Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • कसले बाहिर ल्यायो यो फोटो ?
रास्वपा र प्रहरीको एकै प्रश्न  कसले बाहिर ल्यायो यो फोटो ?
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, पुस ५, २०८१

काठमाडौं– सामाजिक सञ्जालहरूमा भाइरल भइरहेको राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेको तस्बिर कास्की प्रहरीको हिरासतमा उनी निदाइरहँदा सीसीटीभीबाट खिचेको पाइएको प्रहरीले स्पष्ट पारेको छ । मुलुकी अपराध संहिताअनुसार हिरासतमा रहेका आरोपीको तस्बिर वा भिडियो खिच्न पाइँदैन । 

तर, सहकारी ठगी, संगठित अपराध र सम्पत्ति शुद्धीकरणका आरोपी लामिछानेको हिरासतमा सुतिरहँदाको तस्बिर खिच्न. निकोलस भुसालले पहुँच पु¥याएको देखिएको छ । भुसालले आफूले तस्बिर खिचेको स्वीकारेका छन् । उनी रास्वपा समर्थक हुन् ।

हिरासतमा रहेका विभिन्न मुद्दाका आरोपी रविको तस्बिर बाहिरिँदा प्रहरीको गम्भीर सुरक्षा कमजोरी पनि उदाङ्गिएको छ । हिरासतमा प्रहरीले अपनाउने सुरक्षा संवदेनशीलतामाथि प्रश्न उठेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विश्व अधिकारी कास्की प्रहरीको हिरासतमा सुरक्षा कमजोरी देखिएको बताएका छन् । 

तस्बिर हिरासतकै भन्ने बुझियो । त्यसरी खिच्न कसैले पाइँदैन तर खिचिएछ, एक जनाले मैले खिचेको भनेर स्वीकारेको भन्ने छ, यसबारे अनुसन्धान भइरहेको छ । 
विश्व अधिकारी
प्रहरी वरिष्ठ उपरीक्षक 

Hardik health

‘तस्बिर हिरासतकै भन्ने बुझियो । त्यसरी खिच्न कसैले पाइँदैन तर खिचिएछ, एक जनाले मैले खिचेको भनेर स्वीकारेको भन्ने छ, यसबारे अनुसन्धान भइरहेको छ’, उनले प्रभावसँग भने । भाइरल तस्बिरमा रवि निदाइरहेको देखिन्छ । आसपासमा केही पुस्तक देखिन्छन् । उक्त तस्बिर बाहिरिएपछि रास्वपाकै सहमहामन्त्री दीपक बोहोराले तस्बिरप्रति प्रश्न गर्दै भनेका छन्– ‘कति हो यो फोटोको मूल्य ?’

उनले निदाइरहँदाको तस्बिर खिचेर रविलाई थप अन्यायमा पारेको भन्दै आक्रोश पोखेका छन् ।तर, तस्बिर प्रहरीले नभइ रास्वपाकै समर्थक भुसालले खिचेको स्वीकारेका छन् । उनले हिरासतमा रहेका लामिछानेको तस्बिर खिच्नु गल्ती भएकोसमेत बताए । त्यसबारे उनले माफी मागेका छन् । ‘मबाट कसैलाई दोष लगाउने या खराब नियत थिएन । भ्रममा नपर्न अनुरोध’, उनले भने, ‘म स्वास्थ्य अवस्था बुझन र हौसला प्रदान गर्न गएको थिएँ ।’

यता गृहमन्त्री रमेश लेखकले कास्की प्रहरीको हिरासतमा रहेका लामिछानेको तस्बिर सार्वजनिक गर्नेलाई तत्काल कारबाहीमा ल्याउन निर्देशन दिइसकेका छन् । बिहीबार गृहमन्त्री लेखकले प्रहरी महानिरीक्षक बसन्तबहादुर कुँवरलाई उक्त विषयमा छानविन गरी दोषी जो सुकै भए पनि कारबाहीको दायरामा ल्याउन निर्देशन दिएका हुन् । गृहमन्त्रीको निर्देशनसँगै कास्की प्रहरीले तस्बिर खिचेको स्वीकार्ने भुसालको खोजीमा जुटेको छ । कास्कीका प्रहरी प्रवक्ता वसन्तकुमार शर्माले अनधिकृत रूपमा तस्बिर खिच्नेको खोजी भइरहेको बताए । 

‘हिरासतमा तस्बिर खिच्नु अनधिकृत हो । खिच्ने को हो ? किन खिचियो ? र त्यसबेला कन्ट्रोल रुमका को थिए ? अनुसन्धान गर्दैर्छौँ’, शर्माले भने । भाइरल तस्बिरलाई रास्वपाका नेता कार्यकर्ताले मात्र होइन, अरुले पनि उक्त तस्बिर सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् । तस्बिरबारे अनेक टिकाटिप्पणी भइरहेको छ । कास्की प्रहरी स्रोतले दिएको जानकारीअनुसार जिल्ला प्रहरी कार्यालय कास्कीको दोस्रो तलामा रविलाई राखिएको छ । उनलाई राखिएको हिरासत कक्षमा पनि ‘सीसीटीभी क्यामेरा’ जडान छ । उक्त क्यामेरा ‘कन्ट्रोल रुम’बाट निगरानी गर्ने गरिन्छ र लामिछानेको भाइरल तस्बिर यही २९ मंसिरको दिउँसो ३ बजेर ५८ मिनेट १७ सेकेन्ड जाँदा खिचेको पाइएको प्रहरीले जनाएको छ । 

यसरी हिरासतको निगरानी गर्न जडान गरिएको सीसीटीभीमा सामाजिक अभियन्ता भनिने निकोलस ले पु¥याएको पहुँचले सुरक्षा कमजोरी प्रष्ट देखिएको छ । प्रहरीको सुरक्षा घेराभित्र रहेको र हिरासतजस्तो संवेदनशील ठाउँको फोटो बाहिरिनु सुरक्षाको दृष्टिकोणले राम्रो पटक्कै मानिँदैन । यसमा व्यक्तिको गोपनीयताको कुरादेखि मानव अधिकारका कुराहरूपनि जोडिने र सुरक्षाको दृष्टिले पनि जोखिमपूर्ण मानिने बताइन्छ । 

त्यही भएर मुलुकी अपराध संहितामै अनुमति विना फोटो र भिडियो खिच्न र सार्वजनिक गर्न नपाइने व्यवस्था गरिएको वरिष्ठ अधिवक्ता महेश नेपालले बताए । यसरी फोटो खिच्नेलाई विद्युतीय अपराधको कसुरमा कारबाही गर्न सकिने नेपालले बताए । यसकारण, यदि भुसालले भनेजस्तै उनैले यो फोटो खिचेर सार्वजनिक गरिएको देखिए उनी पक्राउ पर्न सक्छन् र कानुनी कारबाहीको भागिदार हुन सक्ने देखिन्छ ।

तर, प्रधानमन्त्री केपी शर्मा ओलीको दल एमालेले रास्वपा सभापति लामिछानेविरुद्ध मुद्दा दायर हुन लाग्दा आमरूपमा दबाब बढाउन रास्वपाकै योजनामा तस्बिर सार्वजनिक भएको दाबी गरेको छ । यसलाई उक्त दलका महासचिव शंकर पोखरेलले त ‘स्टन्ट’ भन्दै टिप्पणी गरेका छन् । उनले सामाजिक सञ्जालको स्टन्टबाट राजनीतिमा उदाएकाहरू त्यसकै चरम दुरुपयोगबाटै विस्थापित हुने बाटोमा अग्रसर भएको बताए । 

‘सोसल मिडियाको स्टन्ट र प्रोपोगाण्डाबाट राजनीतिमा उदाएइकाहरू त्यसकै चरम दुरुपयोगबाट विस्थापित हुने बाटोमा अग्रसर देखिन्छन् । अति सर्वत्र वर्जयेत’, महासचिव पोखरेलले लेखेका छन् ।तर, रास्वपा नेताहरू भने यसलाई अस्वीकार गर्छन् । निकोलस भुसाल स्वयंले पनि आफू कसैको आग्रहमा लामिछाने भेट्न नगएको जिकिर गरेका छन् । यद्यपि निकोलसले नै दुई दिनअघि उक्त तस्बिर सामाजिक सञ्जालमा सेयर गरेका थिए, पछि उक्त फोटो रास्वपाका सहमहामन्त्री बोहराले आफ्नो फेसबुकमा राखेपछि बिहीबार दिनभर यसले चर्चा पाएको थियो ।


लामिछानेले आरोपीसँग हिरासतमै खिचेको त्यो फोटो
रास्वपाका नेताहरू आफ्ना सभापति लामिछानेको हिरासतमा निदाइरहँदाको तस्बिर सार्वजनिक भएपछि असन्तुष्ट छन् । तर, हिरासतमा रहेका रवि ती नेता हुन्, जसले यसअघि २२ भदौ २०७९ मा हिरासतमै रहेका एक जना आरोपीलाई भेटेपछि अनधिकृत फोटो खिचेर सार्वजनिक गरेका थिए । उनले त्यसबेला भेटेको सुरक्षा गार्ड शेरजंग गुरुङ हो । 

नेकपा एकीकृत समाजवादीका नेता तथा तत्कालीन पर्यटनमन्त्री जीवनराम श्रेष्ठका कारण शेरजंग पक्राउ परेका थिए । उनै शेरजंगलाई तस्बिर खिचेर अनधिकृत सार्वजनिक गरिँदा त्यसबेला प्रहरी वृत्त दरबारमार्गमा इन्चार्ज प्रहरी निरीक्षक विकास तामाङ थिए । उनलाई कारबाही स्वरुप महानगरीय प्रहरी कार्यालय रानीपोखरी सरुवा गरिएको थियो ।


प्रकाशित मिति: शुक्रबार, पुस ५, २०८१  १०:५०
#रवी_लामिछाने
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP