Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अपांग_महासंघ
  • #एफडब्लुएलडी
  • #दुर्गा प्रसाईं
  • #सुक्खा_बन्दरगाह
  • #‘नेपाली कम्युनिष्ट पार्टी’
  • #विश्व_टेलिभिजन_दिवस
  • #बेलीब्रिज
  • #‘द चेन्ज’
  • #नेपाली कांग्रेस केन्द्रीय कार्यसमिति
Search Here
राजनीति
  • Home
  • राजनीति
  • एमालेमा उकुसमुकुस पूर्वमाओवादी, कुर्दै विद्रोहको समय
एमालेमा उकुसमुकुस पूर्वमाओवादी, कुर्दै विद्रोहको समय
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, माघ २, २०८१
  • पूर्वमाओवादी नेताहरू एमाले नेताहरूबाट अपमानित हुनुपरेको गुनासो
  • एमाले नेताहरूले माओवादीका बारेमा जथाभावी बोल्दा पीडा हुने भनाइ
  • माओवादी नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापालगायत नेकपा विघटनपछि एमालेमा लागेका थिए
  • पूर्वमाओवादीलाई आकर्षित गर्न ओलीले बाँडेका थिए सरकारमा मन्त्री बनाउनेदेखि अनेक लाभका पद
  • १०औं महाधिवेशनपछि भने अध्यक्ष ओलीले पूर्वमाओवादीहरूलाई न टाढा न नजिक राखे 
  • निष्क्रिय बस्दै आएका पूर्वमाओवादी नेता मणि थापाले गत वर्ष पार्टी छाडे

काठमाडौं– नेकपा माओवादी केन्द्रले भन्दै आएको ‘जनयुद्ध’लाई प्रधानमन्त्रीसमेत रहेका एमाले अध्यक्ष केपी शर्मा ओली र उनको दल एमालेका नेताहरूले ‘हिंसा’ भन्दै आएका छन् । १ फागुनमा माओवादीले मनाउने ‘जनयुद्ध दिवस’लाई हिंसा सुरु गरेको दिन भनेर खिल्ली उडाउने गरेका छन् । 

गत संसद्को बर्खे अधिवेशनमा एमाले सचिव योगेशकुमार भट्टराईले जनयुद्धलाई ‘हिंसा’ भनेपछि माओवादी सांसदहरूले संसद् बैठक नै पटक–पटक अवरुद्ध गरेका थिए । उनीहरूले त्यसबेला भट्टराईको अभिव्यक्तिप्रति गम्भीर आपत्ति जनाएका थिए । माओवादी सशस्त्र विद्रोहमा सहभागी तथा पछिल्लो समय एमालेमा रहेका पूर्वमाओवादी नेताहरू भने अस्वाभाविकरूपमा मौन थिए । तर, एमाले सचिव रहेका पूर्वमाओवादी नेता लेखराज भट्टको हालै सार्वजनिक एउटा अडियो सम्बोधन सार्वजनिक भयो । त्यहाँ उनले पूर्वमाओवादी नेताहरू अहंकारी एमाले नेताहरूबाट अपमानित हुनुपरेको बताएका छन् । आफूसमेत सहभागी भएको जनयुद्धलाई हिंसा भन्दा पीडा भएको उनले प्रकट गरेका छन् । 

माओवादीबारे घोचपेच गर्नुहुन्छ । राम्रो लाग्दैन । अध्यक्षले त केही भन्नुभएको छैन । तर, अरु नेताहरूले माओवादीका बारेमा जथाभावी भन्दा मन दुख्छ । पीडा हुन्छ । नभने हुन्थ्यो जस्तो लाग्छ ।
लेखराज भट्ट
सचिव, नेकपा एमाले 

अडियोमा उनले एमाले अध्यक्ष केपी शर्मा ओलीको खरो आलोचना गरेका छन् । तर, हिजो माओवादी अध्यक्ष पुष्पकमल दाहालसँग लडेर आएकोमा अहिले ओलीसँग जुध्न भने नसकेको गुनासो गरेका छन् । भट्टको यो अडियो सार्वजनिक भएपछि पूर्वमाओवादी नेताहरू एमालेभित्र उकुसमुकुस भएर बसिरहेको चर्चाले फेरि व्यापकता पाएको हो । कतिपयले त एमालेबाट पूर्वमाओवादी नेताहरू बिस्तारै पलायन हुने अनुमान गर्न थालेका छन् ।

Hardik health

भट्टको उक्त अडियो सम्बोधन यतिबेला भाइरल बनेको छ । उनले आफूले दुई वर्षअघि आफूनिकट पूर्वमाओवादी नेताहरूलाई भनिएको स्वीकारेका छन् । ‘दुई वर्ष पहिला भएको कुराकानी हो । साथीहरू आएर गुनासो गर्नुभयो । मैले जे भएको छ, त्यही कुरा बोलेको छु । कसैले रेकर्ड गरेको रहेछ । त्यतिबेला मैले आज भएन भने भोलि व्यवस्थापन हुन्छ भनेको हुँ,’ उनले प्रभावसँग भने । 

सार्वजनिक भएको अडियोले आफूलाई केही पनि अप्ठेरो नहुने उनले बताए । एमाले पार्टी पनि नछाड्ने उनको भनाइ छ । ‘होइन, मलाई यहीँ ठीक छ । म अहिले पनि पार्टीकै काममा छु । मलाई अडियोले केही असर गरेको छैन र पार्टी छाड्ने कुरा आउँदैन,’ भट्टले भने । तर, अध्यक्ष ओलीबाहेकका नेताहरू माओवादीका बारेमा जथाभावी बोल्दा पीडा हुने गरेको उनले बताए । घोचपेचलेसमेत पीडा हुने उनको भनाइ छ । ‘माओवादीबारे घोचपेच गर्नुहुन्छ । राम्रो लाग्दैन । अध्यक्षले त केही भन्नुभएको छैन,’ उनले भने, ‘तर, अरु नेताहरूले माओवादीका बारेमा जथाभावी भन्दा मन दुख्छ । पीडा हुन्छ । नभने हुन्थ्यो जस्तो लाग्छ ।’

भट्टसहित माओवादी नेताहरू रामबहादुर थापा, टोपबहादुर रायमाझी, मणि थापालगायत नेकपा विघटनपछि एमालेमा लागेका थिए । विघटनपछिका केही महिना पूर्वमाओवादीलाई आकर्षित गर्न ओलीले सरकारमा मन्त्री बनाउनेदेखि अनेक लाभका पद थमाइदिएका थिए । पूर्वजनमुक्ति सेनालाई आकर्षण गर्न पनि उनले अनेक गरे । तर, पार्टीको १०औं महाधिवेशनपछि अध्यक्ष ओलीले पूर्वमाओवादीहरूलाई टाढा न नजिक राखे । अनि, निष्क्रिय बस्दै आएका पूर्वमाओवादी नेता मणि थापाले गत वर्ष पार्टी छाडे । स्थायी कमिटी सदस्य रहेका थापालाई एमालेले पदमुक्त गरिसकेको छ । 

हालै सचिव भट्टले पनि एमाले छाड्ने चर्चा चलेको थियो । उनको गृहजिल्ला कैलालीको गोदावारी नगरपालिकाका ४६ जनाले पार्टी परित्याग गरेको र भट्टले पनि पार्टी परित्याग गर्ने हल्ला थियो । तर, उनले पार्टी नछाड्ने बताइसकेका छन् । त्यस्तो हल्ला भने नियोजित रूपमा माओवादीले चलाएको भन्दै आपत्ति जनाए । यद्यपि, माओवादी जनयुद्धलाई हेर्ने दृष्टिकोणमा पार्टी नेतृत्वसँग आफ्नो मतभेद रहेको उनले स्वीकारे । व्यवस्था परिवर्तनका लागि भएका बलिदान, योद्धालाई होच्याउने काम एमाले नेताबाट भए त्यसको विरोध गर्ने भट्टको भनाइ छ । 

‘एमालेमा माओवादी जनयुद्धलाई हेर्ने दृष्टिकोणमा मतभेद छन् । त्यसमा मैले प्रतिवाद गर्दै आएको छु । जनयुद्धमा मेरो पनि योगदान छ । एमालेको नेतृत्वले जनयुद्धलाई हिंसा भन्दा हामीलाई पनि चित्त दुख्छ । त्यसको प्रतिवाद गर्दै आएको छु,’ उनले भने । पूर्वमाओवादी नेता प्रभु साहले २०७९ को निर्वाचनअघि एमालेसँग विद्रोह गरेर छुट्टै पार्टी गठन गरेका छन् । हाल उनको नेतृत्वमा आम जनता पार्टी नेपाल छ । उनी नेकपा विघटनपछि भट्टसँगै एमालेमा बसेका थिए । तर, आमनिर्वाचनअघि उनले पनि एमालेसँग विद्रोह गरे । स्वतन्त्र रूपमा चुनाव लडे । जितेर संसद् आएपछि उनले दल गठन गरेका हुन् ।

लेखराज भट्टसँगै एमालेमा गएका सरल भाट माओवादीमा फर्केर २०७९ सालमा कञ्चनपुरबाट प्रदेशसभामा प्रत्यक्ष निर्वाचित भए । यतिमात्र होइन, एमालेमा पूर्वमाओवादीहरूलाई टिकट दिने कुरा र भूमिका दिने कुरामा पनि अन्याय भएको अर्का एक पूर्वमाओवादी नेताले बताए ।


प्रकाशित मिति: बुधबार, माघ २, २०८१  ११:१९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
एमालेद्वारा सर्वोच्चमा रिट
एमालेद्वारा सर्वोच्चमा रिट मंगलबार, मंसिर ९, २०८२
एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन
एमालेद्वारा प्रतिनिधिसभा निर्वाचनका लागि दल दर्ताको निवेदन मंगलबार, मंसिर ९, २०८२
एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन
एमालेको महाधिवेशन प्रतिनिधि छनोट गर्न पाँच बुँदे निर्देशन मंगलबार, मंसिर ९, २०८२
निर्वाचनअघि सडकमा भिड्दै जेन–जी र एमाले
निर्वाचनअघि सडकमा भिड्दै जेन–जी र एमाले सोमबार, मंसिर ८, २०८२
आजदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन
आजदेखि लुम्बिनी प्रदेशसभाको हिउँदे अधिवेशन सोमबार, मंसिर ८, २०८२
विश्‍वसँग जोडिएर जान ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गर्न आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई
विश्‍वसँग जोडिएर जान ‘जेनजी’ पुस्ताले उठाएका माग सम्बोधन गर्न आवश्यकः पूर्वप्रधानमन्त्री भट्टराई आइतबार, मंसिर ७, २०८२
रातो मसी छ्याप्‍ने प्रयास गरिएकामा नेता बस्नेतको चिन्ता
रातो मसी छ्याप्‍ने प्रयास गरिएकामा नेता बस्नेतको चिन्ता आइतबार, मंसिर ७, २०८२
लोकप्रिय
  • Week
  • Month
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
जयनन्द र इन्दिराको शालिक अनावरणपछि 'सेलो सेन्टर' बनेको सिन्धुली कलाघर 
बालअधिकार संरक्षणका अभ्यास
बालअधिकार संरक्षणका अभ्यास
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
चेपाङ बालबालिकाको लागि आँखा शिविर तथा कला कार्यशाला सम्पन्न
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
महिला कर्मचारीमाथि चरम श्रमशोषण ,टेर्दैनन् अदालत–प्रशासन
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP