Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
राजनीति
  • Home
  • राजनीति
  • आफू जोगिन एमाले नेताको अनेकन प्रष्टीकरण
आफू जोगिन एमाले नेताको अनेकन प्रष्टीकरण
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन शुक्रबार, कात्तिक २३, २०८१

 काठमाडौं– यही कात्तिक दोस्रो साताको सुरुमै कोशीका तत्कालीन आन्तरिक मामिलामन्त्री लिलाबल्लभ अधिकारीलाई एउटा निम्तो आयो । जापानको राजधानी टोकियोमा आर्ट काउन्सिलको कल्चर एट होम कार्यक्रमका लागि उक्त निम्तो थियो । निम्तो दिने मोरङको रतुवामाई नगरपालिकाका गोपाल गौतम हुन् । 
अधिकारीका अनुसार गौतमले उनलाई जहाजको टिकट, खानेबस्ने सबै सुविधा पाउने भनेपछि १३ कात्तिकमा जापानको टोकियो उडे । जबकि उनी त्यसबेला मन्त्री थिए । मन्त्री भएका व्यक्ति आफूखुसी विदेश भ्रमणमा जान मिल्दैन । जानु परे केन्द्र सरकारको मन्त्रिपरिषद् र परराष्ट्र मन्त्रालयबाट स्वीकृति लिने प्रावधान छ । यसविपरीत मन्त्री अधिकारी सुटुक्क जापान उडे । 

तर, जापान पुग्नेबित्तिकै उनी अध्यागमन कार्यालयको फन्दामा परे । मन्त्री अधिकारीले बुधबार पत्रकार सम्मेलन गरी दिएको जानकारीअनुसार उनी त्यहाँ ४८ घण्टा रोकिए । अन्ततः अध्यागमन कार्यालयले नेपाल फर्काइदियो ।कारण, अधिकारीसँग मन्त्रीको हैसियतमा कार्यक्रममा सहभागी हुन कुनै औपचारिक पत्र, प्रमाण थिएन । फेरि, उनीसँगै गएका तीन जना व्यक्तिले मन्त्रालयकै कर्मचारीको नक्कली प्रमाणपत्र बोकेको फेला परेको थियो । यी दुई कारणले उनी मानव तस्करीमा संलग्न भएको हुन सक्ने भन्दै अध्यागमनले १७ कात्तिकमा सिँधै नेपाल फर्काएको प्रहरी स्रोतले जनाएको छ । 

तर, त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ओर्लनासाथ अधिकारीसँगै जापानबाट फर्काइएका खोटाङका दावा शेर्पा, जनक राई र रसुवाका कञ्चन देवकोटालाई अध्यागमन कार्यालय र त्रिभुवन विमानस्थल सुरक्षा कार्यालयले समातेर उपत्यका अपराध अनुसन्धान कार्यालयको जिम्मा लगाए । उनीहरूलाई पक्राउ गर्नुको कारण यात्रासँग सम्बन्धित कागजपत्रमा कैफियत देखिनु हो । यद्यपि, अधिकारीसहित अनिता तिमल्सिनालाई भने सामान्य सोधपुछ गरेर विमानस्थलबाट बाहिरिन अध्यागमन कार्यालय र प्रहरीले दिए । 

जबकि अनुसन्धान अधिकारीहरूले भने काठमाडौं मनमैंजु बस्ने रसुवाको कालिका गाउँपालिका–५ का कञ्चन देवकोटा, बूढानीलकण्ठ–११ मा बस्ने खोटाङ ऐंसेलुखर्क गाउँपालिका–२ घर भएका दावा शेर्पा र खोटाङकै केपिलासगढी गाउँपालिका–४ का जनक राईलाई मन्त्री अधिकारीसँगै जापान छिराउन रातारात फर्जी कागजात बनाई मन्त्रीको सचिवालय कर्मचारी बनाएको पाइएको दाबी गरेका छन् । 

Hardik health

अनुसन्धानको क्रममा प्रहरीलाई उनीहरूले प्रतिव्यक्ति १० लाख रुपैयाँ जापान पठाउने गिरोहलाई बुझाएको बयान दिएका छन् । जापानमा आयोजित सांस्कृतिक कार्यक्रममा सहभागी भएर उतै बस्ने सर्तमा प्रतिव्यक्ति १० लाख बुझाएको भनेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकृतले बताए । उनका अनुसार उनीहरूले धादिङ घर भएका ३४ वर्षीय महेश पाण्डेलाई १० लाख र दोलखा घर भएका ३० वर्षीय वीरबहादुर सुनारलाई दुई जनाले २० लाख नगद बुझाएका थिए । 

तिनै नक्कली कर्मचारीको बयानका आधारमा प्रहरीले थप तीन जनालाई पक्राउ गरिसकेको छ । उनीहरू हुन्– नुवाकोटको विदुर नगरपालिका–७ घर भई सामाखुशी बस्ने जुगल रिजाल, दोलखाको जिरी नगरपालिका–९ घर भई काठमाडौं महानगरपालिका–१६ बस्ने वीरबहादुर सुनुवार र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका–६ घर भई चन्द्रागिरि नगरपालिका–८ बस्ने महेश पाण्डे । 

पक्राउ परेकाहरूविरुद्ध प्रहरीले सरकारी कागज किर्तेसम्बन्धी कसुरमा अनुसन्धान गरिरहेको छ ।तर, अधिकारी भने जोगिन अनेक प्रष्टीकरण दिइरहेका छन् । उनले आफू हङकङ पुगेपछि तीन जना एक्कासी सँगै कार्यक्रममा सहभागी हुने भनेर मिसिएको दाबी गरेका छन् । यतिसम्मकी उनले आफू मानव तस्करहरूको जालोमा फसेको दलिल दिए ।उनले पत्रकार सम्मेलनमा भने, ‘मेरो नाम देखाएर अरूलाई पनि लैजान खोजेको थाहा भएपछि म जापानबाट फर्किएँ । म फर्केपछि कोही पनि जापान जान पाएनन् ।’

उनले हङकङ पुगेपछि मात्रै तस्करको चाल बुझेको दाबी गरेका छन् । तर, शंकाको सुविधा हुनेगरी भनेका छन्, ‘जापान नपुगी फर्किन मिलेन ।’अधिकारीले जापानबाट आफैं फर्केको दाबी गरेका छन् । तर, त्रिभुवन विमानस्थल अध्यागमन कार्यालय स्रोतले मन्त्रीसहित पाँचै जनालाई जापानको अध्यागमनले डिपोर्ट गरेको बताएको छ । 

चर्को आलोचना भएपछि अधिकारीले मन्त्री पदबाट मंगलबार राजीनामा दिए । उनको दल एमालेको केन्द्रीय अनुशासन आयोगले अधिकारीलाई कारबाही हुने चेतावनी दिएको छ । आयोगका अध्यक्ष केशवप्रसाद बडालले प्रभावसँग भने, ‘पार्टी विधान र अनुशासन उल्लङ्घन गर्ने जो कोहीमाथि कारबाही हुन्छ चाहे प्रधानमन्त्री नै किन नहोस् ।’एमालेको विधानको धारा ८० मा पार्टी निर्णय अटेर गरेमा वा पार्टीको प्रतिष्ठा र मर्यादामा आँच आउने काम गरिए अनुशासनविपरीतको कार्य भनिएको छ । यसअनुसार अधिकारीमाथि कारबाही हुने अध्यक्ष बडालले बताए । 

अधिकारी २०७९ को निर्वाचनमा मोरङ २ (ख) बाट नेकपा एमालेबाट निर्वाचित सांसद हुन् । गत जेठ ४ गते मन्त्री बने । त्यसअघि २०७४ मा पनि उनी प्रदेश सांसद नै थिए । त्यसबेला पनि उनी विवादमा तानिए । कारण, २०७५ सालमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भएको सुन तस्करी र मोरङ उर्लाबारीका सनम शाक्य हत्या प्रकरणमा मुछिएका सई बालकृष्ण सन्जेलको पक्षमा बहस गरेका थिए । सुन तस्करीका अभियुक्तको पक्षमा बहस गरेपछि एमाले संसदीय दलले अधिकारीलाई अघोषित रुपमा एक वर्षसम्म संसदमा बोल्न रोक लगाएको थियो । सरकारवादी मुद्दाको प्रतिवादीको पक्षमा बहस गरेको भन्दै त्यो बेला पनि धेरैले उनीमाथि नैतिक प्रश्न उठाएका थिए । 

इन्दिराप्रति खरो एमाले, आफ्ना मन्त्रीप्रति मौनव्रत 
संसदको बर्खे अधिवेशनमा उपसभामुख इन्दिरा राना मगरको राजीनामा माग भयो । उनीमाथि अभियोग थियो कि उनले अमेरिकामा महिला अधिकारसम्बन्धी एक कार्यक्रममा असम्बन्धित मानिसलाई पठाएर मानव तस्करी गर्न खोजे । अमेरिकी दूतावासलाई कार्यक्रममा सहभागी हुन जाने सन्दर्भका लागि अन्तर्वार्ता मिति सार्न अनुरोध गरिएको पत्र सार्वजनिक भएपछि सरकारमा रहेको दल एमाले र कांग्रेसले नैतिकता देखाएर राजीनामा दिनुपर्ने भन्दै दबाब थिए । तर, राजीनामा दिइनन् । 

यतिबेला भने एमालेकै कोशी सरकारमा मन्त्री भएका अधिकारी मानव तस्करीमा संलग्न भएको भन्दै विरोध भइरहेको छ । विरोधपछि उनले राजीनामा दिए । तर, उनीबारे एमाले मौन छ । सत्तारुढ मुख्य घटक कांग्रेस पनि मौन छ । जबकि, उनी स्वयंले भनेका छन् कि म दलालको फन्दामा परेर जापान पुगेछु । यति भन्दा पनि उनीमाथि कानुनी प्रक्रियामा लगेर अनुसन्धान गरिएको छैन । 

वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीका अनुसार अधिकारीमाथि मौजुदा थुप्रै कानुन आकर्षित हुन्छन् । त्यसअनुसार उनीमाथि अनुसन्धान हुन आवश्यक रहेको त्रिपाठीले बताए । उता नेकपा माओवादी केन्द्र कोशी प्रदेशले भने अधिकारीको गतिविधिले प्रदेशवासीको शिर निहुर्‍याएको जनाउँदै सांसद पदबाट समेत हटाउन माग गरेको छ । 


प्रकाशित मिति: शुक्रबार, कात्तिक २३, २०८१  १२:०४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने
राष्ट्रियसभा उपाध्यक्ष एमालेले पाउने आइतबार, चैत २२, २०८२
एमालेको सचिवालय बैठक सुरु
एमालेको सचिवालय बैठक सुरु शुक्रबार, चैत २०, २०८२
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत
देउवापक्षले गगनलाई सभापति नमान्ने, गगनपक्षले खड्कालाई गरायो सचेत बिहीबार, चैत १९, २०८२
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै
प्रतिनिधिसभाको बैठकमा रास्वपाका सभापति रवि लामिछानेले सम्बोधन गर्दै बिहीबार, चैत १९, २०८२
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै
नेपाली कांग्रेसले संसदीय दलको बैठक बस्दै बिहीबार, चैत १९, २०८२
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित
एमालेको संसदीय दलको नेता‘बादल’ निर्विरोध निर्वाचित बुधबार, चैत १८, २०८२
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन
एमालेको संसदीय दलको नेता चयन गर्न निर्वाचन बुधबार, चैत १८, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP