Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #सिएन थारु/आरके तामाङ
  • #‘हृदयांश’
  • #दीपक बन्जारा
  • #बिगेन्द्रसिंह वाईबा तामाङ
  • #नेपाल आदिवासी जनजाति महासंघ
  • #विश्व आदिवासी दिवस
  • #हुलाकी राजमार्ग
  • #धनुषा कर्फ्यु
  • #पुष्पकमल दाहाल
Search Here
समाचार
  • Home
  • समाचार
  • बालबालिकाको सहयोगार्थ डिलाइट च्यारिटी कन्सर्ट-२०२४ सम्पन्न
बालबालिकाको सहयोगार्थ डिलाइट च्यारिटी कन्सर्ट-२०२४ सम्पन्न
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २०, २०८१

काठमाडौं - डिलाईट हेरिटेज म्यूजिक र जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरले संयुक्त रुपमा विभिन्न संस्थामा रहेका अनाथ दृष्टि बिहिन तथा अपांगता भएका बालबालिकाको सहयोगका लागि डिलाइट च्यारिटी कन्सर्ट २०२४ को आयोजना सम्पन्न गरेको छ ।

ठमेलस्थित एलफ्ट होटलमा गरिएको उक्त कन्सर्टमा डिलाइट म्यूजिक स्कूलका विद्यार्थीहरुले आफुले सिकेको सांगीतिक कला प्रस्तुत गरेका थिए । डिलाइट ब्याण्डका साथै त्रि-नेत्र फाउण्डेशन, सेन्टर फर डिजावेल्ड चिल्ड्रेन एशोसिएसन, बोदिचित्र डेभलपमेन्ट सोसाईटी, बज्र अर्य फाउण्डेशन, नग्री वेलफेयर सोसाईटी, ह्प्पी चिल्ड्रेल होम, स्टुडेन्ट फर सिक्स अर्फनगेस, क्वार्टेट लगायतबाट सहभागी बालबालिकाले आफूले सिकेका कला च्यारिटी कन्सर्टमा प्रस्तुत गरेका थिए । 

कन्सर्टमा सहभागी बालबालिकाहरुले राष्ट्रिय गानबाट आफ्नो प्रस्तुती सुरुवात गरेका थिए । च्यारिटी कन्सर्ट हेर्न आएका आम दर्शकलाई बालबालिकाहरुले पिरै पिर, असारे महिनामा, कलिलो तामालाई, शिर माथि, तिरिरि मुरली, मंगोल धुन, हेर न हेर कान्छा, फूलको आँखामा, रेशम फिरिरि, कलकते काईयो, कति बस्छौ माईती कै कौशीमा लगायतका विभिन्न सांगीतिक प्रस्तुती दिई मनोरञ्जन दिलाएका थिए । यसका साथै विभिन्न संस्थामा आवद्ध रहि बालबालिकालाई संगीत सिकाईरहेका शिक्षकहरुले संयुक्त रुपमा "हे कान्छी मलाई सुनको तारा…" र "मोहनी लाग्ला है…" बोलको गीतमा प्रस्तुती दिएका थिए ।

Hardik health

शिक्षाको अभाव झेलेका दुर्गमका दृष्टिविहिन बालबालिकाहरुलाई सांगीतिक अभ्यास गराउँदै आएको जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरले विगत चार वर्षदेखि नेपालमा रहेको टिपिकल बाद्यावादन अन्तर्गत मादल, तवला, गिटार, सारङ्गी, हार्मोनियम, पीएनो, जाइलोफोन लगायतका सिप सिकाउदै आएको छ । ब्रम्हकुमारी मार्ग, ज्याठा, ठमेल काठमाडौमा रहेको डिलाईट म्यूजिक स्कुलले पीएनो, सारङ्गी, सेक्सोफोन, गीटार, मादल, बाँसुरी, वेस्टन फ्लुट लगायतका विभिन्न बद्यबादनहरु सिकाउँदै आईरहको छ ।

ताइवानी नागरिक जेवेल चिएङले स्थापना गरेको जुजुमामा चिल्ड्रेन एजुकेशन एण्ड केयर सेन्टरबाटै उक्त सांगीतिक कक्षाहरु सञ्चालन हुँदै आएको छ । उक्त केयर सेन्टरका फाउण्डर समेत रहेकी चिएङकै सम्पूर्ण सहयोगमा विभिन्न जिल्लाका १२५ भन्दा बढी असाहय दृष्टिबिहीन बालबालिकाहरुले बाद्यबादन सम्बन्धी सबै खाले सिप सिक्दै आएको डिलाइट एक्सप्लोरिङ हेरिटेज म्युजिककका कार्यकारी अधिकृत राजेश गुरुङले अखबारनेपाल डटकमलाई जानकारी गराए ।

गुरुङले देशभर विभिन्न ठाउँबाट आएका दृष्टिविहीन बालबालिकाहरुलाई विगत तीन वर्षदेखि संगीत तथा बाद्यवादन सिकाउनका लागि आवश्यक खर्चको व्यवस्था ताइवानी नागरिक जेवेल चिएङले गर्दै आएको बताए । 

सांगीतिक कार्यक्रममा भाग लिँदा उनीहरुले आर्थिक सहयोग, सम्मान तथा पुरस्कार समेत पाउने गरेको गुरुङले बताए । सो कक्षा सञ्चालनका लागि शिक्षकको व्यवस्था ताइवानी नागरिक चिएङले व्यवस्था गरेका छन् भने उनले नेपालमा विभिन्न सामाजिक कार्य गर्दै आएका छन् ।


प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  १२:१४
प्रतिक्रिया दिनुहोस्
थप समाचार
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल
ग्यास अभावका विषयमा मुख्य सचिव कार्कीद्वारा व्यवसायीसँग छलफल मंगलबार, साउन १९, २०८३
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता
‘एन्टिस्नेक भेनम’ को अभाव हुन नदिन गम्भीर छौँः मन्त्री मेहता मंगलबार, साउन १९, २०८३
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग
ग्यास अभावको समस्यालाई तत्कालै सम्बोधन गर्न माग मंगलबार, साउन १९, २०८३
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’
‘जनसरोकारको मुद्दा उठाउँदा सुनिदैन, व्यक्तिगत टिप्पणीले आजित छौँ’ मंगलबार, साउन १९, २०८३
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर 
'रेबिज विरुद्धको खोप सरकारी अस्पतालमा नपाइने, निजीमा पाइने ?': रास्वापा सांसद कुँवर  मंगलबार, साउन १९, २०८३
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर
चितुवालाई नियन्त्रणमा लिन दुई ठाउँमा खोर मंगलबार, साउन १९, २०८३
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन
पछिल्लो २४ घण्टामा जाजरकोटमा सबैभन्दा बढी वर्षा मापन मंगलबार, साउन १९, २०८३
लोकप्रिय
  • Week
  • Month
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
एसभिपीको विषय नटुंगिए साउदीको झण्डै ५० प्रतिशत रोजगारी गुम्ने
पूर्वउपसभामुख  राना मगरद्वारा  ‘हृदयांश’ उपन्यासकाे  विमोचन
पूर्वउपसभामुख राना मगरद्वारा ‘हृदयांश’ उपन्यासकाे विमोचन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
पछि सर्यो चलचित्र 'चंगुल' काे प्रर्दशन
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
विश्व आदिवासी दिवसको भव्य तयारी : साउन २४ गते खुलामञ्चमा भेटौं !
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
लेखापढी व्यवसायी बागमती यातायात इकाईको अध्यक्षमा बस्नेत निर्विरोध, सचिवमा लामा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
वैदेशिक रोजगारीका नाममा पेरिसाको ठगीधन्दा
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
देउवा फर्केपछि शेखरलाई सभापति बनाउने तयारीमा संस्थापनइतर
नेपालको अस्तित्वगत संकट
नेपालको अस्तित्वगत संकट
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
नियमावली संशोधनको माग गर्दै शैक्षिक परामर्श व्यवसायीको काठमाडौंमा प्रदर्शन
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP