Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #संघीय गणतान्त्रिक गठबन्धन
  • #नेपाल बौद्ध धर्म संरक्षण संघ
  • #हायात_प्लेस
  • #एमालेको महाधिवेशन
  • #एचआइभी एड्स दिवस
  • #आगाेलागी_घटना
  • #नेपाल कम्युनिष्ट पार्टी
  • #नेपाल उद्योग वाणिज्य महासंघ
  • #विप्रेषण
Search Here
समाचार
  • Home
  • समाचार
  • रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक
रुप फेर्ने रुपातालः लोभ्याउँदै पर्यटक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, कात्तिक २७, २०८१

कास्की- ‘रुपै राम्रो रुपातालको माथि भिरचोक गाउँ ...’ पोखराका विम्बकविले उनेका शब्दमा सुनिल थापाको सङ्गीत र रजनी रिदम राईले स्वर भरेको यस गीतले नै रुपातालको सुन्दरतालाई झल्काउँछ । रूपातालको शान्त वातावरण, हरियाली र वरपरको हिमश्रृखङ्लाको मनोरम दृश्यावलोकनले प्रकृतिसँग घुलमिल हुन मन पराउनेका लागि यो उत्कृष्ट गन्तब्य बन्न थालेको छ ।

सूर्यको किरणसँगै बिहान, दिउँसो र साँझ फरकफरक रुप देखिने रुपातालको रुपले त्यहाँ पुग्ने जो कोहीलाई मोहित बनाउँछ । पोखरा तालैतालको शहर । अधिकांशले पोखरा भन्नेबित्तिकै फेवाताल र माछापुच्छ्रेको तस्बिर सजाउने गर्दछन् । पोखरा क्षेत्रमा आठ वटा प्रमुख ताल रहेका छन् । फेवाताल, बेगनासताल, रुपाताल, खास्तेताल, न्यूरेनीताल, दीपाङताल, मैदीताल, गुँदेताल । सबैका आ–आफ्नै विशेषता छन् । यीमध्ये पनि रुपाको विशेषता अझ बेग्लै छ ।

“रुपातालको सौन्दर्य साँच्चिकै अनुपम छ,” होटल एण्ड रेष्टुरेण्ट एशोशिएसन लेखनाथका अध्यक्ष वीरभद्र कँडेल भने, “छिनछिनमा तालले आफ्नो रुप फेर्छ, जसले यो ताललाई ‘रुपा’ नामसँग सुहाउँदो बनाएको छ । बिहान, दिउँसो र साँझ सूर्यको प्रकाशसँगै तालको रूप नै परिवर्तन हुन्छ ।” हरियाली पहाड, जङ्गल र जैविक विविधताले घेरिएको यो ताल आन्तरिक तथा बाह्य पर्यटकहरूको मन जित्न सफल भए पनि यसको सौन्दर्य रहस्यलाई अझ प्रचारप्रसार खाँचो रहेको उनको भनाइ छ । “यहाँ डुङ्गा शयर, चराचुरुङ्गी अवलोकन र आसपासका गाउँहरूमा रमाइलो गर्ने अवसर पाउँदा पर्यटकले यो स्थानलाई विशेष महत्व दिन थालेका छन् ।

योग र ध्यानका लागि पनि यो शान्त ठाउँ उपयुक्त मानिन्छ” कँडेलले भने । उहाँका अनुसार रुपाताल आसपासमा ३५ वटा पर्यटकीय स्तरका होटल तथा रेष्टुरेंट छन् । पहिला पहिला सुन्दरीडाँडाबाट रुपाताल हेर्न आउने मात्रै पर्यटक हुन्थे अहिले रुपाताललाई नै प्रमुख गन्तब्य बनाएर आउने पर्यटक बढ्न थालेका छन् । रुपाको सुन्दरताको अवलोकन, डुङ्गा शयरसँगै तालको ताजा माछा र स्थानीय रहनसहन संस्कृतिसँग परिचित हुँदै स्थानीय परिकारको स्वाद लिन पर्यटक आउने गर्दछन् । यो सँगै साइवेरियालगायतका अन्य ठाउँबाट आउने पाहुना चरासँगै करिब तीन सय ५० प्रजातिका चराहरु पनि यस आसपासमा रहेका छन् । यस क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरको खुला चिडियाखाना निर्माणको योजना पनि अघि बढाइएकाले नयाँ पर्यटकीय गन्तव्यका रूपमा यसको महत्व बढ्दै गएको उनको भनाइ छ । नेपाल घुम्न आएका फ्रान्सेली नागरिक लुइ र जुलीले रुपाताल अद्भूत लागेको बताए ।

Hardik health

“रुपाताल साँच्चै अद्भूत छ, तालको शान्त पानी र चारैतिर हरिया पहाडहरूले घेरिएको वातावरणले हाम्रो मनलाई शान्त बनायो । हामीले डुङ्गामा यात्रा गर्‍यौं, चरा चुरुङी देख्न पायौँ, र प्राकृतिक सौन्दर्यको मजा लियौँ । उनीहरुले स्थानीय बासिन्दाहरूको मैत्रीपूर्ण व्यवहारले पनि बेग्लै खुशी थपिदिएको बताए । उनीहरुले भीडभाडबाट टाढा एकान्त र शान्त रुपातालमा नेपाल आउने सबैलाई यो स्थान घुम्न सिफारिस गर्ने बताए । रुपाताल छेउमा बसेर दृश्यावलोकन गरिरहेका भारतको राजस्थानबाट साथीभाइ र परिवारका सदस्यका साथ पोखरा घुम्न आउनुभएका जयकुमार वर्माले पनि रुपाताल सुन्दर लागेको बताए ।

“नेपालको प्राकृतिक सुन्दरताको बारेमा सुनेको थिएँ, आज रुपाताल आएर त्यो अनुभव गर्न पाइयो । तालैतालको शहर, हरियालीको सुन्दरताले फेरिफेरि आउन प्रेरित गर्‍यो ।” पहिलोपल्ट पोखरा घुम्न आउनु भएका वर्माले फेवाताल र वेगनास ताल अनि सराङकोट पुग्दा पाएको अनुभव सुनाए । ताल क्षेत्र पर्यटकीय दृष्टिकोणले आकर्षक मात्र नभई स्थानीय समुदायको आर्थिक विकासमा पनि योगदान पुर्‍याउँदै आएको बताउनुहुन्छ रुपाताल पुनस्थापना तथा मत्स्यपालन सहकारी संस्थाका अध्यक्ष शिवराज अधिकारी । “रुपातालको प्राकृतिक सुन्दरता र जैविक विविधता नै ठूलो सम्पत्ति हो”, अधिकारीले भने “रुपातालको माछापालनले यहाँको समुदायको लागि आर्थिक उपार्जनको आधार बनेको छ । सहकारीमार्फत सामूहिक रूपमा आयआर्जनका नयाँ उपायहरूमा हामी जुटेका छौँ ।”

सहकारीमा एक हजार ३८ जना शेयर सदस्य रहेका छन् । उहाँले आर्थिक विकास र पर्यावरण संरक्षणलाई सँगसँगै अघि बढाउन सके यस क्षेत्रका बासिन्दा थप लाभान्वित हुने धारणा राख्नुभयो । रुपातालमा स्थानीय समुदाय माछापालनमा संलग्न भएर तालको संरक्षण र विकासमा योगदान दिँदै आएका छन् । रुपातालमा वार्षिक रु एक करोड ७० लाखको माछा विक्री हुने गर्दछ । दैनिक करिब एक सयदेखि एक सय ५० किलो माछा उत्पादन हुने गर्दछ । दैनिक पाँच सय केजी माछाको माग भए पनि उत्पादन एकसय ५० केजीमा मात्र सिमित भएको छ । रुपातालमा अहिले ३५ प्रजातिका माछाहरु रहेका छन् । माछा प्रतिकेजी समयअनुसार रु चार सयदेखि १५ सयसम्ममा विक्री हुने गर्दछ ।

ताजा र स्वस्थ्यकर भएकाले यहाँको माछा पर्यटकहरूमाझ लोकप्रिय हुँदै गएकोे अधिकारीको भनाइ छ । रुपाताल एकृकित विकास परियोजनाका इन्जिनीयर कृष्ण विश्वकर्माले रुपातालको थप सौन्दर्य र संरक्षणका लागि वृहत परियोजनामार्फत काम गरिरहेको बताउनुभयो । “रुपाताल दीर्घकालीन आर्थिक समृद्धि र पर्यावरणीय संरक्षणको दृष्टिले एक महत्वपूर्ण कदम हो, यो परियोजनाले ताल र यसको आसपासको क्षेत्रलाई व्यवस्थित गर्दै पर्यटनको विकासमा मद्दत पुग्नेछ ।” उनले रुपातालको संरक्षण र पूर्वाधारहरू सुधार गर्दै, स्वदेशी र विदेशी पर्यटकलाई आकर्षित गर्ने र स्थानीय समुदायको आयआर्जनमा योगदान पुर्‍याउने लक्ष्यसहित परियोजनाको काम अघि बढेको बताए । परियोजनाको मुख्य उद्देश्य तालको जैविक विविधता संरक्षण गर्दै वातावरणीय सन्तुलन कायम राख्नु, साथै वातावरणमैत्री पर्यटनलाई प्रवद्र्धन गर्नु रहेको छ ।

परियोजनाअन्तर्गत वृक्षारोपण, माटो संरक्षण, सफाइ अभियान, र पर्यटकका लागि सूचना केन्द्र र संग्राहलय स्थापना गर्ने कार्यहरू भइरहेको छ । इन्जिनीयर विश्वकर्माका अनुसार रुपाताल संरक्षण एकीकृत विकास परियोजना आर्थिक वर्ष २०७३/७४ मा करिब चार अर्ब ५१ करोड ६६ लाख रुपैयाँ लाग्ने अनुमानसहित शुरु भएको परियोजना हो ।

अहिले यसको करिब ४५ प्रतिशत काम सम्पन्न भएको छ । मुख्य बाँध निर्माणको करिब १५ प्रतिशत मात्र निर्माण सम्पन्न भएको छ । ताल वरपरको संरचना र पर्या–पर्यटनलाई बढावा दिने उद्देश्यले तालको वरिपरि साइकल र पैदलमार्गसहितको ‘इको ट्रेल’ निर्माण गरिनेछ । पर्यटकीय पूर्वाधारको रूपमा आकर्षक बगैँचा र अन्य सुविधाहरू निर्माण गर्दै ताललाई स्थानीय तथा विदेशी पर्यटकको आकर्षणको केन्द्र बनाउने योजना रहेको छ । आव २०८३/८४ मा सम्पन्न लक्ष्य राखिए पनि निर्माण कार्य देखिएका विविध कारण समयमै सम्पन्न हुन नसक्ने भएपछि समयावधि बढाउनुपर्ने अवस्था आउने विकले जानकारी दिए । निर्माण कार्यमा हालसम्म दुई अर्ब २६ करोड रुपैयाँभन्दा बढी रकम खर्च भइसकेको छ ।

यस परियोजनाबाट ७.९ किलोमिटर क्षेत्रमा सडकको निर्माण सम्पन्न भएको छ । ताल क्षेत्रलाई विस्तार आवश्यक आवश्यक संरचना निर्माणमा १४ सय ७२ रोपनी जग्गा आवश्यक जग्गामध्ये नौ सय ९५ रोपनी जग्गाको मुआब्जा दिइसकिएको छ । मुआब्जाका लागि करिब एक अर्ब ३५ करोड रुपैयाँ बजेट छुट्टाइएको थियो । करिब ९३ करोड मुआब्जामा वितरण भइसकेको छ । कतिपय ऐलानी जग्गा भएकाले मुआब्जा दिन नपर्ने भएको उहाँको भनाइ छ । विसं २०३२ को नापीले १३६ हेक्टर क्षेत्रफलमा फैलिएको तालको अहिले परियोजनाको सर्भेमा एकसय २२ हेक्टर देखिएको छ । परियोजना सम्पन्नपश्चात यसको क्षेत्रफल एकसय ८३ पुग्ने बताइएको छ । ताल खुम्चिनुको कारणहरूमा माटोको कटान, जलाधार क्षेत्रमा हुने अव्यवस्थित विकास र अतिक्रमण हुन् ।

रुपाताल पोखराका नौ तालमध्ये तेस्रो ठूलो ताल हो र यो परियोजनाले यसको दीर्घकालीन संरक्षण र विकासमा योगदान पुर्‍याउँदै, स्थानीय अर्थतन्त्रलाई पनि समृद्ध बनाउने विश्वास लिइएको छ । पोखराको प्रमुख बजार क्षेत्रबाट १५ किलोमिटर दूरीमा अवस्थित रुपाताल पोखरा महानगरपालिका–३१ मा पर्छ । जैविक विविधता र संरक्षणको दृषटिकोणले निकै महत्वपूर्ण रहेको यस क्षेत्रमा जैविक संरक्षण क्षेत्रको रूपमा विकास गर्ने प्रयास थालिएको छ । रुपातालको माथिको झोलुङ्गे पुल र सुन्दरी डाँडा र पचभैया जस्ता स्थलहरू पनि अहिले पर्यटकको रोजाइमा परेका छन् । 


प्रकाशित मिति: मंगलबार, कात्तिक २७, २०८१  १२:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै
अन्नपूर्ण संरक्षण क्षेत्रको प्राकृतिक आकर्षणले पर्यटक लोभ्याउँदै बुधबार, मंसिर १७, २०८२
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी मंगलबार, मंसिर १६, २०८२
पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया
पर्यटकको आकर्षक केन्द्र बन्दै तालतलैया मंगलबार, मंसिर १६, २०८२
‘नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना’
‘नेपालमा प्राकृतिक चिकित्सामार्फत पर्यटन प्रवर्द्धनको ठूलो सम्भावना’ सोमबार, मंसिर १५, २०८२
अरनिकोको जन्मस्थललाई प्रचारप्रसार गर्नुपर्नेमा सञ्‍चारमन्त्री खरेलको जोड
अरनिकोको जन्मस्थललाई प्रचारप्रसार गर्नुपर्नेमा सञ्‍चारमन्त्री खरेलको जोड सोमबार, मंसिर १५, २०८२
महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान
महोत्सवले पर्यटन प्रवर्द्धनसँगै अर्थतन्त्र चलायमान सोमबार, मंसिर १५, २०८२
दश महिनामा रामग्राम स्तुपमा १७ हजारबढी पर्यटकको आगमन
दश महिनामा रामग्राम स्तुपमा १७ हजारबढी पर्यटकको आगमन आइतबार, मंसिर १४, २०८२
लोकप्रिय
  • Week
  • Month
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेसंसपा, बएपा र नेजपाको साझा चुनाव चिन्ह ‘बस’
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
नेपाल बौद्ध धर्म संरक्षण संघको ९ औँ अधिवेशन सम्पन्न,  नयाँ कार्यसमिति चयन
हराएकाे माेबाइल धनीले पाए
हराएकाे माेबाइल धनीले पाए
पर्यटन प्रबर्द्धनका लागि  पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
पर्यटन प्रबर्द्धनका लागि पर्यटन बोर्ड र नेपाल एयरलाइन्सबीच समझदारी
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
‘एसएमसी अर्निङ एप’को ठगीधन्दा
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
हिमपहिरोमा परेका पर्यटकको चाँडो उद्धार गर्न कांग्रेसको माग
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु :  भट्टराई
नेपाली उत्पादन अमेरिकि बजारमा पुर्याउन पहल गर्नेछु : भट्टराई
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
काठमाडौंमा हिट हिप–हप धमाका हुँदै
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
 गुणस्तरीय शिक्षाको उत्कृष्ट मोडल बन्दै न्यू क्यासल स्कुल
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP