Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
कृषि
  • Home
  • कृषि
  • अल्लोको कपडाबाट आकर्षक सामग्री
अल्लोको कपडाबाट आकर्षक सामग्री
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, माघ १४, २०८१

फुङ्लिङ-  ग्रामीण क्षेत्रमा पाइने कच्चा पदार्थको उपयोग गरेर ताप्लेजुङका महिला उद्यमी बन्दै गएका छन् । स्थानीय सरकार र विभिन्न संस्थाको सहयोगमा उहाँहरूले आफ्नो क्षमता विकास गर्दै उद्यमी बन्न थालेका हुन् । 

फुङ्लिङ नगरपालिका–१० कि दीपा लिम्बूले विगत एक वर्षदेखि अल्लो प्रशोधन कार्यमा संलग्न हुँदै आएका छन् । बिहान–बेलुका घरायसी काम सकेर दिउँसो उनी अल्लोबाट विभिन्न सामग्री उत्पादन गर्न व्यस्त रहन्छन् । त्यही गाउँका ६५ वर्षीया गङ्गामाया लिम्बू पनि अहिले अल्लोको कपडाबाट सामग्री उत्पादन गरेर आत्मनिर्भर बनेका छन्  । उनीसँगै  रूपमती लिम्बू पनि तालिम लिएर अल्लो कपडा उत्पादनमा सक्रिय छन् ।

फुरुम्बो गाउँका १६ महिलाले सामूहिक रूपमा अल्लोको सामग्री उत्पादन गर्दै आएका छन् । हिमाली संरक्षण मञ्च, रेड पाण्डा नेटवर्क, घरेलु तथा साना उद्योग र फुङ्लिङ नगरपालिकाको आर्थिक तथा प्राविधिक सहयोगमा उनीहरूले उद्यमशीलताको यात्रा सुरु गरेका हुन् ।

गत वर्षदेखि सुरु भएको अभियानले उनीहरूको जीवनमा ठूलो परिवर्तन ल्याएको छ । तालिमले महिलालाई उद्यम विकास, अल्लो सङ्कलन, प्रशोधन र उत्पादनको सीप प्रदान गरेको छ । यसै तालिमपछि उनीहरूले कपडाबाट पोशाक, झोला, पर्स, रुमाललगायत सामग्री उत्पादन गर्न थालेका छन् ।

Hardik health

घरेलु तथा साना उद्योग महासङ्घका महिला उपाध्यक्ष विष्णु श्रेष्ठका अनुसार विद्यालयबाट पनि अल्लो सामग्रीको माग आएको छ । “महिलाहरूले उत्पादन गरेका सामानको गुणस्तर राम्रो भएकाले बजार विस्तार हुँदैछ”, श्रेष्ठले भने । हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईका अनुसार यो अभियानमा रेड पाण्डा नेटवर्क र हिमाली संरक्षण मञ्चले रु २४ लाख लगानी गरेका छन् । फुङ्लिङ नगरपालिकाले रु दुई लाख, वडा कार्यालयले रु एक लाख ५० हजार र घरेलु तथा साना उद्योग कार्यालयले रु दुई लाख सहयोग गरेका छन् ।

तालिम र सामूहिक उत्पादनका क्रममा महिलाले ‘फुरुम्बु अल्लो कपडा उद्योग’ दर्ता गरेका छन् । सामूहिक उद्यमका रूपमा सुरु गरिएको यस उद्योगले उत्पादन गरेको सामग्री बजारसम्म पुर्याउन स्थानीय सरकार र हिमाली संरक्षण मञ्चले सहजीकरण गरिरहेको छ । फुङ्लिङ नगरपालिका–१० का वडाध्यक्ष सन्तोष लिम्बूका अनुसार नगरपालिकाले महिलाका उत्पादन विद्यालयमा आपूर्ति गर्ने योजना बनाएको छ । लिम्बूले भने, “स्थानीय उत्पादनलाई प्रवद्र्धन गर्नु मात्र होइन, यसले जिल्लाको पहिचानलाई समेत उजागर गर्छ ।”  

घरेलु तथा साना उद्योग महासङ्घका उपाध्यक्ष श्रेष्ठका अनुसार महिलाले घरको चुलोचौकोमा सीमित नरही स्थानीय स्रोत र साधनको सदुपयोग गरेर राम्रो आम्दानी गर्न सक्छन् । श्रेष्ठले भने, “स्थानीय सरकारले उत्पादन प्रवद्र्धन गर्न सक्यो भने महिलालाई अझ प्रोत्साहन हुनेछ”, स्थानीयस्तरमै कच्चा पदार्थको प्रशोधन र उत्पादनले महिलालाई आत्मनिर्भर बनाएको छ । यसले ग्रामीण महिलाको जीवनस्तर उकास्नुका साथै समाजमा उहाँहरूको स्थानसमेत बलियो बनाएको छ ।

फुरुम्बोका महिलाले सामूहिक प्रयासबाट स्थानीयस्तरमा स्वरोजगारको बलियो उदाहरण प्रस्तुत गरेका छन् । गाउँकै कच्चा पदार्थबाट उत्पादन गरिएका सामग्रीले बजार पाउँदै गर्दा उनीहरूमा आत्मविश्वास बढेको फुरुम्बो अल्लो प्रशोधन तथा कपडा उद्योगका अध्यक्ष चन्द्रकुमारी लिम्बूले बताए । 

अहिलेको उत्पादनलाई व्यावसायिक रूपमा विस्तार गर्ने योजनाअन्तर्गत उत्पादित सामग्रीलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा निर्यात गर्ने योजना बनाइएको छ । उनले भने, “सहज पहुँच र सहजीकरण पाउने हो भने हाम्रो उत्पादनले ठूलो बजार पाउन सक्छ ।”   महिलाको सामूहिक प्रयासले ग्रामीण क्षेत्रमा स्वरोजगार सिर्जनाका नयाँ सम्भावना उजागर गरेको छ । यसले महिला सशक्तीकरण र स्थानीय विकासमा महत्वपूर्ण योगदान पुर्याएको छ ।


प्रकाशित मिति: सोमबार, माघ १४, २०८१  १८:४७
प्रतिक्रिया दिनुहोस्
थप कृषि
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ
किसानलाई सखरखण्ड खन्नेदेखि बिक्रीका लागि भ्याइ नभ्याइ बुधबार, पुस ३०, २०८२
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि बुधबार, पुस ३०, २०८२
किसानको आक्रोश संसद्सम्म
किसानको आक्रोश संसद्सम्म मंगलबार, पुस २९, २०८२
भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण
भोजपुर तिम्माका महिलालाई तरकारी खेती गर्न टनेल वितरण मंगलबार, पुस २९, २०८२
सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै
सुदूरपश्चिममा दूधको उपलब्धता बढ्दै आइतबार, पुस २७, २०८२
टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित
टिप्ने बेलाको सुन्तलामा कीरा लागेपछि कृषक चिन्तित शुक्रबार, पुस २५, २०८२
किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी
किवी बिक्री नभएपछि जुस उत्पादन गर्दै महिला उद्यमी शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP