Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • ‘बुढ्यौलीमा स्वस्थ रहन युवादेखि नै स्वस्थ बन्नुपर्छ’
‘बुढ्यौलीमा स्वस्थ रहन युवादेखि नै स्वस्थ बन्नुपर्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस १२, २०८१

काठमाडौं -  स्वास्थ्य सेवा विभागका महानिर्देशक डा विकास देवकोटाले ज्येष्ठ नागरिकलाई सम्मान र साथ दिनुपर्ने बताएका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतको नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाले आयोजना गरेको ‘स्वस्थ्यकर बुढ्यौलीसम्बन्धी पैरवी’ कार्यक्रममा उनले ज्येष्ठ नागरिकलाई सम्मान र साथ दिएमा स्वस्थ्य जीवनयापन गर्नसक्ने बताएका हुन् । 

उनले भने, “ज्येष्ठ नागरिकलाई सम्मान आवश्यक छ ।स्वस्थकर बुढ्यौलीका लागि बुढ्यौलीमा प्रयास गरेर हुँदैन । सुरुदेखि नै गर्नुपर्छ । यो एउटा संस्कार बन्नुपर्छ ।” सबैले बुढेसकालका लागि आफूलाई तयार पार्न अहिलेदेखि नै सक्रिय जीवनयापन गर्नुपर्नेमा उनले जोड दिए। 

नर्सिङ तथा सामाजिक सुरक्षा महाशाखाकी निर्देशक हिरादेवी निरौलाले स्वस्थ्यकर बुढ्यौलीका लगि हामी सबैको जिम्मेवारी रहेको बताए । उनले भने, “६२ वटा अस्पतालमा ज्येष्ठ नागरिकलाई निःशुल्क सेवा छ । स्वास्थ्यमा बिमामा पनि प्राथमिकता दिइएको छ ।” उहाँका अनुसार हाल ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको सङ्ख्या तीन लाख रहेको छ भने १५ हजारलाई डिमेन्सिया रहेको छ ।

Hardik health

ललितपुर महानगरपालिकाका प्रवक्ता राजु महर्जनले ज्येष्ठ नागरिकका लागि महानगरपालिकाले ‘ज्येष्ठ नागरिकसँग महानगर’कार्यक्रममा अघिल्लो वर्ष १५ वटा वडामा गरेको र यो वर्ष १४ वटा वडामा गर्ने योजना रहेको बताए । उनले भने, “ज्येष्ठ नागरिकका लागि निमोनियाको खोप दिइरहेका छौँ । वडावडामा योगाका कक्षाहरु पनि सञ्चालन भइरहेका छन् । योगामा महिला तथा भजनमा पुरुष ज्येष्ठ नागरिकहरुको सक्रियतापूर्वक सहभागिता छ ।”

ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा रमेश कँडेलले जति उमेर बढ्दै गए पनि सकारात्मक सोचकासाथ अघि बढ्दा सक्रियतापूर्वक जीवन जिउन सकिने बताए । उनले भने, “बुढ्यौलीमा स्वस्थ रहन युवादेखि नै स्वस्थ बन्नुपर्छ । जुनै उमेरलाई पनि सन्तुलित रुपमा लानुपर्छ ।” जेरियाट्रिक सोसाइटी अफ नेपालका अध्यक्ष ज्येष्ठ नागरिक रोग विशेषज्ञ डा उमेश बोगटीले ज्येष्ठ नागरिकलाई पारिवारिक तथा बाहिरका छलफलमा सहभागी गराउने, समयसमयमा अस्पताल लाने, औषधिको सही सेवनकाबारेमा जानकारी लिराख्नुपर्ने बताए ।  

मानसिक रोग विशेषज्ञ डा निदेश सापकोटाले वृद्धावस्थामा सबैको स्मरण शक्तिमा ह्रास नआए पनि अधिकांशले बिर्सिने रोग अर्थात् डिमेन्सियाको सामना गर्नुपर्ने बताए । उनले भने, “उमेर ढल्किँदैमा स्मरण क्षमतामा ह्रास आउँछ भन्ने हुँदैन । सुरुदेखि नै स्वस्थकर जीवनशैली अपनाउनुपर्छ । तीन जनामध्ये दुई जनालाई अझै पनि डिमेन्सियाबारे थाहा छैन । यसबारे नीतिगत बहस हुनुपर्छ । सचेतना जगाउनुपर्छ ।”


प्रकाशित मिति: शुक्रबार, पुस १२, २०८१  १६:५६
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो
स्वास्थ्य प्रवर्द्धन केन्द्रमा सेवाग्राहीको घुइँचो शुक्रबार, जेठ १, २०८३
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य
एम्बुलेन्समा ‘जिपीएस’ अनिवार्य बिहीबार, वैशाख ३१, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP