Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • माछाका भुराको माग उच्च
माछाका भुराको माग उच्च
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, मंसिर ७, २०८१

चितवन-  मत्स्यविकास केन्द्र भण्डाराले यस आर्थिक वर्षमा छ करोड ७१ लाख माछाका भुरा बिक्रीका लागि तयार गर्दैछ । कार्यालयले चालु आवमा चारदेखि सात दिनका छ करोड भुरा, एक महिनासम्मका ६५ लाख र दुई महिनादेखि तीन महिनाका छ लाख माछाका भुरा बिक्रीवितरण गर्ने लक्ष्य लिएको छ । 

केन्द्रका प्रमुख माधवप्रसाद दाहालका अनुसार केन्द्रमा अहिले ४० लाख माछाका भुरा बिक्रीका लागि तयारी अवस्थामा रहेका छन् । उनले भने, “जिल्लामा निजी क्षेत्रबाट माछाका भुरा बिक्रीवितरण हुँदै आएको छ । तर यहाँ आएर लैजानेको सङ्ख्या बढ्दो छ ।” 

निजी क्षेत्रभन्दा सस्तोमा भुरा पाउने भएकाले चितवनसहित नवलपरासी (बर्दघाट सुस्ता पूर्व), नवलपारसी (बर्दघाट–सुस्ता पश्चिम), बारा, पर्सा, रौतहट, गोरखा, लमजुङ, तनहुँ, कास्की र कपिलवस्तुदेखि माछाका भुरा लिन यहाँ आउने गरेको उनले बताए ।  

Hardik health

गत वर्ष केन्द्रले चारदेखि सात दिनका माछाका भुरा सात करोड, एक महिनाका भुरा एक करोड दुईदेखि तीन महिनामा छ लाख बिक्री गरेको थियो । अहिले लक्ष्य थोरै राखे पनि गत वर्षको तुलनामा बढी माछाका भुरा बिक्री हुने उनले बताए  । नैनी र रघु जातका चारदेखि सातदिने भुरालाई एक लाखको रु दुई हजारमा र अन्य प्रजातिलाई रु दुई हजार पाँच सयमा बिक्री गर्दै आइएको दाहालले बताए । एक महिनाका माछाका भुरालाई रु २५ पैसा र दुईदेखि तीन महिनाका भुरालाई ७५ पैसा प्रतिगोटामा बिक्री गरिएको छ ।  

केन्द्रले १५ हेक्टर जलाशयमा माछाका भुरा र खानयोग्य माछा उत्पादन गरेर बिक्री गर्दै आएको छ । यहाँ विगहेडकार्प, कमनकार्प, भाकुर (कत्ले), रघु, नैनी, सिल्भर कार्प, ग्रासकार्पका भुरा उत्पादन गरेर बिक्री गर्दै आएको छ । माछाका भुरा वर्षभरि नै बिक्रीवितरण गरिने गरेको दाहालले बताउनुभयो । उनले भन्नुभयो, “हामीले माछाका भुरा लिन आउनेलाई वर्षभरि नै बिक्रीवितरण गर्ने गरेका छौँ ।”

विसं २०२६ मा खाने माछा बिक्रीवितरण गर्ने योजनाका साथ स्थापना गरिएको केन्द्रले विसं २०६४ बाट भुरा माछा पनि मागअनुसार बिक्रीवितरण गर्न थालेको हो । अहिले माछाका भुराको माग बढ्दो क्रममा रहेको केन्द्रका प्रमुख दाहालले बताए । उनका अनुसार केन्द्रले भुराको मागअनुसार लक्ष्य बढाउँदै लगेको छ । लक्ष्य बढाउनुपर्ने तर दक्ष कामदारको अभावमा सीमित कामदारबाट काम लगाउनुपर्ने बाध्यता रहेको उनले बताए । 

राज्यले भुरा उत्पादनलाई केन्द्रमा राखेर काम गर्नसके माछाको आयात कम हुने उनले जानकारी दिए । केन्द्रले गत आर्थिक वर्षमा भुरा बिक्रीवितरणबाट मात्रै रु ७६ लाख राजस्व सङ्कलन गरेको थियो । अहिले भुराको मागअनुसार राजस्व बढ्ने अनुमान गरिएको उनको भनाइ छ । 


प्रकाशित मिति: शुक्रबार, मंसिर ७, २०८१  १६:४९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
यस वर्ष २३ स्थानमा बर्डफ्लु
यस वर्ष २३ स्थानमा बर्डफ्लु सोमबार, चैत २३, २०८२
किसानलाई गहुँबाली भित्र्याउने चटारो
किसानलाई गहुँबाली भित्र्याउने चटारो शुक्रबार, चैत २०, २०८२
रेन्वो ट्राउट माछापालनका लागि रसुवा वैज्ञानिक केन्द्र बन्दै
रेन्वो ट्राउट माछापालनका लागि रसुवा वैज्ञानिक केन्द्र बन्दै बुधबार, चैत १८, २०८२
बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट
बर्डफ्लू सङ्क्रमण फैलिन थालेपछि सुनसरीमा १९ हजार कुखुरा नष्ट बुधबार, चैत १८, २०८२
उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो
उदयपुरमा एक हजार एक सय हेक्टरमा चैतेधान रोपियो बुधबार, चैत १८, २०८२
कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री
कृषि सामग्री कार्यालय जनकपुरधामद्वारा ४३ करोडको रासायनिक मल बिक्री सोमबार, चैत १६, २०८२
कृषि मन्त्री गीतालाई बुबाकाे सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’
कृषि मन्त्री गीतालाई बुबाकाे सन्देश, ‘जनता खुसी पार्ने काम गर्नु’ शुक्रबार, चैत १३, २०८२
लोकप्रिय
  • Week
  • Month
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
पर्यटनलाई सामाजिक सेवासँग जोड्दै 'वाण्डरिङ ट्रेल ह्युम्यानिटी' पदयात्रा सम्पन्न
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
‘फ्रि भिसा, फ्रि टिकट’ कार्यान्वयन गर्न ‘एक्सन’मा उत्रियो सरकार
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
व्यवसायीको अडान- १० हजार लिएर श्रमिक पठाउन सकिँदैन
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP