Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #परमानन्द_झा
  • #राजु योञ्जन तामाङ
  • #शिक्षा
  • #ट्रक_यातायात
  • #टेलिकमको ‘अफर’
  • #नेपाल प्रहरी
  • #जेनजी_आन्दोलन
  • #भेडाच्याङ्ग्रा
  • #आईसीटी
Search Here
समाचार
  • Home
  • समाचार
  •  हेटौँडा–काठमाडौँ यात्रामा सास्ती
 हेटौँडा–काठमाडौँ यात्रामा सास्ती
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज १५, २०८१

बागमती-  बागमती प्रदेश राजधानी हेटौंडा र सङ्घीय राजधानी काठमाडौंलाई जोड्न छोटो दुरीका आधा दर्जनभन्दा बढी सडक छन् । ती सडकहरु सामान्य अवस्थामा हेटौंडाबाट काठमाडौँ आवतजावत गर्न मुस्किलले तीन घण्टाको समय लाग्छ । तर यही असोज १० देखि १२ गतेसम्म परेको अबिरल वर्षा र बाढी पहिरोका कारण ती अधिकांश सडकहरु यतिबेला अवरुद्ध छन् ।

अवरुद्ध भएकामध्ये त्रिभुवन लोकपथ सडक खण्डअन्तर्गत हेटौंडा–भैंसे–चित्लाङ–चन्द्रागिरी–काठमाडौँ जाने सडक एकतर्फी रुपमा सञ्चालनमा आएको छ । एकतर्फी रुपमा सञ्चालनमा आएको सो सडकको अधिकांश भाग ग्राभेल र ठाउँठाउँमा खाल्डाखुल्डी रहेकाले आउजाउ गर्नेहरुले ठूलो सास्ती भोग्नुपरेको छ । 

यस्तै सास्ती भोग्नेमध्ये एक हुनुहुन्छ, लोकतान्त्रिक समाजवादी पार्टीका नेता जितेन्द्र सोनल । वर्षा सुरु भएकै दिन अर्थात असोज १० गते काठमाडौं पुग्नु भएका सोनललाई पार्टीको कार्यक्रममा गृह जिल्ला बारा फर्किनु थियो । तर काठमाडौंबाट फर्किने सबै बाटो अवरुद्ध रहेकाले उनलाई चार दिनसम्म काठमाडौंमै बस्नु पर्‍याे ।

हिजो बिहानबाट चित्लाङ–हेटौंडाको बाटोमा एकतर्फी सबारी चल्न थाल्यो भनेर सुनेपछि उनी पनि आफ्नो निजी सबारीबाट गृह जिल्ला फर्किन यतातिर सोझिए । ‘‘हिजो बिहान समाचार सुनेपछि यही बाटो भएर फर्किने भनेर आयौँ”, लोसपा मधेस प्रदेश संसदीय दलका नेता समेत रहनुभएका सोनलले भने । एकातिर यो सडक साँघुरो र कच्ची छ भने अर्कोतिर ठाउँठाउँमा पहिरो गएर खाल्डैखाल्डो भएको छ । पार्टीको कार्यक्रममा सहभागी हुन काठमाडौंबाट बिहानै हिंडेका उनी बाटोका दुराव्यस्थाका कारण साँझ मात्रै हेटौंडा पुगेका थिए । 

Hardik health

काठमाडौँ जान धेरैले हेटौंडा–भीमफेदी–दक्षिणकालीको सडक प्रयोग गर्दछन् । ठाउँठाउँमा पहिरोले सो सडक अवरुद्ध भएपछि पहिलोपटक उहाँ चित्लाङ हुँदै हेटौँडा जान लाग्नुभएको थियो । चित्लाङ–काठमाडौं सडकमा गाडी बिग्रिने र सवारी चापमा पर्ने धेरै सम्भावना रहेको बताउँदै यस खण्डमा गाडी बिग्रियो भने बनाउने कुनै ठाउँ नहुँदा समस्या रहेको उनले बताए। 

घरमा बुबा बिरामी परेकाले जतिसक्दो छिटो चाँडो घर फकिर्ने सोचमा हुनुहुन्थ्यो, रौतहटको चन्द्रपुर नगरपालिका–८ का दुर्र्गेश साह । चित्लाङको बाटो खुल्यो भनेर थाहा पाएपछि उहाँ पनि यही बाटो भएर घर फर्किने योजनाका साथ आफ्नो मोटरसाइकलमा निस्कए । बाटो छोटो र राम्रो होला भनेर मोटरसाइकलमा यही बाटोबाट आएका हले पनि साह्रै दुःख पाएको सुनाए । ‘‘यस्तो बाटो होला भनेर मैले कल्पना नै गरेको थिएन्”, उनले भने,‘‘बाटोको अवस्थाका कारण आठ घण्टामा पनि घर पुग्न सकिएन ।” ठाउँठाउँमा सडक बिग्रिएको छ, त्यसमाथि पनि साना र दुईपाङ्ग्रे सवारी साधनको ठूलो चाप रहेको उनले बताए । 

सोनल र साह मात्र होइन, अहिले हेटौंडा–काठमाडौ यात्रा गर्ने सबै यात्रुको पीडा उस्तै छ । बाढी, पहिरोले अबरुद्ध भएका सडकहरु खुलाउन पालिकाका जनप्रतिनिधि, बागमती प्रदेश सरकारका सचिवदेखि मन्त्रीसम्म आफैँ खटिएका छन्  । हेटौँडा र काठमाडौँबीच सडक सम्पर्क जोड्न बागमती प्रदेश सरकारले मन्त्रीको नेतृत्वमा सडक मर्मत गर्ने काम थालेको छ । प्रदेश सरकारका भौतिक पूर्वाधार विकासमन्त्री अमनकुमार मास्के सहितको टोली सडक सञ्चालनका लागि खटिएको छ ।
 
जतिसक्दो छिटो सडक खुलाउने उद्देश्यले तीन स्थानबाट पहिरो पन्छाउने तथा सडक मर्मतको काम थालिएको मन्त्री मास्केले बताउनुभयो । ‘‘काठमाडौंँ, हेटौंडा र हुमानेबाट सडक खुलाउने काम अघि बढाएका छौं”, उनले भने,‘‘ ती ठाउँहरुमा अहिले जेसिवी लगाएर काम भइरहेको छ, वर्षा रोकिए पनि ठाउँठाउँमा अझै पहिरो गइरहेकाले समस्या भएको छ ।” हेटौंडा–काठमाडौं सडक सम्पर्क स्थापित गराउने कुरालाई मुख्य प्राथमिकतामा राखेर काम भइरहेको उनले बताए । 

हेटौँडा–काठमाडौँ जोड्ने सबै सडकहरू बन्द रहेकाले तत्काल कुलेखानी–फाखेल फर्पिङ सडक सञ्चालन गर्ने गरी काम अघि बढाइएको छ । सोहीअनुसार मन्त्री मास्के पूर्वाधार विकास कार्यालय ललितपुरको समन्वयमा दुई वटा जेसिवीसहित सडक खुलाउने काममा लागेका छन्  । ‘‘अहिलेसम्म काठमाडौँतर्फको सडक तयार गर्दै फर्पिङ आइपुगेका छौंँ, अब हेटाँडासम्म सडक गाडी गुड्नसक्ने गरी तयार गर्नेछौँ’’, मन्त्री मास्केले भने । फर्पिङ–हुमाने खण्डमा ग्राभेलहरू थुप्रिएको र त्यसलाई हटाएर सडक सञ्चालन गरी नागरिकको यात्रा सहज गर्न प्रदेश सरकारले निरन्तर प्रयत्नरत रहेको उनले बताए ।

प्रदेश सरकारको भौतिक पूर्वाधार मन्त्रालयले विपद्बाट अवरुद्ध भएको सडक पुनः सञ्चालन गराउन मन्त्रालयअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालयका निर्देशक पुष्करप्रसाद पोखरेलको संयोजकत्वमा शीघ्र उद्दार टोली (क्यूआरटी) गठन गरेर पनि काम गरिरहेको जनाएको छ । क्यूआरटी टोलीले हेटौँडा हुँदै भैंसेमा खसेको दुई वटा पहिरो पन्छाएर भीमफेदीसम्म पुगेको उनले बताए । भीमफेदीबाट कुलेखानीतर्फको सडकको पहिरो गत शनिबार नै प्रहरीले पन्छाएको र सो खण्डमा खासै समस्या नरहेकाले कुलेखानीसम्म सडक खुलाउने मन्त्रालयको योजना रहेको निर्देशक पोखरेलेको भनाइ छ । कुलेखानीबाट हुमानेसम्मको खण्डमा भने केही पहिरो रहेकाले आजसम्ममा सडक खुलाउने लक्ष्य रहेको उनले बताए । 

फाखेलतर्फको बाटो खुलाउन हुमानेबाट कुलेखानी खण्डमा अर्को टोली परिचालन गरिएको छ । मन्त्रालयका इन्जिनीयर दिपेन्द रैतालाई फिल्डमा खटाएर हुमानेबाट मकवानपुरतर्फ महालक्ष्मी खोलासम्म सडकको पहिरो पन्छाउने काम भइरहेको मन्त्रालयले जनाएको छ । ‘‘दक्षिणकाली–फर्पिङ सडक खण्डअन्तर्गत महालक्ष्मी खोलादेखि कुलेखानी–नौबिसे–कलङ्कीसम्मको सडकमा खासै समस्या छैन”, निर्देशक पोखरेलले भने,‘‘ तर महालक्ष्मी खोलाको पुलको छेउमा करिब एक सय ५० मिटर सडक क्षतिग्रस्त भएकाले त्यसलाई पनि मर्मत गर्न टोली परिचालन गरेका छौँ ।” 

एकातिर पहिरो पन्छाउने र अर्काेतिर त्यही सडकमा पुनः सुख्खा पहिरो आउने क्रम पनि जारी रहेकाले काम गर्न समस्या भइरहेको उनको भनाइ छ । ‘‘हामीले भैंसे–भीमफेदी सडकमा खसेको पहिरो पन्छाएर सडक सुचारु गर्ने तयारीमा थियौंँ”, निर्देशक पोखरेलले भने,‘‘ तर हिजो अचानक फेरि सोही सडक खण्डअन्तर्गत मकवानपुरको भीमफेदी गाउँपालिका–४ रातोमाटेमा पुनः ठूलो पहिरो जाँदा सडक सञ्चालन गर्न समस्या भयो ।” उनका अनुसार आज रातोमाटोको पहिरो पन्छाउन टोली परिचालन गरेका छौंँ, आज पहिरो पन्छाएर यातायात सञ्चालन गराउन सकिन्छ कि भने अनुमान गरिएको छ । 

बाढीपहिरोका कारण मकवानपुरको इन्द्रसरोवर गाउँपालिकाको सिस्नेरीमा पहिरो गएर ठूलो क्षति भएको र त्यहाँका पीडितहरुलाई राहत पुर्‍याउन र सिस्नेरीमा अलपत्र परेका सवारी साधनहरुलाई गन्तव्यतर्फ पठाउन काठमाडौँ–दक्षिणकाली–सिस्नेरी सडकमा पहिरो पन्छाउने काम भइरहेको निर्देशक पोखरेलले जानकारी दिए । ‘‘काठमाडौँदेखि दक्षिणकालीसम्म र दक्षिणकालीदेखि सिस्नेरीसम्म दुई टोली परिचालन गरी बाटो खुलाउने प्रयास भइरहेको छ”, निर्देशक पोखरेलले भने,‘‘त्यो सडकअन्तर्गत रामचन्द्र भन्ज्याङमा ठूलो पहिरो खसेको र सडकमा पनि क्षति पुगेकाले केही समय लाग्ने अनुमान छ ।” यसबाहेक अन्य सडकहरुमा पनि पहिरो हटाउने र बाटो खुलाउने काम तिब्र रुपमा भइरहेको उनले बताए । 
  
दुई सडक सञ्चालनमा, पाँच सडक अझै अवरु
द्ध

वर्षासँगै पहिरो खसेर अबरुद्ध भएको हेटौंडा–काठमाडौं जोड्ने सडकमध्ये मकवानपुरको हेटौंडा–काठमाडौं र हेटौंडा–धरान चतरा जोड्ने दुई वटा सडक पुनः सञ्चालनमा आएको छ भने पाँच वटा सडक अझै अबरुद्ध छ । जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार सडकबाट पहिरो पन्छाएर त्रिभुवन लोकपथ सडकअन्तर्गत हेटौंडा–भैंसे–चित्लाङ–चन्द्रागिरी–काठमाडौँ जाने सडक हिजोबाट एकतर्फी रुपमा सञ्चालनमा आएको छ । वर्षासँगै खसेको पहिरो पन्छाएपछि ती सडक सञ्चालनमा आएको जिप्रका मकवानपुरका निमित्त प्रवक्ता प्रहरी निरीक्षक ठाकुरप्रसाद सापकोटाले जानकारी दिए । 

सो सडक खण्डअन्तर्गत मकवानपुरको थाहा नगरपालिका–५ दामनमा पहिरो जाँदा सडक अवरुद्ध भएको थियो । यस्तै मदन भण्डारी लोकमार्गअन्तर्गत हेटौंडा–सिन्धुली–धरान चतरा सडक पनि सञ्चालन भएको छ । पहिरो पन्छाएर सञ्चालन भएको केही छिनमै पुनः ठूलो पहिरो खसेपछि हेटौंडा–भैंसे–भिमफेदी सडक अबरुद्ध भएको छ । 

कान्ति लोकपथ सडक खण्डको बकैया गाउँपालिका–१२ घट्टेपाखा र ११ नं वडाको लाम्राङ, आपचौरमा पहिरोको कारण र भीमफेदी गाउँपालिका–८ स्थित वाग्मती खोलाको पुल कटान गरी सडक अझै पूर्णरुपमा अवरुद्ध छ । दक्षिणकाली–छैमले–सिस्नेरी सडक खण्डअन्तर्गत इन्द्रसरोवर गाउँपालिका–३ रामचन्द्र भञ्याङमा पहिरो खस्दा कुलेखानी–फाखेल–फर्पिङ बाटो पूर्णरुपमा अवरुद्ध रहेको प्रहरी निरीक्षक सापकोटाले बताए । 

दक्षिणकाली–छैमले–सिस्नेरी सडक खण्डकै इन्द्रसरोवर गाउँपालिका–२ सिमखोलास्थित लच्कामा सिमखोलमा आएको बाढीले कटान गरी कुलेखानी–सिस्नेरी–फर्पिङ बाटो पूर्णरुपमा अवरुद्ध भएको प्रहरीले जनाएको छ । कुलेखानी–मार्छु भित्री सडक खण्डको इन्द्रसरोवर गाउँपालिका–१ सिम्लाङमा पहिरोको कारण थानकोट–कुलेखानी बाटो पूर्णरुपमा अवरुद्ध छ । भीमफेदी गाउँपालिका–४ रातोमाटे, भीमफेदी–६ ढोकाफेदीमा पहिरो खसेर हेटौंडा–कुलेखानी जोड्ने बाटो पूर्ण रुपमा अबरुद्ध रहेको प्रहरीले जनाएको छ । 

यता बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाले उपत्यका बाहेकको १० जिल्लाका २६ वटा सडक अझै अबरुद्ध रहेको जनाएको छ । बाढी, पहिरोका कारण अबरुद्ध भएकामध्ये मकवानपुरका ११ वटा, सिन्धुलीका आठ, रसुवाका सात, सिन्धुपाल्चोकका तीन, काभ्रे र रामेछापका दुई/दुई वटा सडक अझै अबरुद्ध रहेको प्रहरी उपरीक्षक दुर्गाराज रेग्मीले जानकारी दिए । 

सडक पूर्वाधारमा बाढीपहिरोले करिब रु. दुई अर्बको क्षति

हालैको अविरल वर्षा र बाढी पहिरोलगायतका विपद्बाट बागमती प्रदेशभरि सडक पूर्वाधारमा मात्रै करिब रु दुई अर्बभन्दा बढीको क्षति पुगेको छ । बागमती प्रदेश सरकारअन्तर्गतको यातायात पूर्वाधार निर्देशनालय हेटौंडाका अनुसार बाढीपहिरोका कारण ठाउँठाउँमा सडक र पुल भत्किएकाले सो रकम बराबरको क्षति भएको अनुमान गरिएको छ । 

‘‘विभिन्न जिल्लामा कही सडक र पुल भत्किएका छन्, कही कही बाढीले पुल बगाएको छ”, निर्देशनालयका निर्देशक पोखरेलले भने,‘‘त्यसैले अहिलेसम्म दुई अर्ब जतिको क्षति भएको अनुमान गरेका छौंँ ।” क्षतिको पूर्ण विवरण आइनसकेकाले यो रकम अझ बढ्न सक्ने उनको भनाइ छ । क्षतिको पूर्ण विवरण तयार भएपछि सडक र पुललगायतका संरचनाहरुको पुनःनिर्माणका लागि योजना बनाएर अघि बढ्ने उनले बताए  । 


प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १६:३८
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट
बजार पुर्‍याउन नपाउँदा बगानमै केरा नष्ट बिहीबार, असोज २, २०८२
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह
निर्वाचनका लागि कानुन संशोधन र स्रोत सुनिश्चित गर्न आयोगको आग्रह बिहीबार, असोज २, २०८२
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट
प्रधानमन्त्री कार्कीसँग अमेरिकी राजदूत,चिनियाँ राजदूतको भेट बिहीबार, असोज २, २०८२
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित
लगातार परेको पानीसँगै पहिरो खस्दा ४३ जना विस्थापित बिहीबार, असोज २, २०८२
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते
दुर्घटनामा दुई जनाको मृत्यु, २२ घाइते बिहीबार, असोज २, २०८२
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द
पर्यटकीय याममा सौराहाका होटलमा बुकिङ रद्द बिहीबार, असोज २, २०८२
संविधान दिवसमा टेलिकमको ‘अफर’
संविधान दिवसमा टेलिकमको ‘अफर’ बिहीबार, असोज २, २०८२
लोकप्रिय
  • Week
  • Month
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेनजी उभारको उदय,जेनजीका माग र अबको निकास
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
जेन–जी आन्दोलनका कारण वैदेशिक रोजगार क्षेत्र ठप्प
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
राप्रपाले प्राइमरी इलेक्सनबाट उम्मेदवार छनौट गर्दै , छ जनाकाे नाम सिफारिस
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
अपांगता भएका व्यक्तिलाई घरमै पुगेर नागरिकता वितरण
उपराष्ट्रपति झाकाे घरमा आगजनी
उपराष्ट्रपति झाकाे घरमा आगजनी
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
‘धमिलो छवि भएको विभागले नयाँ रुप धारण गर्दै छ’
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
तामाङ पत्रकार संघ बागमतीलाई मुख्यमन्त्री बानियाँको दुई लाख, डाजाङका अर्जुन र भुवन पुरस्कृत
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP