Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कृषि
  • Home
  • कृषि
  • अनुदानमा गहुँको बीउ वितरण
अनुदानमा गहुँको बीउ वितरण
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, पुस ५, २०८१

महोत्तरी- गहुँखेती लाउने समय घर्कँदै जाँदा बीउ नपाएर हैरान भएका महोत्तरीका केही भेगका किसानलाई राहत मिलेको छ ।  खेतबारी खनजोत गरेर तयार पारिसक्दासम्म भरपर्दो बीउ नपाएर हैरान भएका किसानलाई आफ्नो स्थानीय तहले उन्नत जातको गहुँको बीउ ५० प्रतिशत अनुदानमा पाएपछि राहत मिलेको हो ।

जिल्लाका मटिहानी र बर्दिबास नगरपालिकाले किसानलाई ५० प्रतिशत अनुदानमा गहुँको बीउ उपलब्ध गराएका छन् । “खेतबारी खनजोत गरेर तयार पार्यौँ, भरपर्दो बीउ नपाएर छर्न पाइएको थिएन”, मटिहानी–६ का किसान नेमत अतुल्लाले भने , “अहिले नगरपालिकाले आधा मूल्यमा उन्नत बीउ दियो, अब दुई–तीन दिनमै छरिसकिन्छ ।”

मटिहानी नगर कार्यपालिकाको कार्यालयको कृषि शाखाले नगर क्षेत्रका नौवटै वडाका नौ सय किसानलाई महोत्तरी कृषि ज्ञान केन्द्रले सिफारिस गरेको गौतम र विजय जातका उन्नत गहुँको बीउ वितरण गरेको हो । गहुँको बीउको निर्धारित मूल्य प्रतिकिलो रु ८५ मा अहिले किसानले ५० प्रतिशत अनुदानमा ४२ रुपैयाँ २५ पैसामै पाएका हुन् ।

Hardik health

गहुँबाली लगाउने समय घर्कँदै जाँदा बीउ खोज्न निकै भौतारिएका किसान अहिले खुसी छन् । “पहिले निकै खोजी गरियो, विश्वासिलो बीउ भेटिएन, अहिले त आधा मूल्यमै पाइयो, निकै खुसी छौँ”, मटिहानी–८ का जसिम दर्जी भन्नुहुन्छ, “नगरपालिकाले समयसमयमा हेर्छ भन्ने विश्वास जाग्यो ।” यता मधेसमा मङ्सिर चौथो साताको प्रारम्भदेखि पुसको दोस्रो साताभित्र गहुँ छर्ने उपयुक्त समय मानिन्छ । अहिले बीउ पाएपछि अब समयमै बाली लगाउन पाइएको किसान बताउँछन् ।

यसैगरी जिल्लाको सुदूर उत्तरवर्ती बर्दिबास नगरपालिकाको कृषि शाखाले पनि नगर क्षेत्रका चार सय २५ किसानलाई २० देखि ८० किलोग्रामसम्म गहुँको बीउ उपलब्ध गराएको छ । बर्दिबासमा उन्नत जातको गहुँको बीउ खरिदमा नगर कार्यपालिकाको कार्यालयले रु आठ लाख ५० हजार अनुदान उपलब्ध गराएको कृषि शाखाका प्रमुख साजन दाहाल बताए ।

यस नगरक्षेत्रमा एक ४० क्विन्टल गहुँको बीउ किसानलाई वितरण गरिएको कृषि शाखाले जनाएको छ ।  बर्दिबासमा कुल नौ हजार पाँच सय ६५ हेक्टर खेतीयोग्य जग्गामध्ये दुई हजार तीन सय १५ हेक्टरमा गहुँखेती गरिँदै आइएको दाहालको भनाइ छ । जिल्लामा जम्मा १५ स्थानीयतह छन् । सबैतिरको मुख्य पेसा खेती नै छ । यसैले गहुँमात्र नभएर सबैजसो बाली लगाउन किसानलाई उत्प्रेरित गर्न सम्बद्ध स्थानीय तहको नेतृत्वले पहलकदमी लिनुपर्ने जिल्ला समन्वय समितिका प्रमुख सुमनकुमारलाल कर्णको सुझाव छ ।


प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १२:११
प्रतिक्रिया दिनुहोस्
थप कृषि
 खेतमै सड्न थाल्यो धान
 खेतमै सड्न थाल्यो धान शुक्रबार, कात्तिक १४, २०८२
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन शुक्रबार, कात्तिक १४, २०८२
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य शुक्रबार, कात्तिक १४, २०८२
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति बिहीबार, कात्तिक १३, २०८२
‘दाता’ को सहयोगले छाडा गाई संरक्षण
‘दाता’ को सहयोगले छाडा गाई संरक्षण बिहीबार, कात्तिक १३, २०८२
चितवनमा मौरी चरन क्षेत्र अभाव
चितवनमा मौरी चरन क्षेत्र अभाव बुधबार, कात्तिक १२, २०८२
अलैँचीको मूल्य निरन्तर उकालो: प्रतिमन एक लाख रुपैयाँ पुग्यो
अलैँचीको मूल्य निरन्तर उकालो: प्रतिमन एक लाख रुपैयाँ पुग्यो बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP