Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #महोत्सव_२०८३
  • #आदिवासी_जनजाति_चलचित्र_महोत्सव
  • #नेपाल_तामाङ_घेदुङ
  • #कामकाजमा तामाङ र नेपाल भाषा
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #सपनाको_चंगा
  • #नेपाल चेम्बर अफ कमर्स
  • #नेपाल_पर्यटन_बोर्ड
Search Here
विश्व
  • Home
  • विश्व
  •  २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित: युनिसेफ
 २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित: युनिसेफ
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, माघ ११, २०८१

एजेन्सी - अत्यधिक प्रतिकुल मौसमका कारण गत वर्ष ८५ देशका करिब २४ करोड २० लाख बालबालिकाको विद्यालय शिक्षा प्रभावित भएको संयुक्त राष्ट्रसङ्घीय बालबालिका सम्बन्धी निकाय (युनिसेफ)ले बिहीबार जनाएको छ ।

युनिसेफकी कार्यकारी निर्देशक क्याथरिन रसलले बालबालिकाहरू अत्यधिक प्रतिकुल मौसमको चपेटामा पर्ने चेतावनीमध्ये गर्मीको लहरले सबैभन्दा बढी प्रभाव पारेको प्रतिवेदनमा उल्लेख छ ।उनले एक विज्ञप्ति जारी गरी भने “बालबालिकाहरू तातोका कारण छिटो प्रभावित हुन्छन्, उनीहरूको कम पसिना बग्छ र वयस्कहरूको तुलनामा बिस्तारै चिसो हुन्छन् र तातो मौसमबाट प्रभावित हुन्छन् ।” 

उहाँले अगाडि भने, “बच्चाहरू चर्को गर्मीबाट कुनै राहत नदिने कक्षाकोठामा अध्ध्यनमा ध्यान केन्द्रित गर्न सक्दैनन्, बाढी वा चिसोमा पनि उनीहरूले विद्यालय उपस्थित हुन असमर्थ हुन्छन् ।” दशकौंसम्म जीवाश्म ईन्धनको अनियन्त्रित जलनलगायत मानव गतिविधिले पृथ्वीलाई न्यानो बनाएको छ र मौसमको ढाँचापरिवर्तन गरेको छ।

सन् २०२४ मा विश्वको औसत तापक्रम उच्च विन्दुमा पुगेको छ र पछिल्ला केही वर्षहरूमा यसले अस्थायी रूपमा पहिलो पटक १.५ डिग्री सेल्सियस तापक्रम वृद्धिको सीमा पार गरेको छ ।यसले गर्दा चिसोमा बढी चिसो र सुख्खा याम बढी सुख्खा भएको छ, गर्मी र आँधीबेहरी तीव्र भएको छ र जनसङ्ख्यालाई विपत्तिको चपेटामा पारेको छ।

Hardik health

युनिसेफको प्रतिवेदनमा २४ करोड २० लाखको आँकडा ‘परम्परागत विधिबाट गरिएको अनुमान’ भएको उल्लेख गरिएको छ । किन्डरगार्टनदेखि हाई स्कूलसम्मका विद्यार्थीहरूले जलवायुको झट्काका कारण वर्षभरि नै कक्षाहरू अनुपस्थित भएका, बिदाहरू थपिएको, विदालय पुनः खोल्न ढिलाइ भएको, समय तालिकाहरू परिवर्तन भएको र विद्यालयहरू समेत क्षतिग्रस्त वा नष्ट भएको उपलब्ध तथ्याङ्कले देखाएको छ।

बङ्गलादेश, कम्बोडिया, भारत, थाइल्याण्ड र फिलिपिन्समा तापक्रम बढेसँगै अप्रिलमहिनामा मात्रै ११ करोड ८० लाख बालबालिका गर्मीबाट प्रभावित भएका थिए ।फिलिपिन्समा विशेष गरी हजारौं गैर–वातानुकूलित विद्यालयहरूमा बच्चाहरू हाइपरथर्मियाको जोखिममा भएका कारण विदालय बन्द गरिएको थियो ।

तापमानको साथ जोखिममा वृद्धि

धेरै देशहरूमा विद्यालयमा नयाँ सत्र सुरू हुने सेप्टेम्बरमा धेरै देशमा पठनपाठन प्रभावित भएको थियो।विशेषगरी पूर्वी एसिया र प्रशान्त क्षेत्रमा आएको विनाशकारी आँधी यागीका कारण १८ वटा देशमा पठनपाठन बन्द गरिएको थियो ।दक्षिण एसिया जलवायुसँग सम्बन्धित विद्यालय अवरोधबाट सबैभन्दा बढी प्रभावित क्षेत्र थियो, जहाँ १२ करोड ८० लाख विद्यालयका बालबालिका प्रभावित भएका थिए।

गत बर्ष भारतमा सबैभन्दा बढी पाँच करोड ४० लाख बालबालिका गर्मीका कारण प्रभावित भएका थिए । बङ्गलादेशमा पनि तीन करोड ५० लाख मानिस गर्मी वा मौसमजन्उ विपत्तिबाट प्रभावित भएका थिए । विश्वका आधा भन्दा बढी बालबालिका (करिब एक अर्ब) जलवायु र वातावरणीय झट्काको उच्च जोखिममा रहेका देशहरुमा बसोबास गरिरहेकाले आगामी वर्षहरुमा यो आँकडा बढ्ने सम्भावना रहेको छ ।

यदि हरितगृह ग्याँसको उत्सर्जन अहिलेकै गतिमा जारी रह्यो भने सन् २००० को तुलनामा सन् २०५० मा आठ गुणा बढी बालबालिका गर्मीको लहरको चपेटामा पर्ने युनिसेफको अनुमान छ ।अनुमानअनुसार तीन गुणाभन्दा बढी मानिस भीषण बाढीको चपेटामा पर्नेछन् भने १.७ गुणा बढी डढेलोको चपेटामा पर्नेछन् ।युनिसेफले यस क्षतिले केही बालबालिका र यसमा पनि विशेषगरी बालिकाले विद्यालय छोड्ने जोखिम बढाउन सक्ने भन्दै चिन्ता व्यक्त गरेको छ ।

विश्वका करिब दुई तिहाइ बालबालिकाले १० वर्षको उमेरसम्म बुझ्नै नसक्ने गरी पढ्न नसक्ने भएकाले जलवायु सङ्कटले यो वास्तविकतालाई अझ विकराल बनाइरहेको छ।रसेलका अनुसार जलवायु परिवर्तनका कारण सबैभन्दा बढी प्रभावित हुने सेवामध्ये शिक्षा पनि एक हो । “तैपनि नीतिगत छलफलहरूमा यसलाई बेवास्ता गरिन्छ,” उनले चेतावनी दिए । उनले भने, “बालबालिकाको भविष्य जलवायुसँग सम्बन्धित सबै योजना र कार्यहरूमा अग्रपंक्तिमा हुनुपर्दछ।” युनिसेफले जलवायु जोखिमप्रतिरोधी कक्षाकोठामा लगानी गर्न पनि आह्वान गरेको छ ।


प्रकाशित मिति: शुक्रबार, माघ ११, २०८१  १७:१३
प्रतिक्रिया दिनुहोस्
थप विश्व
राउन्ड टेबलकाे सहयाेगमा  १ हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति
राउन्ड टेबलकाे सहयाेगमा १ हजारभन्दा बढी विद्यार्थीलाई छात्रवृत्ति मंगलबार, जेठ १२, २०८३
सामुदायिक विद्यालयमा बिहानी कक्षा
सामुदायिक विद्यालयमा बिहानी कक्षा मंगलबार, जेठ १२, २०८३
कक्षाकोठा नहुँदा टहरामा विद्यार्थी
कक्षाकोठा नहुँदा टहरामा विद्यार्थी मंगलबार, जेठ १२, २०८३
विधेयकमा शिक्षा मन्त्रालयले माग्यो सुझाव
विधेयकमा शिक्षा मन्त्रालयले माग्यो सुझाव मंगलबार, जेठ १२, २०८३
नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह
नवीकृत शैक्षिक परामर्श दातृ संस्थाहरूबाट मात्रै सेवा लिन मन्त्रालयको आग्रह शनिबार, जेठ ९, २०८३
विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु
विश्वविद्यालयको उपकुलपतिका लागि प्राप्त आवेदनमाथि छानबिन सुरु बिहीबार, जेठ ७, २०८३
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय  
कक्षा ११ को पठनपाठन असार १ गतेदेखि सुरु गर्ने शिक्षा मन्त्रालयको निर्णय   बिहीबार, जेठ ७, २०८३
लोकप्रिय
  • Week
  • Month
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
वैदेशिक रोजगारीका लागि नयाँ श्रम स्वीकृति लिने घटे
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
छैटौँ आदिवासी जनजाति चलचित्र महोत्सव- २०८३  हुँदै
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
मुक्तिनाथ विकास बैंककोे फाइदा एपबाट ‘सेल्फ–रिन्यु’ सुविधा सुरु
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
बाँदर नियन्त्रणमा आधुनिक प्रविधि र सामुदायिक प्रयास
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP