Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #‘बेली चमेली’
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #राष्ट्रियसभा _ बैठक
  • #वरिष्ठ बलराम
  • #सुनचाँदी
  • #कार्तिक_नाच
  • #विश्व_सहरीकरण_दिवस
Search Here
कृषि
  • Home
  • कृषि
  • तरकारी र फलफूलमा विषादीको अवशेषमा सुधार
तरकारी र फलफूलमा विषादीको अवशेषमा सुधार
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक २५, २०८१

राँझा -  नेपालगञ्जमा बिक्री हुँदै आएको तरकारी तथा फलफूलमा देखिएको विषादीको अवशेषमा सुधार आएको छ । चालु आर्थिक वर्षको तीन महिनामा तीन सय ५३ किसिमका तरकारी तथा फलफूलजन्य वस्तुको नमूना जाँच गर्दा विषादीको अवशेष फेला नपरेको कृषि विभागअन्तर्गत केन्द्रीय कृषि प्रयोगशालाले जनाएको छ ।

“यो वर्ष हालसम्म कुनैपनि तरकारी र फलफूलको नमूनामा विषादीको अवशेष फेला परेको छैन”, विषादी अवशेष द्रुत विश्लेषण प्रयोगशाला एकाइ नेपालगञ्जका नायब प्राविधिक सहायक गौरव चौधरीले  भने, “करिब चार सय नमूना परीक्षण गर्दा विषादीको अवशेष फेला नपर्नु सकारात्मक पक्ष हो ।”

प्रयोगशालामा नेपालगञ्जको रानीतलाउस्थित तरकारी बजार केन्द्र र सहरका विभिन्न स्थानमा बिक्रीका लागि राखिएका फलफूल पसलबाट नमूना सङ्कलन गरेर विषादी परीक्षण गरिएको चौधरीले बताए  । उक्त प्रयोगशाला एकाइमा गत आवमा एक हजार ९४ किसिमका तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षण गर्दा सात नमूनामा विषादीको अवशेष फेला परेको थियो । 

Hardik health

“गत आवमा एक हजार ९४ किसिमका तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षण गर्दा सात वटामा कैफियत पाएका थियौँ”, चौधरीले भने, “तीन नमूना पहेँलोे र चार नमूनामा रातो सङ्केत पाइएको थियो ।” रातो सङ्केत भएका वस्तु उपभोग गर्न नमिल्ने भन्दै पहेँलो सङ्केत भएकालाई पुनःपरीक्षण गर्दा विषादीको मात्रा घटेको पाइएमा उपभोग गर्न मिल्ने उनले जानकारी दिए ।

तरकारी तथा फलफूलजन्य वस्तुको नमूना परीक्षणमा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत भएमा त्यसलाई हरियो सङ्केत भनिने र उक्त वस्तु उपभोग गर्न मिल्ने, ३५ देखि ४५ प्रतिशत निषेध प्रतिशत पाइएमा पहेँलो सङ्केत गरी त्यसलाई पाँच दिन क्वारेन्टिनमा राखेर पुनःपरीक्षण गर्दा ३५ प्रतिशतभन्दा कम निषेध प्रतिशत देखिएमा उपभोग गर्न मिल्ने चौधरीले जानकारी दिए । उनका अनुसार ४५ प्रतिशत भन्दामाथि निषेध प्रतिशत देखिएमा त्यसलाई उपभोग गर्न मिल्दैन ।

प्रयोगशालामा नेपालका विभिन्न जिल्लाबाट नेपालगञ्ज आउने तथा भारतबाट आयात गरिने तरकारी तथा फलफूलजन्य वस्तुको विषादी जाँच गर्ने गरिएको छ । एकदेखि डेढ घण्टाभित्रमा प्रयोगशालामा परीक्षण गरिएका नमूनाको नतिजा आउने चौधरीको भनाइ छ । उनका अनुसार सङ्कलित वस्तुमा ‘अर्गानोफस्फेट’ र ‘कार्बामेट’ गरी दुई प्रकारका विषादी समूहको परीक्षण हुन्छ । विसं २०७९ देखि नेपालगञ्जमा तरकारी तथा फलफूलजन्य वस्तुको विषादीको नमूना परीक्षण सुरु गरिएको थियो । 

गत आवमा रानीतलाउस्थित तरकारी बजारमा राखिएका रायोको सागमा विषादी परीक्षण गर्दा ४५ प्रतिशत भन्दा बढी विषादी पाइएको थियो । भारतबाट आउने तरकारीलाई भन्सारमा खाद्य, प्रविधि तथा गुण नियन्त्रण विभागले परीक्षण गर्ने र रानीतलाउमा पुनःपरीक्षण गर्ने गरिएको बजार सञ्चालक समितिका अध्यक्ष मोतिसरा थापा क्षेत्रीले बताए । उनका अनुसार सार्वजनिक बिदाका दिनमा बाहेक प्रायःदैनिक रूपमा यहाँ परीक्षण हुने गरेको छ ।

नमूना परीक्षणका क्रममा जिल्लामा उत्पादित वस्तुमा विषादीको मात्रा देखिएका किसानलाई सचेत गराउने गरिएको थापाले बताए। बेमौसमी तरकारीमा किसानले विषादीको बढी प्रयोग गर्ने गरेकाले उत्पादित वस्तुमा विषादी पाइने गरेको उनको भनाइ छ । 


प्रकाशित मिति: आइतबार, कात्तिक २५, २०८१  १५:५६
प्रतिक्रिया दिनुहोस्
थप कृषि
 खेतमै सड्न थाल्यो धान
 खेतमै सड्न थाल्यो धान शुक्रबार, कात्तिक १४, २०८२
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन शुक्रबार, कात्तिक १४, २०८२
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य शुक्रबार, कात्तिक १४, २०८२
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति बिहीबार, कात्तिक १३, २०८२
‘दाता’ को सहयोगले छाडा गाई संरक्षण
‘दाता’ को सहयोगले छाडा गाई संरक्षण बिहीबार, कात्तिक १३, २०८२
चितवनमा मौरी चरन क्षेत्र अभाव
चितवनमा मौरी चरन क्षेत्र अभाव बुधबार, कात्तिक १२, २०८२
अलैँचीको मूल्य निरन्तर उकालो: प्रतिमन एक लाख रुपैयाँ पुग्यो
अलैँचीको मूल्य निरन्तर उकालो: प्रतिमन एक लाख रुपैयाँ पुग्यो बुधबार, कात्तिक १२, २०८२
लोकप्रिय
  • Week
  • Month
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
एनपीएलको ‘टु ह्विलर पार्टनर’ पल्सर
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP