Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #पुतली_नाच
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #फोनिज संवाद
  • #रासस
  • #सामाजिक सुरक्षा कोष
  • #गगनकुमार थापा
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
Search Here
समाचार
  • Home
  • समाचार
  • बुधबारदेखि काठमाडौँमा जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
बुधबारदेखि काठमाडौँमा जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, मंसिर १०, २०८१

काठमाडाैं -   जनसङ्ख्या र विकासलाई सन्तुलित ढङ्गले सँगसँगै लैजान आवश्यक नीतिगत व्यवस्थाका लागि साझा अवधारणा तयार गर्ने ध्येयका साथ यही मङ्सिर १२ देखि १५ गतेसम्म काठमाडौँमा जनसङ्ख्या र विकाससम्बन्धी छैटौँ अन्तर्राष्ट्रिय सम्मेलन हुँदैछ ।

त्रिभुवन विश्वविद्यालय, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागको आयोजना हुने सम्मेलनमा चीन, अमेरिका, युरोप, अष्ट्रेलिया, दक्षिणपूर्वी एसिया र एसियाली क्षेत्रका ३५ भन्दा बढी मुलुकका पाँच सयभन्दा बढी जनसङ्ख्या र विकास क्षेत्रका प्राध्यापक, नीति निर्माता, अनुसन्धानकर्ता, विद्यार्थी र विषयविज्ञको सहभागिता रहनेछ । सम्मेलनको समुद्घाटन प्रधानमन्त्री केपी शर्मा ओलीले गर्ने कार्यक्रम छ । 

सम्मेलनमा विभिन्न १७ वटा विषय र क्षेत्रमा केन्द्रित रहेर छलफल हुनेछन् । पछिल्लो समय जन्मदर घटिरहेको सन्दर्भमा जनसङ्ख्याको व्यवस्थापन कसरी गर्ने भन्नेबारे विशेष छलफल हुने जनाइएको छ । “यस अवस्थामा जनसङ्ख्या र विकासबीच कसरी तादम्यता मिलाउन सक्छौँ, यसका लागि नीति निर्माताले के गर्नुपर्छ, विश्वविद्यालयमा कस्तो पाठ्यक्रम राख्नुपर्छ भन्ने बारेमा छलफल हुनेछ”, विभागका सहप्राध्यापक एवं नेपाल जनसङ्ख्या सङ्घका अध्यक्ष डा पदम खतिवडाले  भने । 

Hardik health

सम्मेलनमा नेपालका तर्फबाट प्रजननदर, जन्मदर र बसाइँसराइलगायत जनसाङ्खिक परिवर्तनका बारेमा विशेष प्रस्तुति रहनेछ । पार्किन्सनलगायत नसर्ने रोगका विषयमा पनि सम्मेलनमा छलफल हुने कार्यसूची छ । नेपालमा लैङ्गिक समानता, समावेशिता र सामाजिक सुरक्षालगायत संवैधानिक  हकको कार्यान्वनय अवस्थाका बारेमा पनि छलफल हुनेछ । 

सम्मेलनमा विकास र जनसङ्ख्याका क्षेत्रमा नेपालले हासिल गरेका उपलब्धि, भोग्नु परेका चुनौती र त्यसको सामानाका लागि अन्तर्राष्ट्रिय अनुभव आदानप्रदान हुनेछ । जनसङ्ख्या र विकासका क्षेत्रमा कसरी परिवर्तन हुँदै आइरहेको भन्नेमा छलफल हुने सङ्घका अध्यक्ष डा खतिवडाले बताए । 

एसिया प्यासेफिक क्षेत्रमा भएका जनसाङ्खिक परिवर्तन, बसाइँसराइ र औषत आयु बढ्दा परेको पारिवारिक असर र प्रभाव तथा विकास नीति, योजनाले परिवर्तित जनसङ्ख्याको लाभ लिने र धान्नेबारेमा छलफल केन्द्रित हुने त्रिवि, जनसङ्ख्या अध्ययन केन्द्रीय विभागका प्रमुख एवं प्रा डा योगेन्द्र गुरुङले जानकारी दिए । सम्मेलनको निष्कर्षबाट आगामी दिनमा जनसङ्ख्या नीति निर्माण गर्न सघाउ पुग्ने विश्वास गरिएको उनको भनाइ छ । 

जनसङ्ख्या र विकासबीच संयोजन गर्ने मुख्य उद्देश्यले सन् २०१० देखि सम्मेलन हुँदै आएको छ । पहिलो सम्मेलन भारतको नयाँ दिल्ली, दोस्रो थाइल्याण्डको बैंकक, तेस्रो मलेसियाको क्वालालम्पुर, चौथो चीनको साङ्घाइ र पाँचौँ इन्डोनेसियाको जाकर्तामा सम्पन्न भएको थियो । 


प्रकाशित मिति: सोमबार, मंसिर १०, २०८१  १३:४०
प्रतिक्रिया दिनुहोस्
थप समाचार
एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ
एक करोड दुई लाख ३० हजार थान मतपत्र छपाइ मंगलबार, माघ ६, २०८२
चितवन राष्ट्रिय निकुञ्जले उच्च सतर्कता बढायो
चितवन राष्ट्रिय निकुञ्जले उच्च सतर्कता बढायो मंगलबार, माघ ६, २०८२
यी स्थानमा हुनेछ काठमाडाैंका उम्मेदवारी दर्ता
यी स्थानमा हुनेछ काठमाडाैंका उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ
बालिकाको हत्या गरी फरार प्रतिवादी १९ वर्षपछि पक्राउ मंगलबार, माघ ६, २०८२
शिक्षामन्त्री पुनद्वारा राजीनामा
शिक्षामन्त्री पुनद्वारा राजीनामा मंगलबार, माघ ६, २०८२
रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्रीले सम्हाल्दै
रिक्त मन्त्रालयहरूको कार्यभार प्रधानमन्त्रीले सम्हाल्दै मंगलबार, माघ ६, २०८२
प्रत्यक्ष तर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु
प्रत्यक्ष तर्फ सबै क्षेत्रमा उम्मेदवारी दर्ता प्रक्रिया सुरु मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP