Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
शिक्षा
  • Home
  • शिक्षा
  • शैक्षिक अनुसन्धान केन्द्रको भवन निर्माण हुँदै
शैक्षिक अनुसन्धान केन्द्रको भवन निर्माण हुँदै
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, मंसिर १८, २०८१

भोजपुर-  यहाँ शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरिएको छ । शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धान गर्ने लक्ष्यले भोजपुर नगरपालिका–८ पोखरेमा भवनको शिलान्यास गरिएको हो ।

नेपाल राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समितिले निर्माण थालेको भवनको कोशी प्रदेशका पूर्वमूख्यमन्त्री तथा नेपाल कम्युनिष्ट पार्टी (एमाले) स्थायी कमिटी सदस्य शेरधन राई र कोशी प्रदेशका राज्यमन्त्री सिर्जना राईले संयुक्त रुपमा शिलान्यास गरेका हुन्। 

भवन निर्माणका लागि कोशी प्रदेश सरकारबाट रु २५ लाख र स्थानीय पालिकाबाट रु १४ लाख ५० हजार बजेट विनियोजन भएको राष्ट्रिय शिक्षक सङ्गठन जिल्ला समितिका अध्यक्ष ध्रुवराज रेग्मीले जानकारी दिए । यो भवनबाट जिल्लाको शैक्षिक अवस्था तथा नवीनतम विषयवस्तुको खोज तथा अनुसन्धान गरिने अध्यक्ष रेग्मीको भनाइ छ ।

Hardik health

“शैक्षिक क्षेत्रको विकास तथा खोज अनुसन्धान गर्ने लक्ष्यले शैक्षिक अनुसन्धान केन्द्र शिक्षक भवनको शिलान्यास गरेका छौँ”, अध्यक्ष रेग्मीले भने, “भवन निर्माणका लागि प्रदेश सरकारसँगै स्थानीय पालिकाहरुको बजेटमा निर्माण थालेका छौँ, शिक्षहरुबाट पनि स्वतःस्फूर्त रुपमा रकम सङ्कलन गरिरहेका छौँ ।” 

अनुसन्धान केन्द्र शिक्षक भवन निर्माणका लागि पौवादुङमा गाउँपालिकाबाट रु तीन लाख, टेम्केमैयुङ गाउँपालिकाबाट रु दुई लाख ५० हजार, भोजपुर नगरपालिका, षडानन्द नगरपालिका र अरुण गाउँपालिकाबाट रु दुई/दुई लाख, हतुवागढी, आमचोक र साल्पासिलिछो गाउँपालिकाबाट रु एक÷एक लाख गरी पालिकाहरुबाट रु १४ लाख ५० हजार बजेट विनियोजन भएको जनाइएको छ । सङ्गठनको नाममा रहेको तीन रोपनी एक आना तीन पैसा क्षेत्रफलमा भवन निर्माण थालिएको सङ्गठनका सचिव विष्णुकुमार राईले बताए । 

भवनको शिलान्यास गर्दै पूर्वमुख्यमन्त्री तथा एमाले स्थायी कमिटी सदस्य शेरधन राईले अनुसन्धान केन्द्र शिक्षक भवनले यहाँको शैक्षिक विकास तथा खोज अनुसन्धानमा सहयोग पुग्ने बताए । सामुदायिक विद्यालयहरुको खस्किँदो शैक्षिक अवस्थाको सुधारसँगै भोजपुरबाट उत्पादित जनशक्तिलाई सक्षम र सफल बनाउन भवनको प्रयोग हुनुपर्नेमा उनले जोड दिए ।

कोशी प्रदेश सरकारले प्राथमिकताका साथ अघि बढाएका योजनाहरुलाई समयमा सम्पन्न गराउन आवश्यक पहलकदमी गरिरहेको राज्यमन्त्री राईले जानकारी दिए । पौवादुङमका अध्यक्ष किरण राईले शैक्षिक अनुसन्धान केन्द्र निर्माणका लागि गाउँपालिकाले पनि आवश्यक सहयोग गरेको बताए । भवन निर्माणले शैक्षिक क्षेत्रको खोज तथा अनुसन्धानमा टेवा पुग्ने राखे । 


प्रकाशित मिति: मंगलबार, मंसिर १८, २०८१  १५:४४
प्रतिक्रिया दिनुहोस्
थप शिक्षा
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
स्नातकोत्तर सम्मेलन सुरु
स्नातकोत्तर सम्मेलन सुरु आइतबार, चैत २२, २०८२
शैक्षिक सत्र सुरू भएपछि भर्नाको सूचना निकाल्न सर्वोच्चकाे  आदेश
शैक्षिक सत्र सुरू भएपछि भर्नाको सूचना निकाल्न सर्वोच्चकाे आदेश शुक्रबार, चैत २०, २०८२
आजदेखि एसइई परीक्षा
आजदेखि एसइई परीक्षा बिहीबार, चैत १९, २०८२
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु
शान्तिपूर्ण रुपमा एसइई परीक्षा सुरु बिहीबार, चैत १९, २०८२
एसईई परीक्षा भाेलिबाट सुरु
एसईई परीक्षा भाेलिबाट सुरु बुधबार, चैत १८, २०८२
कञ्चनपुरको बैजनाथ मावि संकटमा
कञ्चनपुरको बैजनाथ मावि संकटमा सोमबार, चैत १६, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP