Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राजेन्द्र लिङ्देन
  • #राष्ट्रिय सभा निर्वाचन
  • #प्रशान्त तामाङ
  • #‘शिवांश’
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #फोक्सिङटार
  • #नेकपा_एमाले
Search Here
समाचार
  • Home
  • समाचार
  • शङ्खरापुर र मेलम्चीको सीमाका दुई गाउँ उच्च जोखिममा
शङ्खरापुर र मेलम्चीको सीमाका दुई गाउँ उच्च जोखिममा
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, असोज १५, २०८१

काठमाडाैं -   असोज ११ र १२ गतेको अविरल वर्षाका कारण काठमाडौँ र सिन्धुपाल्चोकको सीमामा रहेका दुई गाउँ पहिरोको उच्च जोखिममा  छन् । काठमाडौँको शङ्खरापुर नगरपालिका–१ र सिन्धुपाल्चोकको मेलम्ची नगरपालिका वडा नं –१३ को सिमानामा पर्ने छापभञ्ज्याङस्थित दुई गाउँ पहिरोसँगै बगाउन सक्ने खतरामा परेको स्थानीय तहका जनप्रतिनिधिको गुनासो छ । यहाँको छापभन्ज्याङ र ढकालबस्ती पहिरोमा परेको हो । 

शङ्खरापुर नगरपालिका वडा नं १ का वडा सदस्य रामकृष्ण ढुङ्गानाले भने“सडकसँगै बस्ती नै भासिएको छ । डेढमिटर जमिन बगिसकेको छ । दीर्घकालीन रोकथाम नगरे यसले ठूलो विपत्ति निम्त्याउन सक्छ, जमिन धेरै ठाउँमा चिरा परेको छ, जसका कारण एक सय भन्दा बढी घर जुनसुकै बेला बग्नसक्ने खतरामा छ ।” 

 विगत १० वर्ष पहिलेदेखि बग्न थालेको पहिरोे केही वर्षअघि रोकिएको थियो । यस वर्षको भीषण वर्षासँगै पुनः तीव्र गतिमा बग्न थालेको हो । सिन्धुपाल्चोक जिल्ला मेलम्ची नगरपालिका–१३ का वडाध्यक्ष श्रीराम घोरासैनीले भने, “बर्सेनी पानी पर्ने वित्तिकै बग्ने सडक केही वर्ष अघिदेखि ग्याबिन वाल लगाएर रोकिएको थियो ।

Hardik health

यस वर्षको अत्यधिक वर्षाका कारण सो वाल पनि बगेको छ । ‘सामान्य टालटुल गरेर यहाँको पहिरो रोकिँदैन । यसका लागि धेरै बजेटको आवश्यकता पर्छ । मेलम्ची र शङ्खरापुर नगरपालिकाले यसलाई चासो दिएर तत्कालै दीर्घकालीन रोकथामको लागि पहल गर्नुपर्छ ।”उनले भने ।
 
दुवै बस्तीका घर, सडकदेखि खेतीयोग्य जमिन सबै उच्च खोजिममा छन् । जमिन बगेका कारण केही घर ढल्केका छन् । अन्य विकल्प नभएपछि स्थानीयवासी जोखिमयुक्त घरमा बस्न बाध्य छन् । ब्राह्मण, क्षेत्री, नेवार, तामाङ समुदायको मिश्रित बसोबास रहेको यस क्षेत्रका केही घर तत्काल स्थानान्तरण गर्नुपर्ने अवस्थामा छ । चिरा परेको जमिनबाट वर्षात्को पानी छिरेर झनै जोखिममा परेको स्थानीयवासी खेचरनाथ दङ्गालको गुनासो छ । 
  
पहिरोका कारण दुई जिल्लाको बस्तीसँगै साँखुबाट मेलम्ची जाने सडक पनि जोखिममा परेको छ । पहिरोले सहायक वैकल्पिक राजमार्गअन्तर्गत निर्माणको चरणमा रहेको साँखु फट्केश्वर सडकको दुवै जिल्लाका केही खण्ड भासिएको छ ।   

सडक बगेकै कारण यस क्षेत्रको यातायात पटकपटक अवरुद्ध हुने गरेको स्थानीयवासीले बताएका छन् । पहिरोले ठूलो रुप लिएसँगै स्थानीय घरबारविहीन हुने अवस्थामा पुगेका छन् । दुवै जिल्लाका सम्बन्धित निकायले रोकथामको काम शीघ्र सुरु गर्नुपर्ने स्थानीयको माग छ ।


प्रकाशित मिति: मंगलबार, असोज १५, २०८१  १५:४३
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मतदाता नामावलीबाट राष्ट्रपति पौडेलको नाम हटाउन शीतल निवासकाे अनुरोध
मतदाता नामावलीबाट राष्ट्रपति पौडेलको नाम हटाउन शीतल निवासकाे अनुरोध मंगलबार, पुस २९, २०८२
ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी
ट्राफिक सप्ताह-२०८२ : ट्राफिक प्रहरी प्रभाग गौशलाद्वारा प्रभातफेरी मंगलबार, पुस २९, २०८२
निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक
निर्वाचन समितिद्वारा निर्वाचन कार्यतालिका सार्वजनिक मंगलबार, पुस २९, २०८२
समानुपातिक सूचीमा रहेका १६४ जनाले लिए उम्मेदवारी फिर्ता
समानुपातिक सूचीमा रहेका १६४ जनाले लिए उम्मेदवारी फिर्ता मंगलबार, पुस २९, २०८२
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन
भरतपुरमा बृहत् चक्रपथ उद्घाटन मंगलबार, पुस २९, २०८२
गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु
गोरखाको गोरखनाथबाट भारतको गोरखपुरसम्म ‘खिचडी यात्रा’ सुरु मंगलबार, पुस २९, २०८२
दुई करोड २४ लाखका भेप बराबद
दुई करोड २४ लाखका भेप बराबद मंगलबार, पुस २९, २०८२
लोकप्रिय
  • Week
  • Month
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
सभापति लामिछाने र राप्रपा अध्यक्ष लिङ्देनबीच भेटवार्ता
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP