Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • एनसेललाई ‘किस्ताबन्दी’को सुविधा दिँदा राज्यमाथि अर्बौंको झेल
एनसेलको लाइसेन्स नवीकरण प्रकरण एनसेललाई ‘किस्ताबन्दी’को सुविधा दिँदा राज्यमाथि अर्बौंको झेल
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ १८, २०८१
  • एनसेललाई किस्ताबन्दी बक्यौता दस्तुर बुझाएर लाइसेन्स नवीकरण गर्न सुविधा दिने निर्णयमा प्रश्न
  • विवादित निर्णयसँगै एनसेल पाँच वर्षलाई नवीकरण
  • व्यवसायीको स्वार्थअनुकूल निर्णय गर्ने छवि बनाएका प्रधानमन्त्री ओलीले उही प्रवृत्ति दोहोर्‍याए 
  • किस्ताबन्दीमा नवीकरण दस्तुर बुझाउन स्वीकृति दिने विषय कानुनीरुपमा त्रुटिपूर्ण रहेको महालेखापरीक्षकको कार्यालयको भनाइ


काठमाडौं– निजी क्षेत्रबाट सञ्चालित दूरसञ्चार सेवा प्रदायक एनसेलले किस्ताबन्दीमा लाइसेन्स नवीकरण गर्ने सुविधा पाएको छ । एनसेलका उच्च अधिकारीले किस्ताबन्दीको सुविधामा सहमत गराएसँगै सरकारले पाँच वर्षलाई नवीकरण गर्न दिने निर्णय गरेको हो । 

यही भदौ १३ मा बसेको मन्त्रिपरिषद् बैठकले एनसेलको लाइसेन्स नवीकरण गर्ने निर्णय गरेको थियो । सोही निर्णयबमोजिम मुलुकको दूरसञ्चार नियामक निकाय नेपाल दूरसञ्चार प्राधिकरणले एनसेलको लाइसेन्स पाँच वर्षका लागि नवीकरण गरेको छ ।

किस्ताबन्दीमा दस्तुर तिर्नेगरी नवीकरण गर्न दिने सरकारको निर्णयसँगै विभिन्न शंका उब्जिएका छन् । यसले एनसेलमाथि सर्वसाधारणले गर्दै आएको आशंकालेसमेत थप बल पाएको छ । अर्कोतर्फ किस्ताबन्दीमा दस्तुर बुझाउन दिने निर्णयले राज्यलाई अर्बौंको नोक्सानी पुग्ने तथा अनैतिक चलखेलको आशंकासमेत गरिएको छ ।

अस्वाभाविक सेयर कारोबार र किनबेचको चक्रमा परेपछि एनसेल विवादित बन्दै आएको छ । तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहाल विदेश भ्रमणमा रहेको बेला एनसेलको सेयर किनबेच अस्वाभाविक ढंगले भएपछि यसबारे धेरै प्रश्न उठे । सरकारले एनसेलको सेयर किनबेच अस्वाभाविक रहेकोबारे सत्यतथ्य पत्ता लगाउन छानबिन समिति गठन गर्‍यो । टंकमणि शर्मा नेतृत्वको समितिले अध्ययनपश्चात् एनसेलको सेयर कारोबार स्वाभाविक नरहेको प्रतिवेदन सरकारलाई बुझायो । 

Hardik health

साथै, एनसेलको लाइसेन्स नवीकरणका लागि विभिन्न सर्त र नवीकरण दस्तुर एकैपटक तिर्नुपर्ने भन्यो । एनसेलले भने किस्ताबन्दीमा नवीकरण दस्तुर तिर्नका लागि निरन्तर प्रयास गरिरह्यो । अन्ततः केपी ओली नेतृत्वको वर्तमान सरकारले एनसेलको पक्षमा निर्णय गरिदिएको छ ।

संसदीय समितिको त्यो जुहारी 
तत्कालीन प्रधानमन्त्री दाहालले संसदीय समितिमै उपस्थित भएर खरिद–बिक्री अस्वाभाविक रहेको भन्दै यसको बचाउ गर्ने वा अन्य कुनै पनि कुरामा सरकार नलाग्ने बताएका थिए । उनले निर्ममतापूर्वक कानुनको पालना गर्ने प्रतिबद्धता दोहोर्‍याएका थिए ।
दाहालले प्रधानमन्त्रीको हैसियतमा यस्तो जिकिर गर्दै गर्दा तत्कालीन प्रतिपक्षी दलको नेताको हैसियतमा एमाले अध्यक्ष केपी शर्मा ओलीले एनसेलको सेयर खरिद–बिक्रीमा सरकारको संलग्नता रहेको भन्दै सरकारमाथि दोषारोपण खुलेरै गर्ने गर्थे ।

ओली–दाहालबीच यो विषयमा सवालजवाफ नै चलेको थियो । त्यहीबेला सरकारले छानबिन समिति गठन गर्‍यो । छानबिन समितिले जस्तो राय दिन्छ त्यहीअनुसार अघि बढ्ने प्रतिबद्धता दाहाल सरकारको थियो । विभिन्न दबाब पर्न थालेपछि छानबिन समिति र नेपाल दूरसञ्चार प्राधिकरणको क्षेत्राधिकारभित्र सरकारले कुनै हस्तक्षेप नगर्ने सार्वजनिक प्रतिबद्धता दाहालले जनाउने गर्थे ।
एनसेलबारे विभिन्न विवाद चलिरहेको बेला छानबिन समितिले प्रतिवेदन सरकारलाई बुझाएपछि सेयर खरिद–बिक्री स्वाभाविक नदेखिएको एनसेलको सेयर खरिद–बिक्री अध्ययन तथा छानबिन समितिका संयोजक टंकमणि शर्माले बताएका थिए ।

निर्णयमा उलटफेर
छानबिन समितिको प्रतिवेदनपछि सरकारले नवीकरणका लागि विभिन्न सर्तहरु राख्यो । जसमा आगामी पाँच वर्षभित्र एनसेलको सबै सम्पत्ति सरकारीकरण हुने, नवीकरण दस्तुर एकैपटक तिर्नुपर्ने, लाइसेन्सको अवधि रहने समयसम्म संरचनामा छेडखानी गर्न नपाइनेजस्ता थुप्रै प्रावधानहरु थिए । जुन कुरा तत्कालीन प्रधानमन्त्री दाहालको मन्त्रिपरिषद् बैठकले नै निर्णय गरेको थियो ।

त्यसपछि सरकार फेरिएर केपी ओली प्रधानमन्त्री बने । ओली प्रधानमन्त्री बनेपछि लाइसेन्सको अवधि सकिन लागेको एनसेलले अन्तिममा आएर किस्ताबन्दीमा रकम बुझाउने गरी नवीकरण गर्न पाउने भएको छ । सरकारले एनसेललाई किस्ताबन्दीमा १० प्रतिशत थप गरेर रकम बुझाउने सुविधा दिएको ओली सरकारका प्रवक्तासमेत रहेका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले बताएका छन् । 

सरकारको यो निर्णय कानुनीरुपमा त्रुटिपूर्ण देखिएको छ । महालेखापरीक्षकको कार्यालयले किस्ताबन्दीमा नवीकरण दस्तुर बुझाउन स्वीकृति दिने विषय कानुनीरुपमा त्रुटि हुने बताएको हो । महालेखाले किस्ताबन्दीको रकमले मुद्रास्फीतिका कारण त्यो रकमले खास उपादेयता दिन नसक्ने भन्दै प्रश्न उठाएको थियो । महालेखाको उक्त प्रश्नलाई बेवास्ता गर्दै सरकारले किस्ताबन्दीमा नवीकरण दस्तुर तिर्न दिने निर्णय गरेको छ ।

एनसेलको चलाखी र सरकारको नीति
नेपालको दूरसञ्चार क्षेत्रमा विदेशी लगानीमा समयसीमा तोकिएको छ । विदेशीको लगानी ५० प्रतिशतभन्दा बढी भए २५ वर्षपछि स्वतः सरकारको हुने प्रावधानकै कारण मलेसियन कम्पनी आजियाटा बाहिरिएको तथ्य लुकेको छैन । यही छेकोमा सतिशलाल आचार्यले एनसेलको सेयर तत्कालीन आजियाटाले किनेको ९६ प्रतिशत कममा खरिद गरेपछि यो विवाद सतहमा आएको थियो । एक डलरको अफसोर कम्पनीले एनसेलको सेयर किनेको विषयले हंगामा मच्चिए पनि ओली नेतृत्वको सरकारले विस्तारै फेरि एनसेललाई ‘ट्र्याक चेञ्ज’ गरिदिने गरी कदम चाल्न थालेको देखिन्छ । एनसेलले अपनाएको चलाखीमा सरकार सारथि बन्दा नवीकरण दस्तुर किस्ताबन्दीमा टुंगिने भएको छ । 

एनसेलको नजर कता ?
एनसेलको लगानी सिंगापुरका स्थायी बासिन्दा सतिशलालको नाममा ८० प्रतिशत सेयर छ । २० प्रतिशत सेयर सतिशलालकी पत्नी भावनाको नाममा छ । यस्तोमा एनसेलको सेयर स्वामित्व फेरदबदल गर्न नपाउने गरी तत्कालीन दाहाल सरकारले गरेको निर्णयमा विस्तारै किस्ताबन्दीपछि सेयर स्वामित्व फेर्ने विषयमासमेत वैदेशिक लगानीलाई प्रभाव पारेको नाममा फेर्ने काम हुने विश्लेषण हुन थालेको छ । यस्तो भएमा सतिशलालले अति कम मूल्यमा किनेको सेयर पत्नी भावना वा अन्य कुनै व्यक्ति खडा गरेर कम मूल्यमा बेच्दै एनसेललाई सरकारको स्वमित्वमा जानबाट रोक्ने सम्भावना बलियो देखिन्छ ।

शंकाको घेरामा ओली
प्रधानमन्त्री केपी शर्मा ओली पछिल्लो समय व्यापारीमैत्री निर्णय गर्नेको अग्रपंक्तिमा छन् । तत्कालीन समयमा पशुपतिको आनन्द होटलको विषय होस् वा नारायणहिटीको संरक्षित सुरुङमार्गमा व्यापारीको प्रवेश वा यती, ओम्नी, वाइडबडीजस्ता विषय नै किन नहुन्, ओलीको पालामा यस्ता निर्णय व्यापक भएको पाइन्छ । सार्वजनिकस्तरमा चल्ने विरोधले रोकिने भए पनि उनले धमाधम व्यापारीलाई यस्ता संरचनाको जिम्मेवारी दिने गरेका छन् । 

पछिल्लो समय नेपाल विद्युत् प्राधिकरणले डेडिकेटेड÷ट्रंकलाइन सुविधा प्रयोग गरेबापत बक्यौता उद्योगीहरुबाट उठाउन खोज्दा ओलीले उद्योगीहरुकै पक्ष लिएको विषयले प्रधानमन्त्री ओलीको नियतमाथि नै प्रश्न उठेको थियो । यही सन्दर्भमा एनसेललाई किस्ताबन्दीमा दस्तुर बुझाउन सहुलियत दिएर नवीकरण गरिदिएका छन् । यो निर्णयले ओलीप्रति थप शंका बढाएको छ ।
 


प्रकाशित मिति: मंगलबार, भदौ १८, २०८१  १०:२९
प्रतिक्रिया दिनुहोस्
थप समाचार
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने  सर्वदलीय बैठककाे  निर्णय
प्रतिनिधिसभा नियमावली नयाँ बनाउने सर्वदलीय बैठककाे निर्णय सोमबार, चैत २३, २०८२
परिचयपत्र तथा पञ्जीकरण विभागमा गृहमन्त्री गुरुङकाे  छड्के
परिचयपत्र तथा पञ्जीकरण विभागमा गृहमन्त्री गुरुङकाे छड्के सोमबार, चैत २३, २०८२
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न
हमदिया संघ नेपालद्वारा ईद मिलन कार्यक्रम सम्पन्न सोमबार, चैत २३, २०८२
मुन्दुम ट्रेल अल्ट्रा रेस-२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम
मुन्दुम ट्रेल अल्ट्रा रेस-२०८२ : खोटाङकी निर्मला तथा ओखलढुङ्गाका विनोद प्रथम सोमबार, चैत २३, २०८२
अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि
अन्तर्राष्ट्रिय औद्योगिक प्रदर्शनी चैत २७ देखि सोमबार, चैत २३, २०८२
नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी
नियम उल्लङ्घन गरी सवारी चलाउनेविरुद्ध कडा निगरानी सोमबार, चैत २३, २०८२
बागमती प्रदेशसभा चैत २४ गते बस्ने
बागमती प्रदेशसभा चैत २४ गते बस्ने सोमबार, चैत २३, २०८२
लोकप्रिय
  • Week
  • Month
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा  सुनुवार निर्वाचित
आदिवासी जनजाती महिला महासंघकाे अध्यक्षमा शाेभा सुनुवार निर्वाचित
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
स्वास्थ्य परीक्षणकाे सिन्डिकेट खारेज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP