Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कृषि
  • Home
  • कृषि
  • ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्याउन कार्यक्रम सञ्चालन
ग्रामीण तहमा सहज पशु स्वास्थ्य सेवा पुर्याउन कार्यक्रम सञ्चालन
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, माघ १५, २०८१
Hardik health

भोजपुर -  ग्रामीण भेगमा सहज रूपमा पशु स्वास्थ्य सेवा विस्तार गर्न जिल्लामा सामुदायिक पशु सेवा सहायक प्रशिक्षण कार्यक्रम सञ्चालन गरिएको छ । पशुपालक किसानले दैनिकजसो भोगेको समस्यालाई ध्यानमा राख्दै दक्ष जनशक्ति उत्पादन गर्ने लक्ष्यले व्यवसायिक शिक्षा तथा तालिम परिषद् (सिटिइभिटी)ले २० किसानलाई एकमहिने (१६० घण्टे) पशु स्वास्थ्यसम्बन्धी अभ्यासमूलक प्रशिक्षण दिएको हो ।
 
एक महिनासम्म सञ्चालन भएको प्रशिक्षण कार्यक्रमपश्चात सहभागी किसानले आफ्नो क्षेत्रमा दक्ष ढङ्गले काम गर्न सक्ने सुम्निमा बहुप्राविधिक शिक्षालयका प्रमुख राजीवकुमार ठाकुरले बताए ।प्रशिक्षणका क्रममा सहभागी किसानलाई पशुमा लाग्ने रोग, उपचार पद्धति, बन्ध्याकरण, फार्म व्यवस्थापन, खोप र खोप प्रयोग विधिको विषयमा अभ्यास गराएर आवश्यक सीप दिएको प्रमुख ठाकुरले जानकारी दिए। स्थानीय किसानका माग र यहाँको आवश्यकतालाई ध्यानमा राखेर पहिलोपटक सदरमुकाममा यस प्रकारको तालिम सञ्चालन गरिएको उहाँको भनाइ छ । तालिम लिएकालाई योग्यताको प्रमाणपत्र दिइने उहाँको भनाइ छ ।

“यहाँका धेरै किसान पशुपालन व्यवसायमा जोडिएका छन्”, प्रमुख ठाकुरले भन्नुभयो, “तर उनीहरुमा पशुमा लाग्ने रोग र उपचार पद्धतिका विषयमा जानकारी नहुँदा धेरै समस्या छ । जनशक्ति अभावमा राज्य तहका पशु प्रविधिक सबै ग्रामीण भेगमा पुगेर सेवा प्रवाह गर्न नसकिरहेको अवस्था पनि छ । पशु स्वास्थ्यलाई सहज रूपमा विस्तार गर्ने लक्ष्यले एकमहिने प्रशिक्षण कार्यक्रम सञ्चालन गरेर सीप प्रदान गरेका छौँ ।”
 
जिल्लाका अधिकांश किसान पशुपालन व्यवसायमा जोडिएको भए पनि पशुमा लाग्ने सामन्य रोग तथा उपचार पद्धतिको विषयमा जानकारी नहुँदा समस्या हुने गरेको छ ।  स्थानीयस्तरका नागरिकले भोगेको समस्यालाई ध्यानमा राख्दै सिटीइभिटी र भोजपुर नगरपालिकाको सहकार्यमा एकमहिने सामुदायिक पशु सेवा सहायकको तामिल सञ्चालन गरिएको भोजपुर नगरपालिका पशु शाखा प्रमुख सन्तोष कटुवालले बताए। यहाँ उत्पादन भएका जनशक्तिले भावी दिनमा सहज रूपमा ग्रामीण भेगमा पशु सेवालाई विस्तार गर्न सक्ने उनको भनाइ छ ।
 
आफूले वर्षौँबाट पशुपालन गरिरहेको भए पनि पशुमा लाग्ने रोगका विषयमा जानकारी नहुँदा समस्या रहेको अवस्थामा एकमहिने तालिम पाएपछि सहजता भएको सहभागी स्थानीय किसान मोहनप्रसाद ढकालले जानकारी दिए । एक महिनासम्म पशु स्वास्थ्यको विषयमा अभ्यासमूलक सीप लिन पाउँदा खुसी लागेको उनको भनाइ छ । तालिममा सहभागी भए पनि गाउँघरमा पुगेर उपचार गर्न सक्ने भएको उनको भनाइ छ । 

“लामो समयबाट पशुपालन गरिरहेको थिएँ”, उनले भने, “मलाई पशुमा लाग्ने रोग र उपचार पद्धतिका विषयमा जानकारी थिएन । पशु बिरामी हुँदा सहज सेवा पाउन सकिरहेका थिएनौँ । अहिले आफैँले तालिम लिने अवसर पाएँ, धेरै खुसी लागेको छ । यस्ता सीपमूलक कार्यक्रम अन्य किसानसम्म पनि पुर्याउन आवश्यक छ ।”


प्रकाशित मिति: मंगलबार, माघ १५, २०८१  १२:०२
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP