Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #सिसिटिभी
  • #सुर्खेत_विमानस्थल
  • #निःशुल्क सटल बस
Search Here
कृषि
  • Home
  • कृषि
  • धमाधम जुनार बिक्री हुँदै
धमाधम जुनार बिक्री हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, पुस ७, २०८१

मन्थली  -  मन्थली र रामेछाप नगरपालिकाकाका विभिन्न वडामा जुनार पाकेर पहेँलपुर भएपछि बिक्री गर्न थालिएको छ । रामेछाप नगरपालिकाको वडा नं ६ को ओख्रेनी, वडा नं ७ को सुकाजोर र मन्थली नगरपालिकाको वडा न ४ सालु र वडा नं १३ र १४ फुलासीमा भएका बगैँचामा जुनार पाकेर पहेँलपुर भएपछि टिपेर बिक्री गर्न थालिएको हो । 

त वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन बढेको किसानले बताएका छन् । जुनारका लागि यस वर्ष उपयुक्त हावापानी भएका कारण तथा किसानले नियमित प्राविधिकको परामर्शमा औषधोपचार तथा भिटामिन प्रयोग गर्न पाएपछि जिल्लाको जुनार उत्पादन पनि बढेको छ ।
 
मन्थली र रामेछाप नगरपालिकामा लागू भएको बगैँचाबाट मात्र यस वर्ष रु २२ करोड ७५ हजार बराबरको जुनार बिक्री हुने अनुमान गरिएको प्रधानमन्त्री कृषि आधुनिकिकरण परियोजनाकी प्राविधिक भवानी बस्नेतले बताइन् । परियोजनाका अनुसार गत वर्ष जुनार बगैँचाबाट रु १९ करोडको मात्र जुनार बिक्री भएको थियो । 

पन्ध्र रोपनी क्षेत्रफलमा आफूले गरेको व्यावसायिक जुनार खेती राम्रो भएकाले गत वर्षको तुलानमा ५० प्रतिशत नै बढी उत्पादन भएको रामेछाप नगरपालिका–६ ओख्रेनीका किसान  हिमाल तामाङले बताए  । अघिल्लो वर्ष रु दुई लाख ५० हजारको जुनार बिक्री गरेको भए पनि यस वर्ष भने रु तीन लाख ५० हजार बराबरको जुनार बिक्री गर्ने योजना रहेको तामाङले बताए । 

ओख्रीनीकै दिलमाया तामाङ पनि आफूले सात रोपनी क्षेत्रफलमा लगाएको जुनार गत वर्षको तुलनामा ४० प्रतिशत भन्दा बढी उत्पादन भएको बताए  । ओख्रेनीका अर्का किसान शेरबहादुुर तामाङले पनि आफूले २० रोपनीभन्दा बढी जग्गामा गरेको जुनार खेतीको उत्पादन गत वर्षको तुलनामा ३५ प्रतिशतले बृद्धि भएको बताए । 

Hardik health

ओख्रेनीका मात्र होइन, सुकाजोरका रामकुमार कार्की, ज्ञानुका कार्कीको बगैँचामा जुनार पहेँलपुर भएको छ । पुरुष मात्र होइन, जुनार उत्पादनमा महिलाको पनि त्यत्तिकै बढी सकृयता रहेको छ । सुकाजोरकी ज्ञानुका कार्कीले भने, “हामी महिला यसअघि घरको (घास, दाउरा र भान्साको) मात्र काम गथ्र्यौँ त्यसबेला खासै केहीबाट आम्दानी हुँदैनथ्यो, तर अहिले व्यावसायिक जुनारको खेती गर्न थालेपछि मेहनतअनुसारको फल पाइएको छ ।”
 
जुनारको बगैँचाभित्र भटमास, तोरी, लसुन, प्याज, काउली जस्ता कोसेबाली र तरकारी बाली लगाएर छुट्टै आम्दानी गर्न सकिने हुनाले जुनार किसानले दोहोरो फाइदा लिने गरेका छन् । ओखेनीकै युगराज पाख्रिन, डेगराज तामाङलगायतका किसानको बगैँचामा रहेको जुनारको उत्पादन पनि बढेको उनीहरूले बताएका छन् ।

रामेछाप नगरपलिकामा बढी जुनार उत्पादन हुने क्षेत्र हिमगङ्गा, रापमुर सुकाजोर, ओख्रेनी, गोठगाँउ र रामेछाप हो । रामेछाप नगरपालिकाका बाली संरक्षण अधिकृत कृष्ण भुजेलले वडाहरूमा गत वर्षको तुलनामा यस वर्ष जुनार उत्पादन झण्डै ५० प्रतिशतले वृद्धि भएको बताए । 

मन्थली नगरपालिकाको वडा नं ४ सालु १३ र १४ फुलासीमा पनि गत वर्षको तुलनमा जुनार र सुन्तलाकोे उत्पादन बढेको वडा नं १४ कृषक तुलबहादुर तामाङले बताए  । प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले रामेछापले जिल्लाको मन्थली र रामेछाप नगरपालिकाका कुल १३ वटा वडामा जुनार जोनका रूपमा काम गरिरहेकाले उत्पादनमा वृद्धि भएको परियोजनाका प्रमुख थिरलाल गैरेले दावी गरे। 

परियोजनाले विभिन्न किसिमका अनुदान, प्राविधिक सहयोग, कीटनासक औषधि र भिटामिन, यन्त्रीकरणजस्ता सामग्रीसमेत जुनार किसानलाई बितरण गर्ने गरेको छ । रामेछापको मन्थली र रामेछाप नगरपालिका क्षेत्रभित्र लागू भएको जुनार जोन क्षेत्रमा गत वर्ष कुल पाँच सय २० हेक्टरलमा सुन्तला जातका फलफूलहरू उत्पादन भएका मध्ये जुनार ४२२ दशमलव पाँच, सुन्तला ७८ र कागती २० दशमलव आठ हेक्टरमा खेती गरिँदा कुल चार हजार तीन सय ८० मेट्रिक टन सुन्तला जातका फलफूल उत्पादन भई रु १९ करोड, रु ९३ लाख ९५ हजार रकम बराबरको बिक्री भएको परियोजनाकी नायब प्राविधिक सहायक भवानी बस्नेतले बताए । 

उनका अनुसार, “यस वर्ष चार सय ३७ हेक्टरमा जुनार, ८१ हेक्टरमा सुन्तला, २२ हेक्टरमा कागतीखेती भई चार हजार चार सय एक मेट्रिक टन उत्पादन हुँदा रु २२ करोड ७५ हजार बराबरको बिक्री हुने अपेक्षा गरिएको छ ।  हाल पहेँलपुर रहेको जुनार बगैँचाबाटनै दानाको आकारअनुसार ६० देखि ७५ रुपैयाँसम्म प्रतिकेजी बिक्री गर्ने गरेका छन् । पाकेर पहेँलपुर भएको जुनार बगैँचा हेर्न र सेल्फी खिच्न हिजोआज दैनिक रूपमा नागरिकको घुइँचो लाग्ने गरेको ओख्रेनीका जुनार व्यापारी हिमाल तामाङले बताए । 


प्रकाशित मिति: आइतबार, पुस ७, २०८१  ११:५५
प्रतिक्रिया दिनुहोस्
थप कृषि
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन
प्रांगारिक मल तथा बायोग्याँस उद्योगः उद्घाटन गरेको पाँच वर्ष बित्यो, अझै सञ्चालन गरिएन सोमबार, जेठ ११, २०८३
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य
झाडी फाडेर व्यावसायिक अकबरे खुर्सानीखेती : १० लाख आम्दानी गर्ने लक्ष्य बुधबार, जेठ ६, २०८३
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा
तरबुजा खेतीबाट आत्मनिर्भर बन्दै दङ्गीशरणका युवा आइतबार, जेठ ३, २०८३
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने
अनुदानमा उपलब्ध गराएको मलको कालोबजारी गर्नेलाई कारबाही गरिने शुक्रबार, जेठ १, २०८३
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग
समयमै रासायनिक मलको व्यवस्था गर्न सांसदहरुको माग बुधबार, वैशाख ३०, २०८३
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य
रूपाकोटलाई नगरपालिकालाई ‘कफी हब’ बनाउने लक्ष्य शनिबार, वैशाख २६, २०८३
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु
गतलाङमा रेन्बो ट्राउट माछापालन सुरु बुधबार, वैशाख २३, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP