Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #साके एन्ड फेंग
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
राजनीति
  • Home
  • राजनीति
  • अध्यक्ष दाहालसहित १४ जनाविरुद्ध अख्तियारमा उजुरी
माओवादी लडाकु शिविरमा घोटाला आरोप  अध्यक्ष दाहालसहित १४ जनाविरुद्ध अख्तियारमा उजुरी
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बुधबार, कात्तिक १४, २०८१

अहिले क्यान्टोनमेन्ट घोटाला भन्दै जुन विषय उचालिएको छ, त्यसमा कुनै आधार छैन । सत्यतथ्य छैन, छ त भ्रममात्रै । एक जना प्रायोजित व्यक्तिले जुन उजुरी दायर गरे, त्यसमा प्रमाणित हुने आधार छैन ।
देवेन्द्र पौडेल
सचिव, माओवादी केन्द्र

काठमाडौं– चार अर्बभन्दा बढी भ्रष्टाचार भएको भन्दै लडाकु शिविर घोटालाकाण्डबारे अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । प्रमुख प्रतिपक्षी दल नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहालसहित १३ जना नेतालाई विपक्षी बनाएर छानबिनका लागि आयोगमा युवराज पौडेलले उजुरी दिएका हुन् ।

यसअघि पौडेलले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेविरुद्ध पटक–पटक उजुरी दिएका थिए । उनले सर्वोच्चमा दिएको रिटकै कारण सर्वोच्चले फैसला गर्दा अन्ततः लामिछानेको सभापति, उपप्रधान तथा गृहमन्त्री र सांसद पद गुमेको थियो । उनै पौडेलले यसअघि आफ्नै पूर्वपार्टी माओवादीका अध्यक्षसहित १४ जनालाई विपक्षी बनाएर अख्तियारमा उजुरी दिएको अख्तियारले जनाएको छ । 

Hardik health

अख्तियारका अनुसार दाहालसँगै उपमहासचिवहरू वर्षमान पुन, जनार्दन शर्मा, पूर्वउपराष्ट्रपति नन्दकिशोर पुन तथा सचिव चक्रपाणी खनाल प्रतिवादी छन् । तत्कालीन जनमुक्ति सेनाको १ नम्बर डिभिजन प्रमुख सन्तु दराई, २ नम्बर डिभिजन प्रमुख सुकबहादुर रोका, ३ नम्बर डिभिजन प्रमुख धनबहादुर मास्के, चौथो डिभिजन प्रमुख यमबहादुर अधिकारी, पाँचौं डिभिजन प्रमुख तेजबहादुर वली, छैटौं डिभिजन प्रमुख गणेशमान पुन, सातौं डिभिजन प्रमुख कालीबहादुर खाम र आठौं डिभिजन प्रमुख महेन्द्रबहादुर शाहीलाई पनि उजुरीमा विपक्षी बनाइएको छ ।

उजुरीमा विस्तृत शान्ति सम्झौतापछि सेना समायोजनका क्रममा माओवादी नेता कार्यकर्तालाई समेत सेनाको पोसाक दिएर फोटो खिचाइ रकम निकाशा गरिएको दाबी गरिएको छ । माओवादी अध्यक्ष दाहाल स्वयंले सात हजार सेनालाई ३५ हजार पु¥याएर २० हजार ‘भेरिफिकेसन’मा परेको एक भिडियोमा उल्लेख गरेको विषयलाई समेत उजुरीमा प्रमाणका रुपमा व्याख्या गरिएको छ ।माओवादी अध्यक्ष दाहालले ८ पुस २०६४ मा चितवनको शक्तिखोरस्थित जनमुक्ति सेनाको क्याम्पमा पुगेर उक्त अभिव्यक्ति दिएका थिए । उजुरीकर्ता पौडेलले दाहालको उक्त अभिव्यक्तिलाई प्रमाणको रूपमा पेस गरेको देखिएको छ ।

उजुरीमा उल्लेख भएअनुसार त्यस समयमा संयुक्त राष्ट्रसंघीय मिसन (अनमिन)ले १९ हजार ६०० सेना प्रमाणीकरण गरेको थियो । तर, माओवादी शिविर व्यवस्थापन गर्दा छ वर्षको अवधिमा २० अर्ब रुपैयाँ खर्च भएको र अधिकांश रकम दाहालको योजनामा निकाशा भएकाले त्यो भ्रष्टाचार भएको उल्लेख छ ।राज्यकोषबाट माओवादीले चार अर्ब रुपैयाँ हिनामिना गरेको देखिने भएकाले उनीहरूलाई पक्राउ गरी हदैसम्मको कारबाही माग गरिएको छ । उजुरीमा भनिएको छ, ‘पार्टीका नेता कार्यकर्ता र समर्थक आदिलाई अनमिनले आकर्षक डलर दिन्छ भन्ने प्रलोभन देखाएर माओवादी सेनाको वास्तविक संख्याभन्दा झण्डै तेब्बर संख्या देखाउन सैन्य पोसाक लगाइ सैन्य फाराममा नामसमेत उल्लेख गरी अनियमितता गरिएको थियो ।’

उजुरीलाई अख्तियारले दर्ता गरिसकेको प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । ‘उजुरीलाई आवश्यक अध्ययन गरेर दर्ता गरिएको छ, अहिले यत्ति भनौं,’ घिमिरेले प्रभावसँग भने । माआवादी शान्ति प्रक्रियामा आएपछि पहिलो त माओवादी जनमुक्ति सेनाले हतियार बिसाएका थिए । त्यसपछि जनमुक्ति सेना समायोजनको काम भएको थियो । त्यसबेलै जनमुक्ति सेनाको बढी संख्या देखाएर अध्यक्ष दाहालसहितका नेताहरूले भ्रष्टाचार गरेको दुई दशकदेखि चर्चामा छ । यद्यपि, निरुपण भएको छैन । यहीबेला अख्तियारमा उजुरी परेको हो । 

  • माओवादी केन्द्रका सचिव देवेन्द्र पौडेल कपोलकल्पित, आधारहीन र प्रायोजित ढंगले उजुरी हाल्दैमा केही नहुने बताउँछन् । ‘अहिले क्यान्टोनमेन्ट घोटाला भन्दै जुन विषय उचालिएको छ, त्यसमा कुनै आधार छैन । सत्यतथ्य छैन, छ त भ्रममात्रै,’ उनले भने, ‘एक जना प्रायोजित व्यक्तिले जुन उजुरी दायर गरे, त्यसमा प्रमाणित हुने आधार छैन,’ नेता पौडेलले बताए ।माओवादी सेना समायोजनको क्रममा वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल शान्ति तथा पुनर्निर्माणमन्त्री थिए । शान्ति मन्त्रालयबाटै डिभिजनहरूमा रकम जान्थ्यो । त्यस आधारमा क्यान्टोनमेन्ट काण्डको यदि छानबिन भए राष्ट्रपति पौडेल पनि तानिनसक्ने अवस्था देखिएको छ ।महालेखापरीक्षकको कार्यालयलेसमेत क्यान्टोनमेन्टमा कैफियत देखिएको जनाएको थियो । सेना समायोजनसम्बन्धी सम्पूर्ण विवरण शान्ति मन्त्रालय खारेज गरिएपछि गृह मन्त्रालयमा राखिएको छ ।
     


प्रकाशित मिति: बुधबार, कात्तिक १४, २०८१  ११:३४
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
युथ फोर्सकाे स्थापनाले देशका संरचना नजल्ने ओलीकाे दाबी
युथ फोर्सकाे स्थापनाले देशका संरचना नजल्ने ओलीकाे दाबी सोमबार, फागुन ११, २०८२
कांग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक
कांग्रेस महामन्त्री पौडेलद्वारा १४ बुँदे प्रतिज्ञापत्र सार्वजनिक सोमबार, फागुन ११, २०८२
कांग्रेसका सदस्य विष्ट प्रवेश गरे एमाले
कांग्रेसका सदस्य विष्ट प्रवेश गरे एमाले सोमबार, फागुन ११, २०८२
निवर्तमान सांसद थपलिया रास्वपा प्रवेश
निवर्तमान सांसद थपलिया रास्वपा प्रवेश सोमबार, फागुन ११, २०८२
संविधान संशोधन आवश्यक छः अध्यक्ष यादव
संविधान संशोधन आवश्यक छः अध्यक्ष यादव सोमबार, फागुन ११, २०८२
कम्युनिष्ट एकता एमालेसहितको एकतामा पुग्ने अध्यक्ष दाहालको विश्वास
कम्युनिष्ट एकता एमालेसहितको एकतामा पुग्ने अध्यक्ष दाहालको विश्वास सोमबार, फागुन ११, २०८२
कांग्रेसले वर्तमान निर्वाचनलाई जनमतको परीक्षाका रूपमा स्वीकारेको छः प्रवक्ता चालिसे
कांग्रेसले वर्तमान निर्वाचनलाई जनमतको परीक्षाका रूपमा स्वीकारेको छः प्रवक्ता चालिसे सोमबार, फागुन ११, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP