Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #साउदी_अरब
  • #कफाला_प्रणाली
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #राष्ट्रियसभा _ बैठक
  • #नेशनल लाईफ इन्स्योरेन्सक
  • #वरिष्ठ बलराम
  • #कार्तिक_नाच
  • #नेपाल स्टक एक्सचेञ्‍ज
  • #सुनचाँदी
Search Here
कृषि
  • Home
  • कृषि
  • कैलालीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन
कैलालीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन
प्रभाव संवाददाता
प्रभाव संवाददाता सोमबार, असोज १४, २०८१

अत्तरिया - प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाअन्तर्गत कैलालीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ । चालु आर्थिक वर्ष २०८१/८२ मा जिल्लाका चार पालिकामा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुन लागेको हो ।

जिल्लास्थित परियोजना कार्यान्वयन एकाइका प्रमुख गोविन्दराज जोशीका अनुसार धनगढी उपमहानगरपालिका, कैलारी गाउँपालिका, घोडाघोडी नगरपालिका र भजनी नगरपालिकाका विभिन्न क्षेत्रमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन हुने भएको छ । चालु आर्थिक वर्षमा पाँच सय हेक्टर क्षेत्रफलमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन गरिने उनले बताए ।

उनले भने “यस कार्यक्रममा प्राकृतिक ताल, पोखरीलाई प्राथमिकता दिइएको छ, नयाँ पोखरी १० हेक्टर क्षेत्रफलमा मात्रै बनाउने योजना छ, ४९० हेक्टर क्षेत्रफल प्राकृतिक पोखरीमा ‘माछा जोन’ कार्यक्रम सञ्चालन गरिनेछ ।” कार्यक्रमको प्राथमिकतामा प्राकृतिक पोखरी, ताल रहेकाले बढी प्राकृतिक ताल, पोखरी भएका पालिकालाई ‘माछा जोन’का लागि छनोट गरिएको उनले जानकारी दिए ।

Hardik health

“कार्यक्रमको प्रक्रिया सुरु भइसकेको छ”, उनले भने, “माछा जोन कार्यक्रमका लागि करिब १०० किसानले आवेदन दिनुभएको छ ।” कार्यक्रमअन्तर्गत माछापालनका लागि नयाँ पोखरी निर्माण, पुराना प्राकृतिक ताल, पोखरी मर्मतलगायत कार्य गरिने उहाँको भनाइ छ । कार्यक्रममा किसानलाई माछापालनमा आवश्यक पर्ने कृषियन्त्र उपकरण ५० प्रतिशत अनुदानमा उपलब्ध गराइने उनले बताए । 

एकाइ प्रमुख जोशीका अनुसार चालु आर्थिक वर्षमा ‘माछा जोन’ कार्यक्रमका लागि रु एक करोड नौ लाख बजेट रहेको छ । कार्यक्रमको उद्देश्य माछाको उत्पादकत्व बढाउने रहेको जनाउँदै उनले माछापालक किसानलाई विभिन्न तालिमसमेत उपलब्ध गराइने बताए । परियोजनाअन्तर्गत जिल्लाका विभिन्न पालिकामा ‘गहुँ सुपरजोन’ आर्थिक वर्ष २०७३/७४, ‘तेलहन जोन’ आर्थिक वर्ष २०७४/७५ र ‘धान जोन’ आर्थिक वर्ष २०७८/७९ देखि सञ्चालनमा छन् । 


प्रकाशित मिति: सोमबार, असोज १४, २०८१  १५:०३
#माछा_जोन #कैलाली
प्रतिक्रिया दिनुहोस्
थप कृषि
बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट
बेमौसमी वर्षाले सुनसरीमा दुई अर्ब बढीको कृषिउपज नष्ट आइतबार, कात्तिक १६, २०८२
बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री
बिर्तामोडबाट एक महिनामा एक करोडको केरा बिक्री आइतबार, कात्तिक १६, २०८२
कञ्चनपुरमा आजदेखि धान खरिद
कञ्चनपुरमा आजदेखि धान खरिद आइतबार, कात्तिक १६, २०८२
 खेतमै सड्न थाल्यो धान
 खेतमै सड्न थाल्यो धान शुक्रबार, कात्तिक १४, २०८२
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन
दृष्टिविहीन इन्द्रप्रसादको आत्मनिर्भर जीवन शुक्रबार, कात्तिक १४, २०८२
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य
आजका लागि सागसब्जी र फलफूलको थोक मूल्य शुक्रबार, कात्तिक १४, २०८२
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति
बेमौसमी वर्षाले गोरखाको धानबालीमा क्षति बिहीबार, कात्तिक १३, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पर्यटन प्रवर्द्धनमा अविष्कारकाे ५० जिल्लाको यात्रा फाेटाे फिचरमा
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
पहिलो नेपाली मुक्तक एल्बम सार्वजनिक
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
सुनचाँदीको भाउ निरन्तर घट्ँदै
हात्ती आयो हात्ती आयो फुस्सा
हात्ती आयो हात्ती आयो फुस्सा
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
सीमित म्यानपावर कम्पनीले मात्रै कामदार पठाउन पाउने गरी तोकियो मापदण्ड 
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP