Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #बढघर
  • #बौद्धनाथ
  • #बागमती_प्रदेशसभा
  • #नेपाल_पर्यटन_बोर्ड
  • #सपनाको_चंगा
  • #सुनचाँदीकाे_मूल्य
  • #रक्षबहादुर_रैका_मगर
  • #नेपाल_मगर_संघ
  • #सिसिटिभी
Search Here
राजनीति
  • Home
  • राजनीति
  • दल नयाँ, रोग पुरानै
दल नयाँ, रोग पुरानै
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन बिहीबार, असोज १०, २०८१

पार्टी विभाजन गरेर कोही नेता अलग हुन्छ भने त्यहाँ अवसर नपाएर हो भन्ने बुझ्नुपर्छ अर्थात्, राजकीय अवसरका लागि लाखापाखा लागेको भन्नुपर्छ 
कृष्ण पोखरेल
राजनीतिशास्त्री

 

  • नागरिक उन्मुक्ति पार्टी ८ असोज, लोकतान्त्रिक समाजवादी पार्टी १ असोज, जसपा नेपाल २३ वैशाखमा विभाजित
  • नेकपा एकीकृत समाजवादी पनि विभाजनको डिलमा


काठमाडौं– पश्चिम तराईमा गत आमनिर्वाचनबाट उदाएको दल नागरिक उन्मुक्ति पार्टी (नाउपा) विभाजित भएको छ । उपाध्यक्ष विजयकुमार यादवसहित २६ जना केन्द्रीय सदस्यले पार्टी परित्याग गरेको बुधबार घोषणा गरे । उनीहरू राजेन्द्र महतोले हालै घोषणा गरेको दल राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा समाहित हुने भएका छन् । 

पार्टीबाट अलग हुँदै गर्दा यादवसहितले जारी गरेको विज्ञप्तिमा पार्टी नेतृत्वमा व्यक्तिवादी चरित्र हावी भएको, सैद्धान्तिक विचलन देखिएकोजस्ता आरोप लगाएका छन् । तर, पार्टीका सांसद गंगाराम चौधरीले भने यादवसहितलाई पार्टी हितविपरीतको काम गरेकाले यसअघि नै हटाइसकेको बताए । ‘हामीले उहाँलाई पार्टीबाट कारबाही गरेर हटाएको अस्ति नै हो । पार्टी हितविपरीत काम गर्नुभएको थियो । अहिले अलग भएर केही फरक पर्दैन,’ उनले प्रभावसँग भने ।

Hardik health

प्रतिनिधिसभामा नाउपाको चार जना सांसद छन् । सुदूरपश्चिम प्रदेशमा सात जना सांसद रहेको नाउपाको प्रतिनिधित्व लुम्बिनी र मधेस प्रदेश संसद्मासमेत छ । मंगलबारमात्रै पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी र संरक्षक रेशमलाल चौधरीले आपसमा गरेको कारबाही फुकुवा गर्दै यही असोजको १८ र १९ गते केन्द्रीय समिति बैठक आह्वान गरेका छन् । पार्टीलाई एकताबद्ध बनाएर लाने प्रतिबद्धता दुई नेताको छ । तर, यहीबेला यादवको नेतृत्वमा पार्टी विभाजन भयो ।

विभाजित भएका नेता यादवसहितको टिम छिट्टै महतोको दल राष्ट्रिय मुक्ति क्रान्ति नेपालमा प्रवेश गर्ने भएको छ । यादव नेतृत्वमा भएको विभाजनले नाउपालाई सांगठनिकरुपमा कत्तिको क्षति पुर्‍याउँछ ? अहिल्यै भन्न सकिँदैन । तर, विभाजनको असर धेरथोर पर्ने देखिएको छ । महतो पनि महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)बाट हालै अलग भएका नेता हुन् । उनले दल घोषणा गरेको यही १ असोजमा हो । राष्ट्रिय मुक्ति क्रान्ति गर्न लोसपा अध्यक्ष ठाकुर तयार नभएपछि अलग हुनुपरेको बताएका थिए ।

एकताका मधेसबाट राष्ट्रिय राजनीतिमा प्रभावशाली देखिएका महतोले मुक्ति क्रान्तिका नाममा सानो समूहको नेतृत्व गर्दै आएका छन् । उनले एउटा समूह लिएर अलग भएपछि उता लोसपा झनै कमजोर भएको छ । प्रतिनिधिसभामा चार सिट रहेको यो दलको मधेस संसद् र लुम्बिनी प्रदेश संसद्मा पनि प्रतिनिधित्व छ । पार्टी अध्यक्ष ठाकुर राष्ट्रिय राजनीतिमा मधेसबाट प्रतिनिधित्व गर्ने शीर्ष र ज्येष्ठ नेता हुन् । तर, पार्टी विभाजनपछि सांगठनिकरुपमा कमजोर स्थितिमा पुगेको अवस्था छ । लोसपा नेता केशव झाले महतो नेतृत्वको दललाई मधेसी जनताको वैधानिकता नरहेको दाबी गरे । आगामी चुनावमा महतो र उनको दललाई मधेसी जनताले स्वीकार्ने स्थितिसमेत नहुने उनको भनाइ छ । 

‘मधेसमा कत्तिको संगठन बनाउन सक्छन् ? हामी हेर्दै छौं,’ उनले भने, ‘कसैले उचालेर पार्टी फुटाएको हो । हुनेवाला केही छैन । होइन भने अर्को चुनाव कुरौं ।’मधेस प्रदेशबाट गत चुनावमा वैकल्पिक शक्तिको रूपमा उदाएको दल जनमत पार्टीबाट पनि नेताहरू अलगथलग भइरहेका छन् । कतिपयलाई त पार्टी अध्यक्ष डा. चन्द्रकान्त (सिके) राउतले कारबाही गरेर पदमुक्त गरेका छन् । केहीलाई निलम्बन गरे । मंगलबारमात्रै जनमतले चार जना केन्द्रीय सदस्यसहित नौ जनालाई जनमतले स्पष्टीकरण सोध्यो ।

५ असोजमा महोत्तरीको जलेश्वरमा भएको पार्टीको प्रशिक्षण तथा शुभकामना आदानप्रदान कार्यक्रममा होहल्ला गरी कार्यक्रम बिथोलेको र भाँडभैलो गरेको आरोपमा उनीहरूलाई स्पष्टीकरण मागेको उपाध्यक्षसमेत रहेका पार्टी अनुशासन समिति प्रमुख दीपककुमार साहले बताए ।स्पष्टीकरण मागिने केन्द्रीय सदस्यहरू दीपेन्द्र मधेसी, कोमल यादव, इन्द्रप्रसाद सिंह र सुरेश ठाकुर रहेका छन् ।

त्यस्तै जलेश्वर नगरपालिका समितिका सचिव सञ्जित यादव र साधारण सदस्यहरू सन्तोषकुमार यादव, सिंहेश्वर मण्डल र रामजीवन साहसँग पनि रहेका छन् । उनीहरूलाई साधारण सदस्यसमेत नरहनेगरी किन कारबाही हुनु नपर्ने हो भन्नेबारे सात दिनभित्र स्पष्टीकरण दिन भनिएको छ ।यसरी दल विभाजन हुने नाउपा, लोसपा र जनमतमात्रै भने होइनन् । पछिल्लो चार वर्षमा जसपा नेपाल तीनपटक फुट्यो । गत २३ वैशाखमा संघीय परिषद् अध्यक्ष अशोककुमार राई नेतृत्वमा जसपा नेपाल फुटेको हो । त्यसअघि डा. बाबुराम भट्टराईको नेतृत्वमा २०७९ मा एउटा समूह जसपा नेपालबाट अलग भयो । नेता महन्थ ठाकुरलगायत नेताहरू जसपाबाट २०७८ सालमै अलग भएका थिए । 

संसद्मा रहेका मझौला आकारका दलमा पनि बारम्बार विभाजन देखिएको छ । हाल संसद्मा १० सिट रहेको दल नेकपा एकीकृत समाजवादी पनि फुटको संघारमा छ । स्रोतका अनुसार एमाले अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली स्वदेश फर्किएपछि राजनीतिक दल विभाजन सहज हुनेगरी अध्यादेश ल्याउने सम्भावना छ । उनलाई नेतृ रामकुमारी झाँक्री, नेताहरू केशवलाल श्रेष्ठ, डा. विजय पौडेल, जीवनराम श्रेष्ठ, सांसदहरू प्रेमबहादुर आले, धनबहादुर बुढा, अम्बरबहादुर थापा र कृष्णकुमार श्रेष्ठले पर्खिरहेका छन् । हुन पनि यी नेताहरूको पछिल्ला अभिव्यक्तिले एमालेसँग मिल्नेतिर उनीहरू उन्मुख हुने देखिएको छ । संसद्मा साना तथा मझौला दलहरू एकपछि अर्को फुटिरहेका छन् । केही फुट्ने क्रममा छन् । जबकि, ठूला दलहरू कांग्रेस, एमाले र नेकपा माओवादी केन्द्र केही वर्षयता फुटेका छैनन् । झनै एकताबद्ध भइरहेका छन् । 

राजनीतिशास्त्री प्राध्यापक कृष्ण पोखरेल साना दलमा राजकीय अवसर कम पाउने र अवसरवादी नेता कार्यकर्ताले घरिघरी पार्टी फुटाउने गरेको बताउँछन् । ‘पार्टी विभाजन गरेर कोही नेता अलग हुन्छ भने त्यहाँ अवसर नपाएर हो भन्ने बुझ्नुपर्छ अर्थात्, राजकीय अवसरका लागि लाखापाखा लागेको भन्नुपर्छ,’ उनले प्रभावसँग भने । राजनीतिशास्त्री पोखरेल अवसरबाहेक नेतृत्वमा देखिएको सैद्धान्तिक विचलन, अवसरको असमान वितरण, अलोकतान्त्रिक प्रवृत्तिलगायत कारकले पनि पार्टी विभाजनका लागि नेता कार्यकर्तालाई उत्प्रेरित गर्ने गरेको बताउँछन् ।
 


प्रकाशित मिति: बिहीबार, असोज १०, २०८१  १०:४७
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
संसद्मा सशक्त प्रतिवादका लागि जुटे प्रतिपक्षी
संसद्मा सशक्त प्रतिवादका लागि जुटे प्रतिपक्षी सोमबार, जेठ ११, २०८३
एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने
एमाले केन्द्रीय सदस्यको कार्यविभाजनः अध्यक्ष र महासचिवले अन्तिमरूप दिने सोमबार, जेठ ११, २०८३
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु 
एमालेको केन्द्रीय सचिवालय बैठक सुरु  आइतबार, जेठ १०, २०८३
गगनको ‘पेल्ने रणनीति’ले कांग्रेस विभाजनको डिलमा
गगनको ‘पेल्ने रणनीति’ले कांग्रेस विभाजनको डिलमा आइतबार, जेठ १०, २०८३
नेतृत्व छाड्ने दबाबमा ओली
नेतृत्व छाड्ने दबाबमा ओली आइतबार, जेठ १०, २०८३
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना
सरकारको कामले जनतामा आशा जागिसक्यो : सञ्चारमन्त्री डा तिमिल्सिना शनिबार, जेठ ९, २०८३
प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपा सहकार्य गर्दै
प्रदेश सरकारमा कांग्रेस, एमाले र नेकपा सहकार्य गर्दै शुक्रबार, जेठ ८, २०८३
लोकप्रिय
  • Week
  • Month
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
फरवार्ड माइक्रोफाइनान्सको अध्यक्षमा पुनः भगबती चौधरी
प्रतिनिधिसभा बैठक स्थगित
प्रतिनिधिसभा बैठक स्थगित
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
 मुक्तिनाथ विकास बैंकद्वारा व्हीलचेयर हस्तान्तरण
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
पश्चिम एसिया द्वन्द्वले विप्रेषण आप्रवाह प्रभावितः परराष्ट्र
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP