Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कृषि
  • Home
  • कृषि
  • जुनेलो, फापर, गहत फलाउने किसान भएनन्
जुनेलो, फापर, गहत फलाउने किसान भएनन्
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ २०, २०८१

उदयपुर-  जिल्लाको पहाडी क्षेत्रमा लामो समयदेखि परम्परागत रूपमा उत्पादन हुँदै आएका फापर, जुनेलो, गहतलगायत अन्नबाली हिजोआज खेती हुन छाडेको छ । ताप्ली, उदयपुरगढी, रौतामाई र लिम्चुङबुङ गाउँपालिकामा परम्परागत रूपमा खेती हुँदै आएको फापर, जुनेलो, गहत जस्ता अन्नबाली लगाउने किसानको कमी हुन थालेपछि लोप हुने अवस्थामा पुगेको हो ।

रौतामाई गाउँपाालिका–५ रामेटारका किसान पदमबहादुर मगरले २० वर्ष अगाडिसम्म गाउँमा गहत, जुनेलोको प्रशस्त उत्पादन हुने बताउँदै पछिल्लो समय खेती गर्नेको सङ्ख्यामा कमी आएपछि उत्पादन पनि नभएको उल्लेख गरे। पछिल्लो समय बजारसमेत पाउन टाडेको उहाँको भनाइ छ ।

रौतामाई–४ का किसान नेत्रप्रसाद खत्रीले भने, “करिब १५–२० वर्ष अघिसम्म गाउँघरमा जुनेलो प्रशस्त उत्पादन गरेर बिक्री गर्दथ्यौँ । हिजोआज यसको खेती हुन छाडेपछि खान मन लागेमा अन्यत्र गएर किनेर ल्याउन बाध्य भएका छौँं ।”

Hardik health

उदयपुरगढी गाउँपालिका–४ डुम्रेका किसान बहादुर घले मगरले परम्परागत अन्नबाली गाउँघरबाट लोप हुँदै गएकामा चिन्ता व्यक्त गर्दै भने, “विगतमा आफूहरूले घरबारीमा गहत, पाखाबारीमा चारैतिर जुनेलो खेती गर्दथ्यौँ । अहिले सबै युवा शिक्षा, रोजगारीलगायत कारणले गाउँ छाडेर सहर तथा विदेश जान थालेपछि गाउँमा कसले खेती गर्ने ? जग्गा सबै बाँझै रहन थाल्यो, काम गर्ने जागरिला युवा गाउँघरमा बस्दैनन् ।”

गाउँघरमा परम्परागत खेतीमा सक्रिय व्यक्ति वृद्ध हुनु, युवा कृषि पेसामा आबद्ध नहुनु तथा विदेश वा सहर जानुलगायत कारणले खेती बाँझो हुन थालेको ताप्ली गाउँपालिका–४ का बर्जबहादुर राईले बताए । खेती गर्ने युवा जनशक्तिको अभावमा हिजोआज जुनेलो, फापर, गहत जस्ता अन्नबाली उत्पादन हुने छोडेको उनले उल्लेख गरे 

राईले भने, “करिब २० वर्ष अगाडिसम्म यहाँका पाखाबारीमा जुनेलो खेती बढी हुने भएकाले गाउँनै जुनेलो मय हुन्थ्यो । हिजोआज यसको खेती गर्ने बुढाबुढी अशक्त भए, कोही बितेर गए, युवाहरू जिल्ला बाहिर र विदेश जान थाले, गाउँ रित्तो हुँदै गयो ।” जिल्लाको पहाडी क्षेत्रका अधिकांश डाँडापाखा, बारीहरूमा विगतमा प्रशस्त जुनेलो उत्पादन हुने गरे पनि हिजोआज जनशक्ति नहुँदा यसको खेती हुन छाडेको यहाँका कृषक बताउँछन् । 

विगतमा गाउँको पाखा तथा सुख्खाबारीमा अनिवार्य गहत तथा जुनेलोको उत्पादन गरिनेमा पछिल्लो समय युवाले खेतीप्रति चासो नदिनु र गाउँघरबाट युवा अन्यत्र पलाएन हुनुलगायत कारणले परम्परागत बाली लोप हुँदै गएका रौतामाई गाउँपालिकाका पूव अध्यक्ष गजेन्द्र खड्काले बताए । उनका अनुसार जुनेलो रौताको सल्ले, हात्तीपाइले र पोखरे क्षेत्रमा अझै पनि केही कृषकले उत्पादन गरिरहेका छन् । फापर र गहत भने लोप हुने अवस्थामा पुगेको उनको भनाइ छ । 
   
उदयपुरगढी गाउँपालिका दनुवारबेँसीका कृषक रितबहादुर तामाङले विगतमा गाउँघरमा फापर, जुनेलो उत्पादन गरेर अन्यत्र बिक्री गर्ने गरिएकामा हिजोआज खेती हुन छाडेपछि आफैँलाई खान पनि खोजेर ल्याउनुपर्ने अवस्था आएको बताए ।  जिल्ला कृिष ज्ञान केन्द्रका सूचना अधिकारी अनु बिसीले विगतमा जिल्लाको पहाडी क्षेत्रका गाउँघरमा उत्पादन हुने फापर, जुनेलो, गहत प्रशस्त उत्पादन हुने गरेकामा पछिल्लो समय र किसानले खेती गर्न छाडेका बताए । प्रत्येक वर्ष जिल्लाको पहाडी क्षेत्रमा अन्नबाली कोदोबाहेक अन्य परम्परागत बालीहरूको उत्पादन घट्दै गएको उनले जानकारी दिए । 


प्रकाशित मिति: आइतबार, माघ २०, २०८१  १५:१०
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP