Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
कृषि
  • Home
  • कृषि
  • डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित
डिएनए परीक्षणको अन्योलले सुपारी निर्यात अनिश्चित, एक लाख किसान प्रभावित
प्रभाव संवाददाता
प्रभाव संवाददाता बुधबार, मंसिर १९, २०८१

झापा- संसदीय समितिले सुपारीको डिअक्सिराइबोन्यूक्लिक एसिड (डिएनए) परीक्षण गरेरमात्र निर्यातको व्यवस्था गर्न सरकारलाई निर्देशन दिएका कारण यहाँको प्रमुख नगदेबाली सुपारी व्यापार अन्योलमा परेको छ ।

झापालगायत विभिन्न जिल्लामा वर्षौदेखि सुपारी उत्पादन हुँदै आएको छ । नेपालमा उत्पादित सुपारी भारत निर्यात हुने गरेको छ । सुपारी उत्पादक किसान सङ्घका अनुसार बर्सेनि पूर्वी भेगमा १५ हजार मेट्रिक टन सुपारी उत्पादन हुन्छ । प्रचलित बजार मूल्यअनुसार उक्त परिमाणको सुपारीलाई रु आठ देखि १२ अर्बसम्म पर्छ ।

नीतिगत अन्योलका कारण निर्यात रोकिँदा झापादेखि उदयपुरसम्म सुपारीखेतीमा आबद्ध एक लाख किसानको भविष्य अन्धकार उन्मुख भएको सङ्घका केन्द्रीय अध्यक्ष नीलकण्ठ तिवारीले बताउनुभयो । “संसदीय समितिले डिएनए जाँच गरेरमात्र निर्यात गर्ने व्यवस्था मिलाउनू भनेर अर्थ र वाणिज्य मन्त्रालयलाई निर्देशन दिएको छ”, उहाँ भन्नुहुन्छ, “दुई वर्ष भइसक्यो कहाँ हुने हो सुपारीको डिएनएन, केही अत्तोपत्तो छैन ।”

Hardik health

विसं २०७९ साउन १३ गते राष्ट्रियसभाको दिगो विकास तथा सुशासन विकास समितिले डिएनए परीक्षणपछि मात्र सुपारी निर्यात गर्न वाणिज्य मन्त्रालय र अर्थ मन्त्रालयमा पत्राचार गरेको उनले बताए । डिएनए परीक्षण गर्ने भनिए पनि हालसम्म प्रयोगशाला स्थापना भएको छैन ।

देशमा उत्पादित सुपारी निर्यातका लागि भारतले निश्चित कोटा तोक्ने गरेको छ । इण्डोनेसियाबाट आयातित सुपारीलाई यही कोटामा भारत निर्यात हुनबाट रोक्न डिएनए गरेर देशभित्रै उत्पादन भएको प्रमाणित गर्न संसदीय समितिले सरकारलाई निर्देशन दिएको हो । डिएनए परीक्षणको उल्झन सुपारी निर्यातको प्रमुख बाधक बनेको किसान बताउँछन् । गत वर्षदेखि सुपारी निर्यात भएको छैन ।

मेचीनगर नगरपालिका–का जीवन पाण्डे यो वर्ष पनि सुपारी नबिक्ने चिन्ताले पिरोलिनु भएको छ । धान खेत मासेर उहाँले डेढ बिघामा सुपारीखेती गर्नुभएको छ । “बोटमा लटरम्म दाना छन्, किन्ने व्यापारी आउँदैनन्”, किसान पाण्डेले समस्या सुनाउँदै भने, “दुई वर्षअघि व्यापारी सुपारीका चिचिला लाग्दादेखि आउँथे ।” 

मेचीनगर–४ बाहुनडाँगीका वडासदस्य पवन बराइलीले सुपारी किसानलाई सहुलियत र सुविधा दिन चुक्दै आएको सरकारले बजारीकरणमा पनि सहजीकरण नगरेको गुनासो गरे । बाहुनडाँगीमा ज¬ङ्गली हात्तीले धान, मकैलगायत  बाली नोक्सान गर्न थालेपछि किसान जीविकाका लागि सुपारी, चियालगायत नगदेबालीतर्फ आकर्षित भएका तर सुपारी नबिक्दा किसानको बिचल्ली भएकामा उनले दुःख व्यक्त गरे ।

झापाका बाहुनडाँगी, शनिश्चरे र बुधबारे सुपारी उत्पादनमा अग्रणी मानिन्छन् । यहाँका किसान सुपारी किन्न हालसम्म व्यापारी नआउँदा चिन्तित  छन् । सङ्घका अध्यक्ष तिवारी सुपारीको डिएनए परीक्षणमा अल्झिन नहुने बताए । सरकारले दानाको डिएनए परीक्षण हुनुपर्ने बताए पनि फरक समय र मात्रामा निर्यात हुने सुपारीको डिएनए सम्भव नहुने उनले बताए ।


प्रकाशित मिति: बुधबार, मंसिर १९, २०८१  १०:५५
प्रतिक्रिया दिनुहोस्
थप कृषि
यस वर्ष २३ स्थानमा बर्डफ्लु
यस वर्ष २३ स्थानमा बर्डफ्लु सोमबार, चैत २३, २०८२
किसानलाई गहुँबाली भित्र्याउने चटारो
किसानलाई गहुँबाली भित्र्याउने चटारो शुक्रबार, चैत २०, २०८२
रेन्वो ट्राउट माछापालनका लागि रसुवा वैज्ञानिक केन्द्र बन्दै
रेन्वो ट्राउट माछापालनका लागि रसुवा वैज्ञानिक केन्द्र बन्दै बुधबार, चैत १८, २०८२
बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट बुधबार, चैत १८, २०८२
उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो
उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो बुधबार, चैत १८, २०८२
कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री
कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री सोमबार, चैत १६, २०८२
कृषि मन्त्री गीतालाई बुबाकाे सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
कृषि मन्त्री गीतालाई बुबाकाे सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’ शुक्रबार, चैत १३, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP