Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • बागलुङको ‘कालो टीका’ अभियानले घरमा सुत्केरी हुने घटे
बागलुङको ‘कालो टीका’ अभियानले घरमा सुत्केरी हुने घटे
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ १६, २०८१

बलेवा - स्वास्थ्य संस्थामा प्रसूति गराउँदा आमा र बच्चाको स्वास्थ्य जोखिममा नपर्ने तथा केही समस्या भए तत्काल उपचारको व्यवस्था गर्न सकिने भएकाले ‘होम डेलीभरी’लाई शून्यमा झार्ने अभियानस्वरुप यहाँका आमा समूहले घरमा कालो टीका लगाइदिने गरेका छन् ।

निसीखोला गाउँपालिकाका अधिकांश वडाका समुदायमा रहेका आमा समूहले यो विधिलाई अवलम्बन गरेका छन् । त्यसबाहेक अन्य पालिकामा पनि ‘साथ’ विधिका रूपमा यो अभ्यास भएको छ । निसीखोला–६ तिर्खापानी आमा समूहकी सदस्य निरुता बुढा गत कात्तिक १४ गते घरमै सुत्केरी भएपछि आमा समूहले उहाँको घरमा कालो टीका लगाइदिएको हो ।

पति सन्तोष बुढासहित घरपरिवारले जान नदिएपछि उहाँ घरमै सुत्केरी हुनुभएको थियो । त्यसपछि गाउँको आमा समूहले बनाएको सामाजिक नक्सामा उनको घरमा कालो टीका लगाइदिएको हो । तिर्खापानीकै मनदेवी घर्तीले पनि घरमै सन्तान जन्माए । भिडियो एक्सरे गर्नुपर्ने भएपछि निसी स्वास्थ्य चौकीले उनलाई बुर्तिवाङस्थित प्राथमिक स्वास्थ्य केन्द्रमा रेफर गरेको थियो ।

Hardik health

तर घर फर्केर जोखिम मोल्दै कात्तिकको १२ गते उनले छोरालाई जन्म दिनुभयो । पति देवीराज गोठ जानुपरेकाले उहाँलाई घर कुर्न राख्दा स्वास्थ्य संस्था नजानुभएको हो । अहिले मनदेवीको घरमा पनि कालो टीका लागेको छ । उहाँको यो पटकको चौथो सन्तान हो । यसअघिका तीन सन्तान जन्माउने बेलामा त उनी झन् गर्भजाँचमा पनि आएनन् । गर्भवती भएपछि आठपटकसम्म गर्भजाँच गराउनुपर्ने र स्वास्थ्यसंस्थामै पुगेर सुत्केरी हुनुपर्ने सरकारी ‘प्रोटोकल’ उनीहरुले उल्लङ्घन गरेपछि महिला स्वास्थ्य स्वयंसेविकासहित आमा समूह बैठकपछि घरमा कालो टीका लगाउने गरिएको छ ।

यो समस्या निसीखोलाका अधिकांश वडामा छ । कतिपयले प्रोटोकल पूरा गर्नै खोज्दैनन् भने कतिपयले भौगोगिक कठिनाइ देखाएर समस्या परेको गुनासो गर्छन् । “कालो टीका लाग्नुलाई नराम्रो सङ्केत मानिन्छ”, निसी स्वास्थ्य चौकीकी अनमी ज्ञानकुमारी बुढाले भने, “होम डेलीभरी घटाउने यो सामाजिक विधि हो ।” घरमै सुत्केरी भएको थाहा पाएपछि तत्काल स्वास्थ्यकर्मी पुगेर स्वास्थ्य अवस्था बुझ्ने र उपचार गराएको बुढाले बताए । उच्च रक्तचाप, बच्चा उल्टो भएका वा अन्य कुनै जटिल समस्या आउने देखिएमा रेफर गर्ने र नभए पनि उनको शारिरीक अवस्था हेरेर आवश्यक सुझाव दिने काम स्वास्थ्य चौकीमा हुने गरेको छ ।

निसीको तिर्खापानी, लुप्राङसहित अधिकांश वडाका ग्रामीण बस्तीका महिला गर्भ अवस्थामा पनि खेतीपाती, लेकको गोठमा जाने चलन छ । वस्तुभाउ चराउन लेकमा जाने चलनले पनि प्रोटोकलअनुसार गर्भजाँचमा नआउनेहरू प्रशस्त भएको बुढाले बताउनुभयो । घरपरिवारले चासो नराख्ने, कामले फुर्सद पनि नपाउनेहरू बढी मात्रामा होम डेलिभरीमा परेको उहाँले बताउनुभयो । कालो टीका नलाग्नका लागि सुत्केरीपछि पनि पाँच वर्षसम्मका बालबालिकालाई सबै खोप पूरा गर्ने र आमाले आइरन चक्की खाने प्रावधान पूरा गर्नुपर्छ ।

स्वास्थ्य प्रोटोकल पूरा नगर्नेलाई दबाब पर्ने भएकाले कालो टीका लगाउने गरिएको निसीखोला–३ स्कुलटोल आमा समूहकी अध्यक्ष कौशिला चन्दले बताए । निसीमा घरमै सुत्केरी हुने र गर्भजाँच नगर्नेको सङ्ख्या अत्यधिक छ । स्वास्थ्य चौकीले पनि लागत राख्नै कठिन भएको इन्चार्ज गणेश खड्काले बताए ।

उनका अनुसार आर्थिक वर्ष २०७९/८० मा एक सय आठ जना सुत्केरी हुने सूचना प्राप्त भएकामा २८ जना मात्र स्वास्थ्य संस्थामा आएका थिए । बाह्र जना घरमा सुत्केरी भएका थिए । चालु वर्षको छ महिनामा १६ जना स्वास्थ्य संस्थामा र दुई जना घरमा नै सुत्केरी भएका उनले बताए ।


प्रकाशित मिति: बुधबार, माघ १६, २०८१  १२:४०
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो शुक्रबार, जेठ १, २०८३
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य बिहीबार, वैशाख ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP