Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #अन्तर्राष्ट्रिय मातृभाषा दिवस
  • #विमला_घिमिरे
  • #प्रियतम
  • #साके एन्ड फेंग
  • #श्वेत र काल
  • #उज्यालो नेपाल पार्टी
  • #शेर्पा_समुदाय
  • #रामचन्द्र_पौडेल
  • #राष्ट्रपति
Search Here
कृषि
  • Home
  • कृषि
  • विश्वकै पहिलो कृषि रियालिटी गेम शो को भौतिक अन्तरवार्ता सम्पन्न
विश्वकै पहिलो कृषि रियालिटी गेम शो को भौतिक अन्तरवार्ता सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता शुक्रबार, असोज १८, २०८१

ललितपुर-विश्वकै पहिलो कृषि रियालिटी गेम शो ‘र: रिभोल्युसनरी एग्रिकल्चर वार’ (RAW: Revolutionary Agriculture War) को भौतिक अन्तरवार्ता सम्पन्न भएकाे छ । ललितपुर महानगरपालिका वडा नं. २१ को सहकार्यमा किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले खोकनामा विश्वकै पहिलो कृषि रियालिटी गेम शो को भौतिक अन्तरवार्ता चरण सफलतापूर्वक सम्पन्न भएको हाे ।

यो कार्यक्रममा १०० जना किसान र कृषि प्राविधिक प्रतिस्पर्धीहरू सहभागी थिए। कार्यक्रममा किसानहरूको क्षमता अभिवृद्धि गर्ने उद्देश्यले विशेष प्रशिक्षण तथा अन्तरवार्ताको आयोजना गरेकाे हाे ।

निर्णायक मण्डलमा डा. योगेन्द्र कुमार कार्की, राम शरण तिमल्सिना, र डा. नम्रता पाण्डे सहभागी थिए। सहभागीहरूलाई मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, जियो कृषि, किंग्स कलेज, त्रिभुवन विश्वविद्यालय अन्तर्गत कृषि तथा पशु विज्ञान अध्ययन संस्थानका विज्ञहरूले प्रशिक्षण दिएका थिए। कार्यक्रमका दौरानमा नेपालका परम्परागत कृषि अभ्यासहरूमा आधारित रमाइला खेलहरूमा समेत प्रतिस्पर्धीहरूको सहभागिता गराएको थियो।

Hardik health

‘र: रिभोल्युसनरी एग्रिकल्चर वार’को पहिलो चरणमा १३९८ किसान र २४४ कृषि प्राविधिकले आवेदन दिएका थिए, जसबाट छानिएका १०० प्रतिस्पर्धीलाई अन्तरवार्तामा बोलाएको हो। शोको निर्माण संस्था ई स्क्वायरले आगामी चरणहरूका लागि छानिने प्रतिस्पर्धीहरूको विवरण चाँडै सार्वजनिक गरिने जानकारी दिएको छ।

शोको प्रसारण हिमालय टेलिभिजन तथा ओ.एस.आर. रियालिटी युट्युब च्यानलमा हुनेछ। विजय बस्याल कार्यकारी निर्माता रहेको यो शोका कार्यक्रमका होस्ट राजेश हमाल हुन् भने निर्णायक मण्डलमा कृषि विज्ञहरू डा. योगेन्द्र कुमार कार्की, डा. नम्रता पाण्डे, र राम शरण तिमल्सिना रहेका छन्।

हरेक एपिसोडमा विशेष थिमेटिक जज वा मेण्टरको रूपमा कृषि उद्यमी एवम् विज्ञहरूको पनि सहभागिता हुने छ। कार्यक्रमले "समृद्धिका लागि नयाँ दृष्टि" भन्ने थिमलाई पछ्याउँदै कृषि मार्फत नेपालको आर्थिक समृद्धिको मार्गप्रशस्त गर्ने लक्ष्य लिएको छ।कार्यक्रमले कृषि उद्यमशीलता र नविनतामा आधारित विचारहरूलाई प्रोत्साहन गर्दै नेपालको ग्रामीण क्षेत्रको विकासमा योगदान पुर्‍याउने अपेक्षा गरिएको छ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयलगायत विभिन्न सरकारी र गैरसरकारी संस्थाहरूको सहयोग रहेको छ। मुख्य साझेदारहरूमा मुक्तिनाथ कृषि कम्पनी लिमिटेड, जियो कृषि, कृषि तथा वन विज्ञान विश्वविद्यालय, र किंग्स कलेज रहेका छन्।


 


प्रकाशित मिति: शुक्रबार, असोज १८, २०८१  १३:१५
#RAW: Revolutionary Agriculture War #कृषि_रियालिटी_शो
प्रतिक्रिया दिनुहोस्
थप कृषि
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता
पहिलो पटक स्टिम-सेल थेरापीबाट टाइप १ मधुमेहकाे उपचारमा ऐतिहासिक सफलता मंगलबार, कात्तिक २५, २०८२
अनौठो ‘स्काई केभ’
अनौठो ‘स्काई केभ’ बिहीबार, कात्तिक २०, २०८२
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार
सजिलै पानी र माटाेमा घुल्न सक्ने प्लास्टिककाे आविष्कार बुधबार, कात्तिक १९, २०८२
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के?
सेतो कपाल हुनु उमेर मात्र होइन,कारण के? मंगलबार, कात्तिक १८, २०८२
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह
एआई ‘म्याचमेकिङ’ सेवाबाट एक वर्षमा ९४ विवाह सोमबार, कात्तिक १७, २०८२
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे शुक्रबार, असोज ३१, २०८२
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड
सगरमाथामा सफलतापूर्वक पहिलो पटक स्की रेकर्ड शुक्रबार, असोज ३१, २०८२
लोकप्रिय
  • Week
  • Month
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
सूर्यगढीमा  लेकदेखि बेँसीसम्म हितबहादुरकै चर्चा
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बराम विशेष, संरक्षित वा स्वायत्त क्षेत्र घोषणा गर्न माग
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
बेलायतमा पढेर खोलिन् सुुस्मिताले शैक्षिक परामर्श एसईए
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
उच्च पहाडी तथा हिमाली भागमा हल्का वर्षा र हिमपात हुने
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
मातृभाषा उल्था गर्न अनुवादक चाहियाे
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
पुलिस रिपोर्ट प्रमाणीकरणले युएई रोजगारीमा झमेला
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
वैकल्पिक राजनीतिको परीक्षाः एकता, एजेण्डा र आत्मसम्मान
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
प्रथम सहिद लखन थापा मगरकाे १४९ औँ स्मृति दिवसमा खुल्ला दौड हुँदै 
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
आर्थिक समृद्धिलाई एकसाथ अघि बढाउन सक्ने राजनीति नै आजको आवश्यकता : उम्मेदवार अधिकारी
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
असफल नेतृत्वको ‘सिंगापुर’ सपना
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP