Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #रवि लामिछाने
  • #राहदानी
  • #एनएफपिजे
  • #निर्वाचन_आयोग
  • #फाउल_पोक्स
  • #महिला टी-२०
  • #महिला टी-२० विश्वकप ग्लोबल छनोट
  • #रामप्रसादराई
  • #रास्वपा
Search Here
कृषि
  • Home
  • कृषि
  • कैलाली दूध उत्पादनमा आत्मनिर्भर
कैलाली दूध उत्पादनमा आत्मनिर्भर
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन २२, २०८१

गोदावरी - पछिल्लो समय कैलाली दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको छ । जिल्लामा उन्नत नश्लका गाई र भैँसीको व्यावसायिक पालन हुन थालेपछि  बर्सेनि दूध उत्पादनमा आत्मनिर्भर बन्दै गएको हो ।

जिल्लामा व्यावसायिक फार्म दर्ता गरी गाई र भैँसीपालनतर्फ किसानको आकर्षण बढ्दै जान थालेपछि यहाँबाट दूध अन्य जिल्लामा निर्यात हुन थालेको छ । जिल्लामा उत्पादन भएको दूध जिल्लाबाहिर निर्यात हुने गरेको बताउँदै भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका सूचना अधिकारी कविराज कठायतले  भने, “पछिल्लो केही वर्षयता व्यावसायिक रूपमा गाईभैँसीपालन गर्ने किसानलाई अनुदान दिने कार्यक्रम ल्याएपछि बर्सेनि दूध उत्पादनमा वृद्धि हुँदै आएको छ ।” 

कोरानाकालपछि विदेशमा रोजगारी गुमाएर स्वदेश फर्केकाहरूलाई प्रदेश सरकारले स्वदेशमै कृषि उद्यमी बन्न कार्यक्रम ल्याएपछि भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र धनगढीको तथ्यांकानुसार कैलालीमा आर्थिक वर्ष २०७८/७९ मा ९६ मेट्रिक टन दूध उत्पादन भएकामा आव २०७९/ ८० मा एक सय छ मेट्रिक टन दूध उत्पादन भएको थियो । आव २०८०/८१ मा एक सय ६८ मेट्रिक टन दूध उत्पादन भएको विज्ञ केन्द्रको तथ्यांकमा उल्लेख छ ।

पशुसेवा कार्यालयको गत वर्षको तथ्यांकानुसार २२ हजार एक सय ६४ मेट्रिक टन गाईको र ३४ हजार पाँच सय ९२ मेट्रिक टन भैँसीको गरी वार्षिक ५६ हजार सात सय ५६ मेट्रिक टन दूध उत्पादन भएको छ । दूधमा औसत राष्ट्रिय आवश्यकता ५७ भएको र कैलालीमा ७३ दशमलव १६ उपलब्धता भएकाले कैलाली दूध उत्पादनमा आत्मनिर्भर बनेको सो कार्यालयको तथ्यांकले देखाएको छ । जिल्लाबाट  दैनिक दुई हजारदेखि दुई हजार पाँच सय लिटर दूध जिल्लाबाहिर निर्यात हुने गरेको दुग्ध विकास आयोजना अत्तरियाले जनाएको छ ।

Hardik health

जिल्लामा गाई र भैँसीका गरी ५२ वटा फार्म पशु कार्यालयमा दर्ता भएका छन् । ती फार्ममा एक सय ५६ जनाले प्रत्यक्ष रोजगारी पाएको पशु सेवा कार्यालयका पुष्प भारतीले बताए । गाईभैँसी फार्मले वार्षिक रूपमा रु चार करोड ८९ लाख २१ हजार आम्दानी गर्दै आएको उनले बताए । जिल्लाका विभिन्न ठाउँमा १४  दुग्ध सहकारी, ४४  निजी डेरी र एउटा खप्तड इन्डस्ट्रिज प्रालि सञ्चालनमा रहेका छन् ।

दुग्ध सहकारी, निजी डेरी र इन्डस्ट्रिजले वार्षिक रु १८ करोड ८४ लाख १० हजारको कारोबार गर्दै आएको बताइएको छ । कैलाली–कञ्चनपुरबाट संकलित बढी भएको दूध नेपालगञ्ज निर्यात हुँदै आएको छ । बजारमा दूध तथा दुग्ध पदार्थको माग पनि बढ्दै गएको डेरी व्यवसायी बताउँछन् । 
 
पहिलो र दोस्रो लहरको र कुखुरापालक किसानको सङ्ख्या बढ्दै गएको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालय डोटीका योजना अधिकृत पुस्करराज नाथले बताउनुभयो । “सुदूरपश्चिम प्रदेश मासु, अण्डा र दूधमा आत्मनिर्भर बन्दै गएको देखिन्छ । कैलालीमा अण्डा उत्पादनका लागि ठूलो लगानीमा ह्याचरी उद्योग सञ्चालनमा आएकाले अण्डा बाहिरबाट आयात गर्नुपरेको छैन” उनले भने । 

ह्याचरी उद्योगबाट अण्डा उत्पादन हुन थालेपछि कैलाली र कञ्चनपुर अण्डामा आत्मनिर्भर बनेकाले भारतबाट अण्डा आयात पूर्ण रूपमा बन्द भएको निर्देशनालयले जनाएको छ ।  कञ्चनपुरमा झण्डै २५ हजार मेट्रिक टन अण्डा खपत हुने गरेकामा २० हजार मेट्रिक टन अण्डा जिल्लामा उत्पादन भइरहेको छ । कैलाली र कञ्चनपुरले भारतबाट अण्डा आयात गर्नुपर्ने अवस्था नरहेको व्यवसायीले बताएका छन् ।

यस्तै कञ्चनपुरबाट एक सय ४३ मेट्रिकटन मासु सुदूरपश्चिमका पहाडी जिल्लामा निर्यात हुने गरेको छ । जिल्लाबाट २३ हजार छ सय ५५ मेट्रिक टन दूध कैलाली र भारतमा निर्यात हुने गरेको छ । कैलाली र कञ्चनपुर दूध, अण्डा र मासुमा मात्र नभएर माछामासमेत आत्मनिर्भर नजिक पुगेको निर्देशनालयको दाबी छ । प्रदेशभित्र वार्षिक ३५ देखि ४० हेक्टर क्षेत्रफल माछा व्यवसायका लागि विस्तार हुँदै आएको छ ।

एक जिल्लामा उत्पादन हुने अण्डा, मासु तथा दूध अर्को जिल्लामा निर्यात हुँदै आएपछि आपूर्ति व्यवस्था सहज बन्दै गएको छ । पछिल्ला केही वर्षयता चाडपर्व दसैँतिहारका बेला सुदूरपश्चिमबाट निरन्तर रूपमा खसीबोका पोखरा र काठमाडौँ निर्यात हुँदै आएको निर्देशनालयले जनाएको छ ।


प्रकाशित मिति: मंगलबार, साउन २२, २०८१  ११:२५
प्रतिक्रिया दिनुहोस्
थप कृषि
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध
देशभर करिब ५८ प्रतिशत किसान सूचीबद्ध बुधबार, पुस ९, २०८२
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग
गहुँतबाट जैविक विषादी उत्पादन गरेर खेतीमा प्रयोग बुधबार, पुस ९, २०८२
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार
व्यावसायिक कृषिमा रमाउँदै ढकाल परिवार मंगलबार, पुस ८, २०८२
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने
चितवनको इच्छाकामनामा सुन्तला महोत्सव हुने सोमबार, पुस ७, २०८२
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री
कोदो, मकै फल्ने बारीभरी लटरम्म सुन्तला : यस वर्ष रु १५ लाखको बिक्री सोमबार, पुस ७, २०८२
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ
पर्वतमा व्यवसायीलाई लप्सीका परिकार बनाउन भ्याइनभ्याइ सोमबार, पुस ७, २०८२
अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो
अनियमित मौसमको असरः यस वर्ष धान उत्पादन घट्यो आइतबार, पुस ६, २०८२
लोकप्रिय
  • Week
  • Month
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
श्रमिकको स्वस्थ्य परीक्षण होडानमार्फत गराउने सहमति
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
घर निर्माण फेस्टमा विश्वकै ठूलो इट्टा
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
ज्याक काड्रो खेलको नेपालका लागि राष्ट्रिय राजदूत नियुक्त  
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
लिङ्देनलाई संस्थापनइतरपक्षको र्‍याखर्‍याखती 
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP