Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #नेपाल_विद्युत्_प्राधिकरण
  • #एडिबी
  • #बढघर
  • #पीआर एजेन्सी अफ द इयर
  • #भी-चित्र
  • #V-Chitra
  • #विश्व दूरसञ्चार तथा सूचना समाज दिवस
  • #आईसीसी क्रिकेट विश्वकप लिग–२
  • #पुष्पकमल दाहाल ‘प्रचण्ड
Search Here
स्वास्थ्य
  • Home
  • स्वास्थ्य
  • गर्भपतन गराउने महिलाको सङ्ख्या शून्य
गर्भपतन गराउने महिलाको सङ्ख्या शून्य
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, भदौ २, २०८१

कञ्चनपुर- शुक्लाफाँटा नगरपालिकामा असुरक्षित रुपमा गर्भपतन गराउने महिलाको सङ्ख्या शून्य रहेको छ । गर्भपतन सेवाले कानुनी मान्यता पाएपछि अवैध रुपमा गर्भपतन गराउने महिलाको सङ्ख्या शून्यमा झरेको हो ।
 
सुरक्षित गर्भपतन सेवाको पहुँच नगरपालिकाको ग्रामीण तथा सुदूर क्षेत्रसम्म विस्तार भएपछि असुरक्षित रुपमा गराउँदै आएको गर्भपतनको कार्य रोकिएको नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख परमानन्द भट्टले बताए । “विगतमा असुरक्षित रुपमा सूचीकृत नभएका निजी मेडिकलमा महिलाले गर्भपतन गराउँदै आएका थिए”, उनले भने, “असुरक्षित रुपमा गर्भपतन गराउँदा महिलाको प्रजनन अङ्गमा जटिलता देखापर्ने समस्या थियो, अज्ञानताका कारण ग्रामीण क्षेत्रका केही महिलाले जडीबुटीको प्रयोग गरी जोखिमयुक्त तरिकाले गर्भपतन गराउने गरेका थिए ।”
 
नगरपालिकाका ग्रामीण क्षेत्रमा रहेका स्वास्थ्य संस्थामा निःशुल्क रुपमा गर्भवती महिलाको मञ्जुरीमा सुरक्षित रुपमा सूचीकृत स्वास्थ्यकर्मीले गर्भपतन सेवा प्रदान गर्न थालेपछि अवैध रुपमा हुने गर्भपतनको कार्य रोकिएको उनको भनाइ छ । उनका अनुसार आव २०८०/८१ मा दुई सय ९२ महिलाले नगरपालिकामा रहेका सूचीकृत स्वास्थ्य संस्थाबाट गर्भपतन सेवा लिएका छन् । त्यसमा २० वर्षमुनिका पाँच र २० वर्षमाथिका दुई सय ८७ महिलाले सुरक्षित गर्भपतन सेवा लिएका छन् ।
 
गर्भपतनपश्चात् परिवार नियोजनका साधन छोटो अवधिका लागि अपनाउने महिलाको सङ्ख्या एक सय ४६ रहेको छ । गर्भपतनपछि लामो अवधिका लागि परिवार नियोजनाका साधन अपनाउने महिलाको सङ्ख्या १८ रहेको छ । गर्भपतन गराएपछि जटिलता भएका महिला दुईजना रहेका छन् । स्वास्थ्य संस्थामै निःशुल्क रुपमा गर्भवतीको मञ्जुरीमा गर्भपतन सेवा तालिम प्राप्त स्वास्थ्यकर्मीले प्रदान गर्न थालेपछि सो सेवा लिने महिलाको सङ्ख्यामा वृद्धि भएको शाखा प्रमुख भट्टले बताए । 

नगरपालिकाको झलारी, पिपलाडी, पिताम्बर स्वास्थ्यचौकी, बन्साहा सहरी स्वास्थ्य केन्द, आधारभूत स्वास्थ्य केन्द्र वनसमिति गरी पाँच स्थानबाट निःशुल्क गर्भपतन सेवा उपलब्ध गराइँदै आएको छ । स्वास्थ्य संस्थामा औषधिको प्रयोग गरी गर्भपतन गराइँदै आएको छ । गर्भको अवधि ६३ दिन (नौ हप्ता)सम्मको भएमा महिलाको इच्छाअनुसार औषधिको प्रयोग गरेर गर्भपतन गराउन सकिने व्यवस्था स्वास्थ्य संस्थामा रहेको छ । गर्भपतन सेवा प्रदान गरिँदै आएका स्वास्थ्य संस्थामा दक्ष सूचीकृत स्वास्थ्यकर्मी उपलब्ध रहेका छन् ।

“गर्भवतीको लिखित मञ्जुरीमा सूचीकृत स्वास्थ्यकर्मीद्वारा सूचीकृत स्वास्थ्य संस्थामा प्रचलित कानुनले तोकेको परिधिभित्र रहेर सुरक्षित गर्भपतन सेवा प्रदान गरिँदै आएको छ”, शाखा प्रमुख भट्टले भने, “गर्भपतनका अतिरिक्त गर्भनिरोधबारे परामर्श सेवा, महिलाको आवश्यकता र चाहनाअनुसार गर्भनिरोध सेवा, गर्भपतनका सम्भावित जटिलताको व्यवस्थापन तथा उपचार गरिँदै आएको छ ।”

Hardik health

उनका अनुसार कानुनी परिधिभित्र रहेर गर्भपतन गर्न पाउनु महिलाको प्रजनन अधिकारमा पर्दछ । नेपालको संविधान २०७२ ले प्रत्येक महिलाको प्रजनन स्वास्थ्यसम्बन्धी हकलाई मौलिक अधिकारका रुपमा सुनिश्चित गरेको छ । 


प्रकाशित मिति: आइतबार, भदौ २, २०८१  १३:१५
प्रतिक्रिया दिनुहोस्
थप स्वास्थ्य
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण
किओच काठमाडाैं बाल अस्पतालको भवन हस्तान्तरण शनिबार, जेठ ९, २०८३
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’
नेपालमा मृत्युको प्रमुख कारक बन्दै नसर्ने रोगः रोगको जोखिमलाई घटाउने उपाय ‘पेनऔडी प्याकेज’ शनिबार, जेठ ९, २०८३
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन
कानुनविपरीत प्रयोग गरिएका ‘डाक्टर’ शब्द १५ दिनभित्र हटाउन निर्देशन शुक्रबार, जेठ ८, २०८३
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि
चितवनमा १३ जनामा औलो सङ्क्रमण पुष्टि बुधबार, जेठ ६, २०८३
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु  ,२४६ संक्रमित
इबोला भाइरस संक्रमणबाट हालसम्म ८० जनाको मृत्यु ,२४६ संक्रमित आइतबार, जेठ ३, २०८३
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण
मधेसमा एचआइभीको बढ्दो बोझ, बालबालिका र गर्भवतीमा पनि सङ्क्रमण शनिबार, जेठ २, २०८३
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग
स्वास्थ्य क्षेत्रमा सामाजिक न्याय दिने गरी कानुनी व्यवस्थाको माग शनिबार, जेठ २, २०८३
लोकप्रिय
  • Week
  • Month
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
वैचारिक व्यक्तित्व मदन भण्डारी र जबजको सान्दर्भिकता
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
आन्दोलनको तयारीमा वैदेशिक रोजगार व्यवसायी
भक्तपुरको  हाईल्याण्ड रिसोर्ट  साटा अवार्ड २०२६ का लागि मनोनयनमा
भक्तपुरको हाईल्याण्ड रिसोर्ट साटा अवार्ड २०२६ का लागि मनोनयनमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
कविता सङ्ग्रह ‘द काष्ट अफ फ्लावर्स’ बजारमा
लगातार चार दिन सार्वजनिक बिदा
लगातार चार दिन सार्वजनिक बिदा
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
ग्लान वंश नेपालको बृहत् राष्ट्रिय भेला तथा ‘ग्लान ङारदीम’ उद्घाटन सम्पन्न
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
वालेन्द्र सरकारः सुधारको वाचा कि शक्ति प्रदर्शन ?
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
रिलायन्सले होम अप्लायन्स खरिदका लागी कर्जा दिने
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
तामाङ युवाहरूको क्षमता अभिवृद्धि प्रशिक्षण कार्यक्रम सम्पन्न
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
म्यानपावरलाई तिरेको यथार्थ रकम खुलाउँदैनन् श्रमिक
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP