Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
Search Here
कृषि
  • Home
  • कृषि
  • ‘जोरायली बासमती धान’ डोटीको पहिचान
‘जोरायली बासमती धान’ डोटीको पहिचान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, कात्तिक ५, २०८१

सुदूरपश्चिम-  डोटीको दक्षिणी क्षेत्रमा पर्ने जोरायल क्षेत्र मसिनो बास्नादार बासमती धान फल्ने ठाउँका लागि चर्चित छ । नेपालमा अन्यत्र कतै उत्पादन नहुने परम्परागत (रैथाने) जातको ‘जोरायली बासमती’का खेतको  धान काटेर भित्र्याउन भ्याइनभ्याई छ ।

कर्मनासा नदीको वरिपरि देखिने धानका फाँटसहितको वरिपरिको प्राकृतिक दृश्य रमणीय छ ।  जोरायल गाउँपालिकामा पर्ने जोरायल क्षेत्रको भूबनोट वरिपरि पहाड र बीचमा समथर भू–भाग रहेको छ । प्राकृतिक रूपमा मनोरम यो क्षेत्र समुद्र सतहदेखि अनुमानित एक हजार आठ सय मिटरको उचाइमा रहेको छ ।
 
अढाइ दशकदेखि सडक सञ्जाललगायत विकासका पूर्वाधार पुगेपछि सो क्षेत्रको समग्र विकासमा टेवा पुगिरहेको स्थानीयवासीको अनुभव छ । “सडक नहुँदा जोरायल क्षेत्रमा मालसामान ढुवानी गर्न र आवागमन गर्न समस्या थियो”, स्थानीय मदनराज जोशीले भन्नुभयो, “अहिले सडक पूर्वाधार पुग्दा किसानले आफ्नो कृषि उपज सहज रूपमा बजारसम्म पुर्याउन पाएको मात्र नभई आवागमन गर्न निकै सहज बनेको छ ।” 

कैलालीको सीमासँग जोडिएको जोरायल क्षेत्रले रैथाने जातको मासिनो बास्नादार बासमती धान उत्पादनका लागि सदियौँदेखि छुट्टै पहिचान बनाएको छ । खानामा स्वादिलो, नरम र बास्नादार हुने विशेषताका कारण ‘जोरायली बासमती’ले यो क्षेत्रको पहिचान बनाएको हो । बासमती चामलको माग सबैतिर हुन थालेसँगै कतिपय स्थानीय युवाहरू यसको कारोबार गरेर आम्दानी गर्न आकर्षित भइरहेका छन् । 

पछिल्ला वर्षमा यो धानको व्यावसायिक खेती सुरु भएसँगै स्थानीय किसानको आयआर्जन वृद्धि भइरहेको स्थानीय युवा भक्तराज जोशीले बताउनुभयो । उहाँले भन्नुभयो, “व्यावसायिक रूपमा यसको खेती सुरु भएसँगै धान उत्पादन गर्ने किसानमात्र नभएर धानबाट चामल बनाएर कारोबार गर्दा भइरहेको आम्दानीले युवाहरू आकर्षित भएका छन् ।”

Hardik health

स्थानीय किसानले आफ्नो घरायसी उपभोगका लागि मात्र खेती गर्ने गरेकामा पछिल्लो दशकमा व्यावसायिक रूपमा समेत यसको खेती गर्न थालिएको छ । यो धानले खेतीयोग्य अधिकांश जग्गा ओगट्न थालेपछि मार्सी, सलौज, थापाचिनीजस्ता रैथाने जातका धानखेती गरिने क्षेत्रफल भने घट्दै गएको जनाइएको छ ।खेतका फाँट छेउ हुँदै बग्ने कर्नासी, गोगनी, सैगडालगायत नदीको पानीले खेतका फाँट सिञ्चित गर्न सहज भइरहेको छ । अग्लो ठाउँको  र पाखो जग्गामा भने सिँचाइ पुर्याउन सकिएको छैन । सिँचाइ नपुगेको जग्गामा अन्य जातका धानखेती हुने गर्छ ।
 
यो क्षेत्रको समथर जग्गाको नदी छेउका फाँटको हावापानीमा बासमती जातको धान उत्पादनका लागि उर्वरभूमि मानिन्छ । धनगढी, अत्तरियालगायत सहरी क्षेत्रमा बासमती चामलको भात खाने बानी परेका सौखिनहरू यसको चामल खोज्दै हिंँडेको भेटिन्छन् । टोलको कुनै घरमा यो चामलको भात पाक्दै गर्दा पूरै टोलभरी पाक्दै गरेको भातको सुगन्ध फैलिन्छ । तत्कालीन राजा महेन्द्रले गरेको जोरायल भ्रमणका क्रममा ‘जोरायली बासमती’ चामलको भातको प्रशंसा गरेको स्थानीय वयोबृद्धको भनाइ छ । पछिल्ला दशकमा यो धानको बीउ हराउने हो कि भन्ने चिन्ता स्थानीयमा बढेपछि गाउँपालिका र किसानको संयुक्त पहलमा यसको रैथाने बीउ संरक्षणको पहल पनि भइरहेको छ ।

रासायनिक मलको प्रयोग नगरी गोबर कम्पोष्ट मलको प्रयोगले मात्र खेती गर्दा पनि यो धानको उत्पादकत्व राम्रो हुने गरेको स्थानीय किसानको अनुभव छ । पछिल्ला वर्षमा भने यसको खेती गर्दा रासायनिक मलको पनि प्रयोग गर्न थालिएको छ ।चाडपर्वका समयमा पकाइने मिठोमसिनो खानाको परिकारका रूपमा बासमती चालमको भातलाई लिने गरिन्छ । चाडपर्वका दिन छरछिमेकीसंँग पैंँचो मागेर भए पनि यो चामलको भात हरेकका घरमा पाक्ने गर्छ । 

मिठोमसिनो हुने भएकाले यो चामल स्थानीय बजारमा पाइने चामलभन्दा बढी मूल्यमा खरिद बिक्री हुने गरेको छ । उत्पादन क्षेत्रमा बासमती धानको थोक मूल्य प्रतिकिलो रु ७० पर्छ । मिलमा कुटानी गरेको यो धानको चामल प्रतिकिलो रु एक सय २० पर्दा ढिकी कुटेको चामल भने प्रतिकिलो रु एक सय ४० पर्ने गरेको छ । धनगढीलगायतका क्षेत्रमा भने यसको चामलको मूल्य प्रतिकिलो रु एक सय ५० सम्ममा कारोबार भइरहेको छ । 
  
जोरायल गाउँपालिकाका अध्यक्ष दुर्गादत्त ओझा गाउँपालिकाले यो धानको बीउ संरक्षण, खेती विस्तार र उत्पादित धानको बजारीकण, प्राविधिक सहयोगलगायतका काममा किसानलाई सहयोग गरिरहेको बताए। ओझाले भने, “जोरायलका किसानको मुख्य आम्दानी स्रोत यो धान देखिएको छ, यसको कारोबार थप क्षेत्रमा विस्तार गर्नसके किसानको आम्दानी बढ्ने देखिन्छ ।” 

यसको माग बढेसँगै व्यापार गर्दा आम्दानी गर्न सकिने भएपछि बासमती धान दाइँ गर्ने मौसममा व्यापारीहरू धानखेतमै पुग्ने गरेका छन् । जोरायल क्षेत्रको धन्नास, बगडीगाउँ, चनकट्टे, सिलम्बाग, सुगाँल, राउतकट्टेलगायतका गाउँको एक हजारभन्दा बढी हेक्टर क्षेत्रफलको ओसिलो जग्गामा यो धानको खेती हुने गर्छ । मसिनो तथा बास्नादार धानको उत्पादन वृद्धि गरी आयात प्रतिस्थापन गर्ने प्रदेश सरकारको नीतिबमोेजिम रैथाने जातका अन्नबाली, मसिनो तथा बास्नादार धान उत्पादन कार्यक्रम संरक्षण सवंर्द्धनमा सहयोग गर्दै आएको छ ।

यद्यपि ठूलो क्षेत्रफलमा मसिनो तथा बास्नादार धानखेतीको क्षेत्रफल अपेक्षित रूपमा बढ्न नसक्दा प्रदेशका अधिकांश जिल्लामा खपत हुने मसिनो धान बाहिरी जिल्लाबाट आपूर्ति गर्नुपर्ने अवस्था छ । बाहुन, क्षेत्री, दलित, ठकुरी, मगरलगायत समुदायको बसोबास रहेको यो क्षेत्रमा सडक, विद्युत्, सञ्चारलगायत विकासका आधारभूत पूर्वाधार जुटिसकेका छन् । अवसरको खोजीमा आफ्नो पुख्र्यौली थलो छाडेर वर्षौँअघि अन्यत्र बसाइँसराइ गरेका जोरायलवासी अहिले त्यहाँ भइरहेका सडकलगायत विकासका कामले पुनः आफ्नै जन्मथलोमा फर्किने हो कि भनेर सोच्न थालेका छन् । 


प्रकाशित मिति: सोमबार, कात्तिक ५, २०८१  १३:२५
#जोरायली_बासमती #चामल
प्रतिक्रिया दिनुहोस्
थप कृषि
बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट
बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट आइतबार, कात्तिक १६, २०८२
बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री
बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री आइतबार, कात्तिक १६, २०८२
कञ्चनपुरमा आजदेखि धान खरिद
कञ्चनपुरमा आजदेखि धान खरिद आइतबार, कात्तिक १६, २०८२
 खेतमै सड्न थाल्यो धान
 खेतमै सड्न थाल्यो धान शुक्रबार, कात्तिक १४, २०८२
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन शुक्रबार, कात्तिक १४, २०८२
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य शुक्रबार, कात्तिक १४, २०८२
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP