Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • विश्व कुष्ठरोग दिवसः नेपाल कुष्ठरोगमुक्ततर्फ नजिक
विश्व कुष्ठरोग दिवसः नेपाल कुष्ठरोगमुक्ततर्फ नजिक
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, माघ १३, २०८१

काठमाडौं - आज ७२औँ विश्व कुष्ठरोग दिवस नेपालसहित विश्वभर नै मनाइँदैछ । ‘कुष्ठरोग अन्त्यको कार्यमा सहभागी हौँ’ भन्ने मूल नाराका साथ दिवस मनाइँदैछ । 

नेपालले कुष्ठरोगविरुद्धको लडाईंमा उल्लेखनीय उपलब्धि हासिल गरेको छ । मुलुकमा अवलम्बन गरिएको नीतिअनुसार कुष्ठरोगका बिरामी घट्दै गएको तथ्याङ्कले देखाएको छ । कुष्ठारोगका बिरामी बर्सेनि घट्दै गएपछि मुलुक कुष्ठरोगमुक्ततर्फ नजिक पुगेको छ । 

नेपालमा सन् २०१९ को तुलनामा, सन् २०२४ मा नयाँ बिरामीको सङ्ख्यामा २५ प्रतिशत र बालबालिकामा कुष्ठरोग लाग्ने दरमा करिब ५० प्रतिशतले घटेकोे विश्व स्वास्थ्य सङ्गठनका नेपालका प्रतिनिधि डा राजेश पाण्डवले आज जारी गरेको विज्ञप्तिमा उल्लेख गरेको छ ।

सन् २०१० मा कुष्ठरोगलाई राष्ट्रियस्तरमा जनस्वास्थ्य समस्याका रूपमा निवारण गरिएको घोषणा गरिएको थियो । त्यसपछि नयाँ बिरामीको सङ्ख्या हरेक वर्ष लगातार घटिरहेको छ ।  उनले लगातार पाँच वर्षदेखि ७० प्रतिशतभन्दा धेरै स्थानीय तहले बालबालिकामा कुष्ठरोगको सङ्क्रमण शून्य रहेको प्रतिवेदन पेस गरेको बताए । उनले नेपालमा राष्ट्रियस्तरमा कुष्ठरोगका बिरामीको सङ्ख्यामा उल्लेखनीय कमी आएको बताए । 

Hardik health

इपिडिमिलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका निर्देशक डा यदुचन्द्र घिमिरेका अनुसार ७७ जिल्लामध्ये झापा, महोत्तरी, सिराहा, रौतहट, कपिलवस्तु, बाँकेलगायत १८ जिल्ला अझै पनि उच्च जोखिममा रहेका छन् । उनले नेपालमा गत आर्थिक वर्षमा दुई हजार चार सय ७२ जना मात्र कुष्ठरोगका नयाँ बिरामी फेला परेका बताए । उहाँ कुष्ठरोगका बिरामीलाई लाञ्छना होइन माया गर्नुपर्ने बताउनुहुन्छ । 

उनका अनुसार कुष्ठरोगबारे गलत धारणाले डर र सामाजिक बहिष्कारलाई बढावा दिने, उपचार खोज्नमा ढिलाइ र रोगको सङ्क्रमणलाई अझ बढाउने गर्दछ । निरन्तर लाञ्छना र विभेदले सङ्क्रमित व्यक्तिलाई प्रभाव पार्ने मात्र नभई निदान तथा उपचारका प्रयासमा अवरोध सिर्जना गर्ने गर्दछ । लाञ्छना र विभेदलाई समाधान गर्ने, जनचेतना बढाउने, आमजनतालाई शिक्षा दिने र समावेशी नीति कार्यान्वयन गर्न आवश्यक रहेको उनको भनाइ छ ।

नेपालले कुष्ठरोगबाट प्रभावित व्यक्तिविरुद्ध हुने लाञ्छना र विभेद अन्त्यका लागि २०औँ ग्लोबल अपिल २०२५ लाई अङ्गीकार गरी कुष्ठरोगसँग सम्बन्धित लाञ्छना र विभेद अन्त्य गर्ने आफ्नो प्रतिबद्धता जाहेर गरेको छ । सरकारले कुष्ठरोगका बिरामीलाई निःशुल्क औषधि उपलब्ध गराउँदै आएको छ । 

लक्षण

कुष्ठरोगका लक्षण शरीरमा छुँदा थाहा नपाउने, रातो वा फुस्रो रङको दाग देखिनु, अनुहार वा शरीरका अन्य भागमा दुख्ने वा नदुख्ने गिर्खा देखा पर्नु, अनुहारको छाला र कानको लोती बाक्लो तथा चम्किलो हुनु, नशा सुन्निनु वा दुख्नु तथा झमझम गर्नु, आँखा चिम्लिँदा पूरै बन्द नहुनु, आँखीभौँ झर्नु वा पातलो हुनु, हल्केलाको मासंपेशी सुकेर जानुजस्ता हुन् । 

यस्तै हातगोडाका औँला बाङ्गा हुनु र कमजोर हुँदै जानु, हातगोडा पोल्नु, निदाएको जस्तो हुुनु वा झमझम गरिराख्नु पनि कुष्ठरोगका लक्षण हुन् । कुष्ठरोगको उपचारमा लगानी बढाउन, उपचार सेवालाई सुदृढ पार्न र कुष्ठरोगसँग जोडिएका लाञ्छना तथा विभेदको अन्त्य गर्न जरुरी रहेकामा उक्त विज्ञप्तिमा भनिएको छ । 
 


प्रकाशित मिति: आइतबार, माघ १३, २०८१  १५:०३
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
पीडालाई बिर्सेर समुदायमा चेतना फैलाउँदै कुष्ठरोग प्रभावित
पीडालाई बिर्सेर समुदायमा चेतना फैलाउँदै कुष्ठरोग प्रभावित शुक्रबार, मंसिर २६, २०८२
सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड
सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड बुधबार, मंसिर २४, २०८२
बर्थिङ सेन्टर छ तर गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष छैनन्
बर्थिङ सेन्टर छ तर गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष छैनन् बुधबार, मंसिर २४, २०८२
बुधबारदेखि सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
बुधबारदेखि सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने बुधबार, मंसिर २४, २०८२
भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा
भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा मंगलबार, मंसिर २३, २०८२
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण सोमबार, मंसिर २२, २०८२
स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा
स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा सोमबार, मंसिर २२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP