026
x
Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #८०औँ स्वतन्त्रता दिवस
  • #नाडा अटो शो
  • #नाडा अटोमोवाइल्स एशोसिएशन अफ नेपाल
  • #मिलनबाबु मल्ल
  • #३२ औं तामाङ प्रसारण दिवस
  • #शेरबहादुर देउवा
  • #ढुण्डीराज पौडेल
  • #वैदेशिक सहायता
  • #सार्वजनिक लेखा समिति
Search Here
अर्थतन्त्र
  • Home
  • अर्थतन्त्र
  • मूल्यवृद्धि अझै नियन्त्रणबाहिर 
मूल्यवृद्धि अझै नियन्त्रणबाहिर 
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ २१, २०८१
  •  विदेशी मुद्रा सञ्चिति १३.५ प्रतिशतले बढ्यो, १७ महिनालाई धान्ने वस्तु र १४ महिनालाई धान्ने वस्तु तथा सेवा आयात गर्न पुग्ने 
  • घिउ तथा तेलको १०.६७ प्रतिशत, दाल तथा गेडागुडीको ९.४८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यवृद्धि ७.२३ प्रतिशतले बढ्यो

काठमाडौं– मूल्यवृद्धि नियन्त्रणमा सरकार अझै असफल देखिएको छ । चालु आर्थिक वर्षको छ महिना अर्थात् पुस मसान्तसम्मको तथ्यांकमा मूल्यवृद्धि लक्षित सीमाभन्दा माथि नै कायम रहेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आइतबार देशको वर्तमान आर्थिक तथा वित्तीय स्थिति प्रतिवेदनमा चालु आवको छ महिनामा मूल्यवृद्धि ५.४१ प्रतिशतमा उक्लिएको छ । जबकि, सरकारले मूल्यवृद्धि पाँच प्रतिशतभित्र सीमित गर्ने लक्ष्य राखेको थियो । 

‘२०८१ पुस महिनामा वार्षिक बिन्दुगत उपभोक्ता मुद्रास्फिति ५.४१ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो मुद्रास्फिति ५.२६ प्रतिशत रहेको थियो,’ प्रतिवेदनमा भनिएको छ । खाद्यवस्तुमा सबैभन्दा बढी मूल्यवृद्धि घिउ र तेलमा भएको देखिएको छ । समीक्षा अवधिमा खाद्य तथा पेयपदार्थ समूहअन्तर्गत तरकारी उपसमूहको वार्षिक बिन्दुगत उपभोक्ता मूल्य सुचकांक २८.५२ प्रतिशत, घिउ तथा तेलको १०.६७ प्रतिशत, दाल तथा गेडागुडीको ९.४८ प्रतिशत र खाद्य तथा खाद्यजन्य पदार्थको मूल्यवृद्धि ७.२३ प्रतिशतले बढेको छ । मरमसलाको मूल्य सूचकांक भने ३.१२ प्रतिशतले घटेको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

गैरखाद्य तथा सेवा समूहअन्तर्गत विविध वस्तु तथा सेवा उपसमूहको वार्षिक विन्दुगत उपभोक्ता मूल्य सुचकांक ९.२५, मदिराजन्य पेयपदार्थको ७.०१, कपडाजन्य तथा जुत्ताचप्पलको ६.७५ प्रतिशत र फर्निसिङ तथा घरायसी उपकरणको ५.२९ प्रतिशतले बढेको छ ।

कोशी र तराईंमा धेरै मूल्यवृद्धि
यो अवधिको समीक्षामा कोशी प्रदेशमा ६.७३ प्रतिशत मूल्यवृद्धि देखिएको छ भने तराईमा ५.६० प्रतिशतले मूल्य बढेको देखिन्छ । प्रदेशगत र भेगीय वर्गीकरणमा कोशी र हिमालमा मूल्यवृद्धि भएको देखिएको हो । यसैगरी मधेमा ५.९६, बागमतीमा ५.१४, गण्डकीमा ४.३७, लुम्बिनीमा ४.८३, कर्णालीमा ४.६० र सुदूरपश्चिममा ५.६७ प्रतिशतले मूल्य बढेको प्रतिवेदनमा उल्लेख छ । यसैगरी भेगीय हिसाबमा पहाडमा ५.४१, हिमालमा ५.२७ र काठमाडौं उपत्यकामा ५.०३ मूल्यवृद्धि भएको देखिन्छ । 

Nada Auto Show 2026
Hardik health

शोधनान्तर बचत बढ्यो
भुक्तानी सन्तुलन (शोधनान्तर स्थिति) करिब साढे दुई खर्ब रुपैयाँ पुगेको राष्ट्र बैंकले जनायो । चालु आर्थिक वर्षको छ महिनामा आयातमा केही वृद्धि भए पनि सोहीअनुसार निर्यातमा पनि वृद्धि र विनियमदरमा भएको परिवर्तनले गर्दा रेमिट्यान्समा पनि सामान्य वृद्धि हुँदा पुसमा पनि शोधनान्तर बचतमा वृद्धि देखिएको हो ।

पुस मसान्तमा शोधनान्तर स्थिति दुई खर्ब ४९ अर्ब २६ करोडले बचतमा रहेको प्रतिवेदनमा उल्लेख छ । गत आव २०८०÷८१ को पुससम्म शोधनान्तर स्थिति दुई खर्ब ७३ अर्ब ५२ करोडले बचतमा थियो ।चालु खाता बचत पनि करिब डेढ खर्बनजिक पुगेको छ । पुस मसान्तमा चालु खाता बचत एक खर्ब ४८ अर्ब १७ करोड रुपैयाँ पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । गत आवको सोही अवधिमा चालु खाता एक खर्ब ६२ अर्ब ५६ करोड रुपैयाँले बचतमा थियो ।

यस अवधिमा खुद पुँजीगत ट्रान्सफर चार अर्ब २९ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो ट्रान्सफर तीन अर्ब ११ करोड रुपैयाँ रहेको थियो । 

विदेशी मुद्रा सञ्चिति
समीक्षा अवधिमा विदेशी विनिमय सञ्चिति १३.५ प्रतिशतले बढेको छ । राष्ट्र बैंकका अनुसार गत पुस मसान्तमा विदेशी विनिमय सञ्चिति २३ खर्ब १६ अर्ब ८४ करोड रुपैयाँ पुगेको छ । गत असार मसान्तमा यस्तो सञ्चिति २० खर्ब ४१ अर्ब १० करोड रुपैयाँबराबर रहेको थियो ।

अमेरिकी डलरमा यस्तो सञ्चिति २०८१ असार मसान्तमा १५ अर्ब २७ करोड रहेकोमा २०८१ पुस मसान्तमा १०.३ प्रतिशतले वृद्धि भई १६ अर्ब ८४ करोड पुगेको छ । कूल विदेशी विनिमय सञ्चितिमध्ये नेपाल राष्ट्र बैंकमा रहेको सञ्चिति २०८१ असार मसान्तमा १८ खर्ब ४८ अर्ब ५५ करोड रुपैयाँ रहेकामा २०८१ पुस मसान्तमा १२.१ प्रतिशतले वृद्धि भई २० खर्ब ७२ अर्ब ३४ करोड पुगेको छ । बैंक तथा वित्तीय संस्था (नेपाल राष्ट्र बैंकबाहेक) सँग रहेको विदेशी विनिमय सञ्चिति गत असार मसान्तमा एक खर्ब ९२ अर्ब ५५ करोड रहेकोमा गत पुस मसान्तमा २७ प्रतिशतले वृद्धि भई दुई खर्ब ४४ अर्ब ५० करोड रुपैयाँ कायम भएको छ । 

कर्जाको ब्याजदर घट्दो
चालु आवको छ महिनाको अवधिमा वाणिज्य बैंकहरुले प्रवाह गर्ने कर्जाको ब्याजदर सस्तो भएको छ । प्रतिवेदनअनुसार २०७८ असार मसान्तमा बैंकहरुले कर्जा प्रवाह गर्दा लिने भारित औसत ब्याजदर ८.६९ प्रतिशत थियो ।२०८१ पुस मसान्तसमा पनि बैंकहरुको भारित औसत ब्याजदर ८.६९ प्रतिशत रहेको छ । नेपाल राष्ट्र बैंकका अनुसार २०८१ पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ८.६९ प्रतिशत रहेको देखिएको हो ।

यस्तै विकास बैंकहरुको १०.१० प्रतिशत र वित्त कम्पनीहरुको ११.१० प्रतिशत रहेको छ । २०८० पुसमा वाणिज्य बैंकहरुको कर्जाको भारित औसत ब्याजदर ११.३८ प्रतिशत, विकास बैंकहरुको १३.१४ प्रतिशत र वित्त कम्पनीहरुको १४.०९ प्रतिशत रहेको थियो ।२०८१ पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ४.७५ प्रतिशत रहेको छ । यता विकास बैंकहरुको ५.५६ प्रतिशत र वित्त कम्पनीहरुको ६.६६ प्रतिशत रहेको छ । २०८० पुसमा वाणिज्य बैंकहरुको निक्षेपको भारित औसत ब्याजदर ७.३२ प्रतिशत, विकास बैंकहरुको ८.५५ प्रतिशत र वित्त कम्पनीहरुको ९.६२ प्रतिशत कायम भएको थियो ।

२०८० पुसमा ९१–दिने ट्रेजरी बिलको भारित औसत ब्याजदर ३.३७ प्रतिशत रहेको थियो । २०८१ पुसमा २.८१ प्रतिशत रहेको छ । बैंक तथा वित्तीय संस्थाहरुबीचको अन्तर बैंक कारोबारको भारित औसत ब्याजदर २०८० पुसमा २.८६ प्रतिशत रहेकोमा २०८१ पुसमा ३ प्रतिशत थियो ।२०८१ पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ६.६५ प्रतिशत, विकास बैंकहरुको ८.६१ प्रतिशत र वित्त कम्पनीहरुको ९.५० प्रतिशत रहेको थियो । २०८० पुसमा वाणिज्य बैंकहरुको औसत आधार दर ९.३५ प्रतिशत, विकास बैंकहरुको ११.४९ प्रतिशत र वित्त कम्पनीहरुको १२.७७ प्रतिशत रहेको थियो ।
 


प्रकाशित मिति: सोमबार, माघ २१, २०८१  ११:०७
प्रतिक्रिया दिनुहोस्
थप अर्थतन्त्र
वैदेशिक सहायताको प्रभावकारी उपयोगमा अर्थमन्त्रीको जोड
वैदेशिक सहायताको प्रभावकारी उपयोगमा अर्थमन्त्रीको जोड बिहीबार, भदौ ४, २०८३
शिक्षक-कर्मचारीको पारिश्रमिक वृद्धिले थपियो चार अर्ब ६८ करोडको भार
शिक्षक-कर्मचारीको पारिश्रमिक वृद्धिले थपियो चार अर्ब ६८ करोडको भार बिहीबार, भदौ ४, २०८३
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश बुधबार, भदौ ३, २०८३
राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप संकलन गर्दै
राष्ट्र बैंक ३५ अर्बको छ महिने निक्षेप संकलन गर्दै बुधबार, भदौ ३, २०८३
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि
सरकारी प्रयासको नतिजा देखिँदै, टेलिकमको नाफा ४ अर्ब माथि मंगलबार, भदौ २, २०८३
वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
वर्षासँगै नौ सडकखण्ड अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह सोमबार, भदौ १, २०८३
वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह
वर्षाले विभिन्न राजमार्ग अवरुद्ध, यात्रामा सतर्कता अपनाउन आग्रह आइतबार, साउन ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वैदेशिक रोजगारीमा कीर्ते गर्नेलाई १२ वर्षसम्म कैदको प्रस्ताव 
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
वीरगञ्जमा भारतको ८०औँ स्वतन्त्रता दिवस उत्साहपूर्वक मनाइयो
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
ई-७ भिसाको मागपत्र प्रमाणीकरण सुरू
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
५० वर्षको नाडा: अटो शोमार्फत उद्योग, प्रविधि र स्वदेशी उत्पादनको नयाँ सन्देश
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
एकै दिन दुई वडा कार्यालय भवन उद्घाटन
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
सरकारले सभापति थापामाथि निगरानी बढाएको कांग्रेसको आरोप
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
व्यवसाय बन्द गर्ने चेतावनीकाबीच थप ८९ म्यानपावरमाथि विभागको कारबाही
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक / सम्पादक कृष्ण कार्की
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP