Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भेप_हानिकारक
  • #बादल’
  • #हर्क सम्पाङ राई
Search Here
समाचार
  • Home
  • समाचार
  • ‘भातमोह’ले भित्र्याउँदै नसर्ने रोग
‘भातमोह’ले भित्र्याउँदै नसर्ने रोग
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन सोमबार, भदौ ३, २०८१

 

  • दुई छाक नै भात खाँदा शरीरका लागि आवश्यक सबै खालका पोषकतत्वको अभाव 
  • भातमा ग्लुकोजको मात्रा बढी हुने र रगतले नियन्त्रण गर्न नसक्ने हुँदा सुगर बढ्ने समस्या
  • भातकै कारण मोटोपनाजस्ता समस्या निम्तिने

काठमाडौं– मोरङको बेलबारीकी आशा ज्ञाङ्मी मगरको तौल अल्कपनीय ढंगले बढ्यो । सात वर्षअघिसम्म ५० किलो तौल भएकी उनको तौल अहिले ९५ किलो छ । मोटोपनाले सताएकी उनी गत असारको दोस्रो साता नजिकैको काठमाडौं मेडिकल कलेज (केएमसी) गइन् । त्यहाँ परीक्षण गराउँदा डाक्टरले मोटोपनको कारण भात भएको बताए ।

उनले प्रभावसँग भनिन्, ‘मलाई छिनछिनमै भोक लाग्ने । के खाउँ के खाउँ हुने । यस्तो भएको केही वर्ष भयो । अनि, म त बिहान बेलुका टन्न भात खान्थें । चेक गराउँदा त डाक्टरले भातकै कारण यस्तो (मोटोपना) हुन्छ रे ।’

काठमाडौंको गोठाटारका ५७ वर्षीय देवीचन्द्र स्याङ्बालाई गत वैशाखको अन्तिमतिर एकदमै गलेको महसुस भयो । तीर्खा उत्तिकै लागिरहने भयो । अझ रातको समयमा पहिलेभन्दा धेरै पिसाब लाग्न थाल्यो । यसपछि उनी सिभिल अस्पताल बानेश्वरमा गए । त्यहाँ स्वास्थ्य परीक्षण गराउँदा सुगरको मात्रा ३२० (खानापछि) रहेको चिकित्सकले बताए । हाल उनी नियमित औषधि सेवन गर्दै आएका छन् ।चिकित्सकको कुरा उद्धृत गर्दै भने, ‘तपाईं बिहान बेलुका दुईचोटि नै भात खानुहुन्छ ? मैले हो भनेँ । त्यही भएर सुगर बढ्यो तपाईंको भन्नुभयो ।’

Hardik health

Dr-Baburam-Marasini-1724042182.jpg
घरमा दिनमा दुईपटक भात खानु सरासर गलत हो । भात खानेबित्तिकै चाँडै ग्लुकोजमा परिणत हुन्छ । रगतमा ग्लुकोजको बाढी भएर बग्छ । त्यसलाई रगतले नियन्त्रण गर्न सक्दैन । कालान्तरमा सुगरको मात्रा बढ्छ । 
डा. बाबुराम मरासिनी
जनस्वास्थ्यविद्

उसो त नेपाली खानामा दालभात तरकारी मेन्यू नै भइसकेको छ । ‘दालभात तरकारी, जागिर सरकारी’ पनि भन्ने गरिन्छ । यसको मतलब अधिक नेपालीको जोडबल भातमै छ । यसरी भातै खान जोडबल हुँदा पछिल्ला वर्षहरूमा ‘खानदानी रोग’ भनिने सुगरका पीडितहरू हरेकजसो घरमा देखिन थालेको जनस्वास्थ्यविद् डा. बाबुराम मरासिनीले बताए । ‘नेपाली समाजमा कस्तो देखिन्छ भने हरेकजसो घरमा दिनमा दुईपटक भात खाने चलन छ । यो सरासर गलत हो,’ उनले भने, ‘त्यसरी खानेहरूमध्ये धेरै बिरामी छन् । किनभने भात खानेबित्तिकै चाँडै ग्लुकोजमा परिणत हुन्छ । हाम्रो आन्द्राले चाँडै पचाउँछ । रगतमा ग्लुकोजको बाढी भएर बग्छ । त्यसलाई रगतले नियन्त्रण गर्न सक्दैन । कालान्तरमा सुगरको मात्रा बढ्छ । कसैको अधिक तौल हुन्छ ।’

उनका अनुसार हरेक छाक भात खाँदा शरीरका लागि आवश्यक पोषक तत्वहरू पुग्दैन । भातमा सर्वाधिक पाइने भनेकै कार्बोहाइड्रेट हो । शरीरलाई भने प्रोटिन, फ्याट, भिटामिन एवं मिनरल्स र फाइबर आवश्यक छ । यी सबै पोषकतत्व हुन् । पोषणको क्षेत्रमा लामो समयदेखि क्रियाशील अर्का जनस्वास्थ्यविद् अरुणा उप्रेतीका अनुसार पोषणजन्य समस्याकै कारण नेपालमा मुख्यतः नसर्ने रोगहरूको जोखिम बढिरहेको छ । नसर्ने रोगमा सुगर, मोटोपना, युरिक एसिडलगायत हुन् । तैपनि, नेपाली समाजमा ‘भात संस्कृति’ विद्यमान छ । मतलब अधिकांश नेपाली जहिल्यै भातमै मरिहत्ते गरिरहेका हुन्छन् । 

गत वर्ष कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले सार्वजनिक गरेको एक अध्ययन प्रतिवेदनअनुसार नेपालीहरू औसतभन्दा धेरै भात खान्छन् । अध्ययनले नेपालीहरू वार्षिक औसतभन्दा १६ किलो बढी चामल खाने गरेको देखाएको छ । संयुक्त राष्ट्रसंघीय खाद्य तथा कृषि संगठनले भने एक व्यक्तिले प्रतिवर्ष औसत १२१ किलो चामल उपभोग गर्ने मापदण्ड बनाएको छ । तर, त्यसभन्दा बढी नेपालीले भात खाने गरेको देखिन्छ, जसले नेपालीहरूको ‘भातमोह’ उजागरसमेत गरेको छ ।

अन्ततः सन्तुलित आहार अर्थात् पोष्टिकतत्वयुक्त खानाको अभावमा पोषणजन्य समस्याबाट मानिसहरू प्रभावित छन् । पोषणजन्य समस्याहरू ठूलालाई सुगर (मधुमेह, चिनीरोग) र मोटोपना देखिने गरेको जनस्वास्थ्यविद् डा. मरासिनी बताउँछन् । उनका अनुसार किशोरी वा गर्भवती महिलाहरूमा भने रक्तअल्पताको समस्या देखिने गरेको छ । बालबालिकामाचाहिँ कुपोषणको समस्या देखिने गरेको छ । कसैकसैमा युरिक एसिड देखिने गरेको छ । यसले गर्दा पनि भातमात्रै नभएर पौष्टिकतत्वयुक्त खानपानमा ध्यानदिनुपर्ने मरासिनीले बताए । स्वास्थ्यको हिसाबले भातमात्रै चाहिँ ‘ब्याक्टेरियाजस्तो’ हुने उनको भनाइ छ । उनी भन्छन्, ‘यस्तो खानपानमा नसुधारिए एकातिर नसर्ने रोगको सिकार हुने र अर्कातिर चाँडै बुढ्यौलीपन देखिने हुन्छ । जसकारण भातमात्रै नसोचेर अरू पौष्टिकयुक्त खानपान मिलाएर सन्तुलित भोजन खानेतर्फ पनि सोच्नुपर्छ ।’

शरीरलाई स्वस्थ राख्न र स्फूर्ति राख्न सन्तुलित भोजन खानुपर्छ । त्यस्तो भोजनले शरीरमा रोगप्रतिरोधात्मक क्षमता बढाउनुका साथै विभिन्न रोगबाट शरीरलाई सुरक्षा प्रदान गर्ने र शरीरको वृद्धिविकासमा पनि महत्वपूर्ण भूमिका खेल्छ । त्यही भएर डा. मरासिनी पोषण मिलाएर खान सुझाउँछन् ।उनले पोषकतत्वका लागि उठ्नेबित्तिकै एक गिलास मनतातो पानी पिउनु उत्तम हुने सुझाव दिए । त्यसपछि खाजाको रूपमा फलफूल, ओट्स, चिउरा र दूध खाँदा हुन्छ । घरमै बनाएको रोटी र चिया खान सकिन्छ । ओखर, काजु, पिस्ता, बदाम, किसमिसजस्ता सुख्खा खाद्यपदार्थ खाँदा पनि हुन्छ । 

बिहानको खाना दाल–भात–तरकारी खाँदा पनि हुने तर तरकारीका रूपमा हरियो सागपात खानुपर्ने पनि डा. मरासिनीको सुझाव छ । यसबाहेक गाँजर, काँक्रा, मुला, प्याज मिलाएर सलाद अनिवार्य खानु पनि पोषणको दृष्टिले ठीक हो । पानी पनि प्रशस्त पिउनुपर्छ । दिउँसो भने कार्बोहाइड्रेट कम र प्रोटिन धेरै भएको खानेकुराहरू भुटेको चना, भटमासजस्ता खानेकुरा खानु उपयुक्त हुन्छ । बेलुकीचाहिँ रोटी खानु उपयुक्त हुन्छ । तर, तरकारी तथा सागसब्जी अनिवार्य समावेश गर्नुपर्ने डा. मरासिनीले बताए । यसरी दिनमा पोषणयुक्त खानपान गरिए पोषणजन्य स्वास्थ्य जटिलताहरू ननिम्तिने पनि डा. मरासिनीको दाबी छ । 

२०७३ सालमा स्वास्थ्य मन्त्रालयअन्तर्गतको स्वास्थ्य सेवा विभाग र बालस्वास्थ्य महाशाखासँगै कृषि मन्त्रालयअन्तर्गत रहेको खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले नेपालीका लागि असल खानपानसम्बन्धी मार्गदर्शन जारी गरेको छ । त्यहाँ पनि हरेक दिन थरिथरिका खानपान गर्न, फलफूल र हरिया सागपात अनिवार्य खान, माछा मासु, अण्डा, दूध दहीमध्ये केही न केही खान सुझाइएको छ । तर, यसविपरीत भातमै जोडबल गर्नेहरू अधिक छन् ।
 


प्रकाशित मिति: सोमबार, भदौ ३, २०८१  १०:२१
#भातमोह
प्रतिक्रिया दिनुहोस्
थप समाचार
सभामुखले सम्हाले कार्यभार
सभामुखले सम्हाले कार्यभार आइतबार, चैत २२, २०८२
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता
एफएनसिसिआई निर्वाचनः वस्तुगततर्फ घिमिरे समूहद्वारा उम्मेदवारी दर्ता आइतबार, चैत २२, २०८२
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर
राष्ट्रियसभाका विषयगत समितिमा सदस्य हेरफेर आइतबार, चैत २२, २०८२
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी
राष्ट्रियसभा उपाध्यक्षमा सांसद भण्डारीको उम्मेदवारी आइतबार, चैत २२, २०८२
राष्ट्रपतिसमक्ष सभामुखको शपथ
राष्ट्रपतिसमक्ष सभामुखको शपथ आइतबार, चैत २२, २०८२
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा
उद्यमीबाट सभामुखसम्मको अर्यालको राजनीतिक यात्रा आइतबार, चैत २२, २०८२
शनिबार र आइतबार सार्वजनिक बिदा
शनिबार र आइतबार सार्वजनिक बिदा आइतबार, चैत २२, २०८२
लोकप्रिय
  • Week
  • Month
बालेन्द्र सरकारसँग जनताको आशा
बालेन्द्र सरकारसँग जनताको आशा
एसइई परीक्षाको सेरोफेरो
एसइई परीक्षाको सेरोफेरो
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
महालक्ष्मी क्यालेन्डर २०८३ को डिजिटल संस्करण सार्वजानिक
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
रास्वपाको वाचा पूरा गर्ने जिम्मेवारीमा श्रममन्त्री साह, यी हुन् चुनौती
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण  गर्न पाउने, निजीलाई बन्देज
सरकारी सञ्चार माध्यमले मात्र सूचना प्रकाशन–प्रसारण गर्न पाउने, निजीलाई बन्देज
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
महिलालाई ५१ प्रतिशत अधिकार हुनुपर्छ : महासचिव शाेभा सुनुवार
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
ईदको अवसरमा नेपाली रक्तदाता संघ यूएईको रक्तदान कार्यक्रम सम्पन्न
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पेट्रोलको भाउ बढेसँगै नेपालीको भान्सा महंगीमा 
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
पुनलाई पुस्तक बिक्री नगर्न पाेखरा मेयरकाे आग्रह
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
फेसबुक बुस्टका नाममा ठगी बढ्दो: नेपाल प्रहरी 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP