Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #दुर्गा प्रसाईं
  • #सुक्खा_बन्दरगाह
  • #एफडब्लुएलडी
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #विश्व_टेलिभिजन_दिवस
  • #बेलीब्रिज
  • #निर्वाचन
  • #नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
Search Here
समाचार
  • Home
  • समाचार
  • लेखा समितिमा चर्काचर्की
लेखा समितिमा चर्काचर्की
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, माघ ९, २०८१
  •  एमाले प्रतिरक्षामा उभिँदा चर्कियो विवाद
  • सभापति पोखरेलको राजीनामा माग

काठमाडौं– प्रतिनिधिसभाअन्तर्गतको सार्वजनिक लेखा समितिमा मंगलबार सत्तापक्ष र प्रतिपक्षका सांसदहरुबीच चर्काचर्की भयो । प्रतिपक्षी दलहरु र सत्तारुढ दल नेपाली कांग्रेसकै सांसदहरुले सभापति ऋषिकेश पोखरेलको राजीनामा मागेपछि एमाले सांसद तारा लामा तामाङ प्रतिरक्षामा उत्रिएका थिए ।

त्यसपछि नेकपा एमाले र नेकपा माओवादी केन्द्रका सांसदबीच चर्काचर्की नै भयो । एक त लेखा समितिका सभापति पोखरेल विवादमा तानिएका छन् भने अर्को यो समितिको सभापतिमा सत्ता छाडेसँगै माओवादी केन्द्रले दाबी गर्दै आएको छ । यो विषयमा माओवादीका सांसदहरुले मंगलबार पनि प्रश्न उठाएपछि एमाले सांसद तामाङ कड्किएका थिए । 

सार्वजनिक लेखा समिति सरकारको लाचार छायाँजस्तो बनेको छ । पारदर्शी नेतृत्व प्रदान गर्न बल पुग्नुपर्नेमा छुट दिएको देखिन्छ । हाम्रै बीचमा ९५ उजुरी छन् । सभापति प्रमुख प्रतिपक्षी दलले पाउनुपर्ने हो ।
लेखनाथ दाहाल
सांसद, माओवादी केन्द्र

‘अनौपचारिक कुरामा अँगालो मारेर हिँड्ने । सधैं सभापतिलाई पेलेको छ । एजेन्डामा बहस हुँदैन । सधैं यो बोल्ने भए, अबदेखि बोले राम्रो हुँदैन,’ तामाङले माओवादी केन्द्रका सांसदलाई लक्षित गर्दै चेतावनी दिए । यसबारे तुरुन्तै प्रतिवाद गरे माओवादी सांसद लेखनाथ दाहालले । ‘के राम्रो हुँदैन भनेको ? कुस्ती खेल्न भनेको हो ? यो असंसदीय भाषा भयो, रेकर्डबाट हटाउनुहोस् ?,’ दाहालले भने । 

Hardik health

माओवादीका सांसदहरू जनार्दन शर्मा, दाहाल र अमनलाल मोदीले लेखा समितिको नेतृत्व सरकारको नेतृत्वकर्ता दलले राख्न नहुने भनेर राजीनामा मागेका थिए । त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद हरि ढकालले पनि सभापति पोखरेललाई राजीनामा दिन सुझाएका थिए ।परम्पराअनुसार लेखा समितिको सभापति प्रतिपक्षलाई दिनुपर्ने माग कांग्रेस सांसद अर्जुननरसिंह केसीको थियो । ‘परम्परा नै लेखा समितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने हो । तर यो तोडिएको छ,’ केसीले भने ।

पोखरेलपत्नी अञ्जला कोइराला सहकारी ठगी प्रकरणमा मुछिएसँगै विपक्षीले उनको राजीनामा माग गर्दै आएका थिए । यद्यपि पछिल्लो समय अञ्जला यो प्रकरणमा अदालतबाट धरौटीमा छुटिसकेकी छन् । यस्तो अवस्थामा लगातार सभापति पोखरेलप्रति खनिएकोमा एमाले सांसदहरु असन्तुष्ट बने । त्यसपछि सांसद तामाङले आफूले बोलेको कुरा कुनै किसिमले हटाउन नमिल्ने तर्क गरे । ‘किन हटाउने ? बोल्छु त । मैले कसैलाई इंगित गरेको छ र ? आफैं अनेक काम गरेर आउने,’ सांसद तामाङले भने ।

तत्कालीन परम्पराअनुसार नै लेखासमितिको सभापति प्रतिपक्षीलाई दिनुपर्ने हो । तर यो तोडिएको छ । यो सुधार्नुपर्ने छ ।
अर्जुननरसिंह केसी
सांसद, नेपाली कांग्रेस

उनलाई एमालेका अर्का सांसद योगेश भट्टराईले साथ दिए । भने, ‘के असंसदीय भयो ? के असंसदीय भयो ?’भट्टराई बोलेपछि माओवादी सांसद दाहालले आफ्नो अडान दोहोर्याए । भने, ‘असंसदीय भयो । हटाउनुपर्छ ।’त्यसपछि सांसद तामाङले अर्थहीन कुरा गरेर चर्चामा आउन ठीक नहुने तर्क गरे । माओवादी अध्यक्ष पुष्पकमल दाहालले नै पोखरेललाई सभापति बनाएको दाबी गर्दै हटाउन डेलिगेसन जान सुझाए । ‘भाइरल हुन बोल्ने ? ल जाउँ प्रचण्डजीकहाँ डेलिगेसनमा । शेरबहादुरजीकहाँ जाउँ । म आफैं जान्छु । हिजो आफैं बनाएको । एजेन्डामा बहस छैन, कराको छ, सभापतिलाई प्रश्न उठाएको छ,’ तामाङले भने ।

माओवादी सांसद दाहालले ‘राम्रो हुँदैन’ भनेको के हो भनेर पटक–पटक प्रश्न गरेपछि तामाङले निरन्तर आफ्नो भनाइ राखे । उनले आफूले कसैलाई इंगित नगरेको दाबी गर्दै भने, ‘मैले कसैलाई इंगित गरेर बोल्या छैन । कसको खुट्टा काट्छु भन्दा कल्ले खुट्टा तान्या थियो भन्या जस्तो नगर्नु न ।’ त्यसपछि माओवादी सांसद दाहालले आफूहरूलाई नधम्क्याउन चेतावनी दिएका थिए । त्यसपछि तामाङले समितिमा अरु सदस्य पनि भएको उल्लेख गर्दै भने, ‘तपाईंमात्रै हुनुहुन्छ त यो समितिमा ? म पनि छु । मैले आफैंलाई पनि भनेको हुन सक्छु । जहिले पनि त्यही कुरा गर्या छ, गर्या छ । जम्मै आजै छलफल गरौं न ।’

भाइरल हुन बोल्ने ? ल जाउँ प्रचण्डजीकहाँ जाउँ, डेलिगेसनमा । शेरबहादुरजीकहाँ जाउँ । माधव नेपालकहाँ जाउँ । रविजीकहाँ जाउँ । एजेन्डामा बहस छैन, कराएको छ, सभापतिलाई प्रश्न उठाएको छ ।
तारा लामा तामाङ
सांसद, नेकपा एमाले

सभापतिको विषयलाई लिएर समितिमा विवाद लम्बिएपछि कांग्रेसका सांसद देवप्रकाश तिमिल्सनाले लेखा समिति सभापति भएपछि नछाड्ने प्रवृत्ति रहेको भनेर यससम्बन्धी प्रस्ट कानुनी व्यवस्थाकै आवश्यकता औंल्याए । ‘अब एउटै काम गर्नुपर्यो । प्रतिपक्षी जो हुन्छ त्यसको लेखा समितिको सभापति हुने भनौं । घण्टा–घण्टामा सरकार चेञ्ज भए सभापति पनि घण्टा–घण्टामा चेञ्ज हुन्छ । यसमा लामो कुरा नगरौं,’ तिमिल्सनाले भने ।

कानुनीरूपमै सम्बोधन गरिए दीर्घकालीन समाधाा हुनसक्ने उनको भनाइ थियो । ‘कानुन बनाएपछि झगडै गर्नु परेन । एउटाले विगत लामो समयसम्म बैठक नै बहिष्कार गर्यो । यसकारण लेखिदिएपछि सरकार जतिबेला चेञ्ज हुन्छ त्यसको भोलिपल्टै हामी लेखा समिति सभापति चेञ्ज गरिदिइहाल्छौं । अनि यो विवाद गर्नै परेन,’ तिमिल्सिनाले भने । सांसद दाहालले लेखा समितिका सभापति सत्तापक्षकै सांसद भएसँगै सत्ताको लाचार छायाँ बनेको आरोप लगाए ।

माओवादी सांसद मोदीले संसद् भनेकै प्रतिपक्षको भएको तर्क गर्दै धम्की नदिन एमाले सांसदहरुलाई चेतावनी दिए । ‘संसद् भनेको प्रतिपक्षको हो । अनि संसद्को प्रतिपक्षका साथीहरू बोल्दा धम्की दिन मिल्छ ? खोजेकै हो भन्न मिल्ने ?,’ सांसद मोदीले भने, ‘अहिले हामी ३२ सिटका छौं । अर्को २० सिटको प्रतिपक्षमा छ । अरू प्रतिपक्षमा छन् । यिनलाई धम्की दिन मिल्छ ? कुस्ती खेल्न आउने ? यो कुरा हुन्छ संसद्मा ?’बोल्नमै लगाम लगाएको भनेपछि समिति सभापति पोखरेलले आफूबाट त्यस्तो नभएको उल्लेख गर्दै मनलागेजति बोल्न दिइएको दाबी गरे । ‘माननीयज्यूहरू सायदै सबै समितिहरूमध्ये सिंगो संसद्मध्ये लेखा समिति नै होला मनलागेजति बोल्न दिइएको छ,’ सभापति पोखरेलले भने ।
 


प्रकाशित मिति: बुधबार, माघ ९, २०८१  ११:०५
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक
मन्त्रिपरिषद् बैठकका निर्णय सार्वजनिक मंगलबार, मंसिर ९, २०८२
मोटरसाइकललाई ठक्कर  दिँदा छोरीको मृत्यु, बुबा घाइते
मोटरसाइकललाई ठक्कर दिँदा छोरीको मृत्यु, बुबा घाइते मंगलबार, मंसिर ९, २०८२
मटकोर विधि सम्पन्‍न
मटकोर विधि सम्पन्‍न मंगलबार, मंसिर ९, २०८२
एमालेद्वारा सर्वोच्चमा रिट
एमालेद्वारा सर्वोच्चमा रिट मंगलबार, मंसिर ९, २०८२
दर्ज्यानी चिह्न प्रदान
दर्ज्यानी चिह्न प्रदान मंगलबार, मंसिर ९, २०८२
टाउकोमा कालोपट्टी  बाँधेर जेन–जीकाे  प्रदर्शन 
टाउकोमा कालोपट्टी  बाँधेर जेन–जीकाे प्रदर्शन  मंगलबार, मंसिर ९, २०८२
राष्ट्रपतिसँग बिदाइ भेट
राष्ट्रपतिसँग बिदाइ भेट मंगलबार, मंसिर ९, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
वैदेशिक रोजगारीमा जान अब ३४ प्रकारका स्वास्थ्य परीक्षण गर्नुपर्ने
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP