Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
Ncell Ncell
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #लक्ष्मण पौडेल
  • #मलेसिया सिण्डिकेट
  • #आरपी गैरे
  • #एलपी ग्यास अभाव
  • #मलेसिया_रोजगारी
  • #सिण्डिकेट
  • #महिला व्यवसायी
  • #पुष्पकमल दाहाल
  • #नेपाल पत्रकार महासंघ
Search Here
समाचार
  • Home
  • समाचार
  • पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
पहिलो अन्नपूर्ण प्रथम हिमाल आरोही मौरिस हर्जोगका छोरालाई सम्मान
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज २१, २०८१
Energy Drink Energy Drink

गण्डकी- पहिलोपटक आठ हजार ९१ मिटर उचाइको अन्नपूर्ण प्रथम हिमाल आरोहण गरी विश्व कीर्तिमान बनाएका फ्रान्सेली नागरिक मौरिस हर्जोगका छोरा माथिएस हर्जोगलाई सम्मान गरिएको छ ।

बडादशैँ दीपावलीलगायत चाडपर्वका अवसरमा पोखरा पर्यटन परिषद्द्वारा आज पोखरामा आयोजित शुभकामना आदानप्रदान कार्यक्रमका अवसरमा गण्डकी प्रदेशका सामाजिक विकासमन्त्री विन्दुकुमार थापा, परिषद्का अध्यक्ष तारानाथ पहारीलगायतले हर्जोगलाई सम्मान गरेका हुन्  । 

मन्त्री विन्दुकुमार थापाले पर्यटन मुलुकको प्रमुख समृद्धिको आधार भएकाले यस क्षेत्रको विकासलाई सरकारले प्राथमिकतामा राखेको बताए । पोखरा पर्यटन परिषद्का अध्यक्ष तारानाथ पहारीले पर्यटनसम्बद्ध सबैसँग सहकार्य गर्दै पर्यटन प्रवर्द्धन र विकासका कार्यक्रमलाई अघि बढाइने बताए  ।

Ncell
Hardik health

पोखरा पर्यटन परिषद्का पूर्वअध्यक्ष बच्चुराम तिवारीले पर्यटन क्षेत्र अहिले पनि समस्यामा रहेकाले राज्यले  पर्यटनमैत्री नीति अङ्गिकार गरी यस क्षेत्रका समस्या समाधानमा जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

कार्यक्रममा कास्कीका प्रमुख जिल्ला अधिकारी भरतमणि पाण्डे, पोखरा पर्यटन परिषद्का महासचिव जीवनराज सापकोटा, सचिव नारायण सुवेदी, सम्मानित फ्रान्सेली नागरिक माथिएस हर्जोग, नेपाल पत्रकार महासङ्घ कास्कीका उपाध्यक्ष जमुना वर्षा शर्मालगायतले आफ्नो धारणा राखेका थिए । 

सन् १९५० जुन ३ मा मौरिस हर्जोगले अन्नपूर्ण प्रथमको आरोहण गरेको तीन वर्षपछि मात्रै विश्वको सर्वोच्च शिखर सगरमाथाको आरोहण भएको थियो । अन्नपूर्ण प्रथम हिमाल आरोहण गरेको दिनलाई अन्नपूर्ण आरोहण दिवसका रूपमा मनाउने गरिएको छ ।


प्रकाशित मिति: सोमबार, असोज २१, २०८१  १५:४३
#अन्नपूर्ण_आरोहण_दिवस
प्रतिक्रिया दिनुहोस्
थप समाचार
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने
अब नागरिक एपबाटै विदेश भ्रमणको विवरण उपलब्ध हुने शुक्रबार, भदौ २६, २०८३
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ?
सुनसान छन् सौराहाका होटल :पर्यटक भन्दछन् नेपालको विपदमा कसरी रमाउनु ? बुधबार, भदौ २४, २०८३
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या
पृथ्वी राजमार्ग अवरुद्ध : पर्यटक बस सञ्चालनमा समस्या मंगलबार, भदौ २३, २०८३
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा
नारेश्वर तालः पछिल्लो समय आन्तरिक पर्यटकको रोजाइमा सोमबार, भदौ २२, २०८३
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म
भाल्चेको भेडा फार्मः नश्ल सुधारदेखि पर्यटन प्रवर्द्धनसम्म मंगलबार, भदौ ९, २०८३
आहा, यस्तो पो झरना !
आहा, यस्तो पो झरना ! मंगलबार, भदौ ९, २०८३
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव
पर्यटन विधेयकमा आरोहीको बीमादेखि ‘फेक रेस्क्यु’ नियन्त्रणसम्मका सुझाव सोमबार, भदौ ८, २०८३
लोकप्रिय
  • Week
  • Month
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
पत्रकार अनिल झामाथि भएको कुटपिटप्रति नेपाल–भारत मैत्री संगठनको आपत्ति
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
एलपी ग्यासको अभावले निम्त्याएको आक्रोश
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः  संयोजक पौडेल
स्पष्टीकरण नबुझाउने म्यानपावर प्रश्नको घेरामाः संयोजक पौडेल
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
विपत्तिको बेला राजनीति होइन, राष्ट्रिय एकता आवश्यक
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
सिण्डिकेटधारीविरुद्ध व्यवसायीको आक्रोशः २५ व्यवसायीको तस्बिरमा जुत्ता प्रहार [भिडियो]
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
काङ्ग्रेसमा कार्यकर्ताको भविष्य वार कि पार !
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
मलेसिया रोजगारीमा ‘सिण्डिकेट’को छाया
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्ण कार्की
सम्पादक विष्णु तामाङ
मल्टिमिडिया मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP