Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #राजेन्द्र लिङ्देन
  • #रवि लामिछाने
  • #ट्रक_महासंघ
  • #राष्ट्रिय सभा निर्वाचन
  • #आदिवासी जनजाति उत्थान राष्ट्रिय प्रतिष्ठान
  • #प्रशान्त तामाङ
  • #प्राइम_टाइल्स
  • #‘शिवांश’
  • #दूध_दुहुने_रियालिटी शो
Search Here
विश्व
  • Home
  • विश्व
  • ट्रम्पको सुरक्षा मिसनमा अमेरिकी सिक्रेट सर्भिस ‘असफल’– निर्देशक
ट्रम्पको सुरक्षा मिसनमा अमेरिकी सिक्रेट सर्भिस ‘असफल’– निर्देशक
प्रभाव संवाददाता
प्रभाव संवाददाता मंगलबार, साउन ८, २०८१

वासिङ्टन - अमेरिकी सिक्रेट सर्भिसका निर्देशक किम्बर्ली चिटलले पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्पको हत्या प्रयासलाई रोक्न एजेन्सी आफ्नो मिसनमा ‘असफल’ भएको स्वीकार गरेकी छिन् । “हाम्रा मुलुकका नेताहरूको रक्षा गर्नु सिक्रेट सर्भिसको एकमात्र मिसन हो”, निरीक्षण र जवाफदेहितासम्बन्धी सदन समितिको सुनुवाइमा उनले भनिन्, “जुलाई १३ मा हामी असफल भयौँ, संयुक्त राज्य अमेरिकाको सिक्रेट सर्भिसको निर्देशकका रूपमा म कुनै पनि सुरक्षा त्रुटिका लागि पूर्ण जिम्मेबारी लिन्छु ।”

राजीनामा दिन डेमोक्रेट र रिपब्लिकन पार्टीको आह्वानको सामना गर्नुभएका चिटलले ट्रम्पको हत्या प्रयास ‘दशकौँमा सिक्रेट सर्भिसको सबैभन्दा महत्त्वपूर्ण परिचालन असफलता थियो’ भनिन् । एक चुनावी र्यालीमा बोल्ने क्रममा ट्रम्पको कानमा सामान्य चोट लागेको थियो । रिपब्लिकन पार्टीका पूर्वराष्ट्रपति एवं ह्वाइट हाउसका लागि वर्तमान उम्मेदवार ट्रम्पले पेन्सिलभेनियाको बटलरमा चुनावी कार्यक्रममा बोल्न सुरु गरेको केही मिनेटपछि नै २० वर्षीय बन्दुकधारी थोमस म्याथ्यु क्रुक्सले एआर–स्टाइल राइफलले उहाँमाथि गोली चलाएका थिए ।

आठमध्ये पहिलो गोली चलाएको २६ सेकेन्डपछि सिक्रेट सर्भिस स्नाइपरले क्रुक्सलाई गोली हानी मारेका थिए । बटलरबाट करिब ५० माइल टाढाको सहरमा बस्ने क्रुक्सले एक्लै काम गरेको र कुनै पनि बलियो वैचारिक वा राजनीतिक झुकावको पहिचान गर्न नसकेको अनुसन्धानकर्ताहरूले निर्धारण गरेका छन् । गोली हानाहानमा र्यालीमा सहभागी दुई जना गम्भीर घाइते भएका छन् र पेन्सिलभेनियाको फ्रिपोर्ट निवासी ५० वर्षीय अग्निशमनकर्ता कोरी कम्पेरेटरको गोली हानी हत्या भएको थियो ।

Hardik health

“यो त्रासदीलाई रोक्न सकिन्थ्यो । निर्देशक चिटल, तपाईंले राजीनामा दिनुपर्छ भन्ने मेरो दृढ विश्वास छ”, हत्या प्रयासमाथि सुनुवाइ प्रारम्भ गर्दै रिपब्लिकन कमिटीका अध्यक्ष जेम्स कमरले भने, “सिक्रेट सर्भिसको सुरक्षात्मक मिसन भनेको अमेरिका भ्रमणमा आएका विश्व नेताहरूको सुरक्षा गर्नु र उम्मेदवार तथा उम्मेदवारी दर्ता गरेका व्यक्तिहरूको सुरक्षामार्फत अमेरिकी निर्वाचनको सुरक्षा गर्नु हो ।” “सिक्रेट सर्भिसको शून्य–असफल मिसन छ तर जुलाई १३ मा र र्यालीका अगाडिका दिनहरूमा यो असफल भयो”, उनले भने, “एजेन्सी अब अक्षमताको अनुहार बनेको छ ।” ओहायोबाट रिपब्लिकन सांसद प्रतिनिधि माइकल टर्नरले पनि चिटललाई राजीनामा दिन आग्रह गरे ।

“तपाईंले राजीनामा मात्र होइन, तपाईंले राजीनामा दिन अस्वीकार गरे भने राष्ट्रपति जो बाइडेनले तपाईंलाई बर्खास्त गर्नुपर्छ । किनकी तपाईंले रक्षा गर्ने उनको जीवन, डोनाल्ड ट्रम्पको जीवन र अन्य सबैको जीवन खतरामा छ ।” ट्रम्पका पूर्वचिकित्सकले साताको अन्त्यमा उनको दाहिने कानमा दुई सेन्टिमिटर बन्दुकको गोली लागेको घाउ अहिले ठिक हुँदै गएको बताए । पेप्सिकोका लागि उत्तरी अमेरिकामा सुरक्षा प्रमुख बन्न सन् २०२१ मा जानुअघि चिटलले २७ वर्षसम्म सिक्रेट सर्भिस एजेन्टका रूपमा काम गरेका थिए । उहाँलाई राष्ट्रपति बाइडेनले एजेन्सीको प्रमुखमा नियुक्त गरेका थिए ।


प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  ११:२२
प्रतिक्रिया दिनुहोस्
थप विश्व
इस्लामाबादमा विवाह समारोहमा ग्यास विस्फोट, ८ जनाको मृत्यु
इस्लामाबादमा विवाह समारोहमा ग्यास विस्फोट, ८ जनाको मृत्यु आइतबार, पुस २७, २०८२
अमेरिकी आक्रमण भए अमेरिका-इजरायल लक्ष्य हुने इरानको चेतावनी
अमेरिकी आक्रमण भए अमेरिका-इजरायल लक्ष्य हुने इरानको चेतावनी आइतबार, पुस २७, २०८२
म्यान्मामा दोस्रो चरणको मतदान
म्यान्मामा दोस्रो चरणको मतदान आइतबार, पुस २७, २०८२
ड्रोन आरोपमा सियोलसँग उत्तर कोरियाको स्पष्टीकरण माग
ड्रोन आरोपमा सियोलसँग उत्तर कोरियाको स्पष्टीकरण माग आइतबार, पुस २७, २०८२
अनिश्चित अमेरिकी सम्झौताले भारत वैकल्पिक बजारकाे खोजीमा
अनिश्चित अमेरिकी सम्झौताले भारत वैकल्पिक बजारकाे खोजीमा आइतबार, पुस २७, २०८२
थाइल्यान्ड-कम्बोडियालाई अमेरिकाको सहयोग घोषणा
थाइल्यान्ड-कम्बोडियालाई अमेरिकाको सहयोग घोषणा शुक्रबार, पुस २५, २०८२
भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा
भेनेजुएलाका विपक्षी नेता मचाडोसँग आगामी हप्ता भेट्ने ट्रम्पको घोषणा शुक्रबार, पुस २५, २०८२
लोकप्रिय
  • Week
  • Month
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
संघीय गणतान्त्रिक गठबन्धनले गृहमन्त्रीलाई बुझायो ज्ञापनपत्र
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
प्रगतिशील वैदेशिक रोजगार व्यवसायी रावल उम्मेदवारमा सिफारिस
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
कामदार भित्र्याउन लिथुआनियाको आप्रवासी नीति संशोधन
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
एनआईसी एशिया बैंकको लकर सेवामा विशेष छुट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
लिङ्देनको स्टाटस र राप्रपाको नेतृत्व संकट
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
अइन्द्र, भूमिका र आशा केन्द्रीय सदस्य भिड्दै, देखिएन श्री जबेगुको नाम
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
सिन्धुपाल्चोक-२ मा प्रतिनिधिसभा प्रत्यक्षतर्फ तामाङको नाम सिफारिस 
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
बोर्डको सीपमूलक तालिममा उठ्यो प्रश्न
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
आश्वासनको व्यापार होइन, परिणामको अभ्यास हो राजनीति
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
मल्टिमिडिया - मनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2026 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP