Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #मकर
  • #प्रशान्त तामाङ
  • #फोनिज संवाद
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #नेपाली कांग्रेस
  • #रासस
  • #क्यालिस्थेनिक्स
  • #सामाजिक सुरक्षा कोष
  • #फोक्सिङटार
Search Here
खेलकुद
  • Home
  • खेलकुद
  • महिला भलिबलमा भारतविरुद्ध नेपालको ऐतिहासिक जित
महिला भलिबलमा भारतविरुद्ध नेपालको ऐतिहासिक जित
प्रभाव संवाददाता
प्रभाव संवाददाता आइतबार, साउन २०, २०८१

काठमाडौं– नेपाली महिला भलिबल टोलीले भारतविरुद्ध ऐतिहासिक जित हात पारेको छ । त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद्को कभर्डहलमा जारी काभा महिला भलिबल नेसन्स लिग प्रतियोगिताअन्तर्गत शनिबार दक्षिण एसियाली ‘जायन्ट’ मानिने भारतमाथि ऐतिहासिक जित निकालेको हो । नेपालले भारतलाई हराएको यो नै पहिलोपटक हो ।

अरुणा शाहीको कप्तानीमा रहेको नेपाली टोलीले पाँच सेटको खेल ३–२ ले आफ्नो पक्षमा पार्‍यो । दुवै टोलीले दुई–दुई सेट जितेपछि खेल निकै प्रतिस्पर्धात्मक र रोमाञ्चक बनेको थियो । अन्तिम सेट जित्नैपर्ने दबाबकाबीच नेपालले सुरुआतबाटै अग्रता लियो । भारतीय टोलीले कडा चुनौती दिए पनि नेपाललाई पछि पार्न सकेन । खेल जित्न नेपाललाई एक अंकमात्र चाहिएको स्थिति रहँदा भारत एक अंकले मात्र पछि थियो । अन्तिम अंक जोड्दै खेल जिताउनेक्रममा उषा भण्डारीले चलाखीपूर्ण प्रदर्शन गरिन् । 

नेपाली टोलीले जित हातपारेसँगै कभर्डहलमा उपस्थित युवा तथा खेलकुदमन्त्री तेजुलाल चौधरीलगायतका ‘भिआइपी’हरुले लगातार ताली बजाए । र, मन्त्री चौधरी उठेर खेलाडीहरुलाई बधाई दिए ।उपाधिको प्रमुख लक्ष्यसहित श्रीलंकाविरुद्धको पहिलो खेलमा ३–० को सोझो सेटको जितसहित प्रतियोगिताको सुरुआत गरेको नेपालले प्रतियोगिताकै बलियो टिम भारतविरुद्धको ऐतिहासिक जितका लागि एक घण्टा ५५ मिनेट ४३ सेकेन्डको समय खेल्नुपरेको थियो । 

Hardik health

२५–१८ ले जित्यो । दोस्रो सेटमा भारतले पुनरागमन गर्दै नेपाललाई फराकिलो अन्तर २५–१२ ले सेट आफ्नो पक्षमा पार्‍यो । दोस्रो सेट गुमाएको नेपाल तेस्रो सेटमा पुनः फर्कियो । तेस्रो सेटमा नेपालले भारतलाई २५–१७ ले हराउँदै दबाब दियो । लगातार दोस्रो सेट जित्दै ऐतिहासिक जितको खोजीमा रहेको नेपालले चौथो सेटमा भने केही लय गुमाउँदै १८–२५ अन्तरले भारतलाई सुम्पियो ।त्यसपछि निर्णायक रहेको अन्तिम सेटमा नेपालले भारतविरुद्ध १५–१३ ले जित हात पार्दै नेपालको इतिहासमा अहिलेसम्मकै सबैभन्दा ठूलो नतिजा हात पार्न सफल भयो । नेपालको उक्त ऐतिहासिक जितले कर्भडहलमा उपस्थित दर्शक र आमनेपालीलाई खुसी दिलाएको छ ।

नेपाल र भारतबीचको यस खेल हेर्न खेलकुदमन्त्री, राखेप सदस्यसचिवलगायतका खेलप्रेमी कभर्डहल पुगेका थिए । भारतविरुद्धको अन्तिम अंकको प्रत्यक्ष साक्षी बनेका भलिबलप्रेमीहरुका आँखा रसाएका थिए । पूर्वमन्त्रीसमेत रहेकी रामकुमारी झाँक्रीसमेत उपस्थित रहेको कभर्डहलमा नेपालको जितसँगै खेलाडीहरुसमेतको आँखा हर्षका आँशुले भरिएको थियो । 

यस जितसँगै कप्तान शाहीले अहिले नै आफ्नो लक्ष्य पूरा नभएको जनाउँदै इरानविरुद्धको जित हात पार्दै शीर्षस्थानमा रहेर सेमिफाइनल प्रवेश गर्नुपर्ने बताइन् । यसअघि नेपाल र भारतबीचको महिला भलिबलमा सबैभन्दा उत्कृष्ट प्रदर्शन २०१९ को दक्षिण एसियाली खेलकुद (साग) को फाइनल दशरथ रंगशालामा थियो । उक्त खेलमा नेपाल ३–२ सेटले हार्दै स्वर्ण जित्नबाट चुकेको थियो ।

जारी प्रतियोगितामा नेपालसहित भारत, श्रीलंका, माल्दिभ्स र इरानको सहभागिता छ । शीर्ष चार टोलीले सेमिफाइनल खेल्ने छन् । उक्त प्रतियोगिताअन्तर्गत आज (आइतबार) नेपालले अर्को बलियो टिम इरानसँग खेल्ने छ भने अर्को खेलमा श्रीलंका र माल्दिभ्स भिड्ने छन् ।
 


प्रकाशित मिति: आइतबार, साउन २०, २०८१  ११:०६
#महिला_भलिबल #काभा
प्रतिक्रिया दिनुहोस्
थप खेलकुद
हाफ म्याराथनको उपाधि गुरुङलाई
हाफ म्याराथनको उपाधि गुरुङलाई बुधबार, पुस ३०, २०८२
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने
बंगलादेशले  फेरि भन्यो  टि-२० विश्वकपमा  भारत नआउने बुधबार, पुस ३०, २०८२
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने
दशरथ रंगशालामा एन्फा लिग शुक्रबारबाट सुरु हुने सोमबार, पुस २८, २०८२
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास
बैंगलोर क्यालिस्थेनिक्स : नेपाली खेलाडीले रचे इतिहास आइतबार, पुस २७, २०८२
नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित
नेपाली महिला क्रिकेट टोली स्कटल्यान्डसँग पराजित शुक्रबार, पुस २५, २०८२
प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन
प्रधानमन्त्री कप क्रिकेटको जिल्लास्तरीय छनोट सञ्चालन गर्न निर्देशन शुक्रबार, पुस २५, २०८२
लालबन्दीमा प्रथम मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप हुने
लालबन्दीमा प्रथम मधेस प्रदेश आमन्त्रण मेयर गोल्डकप हुने बिहीबार, पुस २४, २०८२
लोकप्रिय
  • Week
  • Month
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
पर्यटकको मन लोभ्याउँदै ऐतिहासिक दुगुनागढी
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
बन्दसूचीमा रहेका ८५ जनाले नाम फिर्ता लिए
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
सामाजिक सञ्जाल आचारसंहिताको दायरामा
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
उत्तरायणको पहिलो दिनः मकर (माघे) सङ्क्रान्ति पर्व मनाइँदै
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
‘दोस्रो प्रादेशिक मह महोत्सव’ भोलिदेखि
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
'बेदागी' मिक्सोलाई पाँचथरमा पहिलोपटक संसदीय चुनाव लडाउँदै नेकपा
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
राजनीतिक संस्कृतिको प्रश्न, विवन्धन र सर्वोच्च अदालतको कार्यभार 
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP