Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #भव्य नगर
  • #‘कुलिङ पिरियड
  • #स्वास्थ्य परीक्षण
  • #भूमि विधेयक
  • #रवि थुनामै
  • #सम्बन्धविच्छेद
  • #सामुदायिक विद्यालय
  • #कमला नदीको पक्की पुल
  • #सवारी दुर्घटना
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • गर्भपतन गराउने महिलाको सङ्ख्या शून्य
गर्भपतन गराउने महिलाको सङ्ख्या शून्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २, २०८१

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा असुरक्षित रुपमा गर्भपतन गराउने महिलाको सङ्ख्या शून्य रहेको छ । गर्भपतन सेवाले कानुनी मान्यता पाएपछि अवैध रुपमा गर्भपतन गराउने महिलाको सङ्ख्या शून्यमा झरेको हो ।
 
सुरक्षित गर्भपतन सेवाको पहुँच नगरपालिकाको ग्रामीण तथा सुदूर क्षेत्रसम्म विस्तार भएपछि असुरक्षित रुपमा गराउँदै आएको गर्भपतनको कार्य रोकिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए । “विगतमा असुरक्षित रुपमा सूचीकृत नभएका निजी मेडिकलमा महिलाले गर्भपतन गराउँदै आएका थिए”, उनले भने, “असुरक्षित रुपमा गर्भपतन गराउँदा महिलाको प्रजनन अङ्गमा जटिलता देखापर्ने समस्या थियो, अज्ञानताका कारण ग्रामीण क्षेत्रका केही महिलाले जडीबुटीको प्रयोग गरी जोखिमयुक्त तरिकाले गर्भपतन गराउने गरेका थिए ।”
 
नगरपालिकाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा निःशुल्क रुपमा गर्भवती महिलाको मञ्जुरीमा सुरक्षित रुपमा सूचीकृत स्वास्थ्यकर्मीले गर्भपतन सेवा प्रदान गर्न थालेपछि अवैध रुपमा हुने गर्भपतनको कार्य रोकिएको उनको भनाइ छ । उनका अनुसार आव २०८०/८१ मा दुई सय ९२ महिलाले नगरपालिकामा रहेका सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिएका छन् । त्यसमा २० वर्षमुनिका पाँच र २० वर्षमाथिका दुई सय ८७ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
 
गर्भपतनपश्चात् परिवार नियोजनका साधन छोटो अवधिका लागि अपनाउने महिलाको सङ्ख्या एक सय ४६ रहेको छ । गर्भपतनपछि लामो अवधिका लागि परिवार नियोजनाका साधन अपनाउने महिलाको सङ्ख्या १८ रहेको छ । गर्भपतन गराएपछि जटिलता भएका महिला दुईजना रहेका छन् । स्वास्थ्य संस्थामै निःशुल्क रुपमा गर्भवतीको मञ्जुरीमा गर्भपतन सेवा तालिम प्राप्त स्वास्थ्यकर्मीले प्रदान गर्न थालेपछि सो सेवा लिने महिलाको सङ्ख्यामा वृद्धि भएको शाखा प्रमुख भट्टले बताए । 

नगरपालिकाको झलारी, पिपलाडी, पिताम्बर स्वास्थ्यचौकी, बन्साहा सहरी स्वास्थ्य केन्द, आधारभूत स्वास्थ्य केन्द्र वनसमिति गरी पाँच स्थानबाट निःशुल्क गर्भपतन सेवा उपलब्ध गराइँदै आएको छ । स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी गर्भपतन गराइँदै आएको छ । गर्भको अवधि ६३ दिन (नौ हप्ता)सम्मको भएमा महिलाको इच्छाअनुसार औषधिको प्रयोग गरेर गर्भपतन गराउन सकिने व्यवस्था स्वास्थ्य संस्थामा रहेको छ । गर्भपतन सेवा प्रदान गरिँदै आएका स्वास्थ्य संस्थामा दक्ष सूचीकृत स्वास्थ्यकर्मी उपलब्ध रहेका छन् ।

“गर्भवतीको लिखित मञ्जुरीमा सूचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा प्रचलित कानुनले तोकेको परिधिभित्र रहेर सुरक्षित गर्भपतन सेवा प्रदान गरिँदै आएको छ”, शाखा प्रमुख भट्टले भने, “गर्भपतनका अतिरिक्त गर्भनिरोधबारे परामर्श सेवा, महिलाको आवश्यकता र चाहनाअनुसार गर्भनिरोध सेवा, गर्भपतनका सम्भावित जटिलताको व्यवस्थापन तथा उपचार गरिँदै आएको छ ।”

उनका अनुसार कानुनी परिधिभित्र रहेर गर्भपतन गर्न पाउनु महिलाको प्रजनन अधिकारमा पर्दछ । नेपालको संविधान २०७२ ले प्रत्येक महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी हकलाई मौलिक अधिकारका रुपमा सुनिश्चित गरेको छ । 


प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली 
 विपन्नको स्वास्थ्य उपचारार्थ यातायात खर्च दिँदै:कर्णाली  बुधबार, साउन २८, २०८२
कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु
कोशीमा तीन हजारभन्दा बढी डेङ्गु सङ्क्रमित, तीनको मृत्यु सोमबार, साउन १२, २०८२
मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको  हजार भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति
मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको  हजार भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति सोमबार, साउन १२, २०८२
मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति
मन्त्रालयले सातै प्रदेशमा पठायो रेविज विरुद्धको भायल खोप, सर्पदंश विरुद्धको औषधि पनि आपूर्ति सोमबार, साउन १२, २०८२
मेचीनगरका दुई महिलामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि
मेचीनगरका दुई महिलामा जापानिज इन्सेफलाइटिस संक्रमण पुष्टि सोमबार, साउन १२, २०८२
‘नेफ्रोटिक सिन्ड्रम’ नहोस् भन्नाका लागि पिसाब परीक्षण 
‘नेफ्रोटिक सिन्ड्रम’ नहोस् भन्नाका लागि पिसाब परीक्षण  सोमबार, साउन १२, २०८२
कास्कीमा मात्र पछिल्लो समय ५ जनामा कोरोना संक्रमण ,एककाे मृत्यु
कास्कीमा मात्र पछिल्लो समय ५ जनामा कोरोना संक्रमण ,एककाे मृत्यु सोमबार, साउन ५, २०८२
लोकप्रिय
  • Week
  • Month
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
भव्य नगर संकीर्तन सम्पन्न
भव्य नगर संकीर्तन सम्पन्न
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
बदलिँदै वैदेशिक रोजगारीको ‘ट्रेण्ड’
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
वैदेशिक रोजगारीमा जाने अदक्ष श्रमिकको अनुपात पुनः बढ्दै
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गाईजात्राका अवसरमा टोलटोलबाट सांस्कृतिक झाँकी प्रदर्शन
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
गोने ङ्ह्या : तामाङ झाँक्रीहरुको ज्ञान उत्सव
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
बालवाङमयको अध्यक्षमा अनन्त वाग्ले, 'अपराजिता' सार्वजनिक
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
‘नेपालले लाभ लिनेगरी रुससँग कूटनीतिक सम्बन्ध बढाउनुपर्छ’
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
वैदेशिक रोजगार ऐनबाट औपचारिक रुपमा हट्यो ‘सय संख्या’को प्रावधान
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
राप्रपा अध्यक्ष लिङ्देनका स्वकीयबाटै कुटपिट !
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP