Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  • बिआरआई कार्यान्वयनबारे सत्तापक्षकै नोकझोक
बिआरआई कार्यान्वयनबारे सत्तापक्षकै नोकझोक
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, मंसिर १३, २०८१

काठमाडौं– बुधबार दिउँसो नेपाली कांग्रेसका महामन्त्री गगन थापाले विराटनगर पुगेर भने– चिनियाँ परियोजना बेल्ट एण्ड रोड इनिसियटिभ (बिआरआई) मा नेकपा एमाले र कांग्रेसको समान धारणा छ । ‘अमेरिका, चीन, भारत, जापानजस्ता देशबाट अनुदानको अपेक्षा गर्छौं । यो पटक चीन भ्रमणमा पनि हाम्रो अपेक्षा त्यही रहन्छ । नेकपा एमालेको धारणा पनि यो भन्दा फरक छैन,’ बिआरआईबाट ऋण लिन नहुने विषयमा एमालेसँग समान धारणा रहेको उनको तर्क थियो ।

तर, महामन्त्री थापाको भनाइ सेलाउन नपाउँदै काठमाडौंको सिंहदरबार नजिकै सत्ता साझेदार दलका दुई नेताबीच यस विषयमा नोकझोक नै चल्यो । सेन्टर फर सोसल इनोभेसन एण्ड फरेन पोलिसी नामक संस्थाले आयोजना गरेको बिआरआईबारेको कार्यक्रममा कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले सरकारले ऋण नै लिनेगरी मस्यौदा आइसकेको छनक दिए । ‘सरकारलाई बिआरआईको ड्राफ्ट आएको भन्ने कुरा सुन्नमा आएको छ । यसमा ऋणदेखि परियोजनाका कुरा आएका छन् रे,’ प्रवक्ता महतले भने । तर नेपाली कांग्रेसलाई मस्यौदा हेर्नै नदिएकोतर्फ उनले इंगित गर्दै अहिले नै कार्यान्वयनमा हस्ताक्षर गर्न नहुने जिकिर गरे । ‘अहिले नै यो सम्झौतामा हस्ताक्षर गर्न हुन्न,’ उनले भने ।

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले तत्कालै डा. महतको कुरामा कटाक्ष गरे । महत परराष्ट्रमन्त्री हुँदा उनैले अघि बढाएको बिआरआई सम्झौताको मस्यौदा हेर्न पाएन भन्न उचित नहुने ज्ञवालीको जवाफ थियो । ‘बिआरआईमा हस्ताक्षर सन् २०१७ मा भयो । २०१८ मा हामी सरकारमा आयौं । हामीलाई कार्यान्वयनको ड्राफ्ट आयो । हामीले इनपुट दियौं । यो क्रम चलिरहेको छ । ड्राफ्ट हेर्न पाएनौं भन्ने कुरा आयो । त्यस्तो भन्नु उचित हुन्न जस्तो लाग्छ,’ पूर्वपरराष्ट्रमन्त्रीसमेत रहेका ज्ञवालीले भने । एमाले नेतृत्वमा रहेको सरकारमा कांग्रेस हिस्सेदार हो ।

संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिका सभापति राजकिशोर यादवले पनि मस्यौदा आउँदा पनि छलफलका नदिएको दुखेसो गरे । ‘हामीले ड्राफ्ट आयो भन्ने कुरा आयो । कन्फिडेन्सियल भनेर दिइएन । हामीले भ्रमणबारे जानकारी लिन प्रधानमन्त्री बोलायौं, आउनुभएन । परराष्ट्रमन्त्री बोलायौं, उहाँ पनि आउनुभएन,’ सभापति यादवले भने ।

Hardik health

यसअघि सोमबार प्रधानमन्त्री केपी शर्मा ओलीले बिआरआईबारे निर्णय लिन पूर्वप्रधानमन्त्रीहरु र पूर्वपरराष्ट्रमन्त्रीहरुसँग राय लिएका थिए । उक्त छलफलमा बामपन्थी र नेपाली कांग्रेसको लाइन फरक देखिएको थियो । प्रधानमन्त्री ओली १७ मंसिरमा चीन भ्रमण जाने तय भइसकेको छ । चार दिनको भ्रमणमा प्रधानमन्त्रीले १८ मंसिरमा चिनियाँ राष्ट्रपति सी चिनफिङ र प्रधानमन्त्री लि छ्याङसँग बेग्लाबेग्लै भेटवार्ता गर्ने कार्यक्रम तय भएको छ । उनको भ्रमणमा नयाँ केही न केही सहमति गर्ने तयारीमा प्रधानमन्त्री र चिनियाँ पक्ष लागेको छ । प्रधानमन्त्री ओली २० मंसिरमा स्वदेश फर्किने भ्रमण तालिका छ । 

ऋण लिँदा भावनामा बग्न हुन्न 

Dr-Mahat-1732769431.jpg

डा. प्रकाशशरण महत
प्रवक्ता, नेपाली कांग्रेस 

 

 

सरकारलाई बिआरआईको ड्राफ्ट आएको भन्ने कुरा सुन्नमा आएको छ । यसमा ऋणदेखि परियोजनाका कुरा आएका छन् रे । यो एउटा बृहत् सहमतिको डकुमेन्ट हो । मेरो पालामा भएको सहमतिमा ऋण लिने कुरै थिएन । कनेक्टिभिटी र लगानीको कुरामात्र थियो ।

हामी देशको हितमा प्रस्ट हुनुपर्छ । हामी हाम्रा कुरा राख्न हिच्किचाउँछौं । उनीहरुकै कुरामा सही थप्छौं । हिच्किचाउँदा पछि समस्यामा पर्छ । ‘मिस अन्डरस्ट्यान्डिङ’ हुन्छ । अहिले नै यो सम्झौतामा हस्ताक्षर गर्न हुन्न । छिमेकीलाई हामी ऋणमा छौं, थप ऋण लिन सक्दैनौं भन्ने अधिकार हामीलाई छ । भावनामा नबगी चनाखो बनेरमात्र ऋण लिनुपर्छ । बिआरआईको सन्दर्भमा मात्र हैन । अरु देशको पनि ऋण लिनुहुन्न ।


हस्ताक्षर गरिसकेपछि बहसमा उत्रिन हुन्न
Pradeep-gyawali-1732769432.jpg
प्रदीप ज्ञवाली
उपमहासचिव, नेकपा एमाले

पहिले सम्झौता गर्ने, पछि बहसमा उत्रिँदा बिआरआई गिजोलिने अवस्थामा पुगेको छ । पहिला पर्याप्त मात्रामा बहस हुन जरुरी छ । अनिमात्र समझदारी गर्नुपर्छ ।
हामीकहाँ पहिला सहमति गर्ने अनि बहसमा उत्रिने परिपाटी छ । हिजो महाकाली सन्धि गर्दा त्यस्तै भयो, झण्डै एउटा पार्टी फुट्ने अवस्थामा पुग्यो । अनि एमसिसीको पालामा हस्ताक्षर भयो । अनि बहसमा उत्रियौं । किचलो फैलियो । बिआरआईमा पनि यस्तै किचलो फैलिने चिन्ता देखियो ।
बिआरआईमा सन् २०१७ मा हस्ताक्षर भयो । २०१८ मा हामी सरकारमा आयौं । हामीलाई कार्यान्वयनको ड्राफ्ट आयो । हामीले इनपुट दियौं । यो क्रम चलिरहेको छ । ड्राफ्ट हेर्न पाएनौं भन्ने कुरा आयो । त्यसरी भन्न उचित हुन्न जस्तो लाग्छ । गोपनीयताको कुरा पनि हुन्छ नि । 
अहिले नै लिएर ठूला परियोजनामा ऋण लिनसक्ने अवस्था छैन । अहिलेको अवस्थामा बिआरआईअन्तर्गत ऋण लिएर ठूला परियोजना अगाडि बढाउन सकिँदैन । सरकारका दुई पार्टीबीच सहमति भएको छ । 
एमसिसीको विषय गिजोलिँदै गर्दा बेइजिङ र वासिङ्टनबाट घण्टा–घण्टामा वक्तव्य आउने अवस्था सिर्जना भयो । अहिले बिआरआईको बहस गिजोल्दा त्यो समस्या नआउला भन्न सकिन्न । अहिलेको बहस ‘लोन भर्सेस ग्रान्ट’ (ऋणविरुद्ध अनुदान) हुनु हुँदैन ।

हामीलाई मस्यौदा नै दिएनन्
Rajkishor-Yadav-1732769435.jpg
राजकिशोर यादव
सभापति, अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति

बिआरआई सम्झौताका लागि ड्राफ्ट (मस्यौदा) आयो भन्ने कुरा हामीले सूचना पायौं । हामीलाई ‘कन्फिडेन्सियल’ भनेर दिइएन । हामीले भ्रमणबारे जानकारी लिन प्रधानमन्त्री बोलायौं, आउनुभएन । परराष्ट्रमन्त्रीलाई बोलायौं । तर, पछि मन्त्रीज्यूले फोन गर्दै भन्नुभयो– कर्मचारीले नजाऊ, त्यता घुमाइदिन्छन् भने ।

परराष्ट्र समितिमा प्रधानमन्त्रीदेखि पूर्वप्रधानमन्त्रीहरु हुनुहुन्छ । समितिमा सहमति हुनु भनेको राष्ट्रिय सहमति हुनु हो नि । अन्तर्राष्ट्रिय सम्बन्ध सडकमा खपतको विषय बन्दा समस्या भयो । पार्टीको क्षणिक लाभ कुण्ठालाई सम्बोधन गर्ने गरी बहसमा ल्याउँदा समस्या बढ्यो । हामीकहाँ भारतीयभन्दा बढ्दा भारतीय, चिनियाँभन्दा बढ्दा चिनियाँ र अमेरिकनभन्दा बढ्ता अमेरिकन बन्ने परिपाटी छ । नेपाली बन्न सक्नुपर्छ । नेपाललाई केन्द्रमा राखेर बहस गर्न सक्नुपर्छ ।
 


प्रकाशित मिति: बिहीबार, मंसिर १३, २०८१  १०:४४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट बिहीबार, असोज २, २०८२
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित बिहीबार, असोज २, २०८२
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते बिहीबार, असोज २, २०८२
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द बिहीबार, असोज २, २०८२
संविधान दिवसमा टेलिकमको ‘अफर’
संविधान दिवसमा टेलिकमको ‘अफर’ बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP