Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
  • #गिद्ध
  • #संविधान_दिवस
  • #अपहरण
Search Here
समाचार
  • Home
  • समाचार
  • पाठेघरको मुखको ‘क्यान्सर’ जाँच शिविरः एक सय १० जनाको ‘स्क्रिनिङ’ गरिँदा चार जनाको ‘पोजेटिभ’
पाठेघरको मुखको ‘क्यान्सर’ जाँच शिविरः एक सय १० जनाको ‘स्क्रिनिङ’ गरिँदा चार जनाको ‘पोजेटिभ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, पुस १६, २०८१

काठमाडौं - समुदायका महिला र विद्यालयका कर्मचारीलाई पाठेघरको मुखको क्यान्सर जाँच (स्क्रिनिङ) गरी यसको प्रारम्भिक पहिचान, सचेतना तथा समयमै रोकथाममा सहयोग पुर्याउने ध्येयले स्वास्थ्य शिविर आयोजना गरिएको छ ।

मेरीस्टोप्स इन्टरनेशनलको सहकार्यमा रोटरी क्लबसँग आबद्ध महिला समूहद्वारा तारकेश्वर नगरपालिका–१० स्थित मनमैजुमा आयोजित सो शिविरमा एक सय १० महिलाको पाठेघरको मुखको क्यान्सर जाँच गरिएको थियो भने विद्यालयमा अध्यययनरत एक सय ५० छात्रालाई पाठेघरको मुखको क्यान्सरविरूद्धको ‘ह्युमन पापिलोमा भाइरस’ (एचपिभी) खोपको महत्व एवं सचेतना गराइएको थियो । 

‘भिजुअल इन्स्पेक्सन विथ एसेटिक एसिड’ (भिआइए) विधिबाट स्क्रिनिङ गरिएकामध्ये चार महिलाको नतिजा पोजेटिभ देखिएको थियो । ती महिलालाई आवश्यक परामर्श दिएर क्यान्सर अस्पताल भक्तपुर एवं भरतपुर ‘रेफर’ गरिएको थियो । 

Hardik health

शिविरिमा वरिष्ठ स्त्रीरोग विशेषज्ञद्वय डा कस्तुरी मल्ल र डा विमला लाखे तथा नर्सद्वय विष्णुदेवी श्रेष्ठ र कल्याणी श्रेष्ठले सेवा प्रदान गर्नुभएको थियो । शिविरले समुदायमा आधारित स्वास्थ्य पहलको महत्व र महिलाको स्वास्थ्य सुधार गर्न विशेषगरी पाठेघर मुखको क्यान्सरजस्ता स्वास्थ्य समस्यामा साझेदारीको भूमिकालाई उजागर गरेको जनाइएको छ ।

यस संयुक्त प्रयासले पाठेघरको क्यान्सर क्यान्सर रोकथामसम्बन्धी सचेतना वृद्धि गर्नुका साथै यसको महत्वलाई पनि जोड दिएको आयोजकले जनाएका छन् ।  प्रजनन स्वास्थ्य शिविरले मेरीस्टोप्स सेन्टरले प्रदान गर्ने सेवाका बारेमा समुदायस्तरमा जानकारी बढाउन सहयोगी सावित भएको मेरीस्टोप्स इन्टरनेशनल (एमएसआई)का वरिष्ठ सल्लाहकार केपी उपाध्यायले जानकारी दिए । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयसँगको समन्वयमा मेरीस्टोप्स सेन्टरले यौन तथा प्रजनन स्वास्थ्य सेवासँग सम्बन्धित सेवा प्रदान गरिराखेको छ । 

सरकारले किशोरीलाई पाठेघरको मुखको क्यान्सरबाट जोगाउन आगामी माघ २३ गतेबाट खोप अभियान सञ्चालन गर्दैछ । पन्ध्र दिनसम्म चल्ने अभियानअन्तर्गत कक्षा ६ देखि १० सम्म र विद्यालयबाहिर रहेका १० देखि १४ वर्ष उमेर समूहका १६ लाख ८८ हजार नौ सय किशोरीलाई खोप लगाइने बाल स्वास्थ्य तथा खोप शाखाका प्रमुख डा अभियान गौतमले जानकारी दिनुभयो ।  पाठेघरको मुखको क्यान्सरको जोखिम बढाउने मुख्य कारण ह्युमन पापिलोमा भाइरस सङ्क्रमण रहेकाले त्यसविरूद्ध खोप लगाउनुपर्ने हुन्छ । 


प्रकाशित मिति: मंगलबार, पुस १६, २०८१  १३:३०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
आज विश्व बिरामी सुरक्षा दिवस
आज विश्व बिरामी सुरक्षा दिवस बुधबार, असोज १, २०८२
जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु
जापानिज इन्सेफ्लाइटिसका कारण पाँच जनाको मृत्यु सोमबार, भदौ ३०, २०८२
भीमदत्त नगरपालिकामा प्रयोगशाला सञ्चालन
भीमदत्त नगरपालिकामा प्रयोगशाला सञ्चालन सोमबार, भदौ ३०, २०८२
स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने
स्वास्थ्य अनुसन्धान परिषद्को भवनबाट स्वास्थ्य मन्त्रालय सञ्चालन हुने आइतबार, भदौ २९, २०८२
'डिमेन्सिया'ले अष्ट्रेलियाली समाजमा गहिरो असर पार्दै,   महिलामा बढी असर
'डिमेन्सिया'ले अष्ट्रेलियाली समाजमा गहिरो असर पार्दै,  महिलामा बढी असर शुक्रबार, भदौ २७, २०८२
स्टार अस्पतालका कर्मचारीहरूले अहिलेसम्म पाएनन् तलब
स्टार अस्पतालका कर्मचारीहरूले अहिलेसम्म पाएनन् तलब शुक्रबार, भदौ २७, २०८२
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा
स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दिए राजीनामा मंगलबार, भदौ २४, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
आगोबाट जोगिएका फाइल उठाएर सेवा दिँदै विभाग
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
पाँच हजारभन्दा बढी गीत गाएर अस्ताइन् गायिका गोले, अन्तिम संस्कारमा राज्यको बेवास्ता
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP