Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
Search Here
कृषि
  • Home
  • कृषि
  • ‘कृषिमा क्रान्ति गर्ने रहरलाई अभावले रोकेन’
‘कृषिमा क्रान्ति गर्ने रहरलाई अभावले रोकेन’
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ४, २०८१

बागमती-  मकवानपुरको हेटाैँडा उपमहानगरपालिका–१२ का किसान रामप्रसाद पौडेलसँग खेती गर्ने प्रशस्त जमिन नभए पनि कृषि क्षेत्रमा योगदान पुर्‍याउने रहरलाई अभावले रोकेन । 

‘खाने मुखलाई जुगाले छेक्दैन’ भने झै कृषिमा क्रान्ति गर्ने उनको रहरलाई इच्छाशक्ति र मेहनतले सार्थकता दिलाएको छ । पौडेल आफूसँग जग्गा नहुँदा पनि कृषि व्यवसाय गरेर प्रशस्त आम्दानी गर्न सकिन्छ भन्ने उदाहरण बनेका छन् । हेटौँडा– १२ मा जग्गा भाडामा लिएर पौडेलले कृषि कर्म गरिरहेका छन्  ।

आफूलाई भूमिहीन किसान बताउने पौडेलले हेटौँडा– १२ मा जग्गा भाडामा लिएर कृषिकर्म गरिरहेको मात्रै छैन तरकारी बेचेर मासिक ५० हजारसम्मको नाफासमेत गरिरहेका छन् । भाडामा लिएको करिब सात कठ्ठा जग्गामा मौसम अनुसारका गोलभेँडा, काँक्रो, बन्दा, मुला, भेडेखुर्सानीलगायत विभिन्न किसिमका तरकारी उत्पादन गरेर वार्षिक रु १२ लाखसम्मको कारोबार हुने पौडेलले बताए । उनका अनुसार सबै खर्च कटाएर मासिक रु ५० हजारसम्म बचत हुने गरेको छ ।

नियमित उत्पादन हुने धान, मकैलगायत अन्नपातबाट थप आम्दानी हुने गरेको पौडेलले बताए । यस वर्षदेखि थप जग्गा भाडामा लिएर टनेल खेती विस्तार गर्ने योजना बनाएको उनले जानकारी दिए । यसअघि विदेशी संस्थाको सहयोगमा हेटौँडा उपमहानगरले तयार गरेको टनेलमा गोलभेँडा र बन्दाकोभी लगाएका थिए । खेती गर्न अनुदानमा प्राप्त हाते ट्र्याक्टर प्रयोग गर्दै आएका पौडेलले सरकारले विगतमा कृषि क्षेत्रलाई खासै महत्व नदिएको भए पनि हालका दिनमा सहयोग गरिरहेको बताए ।

Hardik health

प्राङ्गारिक मलको प्रयोग गरेर अर्गानिक खेती गर्दै आएको बताउने पौडेलले आगामी दिनमा खेती विस्तार गरी बेमौसमी तरकारी उत्पादन गर्ने योजना रहेको सुनाए।  पौडेलको कृषिप्रतिको जाँगरलाई आफूले प्रोत्साहन र सहयोग गरिरहेको स्थानीयवासीसमेत रहेका जिल्ला समन्वय समितिका प्रमुख ललित घलानले बताए । उनका अनुसार जिल्लालाई कृषि उत्पादनमा आत्मनिर्भर बनाउने उद्देश्यले जिल्ला समन्वय समितिले सहयोग र समन्वयमार्फत महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको छ । 

तरकारी उत्पादन, पशुपालन, माछापालन र अन्य कृषि उपजको उत्पादनमा मकवानपुरका हरेक स्थानीय तहबीच अनुभव, प्रविधि र सीप आदानप्रदान गराएर कृषि उत्पादनमा जिल्लालाई अगाडि बढाउन आफूहरु लागिरहेको जिल्ला समन्वय समितिका प्रमुख घलानले उल्लेख गरे । पौडेल जस्ता कृषि कर्ममा रुचि भएका नागरिकलाई सहयोगका लागि समन्वय गरिने उनको भनाइ छ । 

बागमती प्रदेशका कृषि तथा पशुपक्षी विकासमन्त्री प्रकाश श्रेष्ठले प्रदेश सरकारले कृषि उत्पादनलाई पहिलो प्राथमिकतामा राखेको बताए । कृषि उत्पादन बढाउने गरी सुरु गरिएको कृषि उद्यमलाई सदैव सहयोग गरिने उनको भनाइ छ । सरकारको प्राथमिकता एकीकृत खेती भएकाले सोही अनुसार एकीकृत खेती प्रणालीलाई सहयोग गर्दै आधुनिक कृषिमा जोड दिने उनले बताए ।कृषि क्षेत्र विकासको मेरुदण्ड रहेको भन्दै मन्त्री श्रेष्ठले आर्थिक समृद्धि प्राप्त गर्न कृषिलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै कृषि उत्पादनमा जोड दिन सबैलाई आग्रह गरे । प्रदेश सरकारको कृषि र पशुपालन सँगसँगै लैजाने नीति रहेको बताउँदै कृषिलाई निर्वाहमुखी भन्दा पनि व्यावसायिक र प्रविधिमैत्री बनाउनुपर्नेमा उनले जोड दिए ।

प्रदेशका एक सय १९ वटै स्थानीय तहमा कम्तीमा एउटा कृषि केन्द्र स्थापना गर्ने योजना प्रदेश सरकारको रहेको बताउँदै मन्त्री श्रेष्ठले ‘एक गाउँ एक उत्पादन क्षेत्र’को अवधारणामा सरकार अघि बढिने जानकारी दिए । उनले विपद्का कारण कृषि क्षेत्रमा भएको क्षतिपूर्तिका लागि कार्यक्रम ल्याइने बताउँदै उचित तटबन्दको व्यवस्था गर्न, कृषिमा लागत कम गरी उत्पादन बढाउन सरकारले योजनाबद्ध रुपमा काम गर्ने जानकारी दिए । पौडेल मात्र नभई हेटौँडा–१२ र १३ तथा हाँडीखोला क्षेत्र तरकारी उत्पादन, बाख्रापालन, माछापालन, मेवा, तिलफललगायत उत्पादनका लागि प्रसिद्ध रहेकाले कृषि फार्म सञ्चालन गरिएको यहाँका किसान बताउँछन् ।

यो क्षेत्र जिल्लाका लागि मात्र नभएर चितवन, बारा, पर्सा, रौतहटलगायत जिल्लामा तरकारी र माछाका लागि प्रसिद्ध छ । यहाँको काउली तथा आलुको मूल्य बजारमा तराई क्षेत्रबाट आउने आलु काउलीको तुलनामा १५ देखि २० प्रतिशतसम्म महँगो पर्ने तरकारी व्यापारी बताउँछन् । हेटौँडामा अन्य क्षेत्रको तुलनामा यस क्षेत्रको माछा रु ५० प्रतिकेजी महँगोमा बिक्री गर्न सकिने माछा व्यापारी बृजेन्दर माझीले बताए । 


प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १६:२६
प्रतिक्रिया दिनुहोस्
थप कृषि
बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट
बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट आइतबार, कात्तिक १६, २०८२
बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री
बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री आइतबार, कात्तिक १६, २०८२
कञ्चनपुरमा आजदेखि धान खरिद
कञ्चनपुरमा आजदेखि धान खरिद आइतबार, कात्तिक १६, २०८२
 खेतमै सड्न थाल्यो धान
 खेतमै सड्न थाल्यो धान शुक्रबार, कात्तिक १४, २०८२
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन शुक्रबार, कात्तिक १४, २०८२
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य शुक्रबार, कात्तिक १४, २०८२
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP