Top Navigation
  • Home
  • हाम्रो बारे
  • Epaper
Main Navigation
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • Home
  • हाम्रो बारे
  • Epaper
Prabhab Online
प्रभाव प्रभाव
  • मुख्य पृष्ठ
  • समाचार
  • राजनीति
  • वैदेशिक रोजगार
  • अर्थ
    • अर्थतन्त्र
    • सेयर बजार
    • कर्पोरेट
    • बजार
    • पर्यटन
    • अर्थ समाचार
    • कृषि
  • विचार
  • खेलकुद
  • कला-मनोरञ्‍जन
  • विविध
    • अन्तर्वार्ता
    • जीवनशैली
    • स्वास्थ्य
    • राशिफल
    • प्रवास
    • विश्व
    • माैसम
    • शिक्षा
    • अपराध-सुरक्षा
    • साहित्य
    • रोचक
    • वार्षिकोत्सव विशेष
  • ग्यालरी
    • फोटो फिचर
    • प्रभाव टिभी
  • इपेपर
  • ट्रेन्डिङ
  • #टासी ल्हान्जोम
  • #नेपालvsओमान
  • #देउवा
  • #मादल
  • #सभामुख
  • #नेता झलनाथ खनाल
  • #मेची_राजमार्ग
  • #इजिप्टमा सडक दुर्घटना
  • #नेकपा_एमाले
Search Here
राजनीति
  • Home
  • राजनीति
  • संघदेखि प्रदेशसम्म प्रतिपक्षी बेञ्चमा माओवादी
संघदेखि प्रदेशसम्म प्रतिपक्षी बेञ्चमा माओवादी
जेबी याेञ्‍जन
जेबी याेञ्‍जन मंगलबार, साउन ८, २०८१
कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कँडेलसमक्ष सोमबार सामूहिक राजीनामा पेस गर्दै नेकपा माओवादी केन्द्रका मन्त्रीहरु । तस्बिरः रासस

 

  • बागमती र लुम्बिनीमा आइतबार एकैदिन सत्ता गुमाएको माओवादी केन्द्र सोमबार कर्णाली प्रदेश सरकारबाट बाहिरियो
  • गण्डकी र मधेस सरकारबाट यसअघि नै अलग भइसकेको माओवादी कोशी र सुदूरपश्चिम सरकारबाट बाहिरिँदै
  • लुम्बिनीमा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य बने नयाँ मुख्यमन्त्री
  • गण्डकीमा कांग्रेसका बहादुरसिंह लामा मुख्यमन्त्री बन्दै


काठमाडौं– गत १७ असारमा नेपाली कांग्रेस र नेकपा एमालेबीच भएको सत्ता समीकरणको समझदारीले नेकपा माओवादी केन्द्रलाई प्रतिपक्षी बेञ्चमा पु¥यायो । संघमा मात्रै होइन, प्रदेशमा पनि माओवादी प्रतिपक्षको भूमिकामा पुगेको छ । बागमती र लुम्बिनीमा आइतबार एकैदिन सत्ता गुमाएको माओवादी केन्द्र सोमबार कर्णाली प्रदेश सरकारबाट बाहिरिएको छ । गण्डकी र मधेस सरकारबाट यसअघि नै अलग भइसकेको छ । कोशी र सुदूरपश्चिम सरकारबाट मात्रै बाहिरिन बाँकी छ । 

आधार प्रदेश मानिने कर्णालीमा साढे छ वर्षदेखि सत्तामा रहेको  माओवादी सोमबार सरकारबाट बाहिरिएको हो । माओवादी केन्द्रका मन्त्रीहरूले मुख्यमन्त्री यामलाल कँडेललाई सामूहिक राजीनामा दिँदै सरकार छोडे । उक्त पार्टीबाट मन्त्री बनेका आर्थिक मामिला तथा योजनामन्त्री महेन्द्र केसी, सामाजिक विकासमन्त्री वीरबहादुर शाही, ऊर्जा तथा जलस्रोतमन्त्री रणसिंह परियार र उद्योग, पर्यटन वन तथा वातावरणमन्त्री दुर्ग रावतले राजीनामा दिएका हुन् ।

एमाले नेता कँडेल नेतृत्वको सरकारमा अब कांग्रेस सहभागी हुने भएको छ । केन्द्रमा कांग्रेस–एमालेबीच नयाँ गठबन्धन बनेपछि कर्णाली प्रदेशको नेतृत्व एमालेले गर्ने सहमतिअनुसार कँडेल नेतृत्वको सरकारले निरन्तरता पाउने भएको छ । यससँगै माओवादी पहिलोपटक कर्णाली प्रदेशको प्रमुख विपक्षी दल बनेको छ । 

Hardik health

कांग्रेस–एमालेको प्रस्ट बहुमत रहेकाले बागमतीका मुख्यमन्त्री शालिकराम जम्कट्टेल र लुम्बिनीका मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेशसभामा सम्बोधन गर्दै राजीनामा घोषणा गरेका थिए । २३ चैत २०८० मा मुख्यमन्त्री बनेका महरा १०७ दिन सरकार चलाएर बाहिरिएका हुन् । दुवै प्रदेशमा विश्वासको मत लिने प्रयोजनका लागि प्रदेशसभाको बैठक बोलाइएको थियो । राजीनामा घोषणा गर्दै जम्कट्टेलले दुई ठूला दल कांग्रेस र एमालेको सत्ता गठबन्धनबाट संघीयता र संविधानमाथि नै खतरा रहेको दाबी गरेका थिए । ‘संविधान संशोधन र स्थिरताको नाममा दुई ठूला दल मिल्नुले अहिले संशय पैदा भइरहेको छ,’ उनको भनाइ थियो ।

संघीयताको मर्मअनुसार प्रादेशिक संरचना स्थापित भएको करिब सात वर्षपछि बागमतीमा कांग्रेस सत्ता नेतृत्व दल बन्दै छ । त्यहाँ कांग्रेस संसदीय दलका नेता बहादुरसिंह लामा मुख्यमन्त्री बन्दै छन् । तर, एमालेसँग कांग्रेसको मन्त्रालय बाँडफाडमा समझदारी भइसकेको छैन । यसले गर्दा माओवादी सरकारबाट आइतबार बाहिरिए पनि कांग्रेस–एमालेले सरकार गठन गर्न सकेका छैनन् । लामाले प्रभावसँग भने, ‘केही कुरा मिलाउन बाँकी छ । मिलेपछि दाबी पेस हुन्छ र सरकार गठन गर्छौं ।’

माओवादी नेता तथा मुख्यमन्त्री जम्कट्टेलले पदबाट राजीनामा दिएसँगै आइतबार प्रदेश प्रमुख यादवचन्द्र शर्माले राजीनामा स्वीकृत गरे । यससँगै संविधानको धारा १६८ (२) बमोजिम नयाँ सरकारका लागि आज साँझ ५ बजेसम्मको समयसीमा तोकेर दाबी पेस गर्न आह्वान गरेका छन् । नयाँ सरकार गठनका लागि कांग्रेसका लामाले एमालेको समर्थनमा आज दाबी गर्ने तयारी छ ।

यस्तै, लुम्बिनी प्रदेशको नयाँ मुख्यमन्त्रीमा नेकपा एमाले संसदीय दलका उपनेता चेतनारायण आचार्य नियुक्त भएका छन् । प्रदेश प्रमुख अमिक शेरचनले नेपालको संविधानको धारा १६८ को उपधारा २ अनुसार आचार्यलाई सोमबार मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् । 

नवनियुक्त मुख्यमन्त्री आचार्यले सोमबार नै नेकपा एमालेका २९ र नेपाली कांग्रेसका २७ सहित ५६ जना प्रदेशसभा सदस्यको समर्थनसहित प्रदेश प्रमुखसमक्ष दाबी पेस गरेका थिए । निवर्तमान मुख्यमन्त्री जोखबहादुर महराले आइतबार प्रदेश प्रमुखसमक्ष बुझाएको राजीनामा स्वीकृतसँगै नयाँ सरकार गठनका लागि नेपालको संविधानको धारा १६८ (२) बमोजिम प्रदेशसभामा रहेका दुई वा दुईभन्दा बढी दलको समर्थनमा सोमबार बेलुका ६ः३० बजेसम्म मुख्यमन्त्री दाबी गर्न आह्वान गरिएको थियो ।  

यसअघि माओवादी गत ३० वैशाखमा मधेस प्रदेश सरकारबाट बाहिरिएको थियो । माओवादी केन्द्रबाट मन्त्री बनेका विनाविभागीय मन्त्री भरतप्रसाद शाह र उद्योग वाणिज्य तथा पर्यटनमन्त्री युवराज भट्टराईले राजीनामा दिएका थिए ।माओवादी गण्डकी सरकारबाट पनि अलग भइसकेको छ । गत २८ जेठमा नेकपा माओवादीको चुनाव चिह्नबाट विजयी बाबुराम भट्टराई नेतृत्वको नेपाल समाजवादी पार्टीका सांसद फणिन्द्र देवकोटा, राष्ट्रिय प्रजातन्त्र पार्टी र स्वतन्त्र सांसद राजीव गुरुङ (दीपक मनाङे)ले मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेलाई साथ दिँदा पाण्डे दोस्रोपटक गण्डकी प्रदेशका मुख्यमन्त्रीको विश्वासको मत पाएका छन् । यसरी गण्डकी सरकारबाट माओवादी बाहिरिएको हो । 

 

 


प्रकाशित मिति: मंगलबार, साउन ८, २०८१  १०:५९
प्रतिक्रिया दिनुहोस्
थप राजनीति
निर्वाचनमा जानेबारे कांग्रेस–एमाले दुईतिर
निर्वाचनमा जानेबारे कांग्रेस–एमाले दुईतिर शुक्रबार, असोज ३१, २०८२
दलहरूलाई महाधिवेशन तोक्ने हतारो
दलहरूलाई महाधिवेशन तोक्ने हतारो शुक्रबार, असोज ३१, २०८२
एमाले केन्द्रीय कमिटी बैठक सुरु
एमाले केन्द्रीय कमिटी बैठक सुरु शुक्रबार, असोज ३१, २०८२
सरकार, निर्वाचन आयोग र दलहरूबीच त्रिपक्षीय संवादमा जोड
सरकार, निर्वाचन आयोग र दलहरूबीच त्रिपक्षीय संवादमा जोड बिहीबार, असोज ३०, २०८२
समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छः संयोजक दाहाल
समाजवादी मोर्चाबीचको एकता यथाशीघ्र हुन्छः संयोजक दाहाल बिहीबार, असोज ३०, २०८२
नेपाली कांग्रेसको कार्यसम्पादन एजेन्डाबारे  छलफल निरन्तर
नेपाली कांग्रेसको कार्यसम्पादन एजेन्डाबारे  छलफल निरन्तर बिहीबार, असोज ३०, २०८२
निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल
निर्वाचन आयोग र राजनीतिक दलबीच छलफल बिहीबार, असोज ३०, २०८२
लोकप्रिय
  • Week
  • Month
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
 टी–२० विश्वकप छनौटमा ओमनसँग नेपाल भिड्दै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
कुवेत दूतावासका लागि श्रम सहचारी छनोट गरिँदै
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
अभिमुखीकरण तालिममा सहभागी हुन अब राष्ट्रिय परिचयपत्र अनिवार्य
घरसँगै जल्यो इतिहास
घरसँगै जल्यो इतिहास
शिक्षाका सात आयाम
शिक्षाका सात आयाम
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टासी ल्हान्जोम ‘पहाडे राष्ट्रवाद’को सिकार !
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
टी–२० विश्वकप छनौटः युएईसँग खेल्दै नेपाल
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
हुम्लाकी सिताकाे परदेशी कथा: मानसिक तनावकाे शिकार
Contact Us

प्रभाव पब्लिकेसन प्रा.लि.

कार्यालय: सिफल–७, काठमाडौं ।
सम्पर्क: ०१–४३७३५७७, ४५८४३६८
Email: [email protected]
[email protected]

सूचना तथा प्रसारण विभाग दर्ता नं.

३२५१-२०७८/७९

प्रेस काउन्सिल नेपाल सूचीकरण नं.

३२३६

विज्ञापनका लागि सीधा सम्पर्क

९८५१०००८३४, ९८५११९२०४२
Team
अध्यक्ष लालसरा राई
प्रबन्ध निर्देशक कृष्णबहादुर कार्की
सम्पादक दिपा सुनुवार
संवाददाता - श्रद्धा राई
- रक्षा सुनुवार
- अविशेक कार्की
- कौशल कार्की
मल्टिमिडिया - मनिष राई
- युनिष राई
बजार प्रमुख सन्तोषराज खरेल ९८५११९२०४२
Follow us on Twiitter
Like us on Facebook
Prabhab Online
© 2025 Prabhab Online. All Rights Reserved. Site by: SoftNEP