Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कृषि
  • Home
  • कृषि
  • व्यावसायिक प्याज खेतीमा जुट्दै किसान 
व्यावसायिक प्याज खेतीमा जुट्दै किसान 
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस १४, २०८१

मध्यविन्दु -  नवलपरासी (बर्दघाट सुस्तापूर्व) को कावासोती नगरपालिका–१५ गोडारका किसान सामूहिक प्याजखेतीमा जुटेका छन् । शिवशक्ति कृषक समूह गठन गरी स्थानीय ३१ किसानले व्यावसायिक रूपमा प्याजखेती सुरु गरेका हुन् । 

दुई बिघाा १० कट्ठा जमिन भाडामा लिएर प्याजखेती गरिएको शिवशक्ति कृषक समूहका अध्यक्ष पुष्पराज बरालले बताए । “व्यावसायिक खेती गर्ने सल्लाहबमोजिम प्याज रोपिएको हो”, उहाँले भन्नुभयो, “प्याजमा परनिर्भरता कम गर्ने उद्देश्य हो ।”पाँच कट्ठा जमिनमा प्याजको नर्सरी बनाएर १२ किलो बीउ लगाइएकामा रोपेर बाँकी रहेको बेच्दा रु ३१ हजार आम्दानी भएको अध्यक्ष बरालले जानकारी दिए ।

प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनामार्फत मल, बीउ, कृषि सामग्रीलगायतमा रु एक लाख ४४ हजार बराबरको सहयोग प्राप्त भएपछि खेती गर्न थप हौसला मिलेको उनले बताए।  “समूहका किसानले दैनिक श्रमदान गरी प्याज रोपेका छन्, अब समयअनुसार सिँचाइ र गोडमेल गर्नुपर्छ”, अध्यक्ष बरालले भने, “बीउ उमारेर नेपाली र भारतीय प्रजातिको प्याजको बिरुवा रोपेका छौँ, बाँकी बिरुवा अन्य किसानले खरिद गरेका छन् ।”

Hardik health

प्रतिकट्ठा न्यूनतम ६ क्विन्टलका दरले रु १२ लाख मूल्य बराबरको प्याज उत्पादन हुने अनुमान गरिएको अध्यक्ष बरालले बताउनुभयो । उत्पादन लागत रु पाँच लाख रहेकामा यसबाट कम्तीमा रु सात लाख बचत हुने उनले बताए  ।  यसअघि व्यक्तिगतरूपमा खेती गर्ने गरिएको थियो । समूहमा खेती गर्दा काम गर्न सहज हुनुका साथै बिक्री र आम्दानी गर्न सकिने अध्यक्ष बरालको भनाइ छ । 

सरकारी निकायले प्रदान गर्ने कृषि अनुदान कार्यक्रममा समावेश हुन समूह दर्ता गरी खेती सुरु गरिएको शिवशक्ति कृषक समूहका उपाध्यक्ष एवं कावासोती नगरपालिका–१५ का वडासदस्य शिवप्रसाद काफ्लेले बताए  । सरकारी कार्यालयले कृषिमा धेरै बजेट विनियोजन गर्ने गरे पनि समूह दर्तालगायत प्रक्रियाका बारेमा जानकारी नहुँदा बजेट खेर जाने गरेको छ । गाउँमा बढ्दो  बेरोजगारी र परनिर्भरता अन्त्य गर्न सामूहिक रूपमा प्रयास गरिएको उपाध्यक्ष काफ्लेले बताए । 

“गाउँमा बेरोजगारी बढेपछि सल्लाह गर्दा सामूहिकरुपमा कृषि कार्य गर्ने उपाय आयो । त्यसमा पनि प्याजखेती गर्ने सबैको सल्लाहअनुसार अगाडि बढेका हौँ”, उनले भने, “श्रम गर्न सक्ने जनशक्ति खाली बस्नुपर्ने हुँदा सामूहिक श्रम गर्दै खेतीमा जुटेका हौँ ।”प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना, परियोजना कार्यान्वयन एकाइ नवलपुरले व्यावसायिक प्याजखेतीका लागि कार्यक्रम सञ्चालन गरेपछि यस वर्ष जिल्लामा शिवशक्ति कृषक समूहजस्तै २५ समूह व्यावसायिक प्याजखेतीमा जुटेका छन् । परियोजना कार्यान्वयन एकाइका प्रमुख सुनिलकुमार सिंहका अनुसार जिल्लामा २० बिघा जमिनमा प्याजखेती गर्ने योजनासहित रु १७ लाख बजेट विनियोजन गरिएको छ । नासिक रेड–५३ र रेड क्रियोल जातका प्याजको बीउ कृषक समूहलाई निःशुल्क वितरण गरिएको छ । 


प्रकाशित मिति: आइतबार, पुस १४, २०८१  १२:१७
प्रतिक्रिया दिनुहोस्
थप कृषि
 खेतमै सड्न थाल्यो धान
 खेतमै सड्न थाल्यो धान शुक्रबार, कात्तिक १४, २०८२
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन शुक्रबार, कात्तिक १४, २०८२
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य शुक्रबार, कात्तिक १४, २०८२
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति बिहीबार, कात्तिक १३, २०८२
‘दाता’ को सहयोगले छाडा गाई संरक्षण
‘दाता’ को सहयोगले छाडा गाई संरक्षण बिहीबार, कात्तिक १३, २०८२
चितवनमा मौरी चरन क्षेत्र अभाव
चितवनमा मौरी चरन क्षेत्र अभाव बुधबार, कात्तिक १२, २०८२
अलैँचीको मूल्य निरन्तर उकालो: प्रतिमन एक लाख रुपैयाँ पुग्यो
अलैँचीको मूल्य निरन्तर उकालो: प्रतिमन एक लाख रुपैयाँ पुग्यो बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP