Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #काठमाडौं निर्वाचन क्षेत्र नम्बर-२
  • #डा.विश्वास बस्नेत
  • #पुतली_नाच
  • #टाइगर कप
  • #मनोनयन_दर्ता
  • #तामाङ_घेदुङ
  • #सोनाम_ल्होछार
  • #शेरबहादुर देउवा
  • #सोनाम_ल्होच्छार
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अध्यक्ष दाहालसहित १४ जनाविरुद्ध अख्तियारमा उजुरी
माओवादी लडाकु शिविरमा घोटाला आरोप  अध्यक्ष दाहालसहित १४ जनाविरुद्ध अख्तियारमा उजुरी
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, कात्तिक १४, २०८१

अहिले क्यान्टोनमेन्ट घोटाला भन्दै जुन विषय उचालिएको छ, त्यसमा कुनै आधार छैन । सत्यतथ्य छैन, छ त भ्रममात्रै । एक जना प्रायोजित व्यक्तिले जुन उजुरी दायर गरे, त्यसमा प्रमाणित हुने आधार छैन ।
देवेन्द्र पौडेल
सचिव, माओवादी केन्द्र

काठमाडौं– चार अर्बभन्दा बढी भ्रष्टाचार भएको भन्दै लडाकु शिविर घोटालाकाण्डबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित १३ जना नेतालाई विपक्षी बनाएर छानबिनका लागि आयोगमा युवराज पौडेलले उजुरी दिएका हुन् ।

यसअघि पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पटक–पटक उजुरी दिएका थिए । उनले सर्वोच्चमा दिएको रिटकै कारण सर्वोच्चले फैसला गर्दा अन्ततः लामिछानेको सभापति, उपप्रधान तथा गृहमन्त्री र सांसद पद गुमेको थियो । उनै पौडेलले यसअघि आफ्नै पूर्वपार्टी माओवादीका अध्यक्षसहित १४ जनालाई विपक्षी बनाएर अख्तियारमा उजुरी दिएको अख्तियारले जनाएको छ । 

Hardik health

अख्तियारका अनुसार दाहालसँगै उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन तथा सचिव चक्रपाणी खनाल प्रतिवादी छन् । तत्कालीन जनमुक्ति सेनाको १ नम्बर डिभिजन प्रमुख सन्तु दराई, २ नम्बर डिभिजन प्रमुख सुकबहादुर रोका, ३ नम्बर डिभिजन प्रमुख धनबहादुर मास्के, चौथो डिभिजन प्रमुख यमबहादुर अधिकारी, पाँचौं डिभिजन प्रमुख तेजबहादुर वली, छैटौं डिभिजन प्रमुख गणेशमान पुन, सातौं डिभिजन प्रमुख कालीबहादुर खाम र आठौं डिभिजन प्रमुख महेन्द्रबहादुर शाहीलाई पनि उजुरीमा विपक्षी बनाइएको छ ।

उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोसाक दिएर फोटो खिचाइ रकम निकाशा गरिएको दाबी गरिएको छ । माओवादी अध्यक्ष दाहाल स्वयंले सात हजार सेनालाई ३५ हजार पु¥याएर २० हजार ‘भेरिफिकेसन’मा परेको एक भिडियोमा उल्लेख गरेको विषयलाई समेत उजुरीमा प्रमाणका रुपमा व्याख्या गरिएको छ ।माओवादी अध्यक्ष दाहालले ८ पुस २०६४ मा चितवनको शक्तिखोरस्थित जनमुक्ति सेनाको क्याम्पमा पुगेर उक्त अभिव्यक्ति दिएका थिए । उजुरीकर्ता पौडेलले दाहालको उक्त अभिव्यक्तिलाई प्रमाणको रूपमा पेस गरेको देखिएको छ ।

उजुरीमा उल्लेख भएअनुसार त्यस समयमा संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)ले १९ हजार ६०० सेना प्रमाणीकरण गरेको थियो । तर, माओवादी शिविर व्यवस्थापन गर्दा छ वर्षको अवधिमा २० अर्ब रुपैयाँ खर्च भएको र अधिकांश रकम दाहालको योजनामा निकाशा भएकाले त्यो भ्रष्टाचार भएको उल्लेख छ ।राज्यकोषबाट माओवादीले चार अर्ब रुपैयाँ हिनामिना गरेको देखिने भएकाले उनीहरूलाई पक्राउ गरी हदैसम्मको कारबाही माग गरिएको छ । उजुरीमा भनिएको छ, ‘पार्टीका नेता कार्यकर्ता र समर्थक आदिलाई अनमिनले आकर्षक डलर दिन्छ भन्ने प्रलोभन देखाएर माओवादी सेनाको वास्तविक संख्याभन्दा झण्डै तेब्बर संख्या देखाउन सैन्य पोसाक लगाइ सैन्य फाराममा नामसमेत उल्लेख गरी अनियमितता गरिएको थियो ।’

उजुरीलाई अख्तियारले दर्ता गरिसकेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । ‘उजुरीलाई आवश्यक अध्ययन गरेर दर्ता गरिएको छ, अहिले यत्ति भनौं,’ घिमिरेले प्रभावसँग भने । माआवादी शान्ति प्रक्रियामा आएपछि पहिलो त माओवादी जनमुक्ति सेनाले हतियार बिसाएका थिए । त्यसपछि जनमुक्ति सेना समायोजनको काम भएको थियो । त्यसबेलै जनमुक्ति सेनाको बढी संख्या देखाएर अध्यक्ष दाहालसहितका नेताहरूले भ्रष्टाचार गरेको दुई दशकदेखि चर्चामा छ । यद्यपि, निरुपण भएको छैन । यहीबेला अख्तियारमा उजुरी परेको हो । 

  • माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल कपोलकल्पित, आधारहीन र प्रायोजित ढंगले उजुरी हाल्दैमा केही नहुने बताउँछन् । ‘अहिले क्यान्टोनमेन्ट घोटाला भन्दै जुन विषय उचालिएको छ, त्यसमा कुनै आधार छैन । सत्यतथ्य छैन, छ त भ्रममात्रै,’ उनले भने, ‘एक जना प्रायोजित व्यक्तिले जुन उजुरी दायर गरे, त्यसमा प्रमाणित हुने आधार छैन,’ नेता पौडेलले बताए ।माओवादी सेना समायोजनको क्रममा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल शान्ति तथा पुनर्निर्माणमन्त्री थिए । शान्ति मन्त्रालयबाटै डिभिजनहरूमा रकम जान्थ्यो । त्यस आधारमा क्यान्टोनमेन्ट काण्डको यदि छानबिन भए राष्ट्रपति पौडेल पनि तानिनसक्ने अवस्था देखिएको छ ।महालेखापरीक्षकको कार्यालयलेसमेत क्यान्टोनमेन्टमा कैफियत देखिएको जनाएको थियो । सेना समायोजनसम्बन्धी सम्पूर्ण विवरण शान्ति मन्त्रालय खारेज गरिएपछि गृह मन्त्रालयमा राखिएको छ ।
     


प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
गोरखा २ बाट उम्मेदवार  पूर्वप्रधानमन्त्री भट्टराईले उम्मेदवारी फिर्ता लिने
गोरखा २ बाट उम्मेदवार पूर्वप्रधानमन्त्री भट्टराईले उम्मेदवारी फिर्ता लिने शुक्रबार, माघ ९, २०८२
कांग्रेसका नवनिर्वाचित सभापति थापाको पदवहाली
कांग्रेसका नवनिर्वाचित सभापति थापाको पदवहाली शुक्रबार, माघ ९, २०८२
स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस
स्थानीय चिया पसलदेखि सार्वजनिक यातायातसम्ममा चुनावी बहस शुक्रबार, माघ ९, २०८२
मधेसमा गगनको अग्निपरीक्षा
मधेसमा गगनको अग्निपरीक्षा बुधबार, माघ ७, २०८२
एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार
एमालेमा करिब ५५ प्रतिशत नयाँ उम्मेदवार बुधबार, माघ ७, २०८२
भक्तपुर-२ मा दिइन् शोभा पाठकले उम्मेदवारी
भक्तपुर-२ मा दिइन् शोभा पाठकले उम्मेदवारी मंगलबार, माघ ६, २०८२
नेकपाका संयोजक दाहालद्वारा उम्मेदवारी दर्ता
नेकपाका संयोजक दाहालद्वारा उम्मेदवारी दर्ता मंगलबार, माघ ६, २०८२
लोकप्रिय
  • Week
  • Month
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
नाट्टाले गर्‍याे 'फितुर- २०२६' मा सहभागी नेपाली प्रतिनिधिमण्डललाई बिदाइ
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
उच्च पहाडी तथा हिमाली भेगका हिमपातको सम्भावना
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने :  दिलमान पाख्रिन
ल्होछारलाई सधैं एउटै मितिमा पर्ने गरी तय गर्नुपर्ने : दिलमान पाख्रिन
आजदेखि  निर्वाचन आचारसंहिता लागू
आजदेखि निर्वाचन आचारसंहिता लागू
बालेनले दिए राजीनामा
बालेनले दिए राजीनामा
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP