Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #माइतीघर
  • #रवीन्द्र_तामाङ
  • #चलचित्र
  • #‘माइतीघर’
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #हुक्कालोली
Search Here
समाचार
  • Home
  • समाचार
  • बाढीपहिरोको वितण्डा : देशभर ८७ जनाको मृत्यु, ७२ बेपत्ता
बाढीपहिरोको वितण्डा : देशभर ८७ जनाको मृत्यु, ७२ बेपत्ता
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन आइतबार, असोज १३, २०८१
  • काठमाडौं उपत्यकामा मात्रै ४८ जनाको मृत्यु
  • काठमाडौंमा २५, ललितपुरमा १८, धादिङमा १५, काभ्रेमा १४ जना, मकवानपुरमा छ, भक्तपुर र पाँचथरमा पाँच–पाँच जनाको जनाको मृत्यु
  • सिन्धुपाल्चोकमा चार, दोलखामा तीन, धनकुटामा दुई, सोलुखुम्बुमा दुई जनाको मृत्यु ।
  • देशभर ७२ जनाभन्दा बढी बेपत्ता
  • काठमाडौंसँग सबै सडकमार्गको सम्बन्धविच्छेद्


काठमाडौं– अविरल वर्षाका कारण देशभर बाढीपहिरोले ठूलो जनधनको क्षति पुर्‍याएको छ । बाढिपहिरोमा परी देशभर ८७ जनाको मृत्यु हुँदा ७२ जना बेपत्ता भएका छन् । यो शनिबार राति ११ बजेसम्मको तथ्यांक हो । 

बाढीपहिरोले काठमाडौं उपत्यका सर्वाधिक प्रभावित बन्यो । यहाँ ४८ जनाले बाढीपहिरोमा परी ज्यान गुमाए । काठमाडौंमा २५ जनाले बाढीपहिरोमा ज्यान गुमाए । ललितपुरमा १८ जना र भक्तपुरमा पाँच जनाको मृत्यु भयो ।

काठमाडौंको दक्षिणकाली नगरपालिका–८ मा भविन्द्र लिम्बू (४३), कुमार तामाङ (४०), मनु तामाङ (२३), दक्षिणकालिका नगरापालिका–९ बस्ने प्रेम बलामी (३७), कान्छा बलामी (३४), दक्षिणकाली नगरपालिका–७ बस्ने देवी लिम्बू (५०), नागार्जुन नगरपालिका–६, इचंगुनारायण बस्ने सप्तरीको अग्निसाइर कृष्णासवरन–२ का सचिन साह (४५), चन्द्रागिरि नगरपालिका–२ मसिनेका गर्भ तामाङ (३८), श्रीमती सविना तामाङ (३६), अर्घाखाँची घर भई कीर्तिपुर बस्ने अजय पाण्डे (२४) र सनाखत हुन बाँकी अन्दाजी वर्ष ४५ का पुरुषको बाढी र पहिरोमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । मृतक केहीको सनाखत भइनसकेको प्रहरीको भनाइ छ । 

भक्तपुरको सूर्यविनायक नगरपालिका–९ पलासे बस्ने कालीकोट सानी त्रिवेणी–५ की बमिला शाही (२४),  मनिषा शाही (१४), श्रीया बम (४), सूर्यविनायक–८ आशापुरी नैचाल बस्ने मसली तामाङ (५०) र मनु तामाङ (३७) को पनि बाढीपहिरोमा परी ज्यान गएको छ । 
ललितपुरको गोदावरी नगरपालिका–१० टाखेलमा पहिरोका कारण सानु चालिसे (५८), सुशीला लिम्बू (४८), माथिल्लो गोटिखेलमा संयम तामाङ (२), गोदावरी नगरपालिका–९ छम्पीकी सुनिता तामाङ (४२), गोदावरी–३ मा पवन नगरकोटी (३५), मेन्सिला नगरकोटी (२०), ललितपुर महानगरपालिका–२५ का ताराराज कनिका (६६), महालक्ष्मी नगरपालिका–९ सिस्नेरी ठकुरीगाउँकी रिना महिमकर्मी (३६), रवीन भुजेल (४४), ललितपुर महानगरपालिका–१४ कार्नतिपुर कलौनी बस्ने रौतहटको नन्दु साह (२७) र महालक्ष्मी नगरपालिका–८ शंखादेवीकी राधिका थापा (६१) को पहिरोका कारण मृत्यु भएको छ । 

Hardik health

ललितपुरको नख्खु खोलामा बगेर चार जना बेपत्ता भएकामध्ये तीन जनाको सकुशल उद्धार भएको छ । काभ्रेको तेमाल–९ का ३६ वर्षीय चणिकलाल तामाङले खोलाले बगाएका रौतहट घर भई नख्खुको सुगम बस्ती टोलमा बस्दै आएका ४३ वर्षीय राजु साह, श्रीमती र उनकी छोरी ६ वर्षीया मेघना साहको उद्धार गरेका हुन् । २२ वर्षीया भाइराज साहले पौडेर ज्यान जोगाएका थिए । 

राजुकी छोरी करिब चार वर्षीया शेर्तु साहको अवस्था अज्ञात छ । उनको खोजी भइरहेको प्रहरीले जनाएको छ । खोलाले बगाउनुअघि उनीहरू वरिपरि उर्लिंदो बाढीले घेरेको टहराको छतमा गएर उद्धारका लागि याचना गरिरहेका थिए । स्थानीयले उद्धारको प्रयास पनि गरेका थिए । तर, सम्भव भएको थिएन । सरकारसँग पनि उनीहरूले उद्धारका लागि याचना गरेका थिए । तर, नेपाल प्रहरीका दुई जना मात्रै त्यहाँ पुगेको स्थानीयले बताए । 

सरकारले उद्धारमा अग्रसरता नदेखाएको भन्दै चौतर्फी आलोचना भयो । तर, गृहमन्त्री रमेश लेखक भने भिजिबिलिटी कम भएका कारण हेलिकप्टरबाट उद्धार गर्न नसकिएको भन्दै पन्छिए । खोलाको बहाव बढेपछि टहर भत्काएर उनीहरुलाई बगाएको थियो । करिब ३०० मिटर तल पुग्दा चणिकलालले तीन जनालाई उद्धार गरेर बचाए ।

यसलाई राजधानीमै भएको विपद्का घटनामा सरकारको गम्भीर कमजोरीका रुपमा लिइएको छ । काठमाडौंमा एक हजार ३२४ घर, ललितपुरमा ५०० र भक्तपुरमा ४१७ गरी कूल दुई हजार २४१ घर डुबानमा परेका छन् ।उपत्यकापछि बाढीपहिरोबाट धेरै प्रभावित काभ्रेपलाञ्चोकको तेमाल गाउँपालिका–२ मा एकै परिवारका आठ जनालाई पहिरोले बगाएको छ । शनिबार दिउँसो आएको पहिरोले माइला तामाङका आठ जना परिवारलाई बगाएको तेमाल गाउँपालिका–२ का वडाध्यक्ष देवराज तामाङले प्रभावलाई जानकारी दिए ।

उनका अनुसार माइला तामाङकी श्रीमती, बुबा ७५ वर्षीय सानुमान तामाङ र ७२ वर्षकी आमा, भाइ ३२ वर्षका मानजित लामा, बुहारी, भाइका छोराछोरी तीन जनालाई बाढीले बगाएको हो । माइला गम्भीर छन् । उनलाई अस्पताल पुर्‍याउन नसकिएको अध्यक्ष तामाङले बताए ।काभ्रेकै रोशी गाउँपालिकामा ठूलो जनधनको क्षति भएको प्रारम्भिक सूचना प्रहरीलाई आएको छ । थुप्रै मानिस पहिरोमा फसेको र उनीहरूको उद्धारका लागि गएको नेपाली सेनाको हेलिकप्टर मौसम खराबीका कारण शनिबार त्यसै फर्किएको छ । काभ्रे प्रहरी प्रमुख बसुधा खड्काका अनुसार विद्युत् र सञ्चार अवरुद्ध हुँदा क्षतिको यकीन विवरण प्राप्त हुन सकेको छैन ।

पहिरोमा फसेकाहरू नार्बेबजारको वासिन्दा हुनसक्ने एसपी खड्काले बताइन् । शनिबार बिहान बजारलाई नै बाढीले बगाएको थियो । कोसी प्रदेशको पाँचथरमा पनि बाढीपहिरोले वितण्डा मच्चाएको छ । फिदिम नगरपालिका–४ मा सपना शेर्पा (२४), उनकी छोरी डोल्मा शेर्पा (५), फिदिम नगरपालिका–८ की पश्चिमा शेर्पा (८२), फिदिम नगरपालिका–२ मजिटेकी रञ्जना राई (३५), फिदिम नगरपालिका–१ गोपी नेपाली (५०) र फालेलुङ गाउँपालिका–५ की कमला राई (३६)को पहिरोले घर पुरिँदा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाँचथरका प्रहरी निरीक्षक रुपेश तामाङले जानकारी दिए । उनका अनुसार फिदिम–१ का कृष्ण दास, उनकी श्रीमती कमला दास, धनकुमार तुम्बापो, राजेश तुम्बापो र उनकी श्रीमती सरस्वती तुम्बापो बेपत्ता छन् । 

छ विद्यार्थीको शव फेला 
मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३ सिस्नेरीमा पहिरोमा पुरिएर बेपत्ता भएका छ जना विद्यार्थीको शव फेला परेको छ । उनीहरु अखिल नेपाल फुटबल संघ (एन्फा)ले प्रशिक्षणमा राखेका बालकहरु हुन् । पहिरोले थिचिएर मृत्यु भएका सबै जनाको शव नेपाली सेनाको हेलिकप्टरबाट काठमाडौंस्थित शिक्षण अस्पताल ल्याइएको प्रहरीले जनाएको छ ।

एन्फाको विज्ञप्तिअनुसार मकवानपुरका हेटौंडाका अनुपम घलान, साइमन योञ्जन, सिस्नेरीका दिवस बानियाँ, बारा निजगढका विकल रेग्मी, काठमाडौंका रियान्स आचार्य र सर्लाहीका आदित्य बलमपाकीको मृत्यु भएको हो । अनुपम घलान जिल्ला समन्वय समिति मकवानपुरका संयोजक ललितकुमार घलानका छोरा हुन् । 

इन्द्रसरोवर गाउँपालिकाका अध्यक्ष देवकृष्ण पुडासैनीका अनुसार शनिबार बिहान कुलेखानी जलाशय भरिएर बाँध फुट्ने सम्भावना बढेपछि नेपाल विद्युत् प्राधिकरणले बाँधको दुईवटा ढोका खोलेर पानी बाहिर पठाएको र स्थानीय सिस्नेरी खोलामा एक्कासि बाढी आएका कारण बत्सलादेवी माविको छात्रवासमा बसिरहेका उनीहरूलाई सुरक्षित स्थानतर्फ लाने क्रममा पहिरो खसेको थियो । सोही पहिरोमा परेर उनीहरूको ज्यान गएको अध्यक्ष पुडासैनीले बताए । अन्य ४३ जना विद्यार्थीलाई हेलिकप्टरमार्फत उद्धार गरी काठमाडौं ल्याइएको छ । 

धनकुटाको पाख्रिबास नगरपालिका–५ गुराँसेकी आशा तामाङ (३०) र राजकुमारी तामाङको पहिरोले घर पुरिँदा मृत्यु भएको छ ।  सोलुखुम्बुको सोलुदूधकुण्ड–१० का कविता मगर (३०) र रुपु मगर (४१)को पनि पहिरोले घर पुरिँदा मृत्यु भएको छ । सिन्धुपाल्चोकको लिसंखु पाखर गाउँपालिका–३ का पूर्ववडाध्यक्ष काजीबहादुर लामा र उनकी श्रीमती सुन्तली तामाङको पनि पहिरोमा परी मृत्यु भएको छ । धादिङमा एक, दोलखामा तीन र मकवानपुरमा सात जनाको पनि पहिरो र बाढीमा परी मृत्यु भएको प्रहरीले जनाएको छ । 

गुरुकुलमा फसेका ३३ जनाको उद्धार
काभ्रेको सुनकोसी गाउँपालिका–१ स्थित आदिलिंग कुशेश्वर महादेव मन्दिर परिसरमा रहेको गुरुकुलका ३३ जनाको उद्धार गरिएको छ । बाढीका कारण नदीको बीच भागमा फसेका उनीहरूको नेपाली सेनाको हेलिकप्टरबाट उद्धार गरिएको हो । बाढीमा फसिनेमा गुरुकुलका २६ बटुक (विद्यार्थी), तीन शिक्षक, दुई कर्मचारी र मन्दिरका दुई पुजारी थिए । 
मन्दिरको चारैतिर बाढी पसेपछि सुरक्षित स्थानमा जान नसकेका गुरुकुलका सबैजनाको सकुशल उद्धार गरिएको प्रमुख जिल्ला अधिकारी लीलाप्रसाद शर्माले बताए । 

कोसी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द 
सुनसरीस्थित कोसी ब्यारेजको पुलबाट सम्पूर्ण आवतजावत बन्द गरिएको छ । सप्तकोसीमा पानीको बहाव खतराको तह पार गरेपछि उक्त पुलमा आवतजावतमा रोक लगाइएको हो ।

पूर्वी नेपालका पहाडी जिल्लामा तीन दिनदेखि लगातार वर्षा भइरहेको छ । सुनसरीका सहायक प्रमुख जिल्ला अधिकारी वेदराज फुयालले शनिबार एक विज्ञप्ति जारी गर्दै अपराह्न ४ः०० बजेदेखि अर्को सूचना जारी नभएसम्मका लागि कोसी ब्यारेजको पुलबाट आवागमनमा रोक लगाइएको जानकारी दिए । अत्यावश्यक कामका लागि वैकल्पिक मार्गको प्रयोग गर्नसमेत उनले अनुरोध गरेका छन् ।

सुनसरीका प्रहरी नायव उपरीक्षक नवीनकृष्ण भण्डारीका अनुसार सप्तकोसीमा पानीको बहाव शनिबार साँझ ५ः०० बजे प्रतिसेकेन्ड पाँच लाख ५७ हजार क्युसेक नाघेको छ । पानीको बहावले खतराको तह पार गरेपछि कोसी ब्यारेजका सबै ५२ ढोका खोलिएका उनले बताए । यसका साथै सप्तरी र सुनसरीतर्फको नहरका चारै ढोकासमेत खोलिएको प्रहरी नायव उपरीक्षक भण्डारीले जानकारी दिए । 



झ्याप्लेखोलामा पुरिएका बसबाट १४ शव निकालियो 
काठमाडौं र धादिङको सिमानामा पर्ने धादिङको धुनिबेसी नगरपालिका–९ झ्याप्लेखोलामा पहिरोमा पुरिएका सवारीसाधनबाट १४ जनाको शव निकालिएको छ ।
प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेका अनुसार बुटवलबाट काठमाडौंतर्फ आउँदै गरेको लु१ज ४५७८ नम्बरको माइक्रोबसबाट तथा नम्बर नखुलेको बसबाट ती शव निकालिएका हुन् । 

‘कुन सवारीसाधनबाट कति जनाको शव निकालेको भन्ने यकीन जानकारी हुन सकेको छैन,’ उनले भने, ‘पहिरोबाट तीनवटा सवारीसाधन पुरिएका छन् ।’पहिरोमा फसेका यात्रु र सवारीसाधनको उद्धार कार्य जारी रहेको प्रजिअ पाण्डेले जानकारी दिए ।


काठमाडौं उपत्यकामा वर्षको ‘रेकर्ड’ तोडियो
काठमाडौं उपत्यकामा शनिबार वर्षकै सर्वाधिक वर्षा भएको छ । यहाँ शनिबार बिहान वर्षा मापन सुरु भएयताकै बढी वर्षा भएको जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाका मौसमविद् रोजन लामिछानेले शनिबार बिहान ८ः४५ बजे त्रिभुवन विमानस्थल वर्षा मापन केन्द्रमा गएको २४ घण्टामा २३९.७ मिलिमिटर वर्षा मापन भएको जानकारी दिए । यो मापन सुरु भएयताकै सर्वाधिक वर्षा भएको उनले बताए । यसअघि सन् २००२ मा यहाँ १७७ मिलिमिटर वर्षा रेकर्ड भएको थियो । 

मौसमविद् लामिछानेले काठमाडौं उपत्यकामा यति ठूलो वर्षा अहिलेसम्म मापन नभएको प्रारम्भिक अध्ययनले देखाएको बताए । विस्तृत अध्ययन गरी केही दिनमा विस्तृत अवस्था प्रतिवेदन सार्वजनिक गरिने उनले जानकारी दिए ।उपत्यकाका अन्य नौ मापन केन्द्रमा पनि धेरै वर्षा मापन भएको छ । ललितपुरको चापागाउँमा सन् २००२ मा २४ घण्टामा २००.५ मिलिमिटर वर्षा भएकामा शनिबार ३२३ मिलिमिटर वर्षा भएको विभागले जनाएको छ ।

शनिबार साँझ जिरीमा ११२.४, जनकपुरमा १००, लुम्लेमा ११३.३, धरानमा १७७.६, धनकुटामा १७३, ओखलढुंगामा ११०.१ काठमाडौंमा  १९४, सिमरा १२० र भैरहवामा १९४.२ मिलिमिटर वर्षा भएको छ ।


प्रकाशित मिति: आइतबार, असोज १३, २०८१  १०:२४
#बाढीपहिरो
प्रतिक्रिया दिनुहोस्
थप समाचार
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री
बारीमै महँगियो फूल, तेब्बर मूल्यमा बिक्री सोमबार, कात्तिक ३, २०८२
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान
तिहारको तेस्रो दिन: गरियो नरक चतुर्दशी स्नान सोमबार, कात्तिक ३, २०८२
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै
महाकवि देवकोटाको जन्मजयन्ती मनाइँदै सोमबार, कात्तिक ३, २०८२
गर्भवतीको समयमै हवाई उद्धार हुँदा 
गर्भवतीको समयमै हवाई उद्धार हुँदा  सोमबार, कात्तिक ३, २०८२
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा
कार्तिक कृष्ण आमावास्या:  धन धान्यकी देवी लक्ष्मी पूजा सोमबार, कात्तिक ३, २०८२
लुटिएका हतियारको त्रास
लुटिएका हतियारको त्रास सोमबार, कात्तिक ३, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP