Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
Search Here
कृषि
  • Home
  • कृषि
  • खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला
खसीबोका बेचेर आत्मनिर्भर बन्दै तङ्ग्रामका महिला
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, कात्तिक ४, २०८१

ढोरपाटन -  काठेखोला गाउँपालिका–४ तङ्ग्रामका महिला खसीबोका बेचेर आत्मनिर्भर बन्दै गएका छन् । सप्तरङ्गी सामाजिक उद्यमी महिला सहकारी र वसन्त सहकारीमार्फत यहाँका महिलाले खसीबोका पाल्ने र बच्दै व्यवसाय गर्दै आएका हुन् । 

महिला समूह स्थापना गरी सोही सहकारीमार्फत महिलाले वार्षिक करिब रु चार करोड गाउँ भित्राउँदै आएका छन् । पछिल्लो समय युवा शिक्षा तथा रोजगारीका लागि विदेश जान थालेपछि गाउँ रित्तिन थालेको थियो । यहाँका महिला एकताबद्ध भएर बाख्रापालनमा व्यवसायमा लागेका हुन् । 

महिलाले उत्पादन गर्ने खसीबोका सहकारीले बिक्री गर्ने गरेको सप्तरङ्गी सामाजिक उद्यमीका प्रबन्धक मनु पुनले बताइन्  । सप्तरङ्गी सहकारीले वार्षिक रु दुई करोड र वसन्त सहकारीले रु एक करोड ९० लाख बढीको खसीबोका बिक्री गर्दै आएका छन् । महिलालाई उद्यमसँग जोड्नका लागि स्थापना भएको सप्तरङ्गी सहकारीमा तीन सय ८० र वसन्त सहकारीमा पाँच सय ६४ जना महिला आबद्ध छन् । 

सप्तरङ्गी सहकारीले यस वर्षको दसैँमा पाँच सय खसीबोका बिक्री गर्न तयार गरेकामा करिब एक सय बिक्री भएको संस्थाका प्रबन्धक पुनले जानकारी दिए  । अघिल्लो वर्षको तुलनामा यसवर्ष खसीबोकाको माग कम भएकाले बिक्री गर्न नसकिएको उनले बताए ।

Hardik health

“गत वर्षको दसैँका बेला पाँच सय बढी खसीबोका बिक्री भएको थियो, यसवर्ष धेरै बिक्री गर्न सकिएन, सहकारीमार्फत प्रत्येक महिना महिलाले उत्पादन गरेका ६० का दरले वार्षिक एक हजारभन्दा बढी खुसीबोका बिक्री हुन्छ”, पुनले भने, “गाउँका अधिकांश दिदीबहिनीले मेहनत गरेर आत्मनिर्भर बन्दै जानुभएको छ । सहकारीले पनि उहाँहरुलाई सहयोग गर्दै आएको छ । अघिल्लो वर्ष वार्षिक करिब रु दुई करोड चार लाख ४० हजारको खसीबोका बिक्री गरेका थियौँ ।”

पुनले यस मङ्सिर महिनामा गाउँमा पूजा हुने परम्परा रहेकाले मङ्सिरमा धेरै बोकापाठा बिक्री हुने बताए  । दसैँमा अन्य ठाउँबाट पनि भेडा, च्याङ्ग्रा र खसीबोका बिक्री गर्न बागलुङ ल्याउँदा आफूहरुको उत्पादनले बजार नपाएको उनले उल्लेख गरे । 

वसन्त सहकारीकी प्रबन्धक हेमा विश्वकर्माले पछिल्लो समय खसीबोकाले बजार नपाउँदा आम्दानी कम हुँदै गएको बताए  । अघिल्लो वर्षमा सहकारीमार्फत हरेक महिना एक सयदेखि एक सय ५० वटासम्म खसीबोका बिक्री गर्ने गरेको भन्दै अहिले ५० को हाराहारीमा मात्रै बिक्री भएको उनले जानकारी दिए  । 

पहिले वार्षिक एक हजार पाँच सय खसीबोका बिक्री गर्दा रु दुई करोड १० लाख गाउँ भित्र्याउने गरेको भन्दै विश्वकर्माले यसवर्ष करिब रु दुई करोड मात्रै आम्दानी भएको उल्लेख गरे । यस वर्षको दसैँका लागि आठ सय खसीबोका तयार भए पनि तीन सय मात्र बिक्री भएको उहाँले जानकारी दिए  । 

“अहिले बजारको माग कम भएको छ । यसअघिका वर्षहरुमा खसीबोकाको माग निकै आउने गरेकामा अहिले मूल्य बढे पनि माग कम छ”, विश्वकर्माले भने, “खसीबोका पालनबाट महिला आत्मनिर्भर बन्दै जानुभएको छ, यो सकारात्मक पक्ष हो ।” स्थानीय निकायसँगको समन्वयमा सीप विकासका लागि तालिमको व्यवस्था गर्न सके महिलाहरु यसप्रति अझै आकर्षित हुँदै जाने उहाँले विश्वास व्यक्त गरे ।


प्रकाशित मिति: आइतबार, कात्तिक ४, २०८१  १३:२५
प्रतिक्रिया दिनुहोस्
थप कृषि
बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट
बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट आइतबार, कात्तिक १६, २०८२
बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री
बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री आइतबार, कात्तिक १६, २०८२
कञ्चनपुरमा आजदेखि धान खरिद
कञ्चनपुरमा आजदेखि धान खरिद आइतबार, कात्तिक १६, २०८२
 खेतमै सड्न थाल्यो धान
 खेतमै सड्न थाल्यो धान शुक्रबार, कात्तिक १४, २०८२
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन शुक्रबार, कात्तिक १४, २०८२
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य शुक्रबार, कात्तिक १४, २०८२
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP