Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • ‘स्तन क्यान्सर प्रभावितले आत्मबल बढाउनुपर्छ’
‘स्तन क्यान्सर प्रभावितले आत्मबल बढाउनुपर्छ’
प्रभाव संवाददाता
प्रभाव संवाददाता बिहीबार, कात्तिक ८, २०८१

चितवन - स्तन क्यान्सर प्रभावितहरुले आत्मविश्वास बढाउनुका साथै परिवारको माया, आत्मियता र स्याहार पाउन सके रोगलाई जित्न सकिने सरोकार भएकाले बताएका छन् । 

विपी कोइराला मेमोरियल क्यान्सर अस्पतालद्वारा स्तन क्यान्सर सचेतना महिना (अक्टोबर) को अवसरमा आज यहाँ आयोजित ‘स्तन क्यान्सर विजेता जमघाट तथा अन्तरक्रिया कार्यक्रम’ का सहभागीले श्रीमान् र परिवारको हौसला तथा स्वयंको आत्मविश्वासले रोगलाई परास्त गर्न सकिने धारणा राखेका हुन् ।

कार्यक्रममा राष्ट्रिय सरोकार तथा समन्वय समितिका सभापति पार्वती रावलले आफू पनि स्तन क्यान्सर प्रभावित रहेको बताउँदै सहभागीलाई आफ्नो अनुभव सुनाए । उनले सुरुआतमा स्तन वरपर पोलेको जस्तो भएर विभिन्न ठाउँमा परीक्षण गराउँदासमेत रोग पहिचान हुन नसकेको बताउँदै भने, “नेपालमा पहिचान हुन नसकेपछि दिल्ली गएँ, त्यहाँ पनि पहिलोपटक पहिचान हुन सकेन, १० दिनपछि पुनः परीक्षण गर्दा स्तन क्यान्सर पहिचान भयो ।”

उच्च मनोबलका साथ उपचारमा लाग्नुपर्नेमा जोड दिँदै सभापति रावलले परिवारको साथ, सही उपचार र सकारात्मक उर्जाका माध्यमबाट स्तन क्यान्सरलाई परास्त गर्न सकिने धारणा राखे । अस्पताल सञ्चालक समितिका अध्यक्ष एवं कार्यक्रमका सभापति डा विजयराज न्यौपानेले स्तन क्यान्सर विजेताहरुलाई सचेतनाका लागि सद्भावना दूत बनिदिन आग्रह गरे । क्यान्सर विजेताले आफ्नो अनुभव सुनाउँदै सचेतना फैल्याएमा प्रभावकारी हुने उनले विश्वास व्यक्त गरे ।

Hardik health

अस्पतालका कार्यकारी निर्देशक डा शिवजी पौडेलले नेपालमा क्यान्सरको अवस्था र उपचार विधिका बारेमा जानकारी गराए । उनले बाह्य र भित्री कारणबाट क्यान्सर हुने जनाउँदै ८० देखि ९० प्रतिशत बाह्य कारणबाट हुने क्यान्सरबाट भने बच्न सकिने बताए। 

स्वस्थ खानपान, नियमित व्यायाम र सक्रिय जीवनशैली जिउँन सके क्यान्सरबाट धेरै मात्रामा बच्न सकिने डा पौडेलले बताए । विश्वमा सबैभन्दा बढी एसियामा क्यान्सर रोगी रहेका तथ्याङ्क प्रस्तुत गर्दै उहाँले नेपालमा बर्सेनि २२ हजार आठ जनामा क्यान्सर पहिचान हुने र तीमध्ये १४ हजार सात सय चार जनाको मृत्यु हुने गरेको जानकारी दिए । 

अस्पतालको शल्यक्रिया विभागका प्रमुख डा विश्वराम पौडेलले स्तन क्यान्सर प्रभावितलाई बलियो आत्मविश्वासका साथ परिवारको माया दिएर हौसला प्रदान गर्नुपर्नेमा जोड दिए । दश वर्ष अघिसम्म क्यान्सर लागेमा मृत्यु हुन्छ भन्ने मानसिकता आमनागरिकमा रहेको चर्चा गर्दै उनले स्वास्थ्य क्षेत्रमा नयाँनयाँ प्रविधि आएसँगै उपचार सहज हुँदै गएको बताए ।

अस्पतालको क्यान्सर रोकथाम, नियन्त्रण तथा अनुसन्धान विभागका प्रमुख डा अस्मिता रानाले पाठेघरको मुखको क्यान्सरलाई जितेर स्तन क्यान्सर अगाडि आएको चर्चा गर्दै पुरुष चिकित्सकलाई देखाउन लजाउने समस्या अझै महिलामा रहेकाले पनि समस्या सृजना गरिरहेको बताए ।

स्तन क्यान्सर विजेता निता श्रेष्ठले आत्मविश्वास र उच्च मनोबलसहित स्वस्थ जीवनशैली अपनाउँदा क्यान्सरलाई हराउन सकिने अनुभव सुनाउनुभयो । स्तन क्यान्सर विजेता पञ्चु लामाले आफूले क्यान्सर जितेर २० वर्षदेखि स्वस्थ जीवन बिताइरहेको जानकारी दिए । सकारात्मक सोच र सक्रिय दैनिकीले रोगसँग लड्ने उर्जा दिने उनको अनुभव छ । 


प्रकाशित मिति: बिहीबार, कात्तिक ८, २०८१  १५:३३
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP