Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवीन्द्र_तामाङ
  • #‘माइतीघर’
  • #माइतीघर
  • #चलचित्र
  • #नेप्से परिसूचक
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड
स्वास्थ्य बीमाबाट भरतपुर अस्पतालले पायो एक अर्ब ८९ करोड
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, भदौ ४, २०८१

चितवन- स्वास्थ्य बीमाको व्यवस्थापनमा अग्रणी रहेको भरतपुर अस्पतालले बीमा कार्यक्रम लागू भएयता रु एक अर्ब ८८ करोड ९६ लाख ७८ हजार एक सय ५८ प्राप्त गरेको छ । यो अवधिमा बिमितले १० लाख ३५ हजार एक सय १५ पटक सेवा पाएका छन् । 

सेवा दिएबापत अस्पतालले बीमा बोर्डबाट सो रकम प्राप्त गरेको हो । अस्पतालको स्वास्थ्य बीमा कार्यक्रमका इञ्चार्ज लीलाधर पौडेलका अनुसार विसं २०७४ भदौ १ गतेदेखि भरतपुर अस्पतालमा बीमा कार्यक्रम लागू भएको हो । 

पहिलो वर्ष ३२ हजार छ सय दुई पटक सेवा दिइएको थियो । त्यसवापत अस्पतालले बीमा बोर्डबाट रु एक करोड २८ लाख ९२ हजार दुई सय २० प्राप्त गरेको थियो । आर्थिक वर्ष २०७५/७६ मा एक लाख १२ हजार नौ सय ९१ पटक सेवा दिएबापत अस्पतालले रु १४ करोड ५७ लाख २८ हजार दुई सय २२ प्राप्त गरेको थियो । 

इञ्चार्ज पौडेलका अनुसार आव २०७६/७७ मा एक लाख १४ हजार आठ सय ५२ पटक सेवा दिएर रु २३ करोड ८८ लाख चार सय ५० प्राप्त गरेको थियो । आव २०७७/७८ मा कोभिडका कारण सेवा लिनेको सङ्ख्या घटेर ८५ हजार पाँच सय ३६ पटक मात्रै सेवा लिएका छन् । त्यसबापत अस्पतालले रु नौ करोड ७२ लाख ५२ हजार एक सय ८१ प्राप्त गरेको थियो । 

Hardik health

आव २०७८/८९ बाट बीमामार्फत उपचार गराउनेको सङ्ख्या पुनः बढेको छ । सो वर्ष एक लाख ७८ हजार पाँच सय ५३ पटक सेवा लिइएको थियो । त्यसबापत अस्पतालले रु ३० करोड ७९ लाख ७४ हजार पाँच सय १२ प्राप्त गरेको थियो । 

आव २०८९/८० मा दुई लाख ५० हजार छ सय १७ पटक सेवा दिएर अस्पतालले रु ५२ करोड ५३ लाख ३७ हजार पाँच सय १२ प्राप्त गरेको छ । गएको आवमा दुई लाख ६० हजार पटक सेवा दिएर अस्पतालले रु ५६ करोड १६ लाख ८८ हजार सात सय ५९ प्राप्त गरेको छ । अस्पतालले अझै रु १५ करोड हाराहारी दाबी गरेको रकम भुक्तानी पाउन बाँकी रहेको छ । 

अस्पतालमा आउने बिरामीमध्ये ७० प्रतिशतभन्दा बढी बीमाका हुने गर्दछन् । सोहीअनुरुप अस्पतालमा उठ्ने सेवा शुल्क पनि हुने गर्दछ । अस्पतालका मेडिकल सुपरिटेण्डेण्ट प्राडा कृष्णप्रसाद पौडेलका अनुसार स्वास्थ्य बीमाको सेवा अस्पतालमा राम्रो भएकाले आकर्षण बढ्दो छ । करिब १८ भन्दाबढी जिल्लाका बीमाका बिरामी यहाँ उपचारका लागि आउने गर्दछन् । 

चितवनसहित गोरखा, तनहुँ, नवलपरासी र मकवानपुरका कतिपय पालिकाका सेवाग्राहीले भरतपुर अस्पताललाई बीमाको प्रथम बिन्दु बनाएका छन् । नेपालमा विसं २०७२ चैत २५ गते कैलालीबाट स्वास्थ्य बीमा कार्यक्रम सुरु भएको हो । अहिले नेपालका ७७ जिल्लामा यो कार्यक्रम लागू छ । 

देशभरका चार सय ७६ स्वास्थ्य संस्थामा स्वास्थ्य बीमा कार्यक्रम सञ्चालनमा रहेको छ । प्रा डा पौडेलले स्वास्थ्य बीमा कार्यक्रम सामाजिक सुरक्षाको एक महत्वपूर्ण कार्यक्रम भएको जनाउँदै भरतपुर अस्पतालको मुख्य आम्दानीको स्रोत बीमा नै भएको बताए ।  

बीमा कार्यक्रमलाई अझै प्रभावकारी बनाउँदै लैजान अस्पताल प्रशासन लागेको उहाँको भनाइ छ । यद्यपि अहिले स्वास्थ्य बीमा कार्यक्रम लागू भएका अस्पतालमध्ये भरतपुर अस्पताल उत्कृष्ट रहेको जनाउँदै पौडेलले अस्वीकृत निकै न्यून रहेको जानकारी दिनुभयो । 
 


प्रकाशित मिति: मंगलबार, भदौ ४, २०८१  १३:०४
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु
दुई महिनामा जापानिज इन्सेफलाइटिसबाट चार जनाको मृत्यु सोमबार, कात्तिक ३, २०८२
स्वास्थ्य सेवा विभागमा भ्रष्टाचार
स्वास्थ्य सेवा विभागमा भ्रष्टाचार सोमबार, कात्तिक ३, २०८२
नर्सिङ स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन
नर्सिङ स्वास्थ्यकर्मीहरूको माग सम्बोधन गर्न १४ सदस्यीय समिति गठन आइतबार, कात्तिक २, २०८२
सिटिजन्स् बैंक र काठमाडाैं मेडिकल कलेजबीच  समझदारी
सिटिजन्स् बैंक र काठमाडाैं मेडिकल कलेजबीच समझदारी शुक्रबार, असोज ३१, २०८२
एक सय जनामा क्षयरोग सङ्क्रमण
एक सय जनामा क्षयरोग सङ्क्रमण शुक्रबार, असोज ३१, २०८२
आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन
आन्दोलनरत नर्सहरुको समस्या तत्काल समाधान गर्न प्रधानमन्त्रीको निर्देशन बिहीबार, असोज ३०, २०८२
नेपालका महिला स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन’ अवार्ड
नेपालका महिला स्वयंसेविकालाई ‘जनस्वास्थ्य च्याम्पियन’ अवार्ड बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
काम गर्ने समय १३ घण्टा प्रावधान ताेकियाे
यमपञ्चकका पाँच दिन
यमपञ्चकका पाँच दिन
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
विभागीय मन्त्री नहुँदा वैदेशिक रोजगार क्षेत्र प्रभावित
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
माइतीघरः तामाङ वैवाहिक संस्कृतिको दर्पण कि मनोरञ्जन मात्र ?
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP