Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मिम्लेन फुङ
  • #नाफिज
  • #वार्षिक साधारणसभा
  • #अन्तरराष्ट्रिय नागरिक उड्डयन दिवस
  • #मालढुंगा-बेनी_सडक
  • #एनपिएल
  • #जुडो
  • #सकुन_सुनुवार
  • #मानव अधिकार दिवस
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • ‘बुढ्यौलीमा स्वस्थ रहन युवादेखि नै स्वस्थ बन्नुपर्छ’
‘बुढ्यौलीमा स्वस्थ रहन युवादेखि नै स्वस्थ बन्नुपर्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस १२, २०८१

काठमाडौं -  स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले ज्येष्ठ नागरिकलाई सम्मान र साथ दिनुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले आयोजना गरेको ‘स्वस्थ्यकर बुढ्यौलीसम्बन्धी पैरवी’ कार्यक्रममा उनले ज्येष्ठ नागरिकलाई सम्मान र साथ दिएमा स्वस्थ्य जीवनयापन गर्नसक्ने बताएका हुन् । 

उनले भने, “ज्येष्ठ नागरिकलाई सम्मान आवश्यक छ ।स्वस्थकर बुढ्यौलीका लागि बुढ्यौलीमा प्रयास गरेर हुँदैन । सुरुदेखि नै गर्नुपर्छ । यो एउटा संस्कार बन्नुपर्छ ।” सबैले बुढेसकालका लागि आफूलाई तयार पार्न अहिलेदेखि नै सक्रिय जीवनयापन गर्नुपर्नेमा उनले जोड दिए। 

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरादेवी निरौलाले स्वस्थ्यकर बुढ्यौलीका लगि हामी सबैको जिम्मेवारी रहेको बताए । उनले भने, “६२ वटा अस्पतालमा ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा छ । स्वास्थ्यमा बिमामा पनि प्राथमिकता दिइएको छ ।” उहाँका अनुसार हाल ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको सङ्ख्या तीन लाख रहेको छ भने १५ हजारलाई डिमेन्सिया रहेको छ ।

Hardik health

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले ज्येष्ठ नागरिकका लागि महानगरपालिकाले ‘ज्येष्ठ नागरिकसँग महानगर’कार्यक्रममा अघिल्लो वर्ष १५ वटा वडामा गरेको र यो वर्ष १४ वटा वडामा गर्ने योजना रहेको बताए । उनले भने, “ज्येष्ठ नागरिकका लागि निमोनियाको खोप दिइरहेका छौँ । वडावडामा योगाका कक्षाहरु पनि सञ्चालन भइरहेका छन् । योगामा महिला तथा भजनमा पुरुष ज्येष्ठ नागरिकहरुको सक्रियतापूर्वक सहभागिता छ ।”

ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलले जति उमेर बढ्दै गए पनि सकारात्मक सोचकासाथ अघि बढ्दा सक्रियतापूर्वक जीवन जिउन सकिने बताए । उनले भने, “बुढ्यौलीमा स्वस्थ रहन युवादेखि नै स्वस्थ बन्नुपर्छ । जुनै उमेरलाई पनि सन्तुलित रुपमा लानुपर्छ ।” जेरियाट्रिक सोसाइटी अफ नेपालका अध्यक्ष ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा उमेश बोगटीले ज्येष्ठ नागरिकलाई पारिवारिक तथा बाहिरका छलफलमा सहभागी गराउने, समयसमयमा अस्पताल लाने, औषधिको सही सेवनकाबारेमा जानकारी लिराख्नुपर्ने बताए ।  

मानसिक रोग विशेषज्ञ डा निदेश सापकोटाले वृद्धावस्थामा सबैको स्मरण शक्तिमा ह्रास नआए पनि अधिकांशले बिर्सिने रोग अर्थात् डिमेन्सियाको सामना गर्नुपर्ने बताए । उनले भने, “उमेर ढल्किँदैमा स्मरण क्षमतामा ह्रास आउँछ भन्ने हुँदैन । सुरुदेखि नै स्वस्थकर जीवनशैली अपनाउनुपर्छ । तीन जनामध्ये दुई जनालाई अझै पनि डिमेन्सियाबारे थाहा छैन । यसबारे नीतिगत बहस हुनुपर्छ । सचेतना जगाउनुपर्छ ।”


प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
पीडालाई बिर्सेर समुदायमा चेतना फैलाउँदै कुष्ठरोग प्रभावित
पीडालाई बिर्सेर समुदायमा चेतना फैलाउँदै कुष्ठरोग प्रभावित शुक्रबार, मंसिर २६, २०८२
सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड
सहकार्यमा भक्तपुर क्यान्सर अस्पताललाई विद्युतीय आईसीयू बेड बुधबार, मंसिर २४, २०८२
बर्थिङ सेन्टर छ तर गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष छैनन्
बर्थिङ सेन्टर छ तर गर्भवतीलाई ‘स्ट्रेचर’मा लैजानुपर्छ, बोक्ने पुरुष छैनन् बुधबार, मंसिर २४, २०८२
बुधबारदेखि सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने
बुधबारदेखि सरकारले तीन महिना ‘मानसिक स्वास्थ्य सचेतना अभियान’ सञ्चालन गर्ने बुधबार, मंसिर २४, २०८२
भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा
भद्रपुरमा १२ वर्षपछि ‘एनआइसीयू’ सेवा मंगलबार, मंसिर २३, २०८२
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण
बागलुङमा १९ बालबालिकासहित २१५ जनामा एचआइभी सङ्क्रमण सोमबार, मंसिर २२, २०८२
स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा
स्वास्थ्य बिमाः अब काभ्रेका आठ अस्पतालबाट सेवा सोमबार, मंसिर २२, २०८२
लोकप्रिय
  • Week
  • Month
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
महिला हिंसाविरुद्धको अभियान चलिरहँदा दुव्र्यवहार आरोपी नै सम्मानित
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
रामप्रसाद राईको सम्झनामा परिसंवाद तथा वृत्तचित्र प्रदर्शनी
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
वैदेशिक रोजगार व्यवसायी र स्वास्थ्य व्यवसायी आ-आफ्नै अडानमा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
पाँचवीर थुलुङ राईको ‘जीवनका जङ्घार’ लोकार्पण
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP