Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मोमो _फोमो
  • #कोटगाउँ_खेलमैदान
  • #खेलमैदान
  • #नेपाली_कांग्रेस
  • #मलुवा_पोखरी
Search Here
कृषि
  • Home
  • कृषि
  • बेमौसमी तरकारी खेतीमा आकर्षित मुगुका कृषक
बेमौसमी तरकारी खेतीमा आकर्षित मुगुका कृषक
दान बहादुर बुढा
दान बहादुर बुढा बिहीबार, मंसिर २०, २०८१

मुगु - मुगु जिल्ला सोरुगाँउपालिका वडा नम्बर ६ सोरुकोटका मुनदेबी कुमालले बेमौसमी तरकारी लगाएकी छन् । उनी तरकारीको रेखदेखमा नै व्यस्त देखिन्छन्। प्लास्टिक हाउस (टनेल) भित्र बेमौसमी भाजी साग,रायो,पालङ्गो साग खेती लगाउन उनी बिहानै देखि तल्लिन हुन्छन् ।

बिगतका बर्षहरुमा कार्तिक ,मंशिर महिनामा हरीयो सागको नाममा बारीको डिल भिट पाखा पखेरामा सिनु मात्र देख्र्ने गरेकी छिन् । पछिल्लो समयमा सोरुगाँउपालिका ,यूनाईटेड टु नेपाल मुगु क्लष्टरको आर्थिक सहयोग र ग्रामीण सामुदायिक सस्थाको प्राबिधीक सहयोगमा सोरुगाँउपालिकामा रहेका १ देखी ११ वडामा रहेका कृषकहरुलाई बेमौसमितरकारी खेती बारे तालिम गोष्ठी,सेमिनार,अनुदानमा तरकारीको बिउ ,ग्रिन हाउस(प्लाष्टिक हाँउस भित्र तरकारी लगाउन सिकाए पछि मुनदेबी लगाएत अन्य कृषकले हिजो आज  तरकारी खेती गर्दै आइरहेका छन्।

पछिल्लो समय सोरुगाँउपालिकाका कृषकहरु बेमौसमी तरकारी खेतीतर्फ आकर्षित छन्। तरकारीको भाउ पाउने ग्रिन हाउसमा आएर प्रति मुठा सागको १० देखी २० रुपैँया मूल्य पाउदा घरमा बिहान बेलुका हरियो तरकारी समेत खान पाउँदा तरकारी तर्फ आकर्षित भएको उनले बताएकी छन् । उनले भनिन् ,' बजारको पनि समस्या छैन, घरधन्दा बाल बच्चलाई लुगा कपडा कापी कलम यसरी नै धानेको छु’। उनले टनेल घरमा गोलभिडा,फ्रर्सी,रायो,सुईसाग फर्सी, लगायतका तरकारी लगाएका छन्।

Hardik health

यी मुन देबी मात्र होईन सोरु गाँउपालिका कच्र्चे,सिप,तारापानि ,जिमा बस्तीमा,धैन,आसीधारा,बस्तीहरुमा ६देखी १० जना कृषकहरुले बेमौसमी तरकारी खेती गदै आइरहेका छन् । पहिले आफ्नै शैलीमा सिजन अनुसारको तरकारी लगाउने गरेका थिए । तरकारी फल्ने समयमा भाउ नपाउनाले घरमै कुहिएर जाने गर्थ्याे। आम्दानी पनि त्यति नहुने र सिचाईपानीको समस्या भएपछि तरकारी खेती नै नगरेको अहिले सोरु गाँउपालिका ,यूनाईटेड टु नेपाल मुगु क्लष्टरको आर्थिक सहयोग र ग्रामीण सामुदायिक संस्थाको प्राविधिक सहयोगमा निशुल्क तालिम लिएर तरकारी बिउँ,ग्रिनहाउँसको लागी पाल पाए पछि तरकारी खेति गर्दा राम्रो अाम्दानि भएको आसिधारा गाँउका प्रोम बहादुर रोकायाले बताएका छन् । 

 पानि नहुँदा आकासे पानी ,जुठानको पानी पनि संकलन गरेर राख्ने गरेका छन् । तरकारी खेतीबाट वर्षमा  मासिक १५,२० हजार सम्म आम्दानी लिने गरेको किसानहरू बताउँछन् । जीवनस्तरमा पनि धेरै परिवर्तन आएको कृषक गगन भामको  भनाई छ ।

यहाँका किसान पछिल्लो समय बेमौ समी तरकारी खेतीतर्फ आकर्षित भएका छन् । आर्थिक अवस्था कमजोर भएकाहरू पनि तरकारी खेती गरेर आत्मनिर्भर हुँदै आइरहेका छन् । काठका टहरामा प्लास्टिक लगाएर टर्नेल बनाई बाह्रै महिना तरकारी खेती गर्न सकिने किसानको भनाई छ । तरकारी उत्पादनमा सहजताका लागि  पनि,यूनाईटेड टु नेपाल मुगु क्लष्टरको आर्थिक सहयोग र ग्रामीण सामुदायिक सस्थाको प्राबिधीक सहयोगमा   अुनदानमा बीउ,प्लास्टीक (ग्रीनहाँउस ) तालिम प्रदान गर्दै आइरहेका छन् । बेलाबेलामा अनुुगमन गर्ने गरेको ,यूनाईटेड टु नेपाल मुगु क्लष्टर मुगुका प्रमुख नेत्र बहादुर शाहीले बताएका छन् । 

विशेष गरी सस्थाको कार्यक्षेत्र अन्तरगत समुदायमा गठन गरिएको समुहबाट छनाैट परेका गरिब,अपांगता ,एकल महिला,पिछडिएका वर्षहरुको आय आजन गर्नको लागी बिगत लामो समय देखी शिक्षा,स्वास्थ्य रोजगा,आय आजनको लागी बिभिन्न तालिम गोष्टी लगाएतका बिचिन्न क्षेत्रमा शिक्षा दिदै आएका छौं । यो वर्ष मात्र सोरु गाँउपालिका भित्र रहेका विभिन्न बर्ग क्षेत्रका नागरीकाहरुलाइ आर्य आजनको लागी ६८ जना कृषकहरुलाई ग्रिनहााउस (प्लाष्टीक टर्नेल घर),४६ घर धुरीलाई धुवा रहितको चुलो, १२ जनालाई बाख्रा पालनमा सहयोग,सिलाई कटाई,खुद्रा पसल, हाँस पालनमा सहयोग गरेको  ग्रामीण सामुदायिक सस्थाका प्रमुख बासु सावलले बताएका छन् ।


प्रकाशित मिति: बिहीबार, मंसिर २०, २०८१  ११:०९
प्रतिक्रिया दिनुहोस्
थप कृषि
किसानले चैते धानको उचित मूल्य पाएनन्
किसानले चैते धानको उचित मूल्य पाएनन् शुक्रबार, चैत ६, २०८२
हुरीका कारण केरामा क्षति
हुरीका कारण केरामा क्षति शुक्रबार, चैत ६, २०८२
हिउँदे बर्सातले किसानमा खुसी
हिउँदे बर्सातले किसानमा खुसी बिहीबार, चैत ५, २०८२
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा
बाख्रापालनमा निर्भर धारापानीका बासिन्दा बिहीबार, चैत ५, २०८२
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी
व्यावसायिक खेतीबाट वार्षिक ३० लाख आम्दानी बुधबार, चैत ४, २०८२
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी
रुद्राक्ष खेतीबाट मनग्य आम्दानी बुधबार, चैत ४, २०८२
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे
अफ्रिकन स्वाइन फिभर’का कारण एकसय बीस बङ्गुर मरे मंगलबार, चैत ३, २०८२
Public Notice Public Notice
लोकप्रिय
  • Week
  • Month
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
श्रम संस्कृति पार्टीभित्र आन्तरिक कलह
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
दलित अगुवा ललिता दास तत्मालाई समाजसेवा पुरस्कार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लागूपदार्थ दुव्र्यसनी न्यूनिकरण सम्बन्धी सचेतना
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
लोकप्रियतावादले विचार, नीति र एजेन्डाको अवमूल्यन गरेको छ : प्रचण्ड
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP