Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
कृषि
  • Home
  • कृषि
  • पचास प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र
पचास प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ११, २०८१

गोदावरी-  कृषि ज्ञान केन्दले व्यावसायिक कृषि प्रवद्र्धन गर्ने उद्देश्यले ५० प्रतिशत अनुदानमा किसानलाई कृषियन्त्र वितरण गरेको छ । केन्द्र्रले गत आव २०८०/८१ मा जिल्लामा रहेका एक सय ६० किसानलाई कृषियन्त्र वितरण गरेको हो ।

कृषि यान्त्रिकरण, प्रविधिको प्रयोग गरी जीविकोपार्जन मात्र नभइ व्यावसायिक कृषि प्रवर्द्धन गर्ने उद्देश्यले जिलाका किसानलाई कृषियन्त्र वितरण गरिएको कृषि ज्ञान केन्द्र्रका सूचना अधिकारी श्याम जोशीले बताए । 

ज्ञान केन्द्र्रले ५० प्रतिशत अनुदानमा एक सय ६० किसानलाई कृषियन्त्र वितरण गरिएको उनले बताए । गत आर्थिक वर्षमा मिनी ट्रेलर ४८, मोटर ६८, रिपर २६, हैरो १२, कल्टीभेटर दुई, बताउने पङ्खा दुई र भ्याज ह्वील दुई किसानलाई कृषियन्त्र वितरण गरिएको सूचना अधिकारी जोशीले बताउनुभयो । 

Hardik health

सो कार्यक्रमका लागि गत आवमा रु ५० लाख बजेट विनियोजन गरिएकामा रु ४४ लाखका कृषियन्त्र खरिद गरी किसानलाई वितरण गरिएको जोशीले जानकारी दिए । किसानलाई वितरण गरेको कृषियन्त्रले खेती गर्न सहयोग पुग्ने उनले विश्वास व्यक्त गरे । अनुदानमा कृषियन्त्र पाएपछि खेती गर्न किसानलाई निकै सहज र सरल हुनुका साथै कम समयमा बढी उत्पादन लिन सकिने र आधुनिक कृषियन्त्रको सहाराले कृषिमा परिवर्तन आउने उनको भनाइ छ ।

 अनुदानका कार्यक्रमले धान, गहँु, तरकारीको क्षेत्रफल बढ्नुका साथै उत्पादनमा समेत वृद्धि भइरहेको ज्ञान केन्द्र्रको तथ्याङ्कले देखाएको छ ।  ज्ञान केन्द्र्रले किसानलाई कृषि गर्ने सीपसहित प्रविधि, प्राविधिकको उपलब्धता गराउँदै आएको छ । अनुदान पाउनका लागि निवेदन दिएका किसानमध्ये अनुगमन गरी ५० प्रतिशत अनुदान पाउने किसानलाई छनोट गरेर कृषियन्त्र उपलब्ध गराइएको ज्ञान केन्द्र्रले जनाएको छ ।  

ज्ञान केन्दले जिल्लामा किसानको मागका आधारमा परम्परागत खेतीलाई व्यावसायिक बनाउने गरी अनुदानका कार्यक्रम सञ्चालन गरेको जनाएको छ । कृषिको व्यावसायिक खेतीका लागि समूह र सहकारीमा आबद्ध किसानलाई अनुदानका कार्यक्रममा समावेश गरिएको ज्ञान केन्दले जनाएको छ ।

ज्ञान केन्दले बृहत विशेष कृषि विकास कार्यक्रमअन्तर्गत आलु प्रवद्र्धन कार्यक्रम, रैथाने बाली संरक्षण, बेमौसमी तरकारीखेती, च्याउखेती, चैते धान लगायतका अन्य कृषि कार्यक्रम सञ्चालन गर्दै जनाएको छ । 


प्रकाशित मिति: मंगलबार, भदौ ११, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
थप कृषि
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री सोमबार, पुस ७, २०८२
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ सोमबार, पुस ७, २०८२
अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो
अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो आइतबार, पुस ६, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP